ओलीको प्रस्ताव सुनेर माधव छक्क

ओलीको प्रस्ताव सुनेर माधव छक्क


अनुमान र अपेक्षाविपरीत नेकपा एमालेले अध्यक्ष झलनाथ खनाललाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । पार्टी मुख्यालय बल्खुमा मंगलबार दिउ“सो करिब २ घन्टा मात्र बसेको केन्द्रीय समिति बैठकले खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा प्रभावशाली नेता केपी ओलीले एमालेको तर्फबाट अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गराउन बैठकसमक्ष प्रस्ताव गर्छु भन्दै खनाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको थियो । बैठकमा सहभागी
नेताका अनुसार नेता ओलीले बैठकमा एक्कासि प्रधानमन्त्रीको उम्मेदवारमा अध्यक्ष खनालको नाम प्रस्ताव गर्दा अधिकांश एमाले नेताहरू मुखामुख गरेका थिए । नेता ओलीले ‘हाम्रो अध्यक्ष क. प्रधानमन्त्रीको उम्मेदवार बन्न खोज्नुहुन्छ, तर बैठकमा प्रस्ताव पेस गर्न सक्नुहुन्न, त्यसैले म आफैं प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गर्छु भन्दा बैठकमा अध्यक्ष खनालस“गै बस्नुभएका प्रधानमन्त्री नेपाल ट्वाल्ल परेर ओलीलाई एकोहोरो हेरिरहनुभएको थियो ।
स्रोतका अनुसार अध्यक्ष खनाल र नेता ओलीबीच सोमबार सा“झ भएको गोप्य छलफलमा पार्टीको तर्फबाट अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गर्ने र त्यसलाई बैठकबाट पारित गराउने सहमति भएको थियो । सहमतिअनुसार नेता ओलीले केन्द्रीय कमिटीमा प्रधानमन्त्रीका उम्मेदवारको रूपमा खनालको नाम प्रस्ताव गर्नुभएको हो । खनाल र ओलीबीच सोमबार सा“झ भएको सहमतिका बारेमा प्रधानमन्त्री नेपाललाई समेत औपचारिक जानकारी गराइएको थिएन । ओलीनिकट एक केन्द्रीय नेताले भन्नुभयो, ‘केन्द्रीय कमिटीले जे निर्णय आज मंगलबार गरेको छ, त्यो हिजो सा“झ भएको खनाल-ओलीबीचको गोप्य छलफलको नतिजा हो ।’
माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा स्वीकार्न सकिने भन्दै आउनुभएका प्रधानमन्त्री नेपालको पछिल्लो अभिव्यक्तिबाट अलिक रुष्ट बन्नुभएका नेता ओलीले प्रधानमन्त्री नेपालको सेखी झार्नका लागि पनि सर्वसम्मत रूपमा अध्यक्ष खनालको नाम बैठकबाट पारित गराउनुभएको हो । नेता ओलीले उग्रवादीहरूको नेतृत्व स्वीकार्नुभन्दा उग्रवादीलाई तह लगाएर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनु धेरै उत्तम हुने बताउनुभएको थियो । स्रोतका अनुसार अघिपछिका बैठकमा माओवादीको आलोचनामा बढी समय बिताउनुहुने नेता ओलीले मंगलबारको बैठकमा माओवादीको आलोचना गर्नुभएन ।
