हिट फिल्मकी फ्लप हिरोइन-राजन घिमिरे

हिट फिल्मकी फ्लप हिरोइन-राजन घिमिरे


‘सिनेमा हिट हिरोइनचाहि“ फ्ल्प’ । यस्तो पनि हु“दोरहेछ सिनेमा क्षेत्रमा । अनि यही गुनासो गर्दै हि“ड्न थालेकी छिन् एउटी नवनायिका रञ्जिता गुरुङ आजभोलि । उनी हिरोइन भएको चलचित्र ‘गोर्खापल्टन’ सुपरडुपर हिट भयो । जताततै यो सिनेमाको चर्चा-परिचर्चा भयो, सिनेमा हेर्न गाउ“देखि सहरसम्मका दर्शकहरू हलतिर ओइरिए, दाम पनि यो सिनेमाले राम्रै कमायो तर नायिका रञ्जिता गुरुङ भने चल्दै चलिनन् । किन त – ‘खै म नै अनभिज्ञ छु,’ उनको जवाफ छ ।
गोर्खा पल्टन हिट भएपछि आफ्नो हातमा खातका खात सिनेमा पर्ने रञ्जिताको सपना त्यतिबेला चकनाचुर भयो, सिनेमा हिट भए पनि अन्य सिनेमा निर्माताहरूको आ“खा उनीतिर मोडिएन । गोर्खापल्टन हिट भएपछि जताततै प्रशान्तको वाहवाही भयो र सम्मान पनि उनले नै पाए । तर, त्यसै चलचित्रको अर्को हिस्सा नायिका रञ्जिता गुरुङको नाम र चर्चा भने शून्य रह्यो । त्यसो त गोर्खापल्टनका निर्माताले अर्को चलचित्र नबनाउञ्जेलसम्म रञ्जिताले अर्को चलचित्र नपाउने वास्तविकता यतिबेला झनै बलियो हु“दै जान थालेको छ । विशेष गरेर लोकगीतको भिडियोमा रमाइरहेकी रञ्जिताले केही मिडियाहरूमा ‘नेपालमा हिरोइनलाई राम्रो ठान्दैनन्’ भनेर अन्तर्वार्ता लिएपछि अन्य कलाकार र निर्माताहरू उनीहरूस“ग चिडिएका छन् । यसकारणले गर्दा पनि नियमित चलचित्र बनाउने निर्माताहरूको छनोटमा पर्न सकेकी छैनन् उनी । एउटा चलचित्रमा अभिनय गरेको भरमा पूरा सिनेमा उद्योग र कलाकारिता क्षेत्रको गलत रूपले व्याख्या गरेकाले चलचित्रकर्मीहरू रञ्जिता गुरुङस“ग रुष्ट भएका हुन् । त्यसकारण पनि सिनेकर्मीहरू एकमत भएका कारण रञ्जिताले अब फेरि लोकगीतमा नै सीमित हुनुपर्ने देखिन्छ । ‘हाम्रो जीवन चलचित्र क्षेत्रमा बित्न लाग्यो । यो क्षेत्र हाम्रो आस्था र सम्मान हो, तर हिजो आएकी एउटी नया“ कलाकारले यो पेसामा लागेकाहरूको अपमान गरेकी छिन् । यस्तालाई किन प्रमोट गर्ने -‘ चलचित्रकर्मीहरूको भनाइ छ ।
चर्चामा आइने लोभले त्यति शब्द बोल्नाले त्यही शब्द यतिबेला रञ्जितालाई घा“डो भएको छ । त्यसैले रञ्जिताजी बोल्न पाइयो भनेर प्याच्च र बस्न पाइयो भन्दैमा थ्याच्च बस्नुभएन नि ।

म पनि सेक्सी नायिका रे †
यतिबेला निकै व्यस्त छिन् नायिका गरिमा पन्त । सिनेमाहरूको निर्माणक्रममा सङ्ख्या बढ्दै जान थालेपछि व्यस्त मानिएका नायिकहरूको भीडमा भने विशेष रूपले राम्रो ब्यानरहरू उनको हातमा पर्ने गरेका छन् । अन्य नायिकाहरूभन्दा कम विवाद तर काम भने बढी नै पाउन सफल गरिमा पन्तस“ग गरिएको कुराकानी यसपटक ।
