सिरियामा ३० वर्षयताकै ठूलो हमला, रुस र अमेरिकाको चिन्ता

सिरियामा ३० वर्षयताकै ठूलो हमला, रुस र अमेरिकाको चिन्ता


इजरायलले सिरियामा ३० वर्षयताकै ठूलो आक्रमण गरेको दावी गरेको छ । इजरायली सैनिक प्रवक्ताले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘दमास्कमा १२ सैन्य क्याम्पलाई हामीले निशाना बनायौं । रुस र अमेरिकाले यस घटनामा गम्भिर चिन्ता जनाए ।’

उनले भने, ‘हामीले खासगरी १२ वटा फरक निशाना बनाएका थियौं, त्यसमध्ये ८ वटा इजरेली विमानलाई गोली हान्ने सिरियाली सैन्य अखडा नै हुन् ।’

इजरेलको हवाई हमलाको निशानामा १२ सैन्य अखडा रहेका छन् जसमध्ये ४ वटा इरानी अखडामा निशानामा पारेको क्षेत्र रहेको बताइएको छ।

सिरियाली गोलबारीको निशाना बनेपछि इजरायली जेट इजरायली क्षेत्रमा खसेको थियो । अमेरिका र रुसले भनेको छ ‘इजरायल र सीमामा भएको हिंसाको घटनाले हामी चिन्तित छौं ।’

इजरायलका भनाइअनुसार सीरियाको भित्री भागमा सैन्य क्षेत्रलाई निशाना बनाएको छ । इजरायली बिमान खसालेपछि इजरायलका प्रधानमन्त्री वेन्यामिन नेतान्याहुले भनेका छन्, ‘विमान इजरायली सीमामा घुसेर इरानी ड्रोनको लञ्च स्थललाई निशाना बनाएको थियो ।’

नेतान्याहु भन्छन्, ‘म सीरियामा इरानी सेनाको मोर्चाबन्दीलाई लिएर निकै चिन्तित छु । इरान इजरायलको बर्बाद गर्न र आफ्नो घोषित उद्देश्य पूर्तिका लागि सीरिया क्षेत्रमा गइरहेको छ ।’ एजेन्सी