पावर बैंकका कारण यसरी गयो युवतीको प्राण

पावर बैंकका कारण यसरी गयो युवतीको प्राण


मोबाइल फोन मानिसका जीवनको अभिन्न अङ्गजस्तै बन्न पुगेको छ र मोबाइल चार्ज गर्नको निम्ति पावर बैंक प्रयोग गर्ने प्रवृत्ति पनि उत्तिकै मौलाएको छ । जहाँसुकै र कुनै पनि बेला फोन चार्ज गर्न सकिने सजिलो माध्यम भएकोले पावर बैंकको प्रयोग बढ्नु स्वभाविक पनि हो ।

तर, सायदै कसैले सोचेका होलान् कि मोबाइल चार्ज गर्ने सजिलो माध्यम यही पावर बैंकले ज्यानसमेत लिन सक्छ ।

हो, पावर बैंकसँग सम्बन्धित एक दुःखदायी घटना एजेन्सीहरूले प्रकाशमा ल्याएका छन् । घटना नाइजेरियाको हो । एक युवती आफ्नो पावर बैंकलाई चार्जमा राखेर निदाइन् । सुत्नेबेला पावर बैंक छातीमा राखेकी उनी सोही अवस्थामा निदाउन पुगेकी थिइन् । पावर बैंक चार्ज भइरहेकै अवस्थामा मस्त निद्रामा परेकोले ओभरहिट भएको युवतीलाई पत्तै भएन । ओभर हिटका कारण पावर बैंकको स्किन जल्न पुग्यो र त्यसलगत्तै महिलालाई करेन्टको झट्का लाग्न पुग्यो । निद्राकै अवस्थामा उनको मृत्यु हुन पुग्यो ।

विहान युवतीका अभिभावकले छोरी सुतेकै अवस्थामा घाइते देखी अस्पताल लगे, तर चिकित्सकले पहिले नै मृत्यु भइसकेको जनाए । जलेको पावर बैंक युवतीको छातीमै धसिएको थियो भने शरीरमा ठुल्ठूला चोट लागेको पाइयो । यो घटना सन् २०१६ को भए पनि जनचेतनाका लागि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले हाल महत्वका साथ प्रकाशमा ल्याएका हुन् ।