ओलीले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गरेपछि प्रधानमन्त्री नेपालले समर्थन गर्नुभएको थियो- एमाले नेता प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूस“ग एमालेबाट केपी ओलीको प्रस्ताव र माधव नेपालको समर्थनमा अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहा“ले भन्नुभयो- पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अध्यक्ष खनाललाई अघि सार्ने निर्णय गरेको र खनालको उम्मेदवारीमा सर्वसम्मति गराउन सबै दलस“ग औपचारिक छलफल गर्ने निर्णय भएको छ । उहा“ले भन्नुभयो- हामी आजैबाट अन्य दलहरूस“गको छलफलमा जुट्छौ“ । सा“झसम्म औपचारिक रूपमा कुनै पनि दलका नेताहरूस“ग एमालेले छलफल गरेको थिएन । प्रधानमन्त्रीको उम्मेदवारका लागि बुधबार संसद् सचिवालयमा नाम दर्ता गराउनुपर्नेछ ।

भारत माथि पुग्दा नेपाल झनै तल †
सवा एक अर्ब जनसङ्ख्या रहेको छिमेकी मित्रराष्ट्र भारतको प्रतिव्यक्ति आय ४६ हजार चार सय बयानब्बे रुपैया“ पुगेको छ । एक वर्षअघि मात्र ४० हजार ६ सय पा“च रुपैया“ रहेको प्रतिव्यक्ति आय यो वर्ष १४.५ प्रतिशतले बढेर एघार सय अमेरिकी डलरबराबर पुग्नुलाई भारतीय अर्थतन्त्रको तीव्र सुधारको सङ्केतका रूपमा लिइएको छ । कम्तीमा आठ प्रतिशत आर्थिक वृद्धिदर रहेको भारतले पछिल्ला केही वर्षयता हासिल गरेको उपलब्धिलाई विश्वमै उदाहरणीय मानिएको छ । विश्वको दोस्रो ठूलो जनसङ्ख्याको भारी बोकेर पनि भारतले हासिल गरेको प्रगतिले प्रतिबद्धता भयो भने धेरै गर्न सकि“दोरहेछ भन्ने सन्देश पनि दिएको छ । लोकतन्त्र स्थापनाको ६ दशक पूरा हु“दानहु“दै भारतले गरेको आर्थिक प्रगतिको विश्वसमुदायले सराहना गरेको छ ।
तीन दशकअघिसम्म भारतको बराबरी जस्तै प्रतिव्यक्ति आय भएको नेपालले अहिलेसम्म पा“च सय अमेरिकी डलर पुर्‍याउन सकेको छैन । अहिले नेपालको प्रतिव्यक्ति आय चार सय चालीस डलर मात्र छ । एसियाको सबभन्दा गरिब मुलुकको रर्ेकर्ड कायम गरिसकेको नेपाल अब संसारकै सबभन्दा गरिब देश बुरुण्डीको हैसियतमा पुग्ने स्थिति बनेको छ । सन् १९८९ मा नेपाल, बंगलादेश र लाओसको प्रतिव्यक्ति आयबराबर अर्थात् एक सय असी डलरबराबर डलर थियो । अहिले लाओसले आठ सय नब्बे -८९०) र बंगलादेशले पा“च सय नब्बे -५९०) डलर पुर्‍याइसकेका छन् । जब कि नेपालको भन्दा बंगलादेशको जनसङ्ख्या कम्तीमा ६ गुणाले बढी छ । अहिले नेपालभन्दा पछाडि बुरुण्डी, कङ्गो र लाइबेरियाजस्ता अफि्रकी राष्ट्रहरू मात्र रहेका छन् । यस्तै प्रकारको आर्थिक दशा कायम रह्यो भने नेपालले विश्वको सबैभन्दा गरिब मुलुकको पहिचान बनाउन पा“च वर्ष पनि प्रतीक्षा गर्नु नपर्ने अर्थविद्हरूको अनुमान छ । यसरी विश्वमा व्यापक आर्थिक प्रगति भइरह“दा पनि नेपालचाहि“ पछि पर्दै जानुको कारण के हुनसक्छ भनी विख्यात