उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनीसँग दक्षिण कोरियाका राष्ट्रपतिद्वारा भेटवार्ता

उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनीसँग दक्षिण कोरियाका राष्ट्रपतिद्वारा भेटवार्ता


दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोङसँग भेटवार्ता गरेका छन् ।

मुन दक्षिण कोरियाको पूर्वी क्षेत्रमा पर्ने प्योङचाङमा रहेको मुख्य रंगलाशामा २३औं शीतकालीन ओलम्पिक खेलकूद सुरु भएका वेला स्थानीय समय अनुसार विहान ८ बजे प्रवेश गरेका थिए ।

रंगशालामै मुनले किमलाई भेटे र हात मिलाए। किम उत्तर कोरियाको सत्तारुढ दल वर्कर्स पार्टीको केन्द्रीय समितिकी प्रथम उप निर्देशक हुन् ।

किम निजी विमानमा शुक्रबार विहानै दक्षिण कोरिया पुगेकी थिइन् । प्रतिनिधिमण्डल बोकेको विमान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

उनी उत्तर कोरियाली उच्चस्तरीय टोलीको सदस्यका रूपमा दक्षिण कोरिया पुगेकी योनहाप समाचार संस्थाले जनाएको छ । उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व भने माथिल्लो सदनका अध्यक्ष किम योङ नामले गर्नु गरेकी छिन्। उहाँनी विगत निकै लामो समयपछि दक्षिणको भ्रमण गर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुन् ।

प्रतिनिधि मण्डलमा राष्ट्रिय खेलकुद निर्देशक समितिका अध्यक्ष चोए हवाई र शान्तिपूर्ण एकता समितिका अध्यक्ष रि सन ग्वोन पनि वरिष्ठ सदस्यको रुपमा रहेका छन् ।

प्रतिनिधि मण्डलमा १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ । उक्त प्रतिनिधिमण्डल आइतबारसम्म दक्षिण कोरिया रहने बताइएको छ ।

उत्तर कोरियाली उक्त उच्चस्तीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन स्वागतका लागि विमानस्थल पुगेका थिए । मन्त्रीस्तरका व्यक्ति विमानस्थलमा पुगेर गरिएको यो स्वागत उच्चस्तरीय रहेका पनि बताइएको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारका रुपमा विकास गर्ने सुविधा यसै खेलकूदबाट प्राप्त हुनसक्ने भएकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा पनि विश्व समुदायले गरेको विश्लेषण गरिएको छ ।