गम्भीर प्रश्नको जोसिलो जवाफ-श्रीविक्रम भण्डारी

गम्भीर प्रश्नको जोसिलो जवाफ-श्रीविक्रम भण्डारी


फागुन २१ देखि सुदूरपश्चिमाञ्चलमा आयोजना हुन गइरहेको छैटौं राष्ट्रिय खेलकुद यतिबेला धरापमा परेको छ । मुलुकको विषम राजनीतिक परिस्थितिका कारणले बजेट समयमा विनियोजन हुन नसक्दा यो अवस्थाको सिर्जना भएको हो । सरकारले छैटौं राष्ट्रिय प्रतियोगिताका लागि १० करोडको बजेट छुट्याए पनि त्यो अहिलेसम्म आयोजक कमिटीको हातमा पर्न सकेको छैन । प्रतियोगिताको मिति सन्मुख आइपुग्दासमेत भौतिक पूर्वाधारको स्थिति शून्य भएपछि हालै सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय प्रतियोगिता एक वर्षपछि सार्न माग गरेको थिए । सुदूरपश्चिमाञ्चलका विभिन्न राजनीतिक दलका नेता, खेलाडी, खेल पदाधिकारी र स्थानिय जनताले सहभागिता जनाएको उक्त कार्यक्रममा राष्ट्रिय प्रतियोगिताको बारेमा आफ्नो धारणा यसरी प्रस्तुत गरेका थिए :-
ध भीम रावल -गृहमन्त्री)
छैटौं राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिममा ह“ुदै छ भन्ने आफूलाई जानकारी भए पनि रकम रोकिएको बारेमा आफूलाई थाहा नभएको बताउनुभयो । भौतिक संरचनाको निर्माणका लागि सरकारले छुट्याएको रकम कसैले रोक्न नसक्ने दाबी गर्दै थप रकम आवश्यक परे पनि सहयोग गर्ने दाबी गर्नुभयो । प्रतियोगिताका बारेमा सबै जानकारी पाएपछि नीतिगत र व्यावहारिक रूपमा सहयोग गर्दै प्रतियोगितालाई सफल पार्ने बताउनुभयो । उहा“ले अहिले समयको अभावले गर्दा प्रतियोगितामाथि प्रश्नचिह्न लागे पनि योजनाबद्ध तरिकाले अगाडि बढ्न सुभाव दिनुभएको थियो ।
ध लेखराज भट्ट -पूर्वमन्त्री)
अहिले छैटौं राष्ट्रिय प्रतियोगता सुदूरपश्चिमका लागि चुनौती बनेको छ । सुदूरपश्चिमको विकास र साझा सवालका लागि सबै सङ्गठित र एकताबद्ध भएर लाग्नुपर्ने भट्टले बताउनुभयो । दुई वर्षअघि नै भएको निर्णयप्रति राखेप चुप लागेर बसेको आरोप लगाउ“दै भ्रष्टाचार गर्नेहरूले यसबारेमा जनप्रतिनिधिहरूलाई गुमराहमा राखेकोमा आक्रोश पोख्नुभएको थियो । उहा“ले सुदूरपश्चिममा अहिले पनि उत्पीडनको शृङ्खला कायमै रहेको चर्चा गर्दै सरकारले प्रतियोगिताका लागि १० करोड मात्रै नभई आवश्यक बजेट दिनुपर्ने माग गर्नुभएको थियो । यदि यही कारणले त्यहा“का जनताले विद्रोहमा उत्रिनुपर्‍यो त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।
ध रमेश लेखक -पूर्वमन्त्री)
सर्वप्रथम सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर जुन राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय गरिएको छ त्यो प्रशंसनीय र स्वागतयोग्य छ । सुदूरपश्चिम भएकै कारणले बजेट पनि कम जाने र काम पनि कम हुने गुनासो पोख्दै फागुनमा हुने प्रतियोगिताका लागि अहिलेसम्म बजेट नदिनु आपत्तिजनक भएको बताउनुभयो । पूर्वमन्त्री लेखकले कसले पैसा नपठाएको हो, त्यो पठाउने दायित्व कसको हो, त्यसको खोजीनिती गर्नुपर्ने भन्दैै षड्यन्त्रको पर्दाफास गर्न सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो । उहा“ले कसैले राष्ट्रिय प्रतियोगितालाई अन्य ठाउ“मा सार्ने षड्यन्त्र गरेर यस्तो चाल चलेको हो हो भने त्यसलाई असफल बनाउने र प्रतियोगिता सुदूरपश्चिममै गराउने दाबी गर्नुभयो ।