० सिनेमाभन्दा बाहिरको फरक कुरा गरौ“ न हुन्न –
– हुन्छ † भन्नुस् न, तपाईंको प्रश्नको जवाफ दिने प्रयास गर्छु ।
० गरिमालाई कस्ता केटाले आकर्षित गर्छन् त –
– अहिलेसम्म आकर्षित गर्ने केटो नै फेला पारेकी छैन । अब कस्ताले आकर्षित गर्छन् भन्नु ।
० ट्राई गर्नेहरू पनि भेट्टिएका छैनन् त भन्या –
– मनमै ट्राई गरे त मलाई थाहा छैन । तर, प्रत्यक्ष रूपमा त्यस्ता ट्राई गर्ने अहिलेसम्म भेट्टाएकी छैन ।
० केटाको कुनै अङ्ग बन्नुपरेमा –
– पाखुरा बन्थे“ ।
० किन –
– केटाहरूको पाखुरा प्राय: खाइलाग्दो देख्छु म ।
० आफूलाई जिस्क्याउने कुनै केटालाई झापड हान्नुभएको छ –
– अ“ ह“ छैन । मलाई लाग्छ म त्यस्तो अवस्थामा उत्रनु नपरोस् ।
० हिरोइन बनेर गुमाएको चिज –
– स्वतन्त्रता ।
० अनि पाएको नि –
– मान, सम्मान र माया ।
० केटी नभएको भए यो संसार के हुन्थ्यो होला –
– सृष्टि नै रोकिन्थ्यो नि ।
० यो नायिका वा त्यो नायिका सेक्सी छ भन्छन्, सेक्सी नायिका भनेको कस्तो नायिका हो –
– यो त भनाइमा नै गलत छ । कसैको रूप र डे्रसअप हेर्दा त्यो छनक देखियो भने त्यो लाग्ने हो । तर यहा“ त सबै हिरोइनलाई सेक्सी भन्छन् । अचम्म लाग्छ ।
० उसो भए गरिमा सेक्सी नायिका होइन त –
– म त आफूलाई सेक्सी नायिका मान्दिन“ । म कलाकार हु“ । तर मलाई पनि सेक्सी नायिका भन्नेहरू छन् यहा“ । म सेक्सी देखिन्छु र भन्या –

शान्तिको सम्झना
नेपाली चलचित्रकी वरिष्ठ चरित्र अभिनेत्री शान्ति मास्केलाई यो हप्ता सम्भिmयो कलाकार सङ्घले । उनको निधन भएको तेह्रौं पुन्यतिथिको अवसर पारेर कलाकार सङ्घले आफ्नो सङ्घको स्थापनाको बेलामा संस्थापकको भूमिका निभाउनुभएकी स्वर्गीय मास्केले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याउनुभएको योगदानको चर्चा खुलेर गरे कलाकर्मीहरूले ।
कार्यक्रममा स्वर्गीय मास्केकी सहकर्मी बसुन्धरा भुसाल र माया प्रधान त कार्यक्रममा नै शोकविह्वल हुन पुगे भने अर्की कलाकार माया प्रधानले आ“सु नै रोक्न सकिनन् । नेपालका प्रथम रङ्गीन चलचित्र कुमारीकी नायिका चैत्यदेवीले शान्ति मास्केस“ग बिताएका क्षणहरूका बारेमा बताएकी थिइन् भने सङ्घका अध्यक्ष रमेश बुढाथोकीले स्वर्गीय मास्केको नाममा पुरस्कार स्थापना गर्ने कुरा बताए । यो पुरस्कार नेपाली कलाक्षेत्रमा योगदान पुर्‍याउने चलचित्रकर्मीहरूलाई सम्मानस्वरूप प्रदान गरिनेछ । हिजो आज भोलि नामक चलचित्रबाट चलचित्र अभिनय सुरु गर्नुभएकी मास्केको पूरा जीवन नेपाली कलाकारिता क्षेत्रमा नै बितेका थियो ।