अर्थविद् एवम् सभासद् डा. तिलक रावलको ध्यानाकर्षण गर्दा उहा“ले भन्नुभयो, ‘हाम्रो राजनीति अर्थतन्त्रकेन्द्रित हुन सकेको छैन र हुन खोजेको पनि देखि“दैन । राजनीतिक नेतृत्वमा आर्थिक समृद्धिका बारेमा ठोस अवधारणा र प्रतिबद्धता भएजस्तो मलाई लागिरहेको छैन । जबसम्म आर्थिक समृद्धिमुखी राजनीति सुरु हु“दैन तबसम्म देशले प्रगति गर्ने आशा गर्न सकि“दैन ।’ अगुवा राजनीतिकर्मीहरूको भूमिकाप्रति निराशा प्रकट गर्दै डा. रावलले भन्नुभयो, ‘जनता जागेर मात्र देशको आर्थिक विकास हुन सक्दैन, अर्थतन्त्रमा सुधारका निम्ति नेताहरू नै जाग्नुपर्छ, जसको सम्भावना तत्कालका लागि म कम देखिरहेको छु ।’

प्रचण्डको चामत्कारिक क्षमता †
बोली र व्यवहारको ठेगान नभएका नेताका रूपमा प्रचण्डको व्यक्तित्व स्थापित हु“दै गएको भए पनि चाहेका बेला जोकसैलाई पनि उपयोग गर्नसक्ने चामत्कारिक क्षमता अझै पनि उहा“मा छ भन्ने पुन: पुष्टि भएको छ । पार्टीमा एक समय रामबहादुर थापा बादललाई शिखरमा पुर्‍याएर तल ओराल्नुहुने उहा“ले लोकतन्त्र स्थापनाको क्रमस“गै बाबुराम भट्टराईलाई चाहेजति र सक्नेजति उपयोग गर्नुभयो, यतिबेला प्रचण्डबाट उपयोग हुनेपालो मोहन वैद्य किरणको आएको छ । हिंसात्मक युद्धकालमा आवश्यकताअनुसार दरबार, दरबारिया, मित्रराष्ट्र र विभिन्न दलका नेता एवम् प्रशासकहरूलाई समेत उपयोग गर्ने कला सफलतापूर्वक प्रस्तुत गर्नुहुने प्रचण्ड ०६३ असारमा खुला राजनीतिमा आउनुभएपछि उहा“ दिनप्रतिदिन ‘एक्स्पोज’ हु“दै जानुभएको ठानिएको थियो । धेरैले प्रचण्डको वचन खोटा सिक्कासरह भएको निष्कर्ष निकाल्दै ‘अब नचल्ने’ अनुमान पनि गरेका थिए । तर, उहा“लाई आवश्यक परेका बेला आफ्नो इशारामा अर्काको पार्टीका नेतालाई मज्जाले नचाउन सक्ने क्षमता यतिबेला उहा“ले पुन: दर्शाउनुभएको छ । नेकपा एमालेका झलनाथ खनाल र नेपाली काङ्गे्रसका शेरबहादुर देउवाका क्रियाकलापले प्रचण्डको चामत्कारिक क्षमता अद्यापि रहेको पुष्टि गरेको छ । एमालेको घोषित मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको विरोधी मानिनुहुने झलनाथ खनाल पार्टीभित्रका जबज पक्षधरभन्दा माओवादीका प्रचण्डलाई निकटको मित्र ठान्नुहुन्छ । प्रधानसेनापति पदबाट रुक्मांगद कटवाललाई असमयमै हटाउन सहमति दिएर चाइना पुग्नुभएका खनालले नेपाल र्फकनुभएपछि पूर्वसहमतिमा अडान लिन नसक्दा प्रचण्ड केही कालका लागि खनालस“ग टाढिनुभएको पनि थियो । तर, माधव नेपाललाई प्रधानमन्त्री पदबाट हटाउन झलनाथको सहयोग आवश्यक पर्ने देखिएपछि प्रचण्डले पुन: उहा“लाई उपयोग गर्न थाल्नुभयो र खनालकै कारण माधव नेपालले पदबाट राजीनामा दिनुभएको पनि हो । आफैं प्रधानमन्त्री बन्न कस्सिएका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाइदिने आश्वासनमा खनाल धेरै लामो समयसम्म झुलिरहनुभयो । अहिले पनि झलनाथमा प्रचण्डमोह यथावत् देखिन्छ ।