ध हरिबाबु चौधरी -सदस्य सचिव राखेप)
यो कार्यक्रमले आफ्नो ध्यानाकर्षण र हौसला बढाएको बताउ“दै बजेट ढिलो हुनुमा मुलुकको वर्तमान अवस्था जिम्मेवार भएको स्पष्ट पारे । बजेटको बारेमा बोल्दै चौधरीले जुन सदस्यसचिवले आफ्ना कर्मचारीलाई चार महिनासम्म तलब खुवाउन सक्तैन त्यसले ठूलो कुरा गर्न नमिल्ने बताए । चौधरीले १० करोडको बजेटले राष्ट्रिय प्रतियोगिता गर्न नसकिने बताउ“दैै आफूले २३ देखि २५ करोडको माग बताए । अहिले १९.५ करोड सरकार दिन मञ्जुर भएको खुलासा गर्दै प्राप्त बजेेटबाट कार्य अगाडि बढाउनुपर्ने राय प्रकट गरेका थिए । चौधरीले तोकिएको समय मुख्य कुरो भएकोले त्यसमा केही दिन तलमाथि भए पनि खास टारगेट फागुन २१ गते हो भनेका थिए ।
ध मोतीलाल बोहरा -अध्यक्ष, सुप सरोकार मञ्च)
अहिले प्रतियोगिता हुन्छ कि हुन्न अवस्थामा पुगेको छ । बोहराले मञ्च सुदूरपश्चिमको समग्र विकास र हकहितका लागि स्थापना भएको प्रस्ट पार्दै सरोकारवाला र जनप्रतिनिधलाई अगाडि लगाएर आफू अगाडि बढ्ने बताउनुभयो । उहा“लेे राज्यले सुदूरपश्चिमलाई सौतेलो व्यवहार गरेको बताउ“दै अधिकार मागेर, गिडगिडाएर नभई खोसेर लिनुपर्ने बताउनुभएको थियो । सुदूरपश्चिम राज्यका कारणले मात्रै नभई आफ्नै कारणले पनि पछि परेको आरोप लगाउ“दै सम्पूर्ण राजनीतिक दल सङ्गठित भएर लाग्नुपर्ने बेला भइसकेको खुलासा गर्नुभयो । जब पर्‍यो राति अनि बूढी तातीको जस्तो व्यवहार देखाउनुभन्दा सबैले दूरदर्शी भएर लाग्दा सुदूरपश्चिमको भविष्य उज्ज्वल हुने ठोकुवा गर्नुभयो ।
ध किशोरबहादुर सिंह -पूर्वसदस्यसचिव, राखेप)
राष्ट्रिय प्रतियोगिता केका लागि गरिन लागेको हो, सर्वप्रथम सरकार र सम्बन्धित निकाय त्यसप्रति गम्भीर हुनुपर्छ । प्रतियोगिताले उद्देश्य र औचित्य पूरा गरेन भने त्यो अर्थहीन हुन्छ । अन्यथा पाल टा“गेर आयोजना गर्दा पनि भइहाल्छ । राष्ट्रिय हिरो जन्माउने प्रतियोगितालाई हचुवाको भरमा आयोजना गर्नुभन्दा दूरगामी रूपमा सोचेर गर्दा उपयुक्त हुने सिंहको सुझाव थियो । अर्थहीन प्रतियोगिताले राष्ट्रिय प्रतियोगिताको सङ्ख्या मात्र बढाउने भए पनि दीर्घकालीन रूपमा त्यो झारा टार्ने प्रतियोगिता मात्र सावित हुने बताए । तर्सथ समयको पावन्दीभन्दा प्रतियोगिताको उद्देश्य र औचित्यलाई ध्यान दिएको खण्डमा खेलकुदको कल्याण हुनेछ ।
ध भानुभक्त जोशी -सभासद्)
