आगजनीको आरोपमा महिलालाई मृत्युदण्ड

आगजनीको आरोपमा महिलालाई मृत्युदण्ड


चीनको जेजियाङ प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ । ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका चारजना सदस्यको मृत्यु भएको थियो । स्थानीय अकाधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।

मो हुआनजिङ नाम गरेकी ती महिलाले पूर्व नौसेनाको अपार्टमेन्टमा सो आगजनी गरेको ठहर भएको थियो । सो आगजनीमा परी लिन सिङ्बन नामका ती नौसेनाकी श्रीमती र तीन छोराछोरीको मृत्यु भएको हाङजोउको एक अदालतले सिन्ह्वालाई जानकारी दिएको छ । उक्त आगलागीबाट २५ लाख ७० हजार युवान बराबरको नोक्सानी भएको थियो ।