त्यसैगरी नेपाली काङ्गे्रसका शेरबहादुर देउवा अर्को त्यस्ता पात्रको कोटिमा पर्नुभएको छ जसलाई प्रचण्डले चाहेका बेला सजिलै उपयोग गर्न र बेवकुफ बनाउन सक्नुहुन्छ । ०५८ सालमा गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री पदबाट राजीनामा गर्न बाध्य बनाउने भूमिका देउवाले माओवादीस“ग मिलेर भित्रभित्रै निर्वाह गर्नुभएको थियो । त्यसबेला देउवा प्रधानमन्त्री हुनेबित्तिकै माओवादीले युद्धविराम घोषणा गरेर देउवास“ग वार्ताको नाटक पनि गर्‍यो । केही महिना वार्ताका नाममा देउवालाई अलमल्याउ“दै शक्ति सञ्चय गरेर प्रचण्डले पहिलोपल्ट सैन्य ब्यारेकमाथि हमला गर्ने सामर्थ्य जुटाएका थिए । त्यसबेला माओवादीका विरुद्ध कसैले बोलेमा या उनीहरूप्रति शङ्का मात्र गरेमा पनि देउवा प्रतिवाद गदर्ैर्ैैाइलाग्नुहुन्थ्यो । पछि माओवादीले धोखा दिएपछि मात्र उहा“ माओवादीप्रति आक्रामक बन्नुभएको थियो । त्यसैबीच देउवाको हत्या गर्ने नियतले माओवादीले आक्रमण गरेपछि देउवा माओवादीप्रति थप क्रूद्ध र सचेत हुनुभएको थियो । तर, अहिले प्रचण्डले प्रधानमन्त्री बन्न सहयोग पुर्‍याउ“छु भनी कृत्रिम वचन दिएपछि देउवा प्रचण्डको पासोमा पुन: लटपटिनुभएको छ । काङ्गे्रसमा बिग्रह ल्याउन प्रचण्डले बुनेको जालमा अल्भिmनुभएका देउवा काङ्गे्रसले आफूलाई उम्मेदवार बनाए माओवादीले समेत समर्थन गर्ने भनी प्रचार गर्दै हुनुहुन्छ । वास्तवमा माओवादीले काङ्गे्रसको नेतृत्व स्वीकार गर्ने कुनै सम्भावना छैन । सकेसम्म आफ्नै नेतृत्वमा र नसके वामगठबन्धनको नाममा झलनाथलाई प्रधानमन्त्री बनाएर सरकारको लगाम आफ्नो हातमा राख्ने योजना प्रचण्डको रहेको छ । झलनाथभन्दा माथि उक्लेर माधव नेपाललाई समेत समर्थन गर्ने सोच माओवादीमा देखि“दैन । तर, देउवा प्रचण्डका कुरामा यसरी लटपटिनुभयो कि देउवाले आफ्नो भूमिकालाई लिएर अरूले के भन्लान् भन्ने कुराको पनि हेक्का राख्नुभएन । यस घटनाले प्रचण्ड चाहेका बेलामा जसलाई पनि आफ्नो इच्छाबमोजिम प्रयोग र परिचालन गर्नसक्ने चामत्कारिक क्षमता राख्नुहुन्छ भन्ने पुष्टि गराएको छ ।

बाबुरामको अर्को प्रस्ताव पनि अस्वीकार