छैटौ“ राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिममा हुने निर्णय भइसकेको छ, अब यसमा कसैले विवाद गर्न आवश्यक छैन । जहा“सम्म भौतिक पूर्वाधारको कुरा छ, सर्वप्रथम त्यो बनाउने, अनि राष्ट्रिय प्रतियोगिता गर्ने । उहा“ले सरकारले छुट्याएको १० करोडको बजेटप्रति आपत्ति प्रकट गर्दै आवश्यक परे जति रकम पनि दिनुपर्ने बताउनुभयो । जोशीले साधन स्रोत भएको काठमाडौंलाई पा“चौ“ राष्ट्रिय खेलकुदको आयोजना गर्न २५ करोड दिने सुदूरपश्चिमलाई भने १० करोड मात्र दिने भन्दै अहिले नै ५० करोड छुट्याउन सरकारलाई आग्रह गर्नुभएको थियो ।
दीपक विष्ट -तेक्वान्दो खेलाडी)
आफूले पहिलोपटक यस्तो भेला देख्दा ज्यादै खुसी लागेको बताउ“दै चर्चित तेक्वान्दो खेलाडी दीपक विष्टले बल्ल आफूलाई छैटौं राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिममा हुन्छ जस्तो लागेको बताए । विष्टले हरेक दृष्टिले पिछडिएको सुदूरपश्चिमबाट प्रतियोगिता सार्न नहुने धारणा सबैले प्रतियोगितालाई सफल बनाउन जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताए । राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने राखेपको जिम्मेवारी भए पनि राखेपकै कमजोरीले यस्तो स्थितिको सिर्जना भएको आरोप लगाएका थिए । विगतका राष्ट्रिय प्रतियोगिताहरू लामो वर्षको अन्तरालमा आयोजना भएको चर्चा गर्दै सुदूरपश्चिममा एक वर्ष ढिला हु“दा केही नबिग्रने बताए । उनले सो अवधिमा भौतिक पूर्वाधारको निर्माण सहजै पूरा हुने र प्रतियोगिताको उद्देश्य र औचित्य पनि पूरा हुने बताए ।
ध उमेश श्रेष्ठ -अध्यक्ष सुदूरपश्चिम क्षेत्रीय खेविस )
भौतिक पूर्वाधारबिना राष्ट्रिय प्रतियोगिता गर्न सकि“दैन भन्दै यो राखेपले गम्भीर रूपमा सोच्नुपर्ने बताए । राष्ट्रिय प्रतियोगिता बबाल काट्ने अर्थात् झारो टार्ने रूपमा गर्न नहुने बताए । रँज्यले उपेक्षा गरेको ठाउ“मा प्रतियोगिता आयोजना गर्न समय चाहिने बताउ“दै यसका लागि व्यापक छलछल हुनुपर्ने बताए । श्रेष्ठले सुदूरपश्चिममा राष्ट्रिय प्रतियोगिता हुनैपर्छ भन्दै यदि षड्यन्त्र भएमा नेपाल बन्द गर्ने धम्कीसमेत दिएका थिए । अहिलेसम्म बजेट निकासा नभएको ठाउ“मा प्रतियोगिता गर्न असम्भव भएको प्रस्ट पार्दै समय सारणी गरेर भौतिक पूर्वाधारको निर्माणमा सबै लाग्नुपर्ने वताए ।

अस्टे्रलियन ओपनमा नोभाक र क्लाइस्टर्स विजयी
वर्षको पहिलो ग्रँन्डस्लाम अस्ट्रेलियन ओपनको उपाधि पुरुषतर्फ सरि्वयाका तेस्रो बरियताप्राप्त नोभाक जोकोभिच र महिलातर्फ बेल्जियमकी किम क्लाइस्टर्सले जित्न सफल भएका छन् । जोकोभिचले फाइनलमा बेलायतका एन्डी मर्ुर्रर्ेेई सोझो सेट ६-४, ६-२ र ६-३ ले पराजित गरेका थिए । जोकोभिचले फाइनलमा पुग्न सेमिफाइनलमा शीर्ष बरियता प्राप्त रोजर फेडररलाई पराजित गरेका थिए । जोकोभिचको यो दोस्रो अस्ट्रेलियन ओपन उपाधि हो । त्यस्तै महिलातर्फको फाइनलमा बेल्जियमकी किम क्लाइस्टर्सले पहिलोपटक ग्रान्डस्लामको फाइनलमा पुगेकी चीनकी लि नालाई सङ्घर्षपूर्ण खेलमा पराजित गर्दै चौथो ग्रान्डस्लाम उपाधि जित्न सफल भएकी छिन् । क्लाइस्टर्सले दोस्रो र तेस्रो खेलमा विजय ह“ुदै आफूलाई बूढो बाघ सावित गरेकी थिइन् । सन् २००७ मा टेनिसबाट सन्न्यास लिएकी क्लाइस्टर्स सन् २००९ मा पुन: कोर्टमा फर्किएकी थिइन् । छोरा पाएर टेनिसमा फर्किएपछि उनले जितेको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । गत वर्ष उनले अमेरिकन उपाधि जितेकी थिइन् । पहिलोपटक ग्रान्डस्लामको फाइनलमा पुगेर कीर्तिमान बनाएकी लिले फाइनलमा उत्कृष्ट पर््रदर्शन गरे पनि क्लाइस्टर्सको अनुभव उनका लागि तगारो बनेको थियो । विजयपछि क्लाइस्टर्स निकै भावुक ह“ुदै लिको भविष्य उज्ज्वल भएको बताउ“दै आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिएकी थिइन् ।

थ्री स्टार आहा गोल्डकपमा चम्कियो
मोफसलको सबैभन्दा चर्चित फुटबल प्रतियोगिता आहा गोल्डकपको उपाधि थ्री स्टार क्लबले जित्न सफल भएको छ । थ्री स्टारले फाइनलमा मनाङमर्स्याङ्दी क्लबलाई पराजित गर्दै उक्त उपाधि जितेको हो । थ्री स्टारलाई उपाधि दिलाउनमा बुद्ध चेम्जोङले निर्णायक गोल गरेका थिए । चेम्जोङले उक्त गोल खेलको २४औ“ मिनेटमा पेनाल्टी क्षेत्रबाट गरेका थिए । विजयपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले यो खेलाडीको उत्कृष्ट खेलको परिणाम भएको बताए । उपाधिस“गै थ्री स्टारका खेलाडीले महत्त्वपूर्ण पुरस्कारसमेत हात पारेका थिए । थ्री स्टारका कप्तान सञ्जीव बुढाथोकीले सर्वोकृष्ट खेलाडीको पुरस्कारस्वरूप यामाहा मोटरसाइकल प्राप्त गरेका थिए । त्यस्तै उपाधि जितेबापत थ्री स्टारले दुई लाख रुपैया“ प्राप्त गरेको थियो भने मनाङले एक लाखमै चित्त बुझाएको थियो ।
नासाको रामराजामाथि रोमाञ्चक जित
कलैयाको रामराजा क्लबलाई सनसनीपूर्ण तरिकाले पराजित गर्दै नारा इन्टरनेसनल क्लब काठमाडौंले होटेल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिता जित्न सफल भएको छ । अत्यन्तै रोमाञ्चकारी खेलमा नासाले रामराजालाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको रामराजाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १६ रन बनाएको थियो । प्रतिउत्तरमा एक सय १७ रनको लक्ष्य पाएको नासाले ६ विकेट गुमाउ“दै उक्त लक्ष्य पाएको थियो । खेलको अन्तिम दुई बलमा तीन रन चाहिएको अवस्थामा सन्तोष बरालले चौका ठोकेर नासालाई विजयी गराएका थिए । सन्तोष नै फाइनल खेलका म्यान अफ दि म्याच बन्न सफल भएका थिए । यो उपाधि जितस“गै नासाले एक लाख रुपैया“ र ट्रफी प्राप्त गरेको थियो । प्रतियोगिताको उत्कृष्ट बलर र फिल्डरको उपाधि क्रमश: सन्तोष भट्ट, सुवास प्रधान र प्रकाश खड्काले जितेका थिए । उनीहरूले नगद १५ हजार प्राप्त गरेका थिए भने उपविजेता टिम रामराजाले ४० हजार प्राप्त गरेको थियो ।

एसिया कपको उपाधि जापानको पोल्टामा
एएफसी एसियन कपको १५औ“ संस्करण हालै सम्पन्न भएको छ । कतारमा सञ्चालन भएको उक्त प्रतियोगितामा एसियाका १६ राष्ट्रले सहभागिता जनाएका थिए । निकै प्रतिस्पर्धात्मक रहेको उक्त प्रतियोगितामा जापानले विजय हासिल गर्दै चौथोपटक उपाधि चुम्ने सौभाग्य पाएको छ ।
जापान फाइनलमा नवप्रवेशी अस्ट्रेलियालाई पराजित गर्दै च्याम्पियन बनेको हो ।
विगत एक दशकदेखि विश्व फुटबलमा प्रभावशाली पर््रदर्शन गर्दै आएका एसियाली राष्ट्रहरूको यो प्रतियोगिता निकै सनसनीपूर्ण हुने अड्कल काटिएको थियो । लिग चरणका खेलहरूमा निकै घम्साघम्सी चले पनि आखिर अड्कल गरेका चारवटै टिम जापान, दक्षिण कोरिया, उज्वेकिस्तान र अस्ट्रेलिया सेमिफाइनलमा पुग्न सफल भएको थिए । एसियाका दुई महारथी जापान, कोरिया र आफूलाई एसियाको नया“ महारथी बनाउने होडमा अस्ट्रेलिया र उज्वेकिस्तान झुल्किएका थिए । सेमिफाइनलमा पुग्ने चारवटै टिम निकै उत्कृष्ट भएकाले प्रतियोगितामा नया“ रौनक छाएको थियो ।
सेमिफाइनलको पहिलोे भिडन्त चिरप्रतिद्वन्द्वी जापान र कोरियाबीच भएको थियो । निकैै प्रतिस्पर्धात्मक र सनसनीपूर्ण रहेको उक्त खेलमा दुवै टिमले निर्धारित र अतिरिक्त समयमा पनि गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । लिग चरणदेखि नै भाग्यको साथ पाएको जापानले टाइब्रेकरमा दक्षिण कोरियालाई ३-० ले पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनलमा नया“ शक्तिका रूपमा उदाएका अस्ट्रेलिया र उज्वेकिस्तानबीच भिडन्त भएको थियो । दुवै टिम युरोपेली शैलीमा खेल्ने भएकाले खेलमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर, खेल सोचेअनुरूपको हुन सकेन । पा“च मिनेटको अन्तरालदेखि नै गोल गर्न थालेको अस्ट्रेलियाले अन्तिम समयसम्म गोल गरेर खेलमा पूर्ण आधिपत्य जमाएको थियो । अस्टे्रलियाले उक्त खेल ६-० को अन्तरले जितेको थियो ।
ज्ाापान र अस्ट्रेलियाका समर्थकहरूले खचाखच भरिएको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनल खेल निकै रोमाञ्चक र सनसनीपूर्ण भएको थियो । दुवै टिमले एक-अर्काका पोस्टमा गोल दाग्न कोसिस गरे पनि असफल भएका थिए । निर्धारित समयसम्मको घम्साघम्सीमा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो हाफमा अस्ट्रेलिया उत्कृष्ट पर््रदर्शन गरे पनि गोल गर्नबाट भने विमुख भएको थियो । त्यसपछि दोस्रो हाफको शुभारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको जापानले चार मिनेटपछि शानदार गोल गरेर अग्रता लिएको थियो । उक्त गोल नागाटोमाले मिलाएको क्रसपासमा तडानारी लीले गरेका थिए । लीको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । हालै ग्वान्झाउमा सम्पन्न भएको एसियाली खेलकुद प्रतियोगिताअर्न्तर्गत फुटबलमा स्वर्ण पदक जित्न सफल भएको जापानी टिमको यो दोस्रो ठूलो सफलता हो । यो विजयपश्चात् जापान एसियाको सबैभन्दा सफल फुटबल राष्ट्र बन्न सफल भएको छ ।