अप्रत्यासित रुपले चिसिँदैछ सूर्य

अप्रत्यासित रुपले चिसिँदैछ सूर्य


आगामी सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । सौर्य चक्रका बारेमा हालै गरिएको एक अध्ययनपछि जारी प्रतिवेदनका अनुसार तीव्र एवम् अप्रत्यासित ढंगले सूर्यको तापक्रम घट्दै जाने पत्ता लागेको हो । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अध्ययनपछि उक्त प्रतिवेदन प्रकाशमा ल्याइएको छ ।

वैज्ञानिकहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुने निश्चित मानिएको छ ।

वैज्ञानिकहरुका अनुसार चिसो हुने क्रम संसारभर एकैनासको भने हुने छैन। विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ ।