मुजाहिद्दिन समूहका आतंककारी नेपाल-भारत सीमाबाट पक्राउ

मुजाहिद्दिन समूहका आतंककारी नेपाल-भारत सीमाबाट पक्राउ


कुख्यात मुजाहिद्दिन समूहका एक खुंखार आतंककारी नेपाल-भारत सीमाबाट पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ । अत्यधिक खोजी सूचीमा रहेका भारतीय मुजाहिद्दिन समूहका एक आतंकवादीलाई बुधबार नियन्त्रणमा लिइएको हो । प्रहरीको दाबी अनुसार आरिज खान नामक आतंककारीलाई पक्राउ सीमा क्षेत्रबाट पक्राउ गरिएको छ ।

नेपाल-भारत सीमानामा खटिएको दिल्ली प्रहरीको विषेश टोलीले खानलाई एकाएक पक्राउ गरेको बताइए पनि आकस्मिक रुपले पक्राउ परेको कुरा अस्वाभाविक रहेको विश्लेषकहरु बताउँछन् । आरिज खानलाई पक्राउ गर्नमा नेपाल प्रहरीको सहयोग रहेनरहेको केही खुलेको छैन । खानलाई नेपालमै नियन्त्रणमा लिइएर भारतीय प्रहरीलाई बुझाइएको हुन सक्ने अनुमान गरिएको छ, तर यसको पुष्टि गर्ने आधार फेला परेको छैन ।

खान सन् २००८ देखि फरार रहेका र उनलाई पक्राउ गर्न सफल हुनु ठूलो उपलब्धि भएको दिल्ली प्रहरीका उपप्रमुख पीएस कुशहवाहलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् ।

धेरै आतंकवादी हमलामा संलग्न भएको मानिएका खानलाई प्रहरीले कारबाही गर्न लागेपछि लुक्दै भाग्दै आएका थिए ।