र्सर्लिनको साहस
बलिवुड अभिनेत्री र्सर्लिन चोपडा कामका हिसाबले त्यति चलिसकेकी नायिका होइनन्, न त उनीस“ग अभिनयको लामो अनुभव नै छ । मोडलिङ दुनिया“बाट भर्खरै फिल्ममा पाइला हालेकी र्सर्लिनको चर्चा भने बलिवुडका नामी कलाकारहरूको तुलनामा लोभलाग्दो किसिमले नै हुने गरेको छ ।
आखिर त्यस्तो के छ र्सर्लिनमा जसले उनलाई चर्चामा राखिरहन्छ – वास्तवमा चतुर र्सर्लिनलाई राम्रोस“ग थाहा छ कि सिनेमाको रङ्गीन संसारमा आफूलाई कसरी चर्चामा राखिरहन सकिन्छ । गुमनाम हुनुभन्दा बरु बद्नामी नै सही भन्ने अवधारणाबाट पे्ररित र्सर्लिनको चर्चा यतिबेला मुर्म्बई नगरीमा फेरि एकपटक उत्कर्षमा छ । उनलाई त्यसरी चर्चा दिलाउने घटना भने साधारण नै छ । भएछ के भने एक कम्पनी विज्ञापनका लागि सुटिङ गर्दै गर्दा अकस्मात् र्सर्लिनले कपडा बदल्नुपर्ने भयो । त्यहा“ एउटै मात्र हल थियो जहा“ काम भइरहेको थियो र छुट्टै ‘डे्रसरुम’को व्यवस्था थिएन । सुटिङ व्यवस्थापकलाई चिन्ताले सताइरहेको थियो- हतारमा अब कहा“ लगेर र्सर्लिनलाई डे्रस चेन्ज गराउने – यस्तैमा युनिटका पुरुष सहकर्मीहरूकै सामुन्नेमा र्सर्लिनले आफ्नो पूरै कपडा उतारिन् र अर्को पहिरिइन् । उपस्थित पुरुषहरू खलखली पसिना काडेर उनको त्यो र्’हर्कत’ हेरेको हेर्‍यै भए । र्सर्लिनको हिम्मत र कामप्रतिको लगावको सबैले तारिफ गरे । यो घटनाले यतिखेर र्सर्लिनलाई व्यापक चर्चा दिलाएको छ ।

नाटकमा यात्रीको नया“ मोड
नाट्यकर्मी कृण शाह यात्री यतिबेला फेरि एकपटक चर्चामा छन् । सबैभन्दा कम उमेर -३४) मा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ बनेका यात्रीको चर्चाको सर्न्दर्भ हो- उनको सातौ“ नाटकसङ्ग्रह ‘अतिरिक्त यात्रा’ । यसै साता संस्कृतिविद् सत्यमोहन जोशीले लोकार्पण गरेको ‘अतिरिक्त यात्रा’लाई धेरै नाट्यसमालोचकहरूले नेपाली नाटकको नया“ उपलब्धि मान्न थालेका छन् । सङ्ग्रहमा ६ वटा पृथक् शैलीका प्रयोगवादी नाटक छन् । यीमध्ये कतिपय नाटकले नेपाली नाटकको क्षेत्रमा नया“ नाट्य सिद्धान्त र बहसको थालनीसमेत गरेको नाट्यविद् तथा वरिष्ठ समालोचक प्रा.डा. केशवप्रसाद उपाध्याय बताउ“छन् । प्राज्ञ यात्री भन्छन्, ‘नाटकलाई कम्ती पढिने विधा मानिन्छ । तर, मेरो ‘अतिरिक्त यात्रा’ जो पाठकको हातमा पुग्छ, यो पढ्न थालेपछि नसिध्याई छाड्न मन लाग्दैन । थुपै्र पाठकबाट अहिले यस्तै प्रतिक्रिया पाइरहेको छु । प्रयोगस“गै पठनीयता पनि यसको मूल पक्ष हो ।’ साहित्यमा पटक्कै रुचि नराख्ने आमपाठकले समेत ‘अतिरिक्त यात्रा’ मन पराएपछि यात्री निकै उत्साहित बनेका छन् ।
