‘बिहे गर्न फुर्सदै छैन’-राजन घिमिरे

‘बिहे गर्न फुर्सदै छैन’-राजन घिमिरे


यतिबेला चर्चामा छन् गायक राजेशपायल राई । युवा पुस्ताका चर्चित एवम् नेपाली चलचित्रहरूमा सर्वाधिक गीत गाउने गायक राईको नयाँ गीति एल्बम बजारमा आएको छ यसै सातादेखि ँराई इज किङ’ ।
यो साता नेपाली सिनेमाका महानायक राजेश हमालले राई इज किङको विमोचन गरेका थिए । हाल यसै एल्बमको प्रचार-प्रसार र साङ्गीतिक कार्यक्रममा प्रस्तुत गर्न उनी देश दौडाहामा रहेका छन् भने चाँडै इजरायल र स्विजटरल्यान्डमा रहेका नेपालीमाझ साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्न उनी विदेशी जाँदै छन् ।
० यहाँ धेरै गायक झिँगा धपाइरहेका छन् तर तपाईंलाई त भ्याइनभ्याई छ नि –
– अरू के गरेर बसेका छन् त्यसबारेमा त मलाई थाहा भएन तर श्रोताहरूको कारण म व्यस्त नै छु ।
० तपाईं राईहरूको किङ नै हो त –
– त्यो नभनौँ । सबै क्षेत्र, वर्ग, अनि जातजातिका श्रोताहरूले दिएको उपनाम हो यो मेरो । म यो कुरामा आफूलाई भाग्यमानी ठान्छु कि सबै श्रोताको माया पाउन सफल भएको छु ।
० किङको जमाना त गइसक्यो नि होइन र –
– म शासक गर्ने राजनीतिक किङ परिनँ । गीत गाएर श्रोता अनि दर्शकहरूको मनमा बस्न सकुँ भन्ने मेरो उद्देश्य हो । श्रोताहरूले माया गरेर दिएको उपनामलाई राजनीतिमा लगेर नजोड्ने हो कि ।
० केही गायक गीत गाउने बहानामा विदेशमा नै लुकेर बसेका छन् । तपाईंलाई उतै बस्न मन लागेको छैन –
– त्यस्तो सोच आएको छैन र नआओस् पनि । मलाई श्रोताहरूले माया गरिराख्नुभएको छ र उहाँहरूबाट यसरी माया पाइरहुँ भन्ने कामना गर्दछ ।
० नाम त कमाउनुभयो अनि दामचाहिँ कत्तिको कमाउनुभयो नि –
– यो विषयमा म मेरो एल्बम राई इज किङको एउटा अंश भन्न चाहन्छु –
‘मनको सफा हुनुपर्छ
रिस राग राख्नुहुन्न
इतिहास लेखिएलार्
कर्म गर्न छाड्नुहुन्न’
म यतिबेला कर्म गरिरहेको छु । एक दिन दाम पनि कसो नकमाइएला त †
० तपाईंसँगैका गायकहरू सन्तानको बाबु बनिसके । तर तपाईं अझै अविवाहित किन नि –
– थोरै शब्दमा भन्नुपर्दा नायक राजेश हमालले भनेजस्तै विवाह गर्ने फुर्सदै भएन र फुर्सद पनि मिलेको छैन ।
० केटीहरू देख्दा त बिहे गर्न मन लाग्छ होला नि –
– जो केटी देखे पनि त्यस्तो सोच्ने कुरा त आउँदैन नि ।
० तपाईं जसको दुलाहा बन्नुहुन्छ ती युवती यतिबेला के गर्दै होलिन् –
– मलाई लाग्छ, मेरो गीत सुनिरहेकी होलिन् । हा… हा…हा…
० राजेश हमाल, तपाईं अनि रेखा थापाको जोडी खुबै मिल्छ होइन –
– हो, हामी सबैका नाम ‘र’ बाट आएर पनि होला । म अब चाँडै हामी तीन ‘र’ को जोडी एउटा नयाँ प्रस्तुतिका साथ आउँदै छौं । त्यसले पनि हंगामा गर्नेछ ।