०६३ को जनआन्दोलनका महत्त्वपूर्ण उपलब्धिहरूलाई संस्थागत गरेर मात्र परिवर्तनको अर्को चरणमा प्रवेश गर्नु उपयुक्त हुन्छ भन्ने धारणामा दृढ रहनुभएका माओवादी नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीका निम्ति प्रस्तुत गर्नुभएको गैरपार्टी सदस्यको नाम पार्टी अध्यक्ष प्रचण्डले अस्वीकार गरिदिनुभएको छ । प्राप्त जानकारीअनुसार राष्ट्रिय सहमतिको सरकार बनाएको अवस्थामा मात्र शान्ति र नया“ संविधान सुनिश्चित हुने विश्वासमा रहनुभएका डा. भट्टराई ‘स्वतन्त्र’ व्यक्तिहरूमध्येबाट कसैलाई प्रधानमन्त्री बनाएर सबै दलहरू सम्मिलित सरकार गठन गर्नु एउटा उत्तम विकल्प हुने ठान्नुहुन्छ । संसद्को ठूलो पार्टीको हैसियतमा माओवादी नेतृत्वमा
सहमतीय सरकार बन्न सक्दैन भने पार्टीबाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाएर भए पनि निकास दिनुपर्ने पक्षमा भट्टराई रहनुभएको बताइन्छ । त्यसनिम्ति उहा“ले विकल्पका रूपमा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री देवेन्द्रराज पाण्डे र जातिवादी नेता पद्मरत्न तुलाधरको नाम प्रधानमन्त्रीका लागि प्रचण्डसमक्ष प्रस्ताव गर्नुभएको थियो । तर, प्रचण्डले तीनवटै नाम मात्र होइन त्यस्तो विकल्प नै अस्वीकार गरिदिनुभएको छ । प्रचण्डको भनाइ छ, ‘हामै्र नेतृत्वमा सरकार गठन गर्नु अहिलेको मूल आवश्यकता हो, त्यसो भएन भने वामपन्थी गठबन्धनकै सरकार निर्माण गरेर क्रान्तियात्रालाई सहज बनाउनु उपयुक्त हुनेछ ।’ भनिन्छ, डा. भट्टराईले विभिन्न शक्तिकेन्द्रका प्रतिनिधिहरूस“गको भेटका अवसरमा पनि शान्ति र संविधानको सुनिश्चितताका लागि ‘स्वतन्त्र’ व्यक्तिहरूमध्येबाट प्रधानमन्त्री बनाएर भए पनि निकास खोज्नुपर्ने धारणा राख्दै आउनुभएको छ । आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले समेत अस्वीकार गर्नुभएपछि अब बाबुराम भट्टराईको प्रस्तावले आकार नलिने निश्चित मानिएको छ ।

माओवादी छोडेर ध्यान केन्द्रमा
नेकपा माओवादीका एक नेताले पार्टी परित्याग गरेर विपश्यना ध्यान केन्द्रमा जाने निर्णय गरेका छन् । माओवादीनिकटको सूत्रले जनाएअनुसार पार्टीको सल्लाहकार एवम् राज्यसमिति सदस्य युक्त भेटवालले अचानक त्यस्तो निर्णय गरेका हुन् । भेटवालले ‘पार्टीका नेताहरूको बोली र व्यवहारमा एकरूपता नभएको’ लिखित आरोप लगाउ“दै साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । अब केही दिन विपश्यना ध्यान केन्द्रमा गएर ध्यानमग्न हुने र त्यहा“बाट फर्केर आएपछि भावी राजनीतिक यात्राबारे निर्णय लिने सोचमा भेटवाल रहेको उनका निकटवर्तीहरूले जनाएका छन् । ०५६ सालको संसदीय निर्वाचनमा झापाको क्षेत्र नं. ४ मा तात्कालिक माले उम्मेदवार राधाकृष्ण मैनालीका विरुद्ध एमालेले भेटवालालाई मैदानमा उतारेको थियो र उनले त्यसबेला निकै राम्रो मत पनि पाएका थिए । तर पछि भेटवाल अचानक एमाले परित्याग गरी माओवादी पार्टीमा प्रवेश गरेका थिए । झापामा प्रतिभाशाली नेता मानिएका भेटवालले अचानक पार्टी परित्याग गरेको कुरालाई माओवादीले गोप्य राख्न चाहेको छ ।