प्रयोगवादी नाटकलेखनमा ख्याति कमाएका यात्रीको ‘अतिरिक्त यात्रा’को लेखनशैलीले उनका अघिल्ला सबै नाटकलाई उछिनेको छ । नाट्यकर्मी अशेष मल्लले भूमिकाका भनेका छन, ‘यात्री समकालीन नेपाली रङ्गमञ्च क्षेत्रका सशक्त योद्धा हुन् । ‘अतिरिक्त यात्रा’ एउटा उत्कृष्ट नाट्यकृति हो । आजको आधुनिक नाटकको इतिहासमा यो कृति सशक्त छ ।’ समालोचक डा. गोविन्दराज भट्टराई ‘अतिरिक्त यात्रा’ले नेपाली साहित्यिमा एक विशिष्ट स्थान प्राप्न गर्ने कुरामा आफू विश्वस्त रहेको बताउ“छन् । लोकार्पण कार्यक्रममा प्रा.डा. ब्रतराज आचार्य र प्रा.डा. लक्ष्मण गौतमले समेत नेपाली नाटकमा यो कृति नया“ उपलब्धिका रूपमा देखिएको चर्चा गरे । वास्तवमा ‘अतिरिक्त यात्रा’ले यात्रीको नाट्यकारितालाई नया“ आवरणमा प्रस्तुत गरेको छ । यो २०६७ कै एक महत्त्वपूर्ण कृति बन्ने कुरामा दुईमत नहोला ।
प्राज्ञ यात्रीका नाट्य प्रयोगहरूलाई रङ्गमञ्चीय खास अर्थ राख्दै आएको छ । उनका नाटकहरू विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहका पाठ्यक्रमहरूमा समेत अध्यापन गराइन्छ । नेपाली रङ्गमञ्चमा पहिलोपटक सङ्केत नाटकको सुरुवात गर्ने श्रेय उनैलाई जान्छ । उनले २०५८ सालमा सर्वोत्कृष्ट नाटक निर्देशकको राष्ट्रिय पुरस्कारसमेत पाइसकेका छन् । भर्खरै त्रिभुवन विश्वविद्यालय, स्नातक तहमा मनिता श्रेष्ठले ‘कृष्ण शाह यात्रीको सङ्केत नाटक’माथि शोध सकेकी छिन् । त्रिवि, स्नातकोत्तर तहमा मञ्जु पाण्डे जोशीले ‘कृष्ण शाह यात्रीको नाट्यकृतिहरूको अन्तर्वस्तु र शिल्प’ शीर्षकमा शोध पूरा गरेकी छिन् । यसैगरी नेपाल संस्कृत विश्वविद्यालयबाट टीका अधिकारीले यात्रीको नाटकसङ्ग्रह ‘समय अवसान’ माथि शोध गरेका छन् । अहिले यात्रीको लघुकथामाथि पनि शोध भइरहेको छ । यसरी हेर्दा कम उमेरमा पनि २१ वटा कृतिका श्रष्टा यात्रीको प्राज्ञिकता लोभलाग्दो देखिन्छ । यो उनको निरन्तर साधना र सक्रियताको प्रतिफल हो ।
भर्खरै जन्मभूमि उदयपुरबाट सम्मानित र अभिनन्दित भएर फर्किएका प्राज्ञ यात्री अहिले सर्वनाम विद्वतवृत्ति प्राप्त शोधग्रन्थ ‘आधुनिक नेपाली रङ्गमञ्च’को प्रकाशनको तयारीमा छन् । साथै वैशाखसम्ममा ‘सिनेमा’सम्बन्धी सम्पूर्ण जानकारीसहितको छ सय पृष्ठको उनको विशेष पुस्तक पनि आउने तयारी भइरहेको छ । यतिबेला भने उनी नया“ नाटक ‘बामियानका चिसा बुद्धहरू’को पूर्वाभ्यासमा जुटेका छन् । फागुनको दोस्रो साता यो काठमाडौंमा मञ्चन हुने उनले जानकारी दिए ।