अमेरिकामा रञ्जनाको तमासा
सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न अमेरिका पुगेकी नायिका रञ्जना शर्माले त्यहाँ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिन् कि गरिनन् त्यो त थाहा भएन । तर, यतिबेला उता भने उनी फोटो सेसनतिर भने निकै व्यस्त हुन थालेकी छिन् ।
रञ्जनाको यो तस्बिर अमेरिकाको एक सामुद्रिक तटमा सेसन गरिएको हो । निकै खुलेर र मस्तीका साथ यो तस्बिर सेसन गरिएको देखिन्छ । अहिले यो तस्बिरले ‘फेसबुक’तिर निकै स्थान पाइरहेको छ भने यो तस्बिरलाई लिएर प्रतिक्रिया पनि थुपै्र र फरक-फरक किसिमबाट आइरहेका छन् । भन्नेहरू त यतिसम्मको तस्बिर रञ्जनाले नेपालमा पनि सेसन गरेको थिइनन् पनि भन्न थालेका छन् । रञ्जनालाई के कुराको आश्वासन आयो या के कुराले उनलाई आकरि्षत गर्‍यो र यसरी उनी फोटो सेसन गर्न तयार देखिएकी छिन् ।
यसै तस्बिरको बारेमा नेपालमा रहेका रञ्जनाका श्रीमान् चलचित्र निर्देशक श्याम भटि्टराईसँग सर्म्पर्क गर्दा उनको प्रतिक्रिया थियो, ‘मैले त्यो तस्बिर हेरेको छैन । हेरेपछि प्रतिक्रिया दिउँला ।’ उनको आत्मविश्वास छ, ‘आफ्नो क्यारियरलाई नै असर पर्ने गरी त रञ्जनाले पक्कै पनि तस्बिर खिचाएकी छैनन् होला ।’
‘फोटो जेनिक’ नायिकाको रूपमा चिनिएकी रञ्जना शर्मा फोटो सेसनको मामिलामा पनि अलि बढी लोभी नायिका नै हुन् । त्यो लोभका कारण पनि नयाँ ठाउँमा नयाँ सोच र नयाँ पोजका तस्बिरहरू उनले खिच्नु खासै आपत्तिजनक कुरा भने होइन । तर, पनि फोटो सेसनको उपयोगिताका बारेमा यो तस्बिरहरू हेर्नेले धेरै प्रश्न गरेका छन् उनलाई ।
कलाकारिता क्षेत्रमा वर्षौं लाग्दा पनि आफ्नो भविष्य त्यति बलियो नदेखेपछि अमेरिकातिर भासिएकी रञ्जनाको यो तस्बिर जति मनमोहक, रोचक, उज्यालो र हेर्न लायकको ‘आहा’ भन्ने छ त्यस्तै होस् उनको भविष्य पनि । फोटो सेसनतिरै चाहिँ नअल्मलिनु है रञ्जनाजी ।

भुवनले देखे मन्त्रीको सपना
एमालेमा प्रवेश गरेदेखि नवनियुक्त प्रधानमन्त्री झलनाथ खनालसँग अंगालो मार्दासम्म चर्चामा आएका नायक भुवन केसीको बारेमा यो हप्ता अर्को चर्चा चल्यो, ‘अब उनी पनि मन्त्री बन्दै छन् ।’
संयोग पनि यस्तो मिल्यो कि उनी एमालेमा प्रवेश गरेको करिब दुई हप्ताभित्रै एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बन्न पुगे अनि चलचित्र बजारमा उनले झलनाथसँग अंगालो मारेको तस्बिर मिडियाहरूमा छ्यापछ्याप्ती भएपछि अब भुवन पनि मन्त्री बन्ने भए भन्ने चलचित्रको चर्चाबीच मेल पनि खायो ।
त्यसो त भुवन आजभोलि एमालेको पार्टी कार्यालयतिर खुब धाउन पनि थालेका छन् । आफूले निर्माण गरेको पछिल्लो चलचित्र ‘साथी म त्रि्रो’ को रिलिज पछि सरेपछि फुर्सदको त्यो समयलाई सदुपयोग गर्दै भुवन खुवै राजनीतिक दौडधुपमा लाग्न थालेका छन् । ‘ए हो र भन्या । मैले त त्यसो गरेको छैन,’ भुवन पन्छिन खोज्दै यस्तो जवाफ दिन थालेका छन् आजभोलि ।
प्राप्त अर्को जानकारीअनुसार एमालेमा प्रवेश गर्नुअगाडि भुवनलाई पार्टीबाट ‘तपार्इं युवतीको मामिलामा केही लुज हुनुहुन्छ । अबचाहिँ त्यस्ता सङ्गत कम गर्नुहोला’ भन्ने आग्रह पनि गरिएको थियो । भुवनले यो मामिलामा मिडियामा आएजस्तो आफू लुज नभएको स्पष्टीकरण दिएका थिए । र, आजभोलि भुवन त्यो मामिलामा त्यति चर्चामा पनि आएको देखिँदैन ।