म:म: खाएर मिलाप पर््रदर्शन
मंगलबार एमाले पार्टी कार्यालय बल्खुको माहौल बेग्लै थियो । केन्द्रीय समिति, पोलिटब्युरो वा स्थायी समिति जुनसुकै बैठक भए पनि बैठक सक्दा-नसक्दै बैठक हलबाट मात्र नभएर पार्टी कार्यालयबाटै हतारहतार बाहिरिने नेताहरू मंगलबार निकैबेर अल्मलिए । उनीहरू यसरी अलमलिनुको कारण थियो- एमालेको केन्द्रीय कमिटी बैठकबाट सर्वसम्मत रूपमा अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने निर्णय । मंगलबारको निर्णयले सबैभन्दा बढी खुसी अध्यक्ष खनाल पक्षधर नेताहरू थिए । ढिलै भए पनि सही र सामूहिक निर्णय गरी पार्टीलाई अघि बढाउने प्रण पार्टीका तीन शीर्ष नेता अध्यक्ष खनाल, प्रधानमन्त्री नेपाल र प्रभावशाली नेता केपी ओलीले गर्नुभएको छ, यो पार्टीका लागि राम्रो सङ्केत हो- बैठकपछि एमालेका मध्यमार्गी नेताहरू भन्दै हुनुहुन्थ्यो । बुटवलमा सम्पन्न पार्टीको केन्द्रीय महाधिवेशनपछि सम्भवत: यो पहिलो निर्णय हो- बैठकपछि खनालनिकट नेता प्रकाश ज्वालाले भन्नुभयो । ‘बैठकमा कसैले पनि खनालको प्रधानमन्त्रीको उम्मेदवार बन्ने कुरामा विरोधको कुरा उठाएनन्,’ नेता ज्वालाले भन्नुभयो, ‘बैठकमा नेता ओलीले खनाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दा प्रधानमन्त्री नेपाललगायत नेता ओलीनिकट नेताहरूसमेत आर्श्चर्यमा परेका थिए ।’ नेता ज्वालाले खनाल
प्रधानमन्त्री बन्नेमा ९५ प्रतिशत पक्का भएको भन्दै एमालेकै नेतृत्वमा संविधान निर्माण र शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन सफल भए, एमाले नेपालकै पहिलो पार्टीको रूपमा उदय हुने जिकिर गर्नुभयो ।
यसअघिको बैठकमा खाजाका लागि चिउरा-तरकारी मात्र खाने एमाले नेताहरूले मंगलबारको बैठकमा खाजाको रूपमा म:म: भोजन गरे । एक-अर्कालाई यो फलानो र ढिस्कानो धारको भन्दै आरोप-प्रत्यारोपमा समय खर्चिनेहरूले पनि मंगलबार अंकमाल गर्दै नक्कली मित्रता पर््रदर्शन गरेका थिए । उनीहरू भन्दै थिए- पार्टीले जे निर्णय गर्‍यो त्यसलाई कार्यान्वयनमा लैजान हामी सक्रिय भएर लाग्नुपर्छ । खनालनिकट एक नेताले भने- प्रधानमन्त्री नेपाल र नेता ओलीबीच पछिल्लो समयमा देखिएको असमझदारीका कारण पार्टीले सही निर्णय गरेको हो । ती नेताका अनुसार प्रधानमन्त्री नेपाल पछिल्लो समयमा एकीकृत माओवादस“ग नजिकिएको र पार्टीको धारभन्दा बाहिर गएर माओवादीस“ग सा“ठगा“ठ गरेको नेता ओलीले नेपाललाई आरोप लगाउनुभएको छ । तर, माओवादीको समर्थन र सहयोगबिना खनाल प्रधानमन्त्री बन्न नसक्ने भएकोले तत्काल कुनै पनि दललाई चिढाउनु नहुने ज्वालाको भनाइ थियो । उहा“ले भन्नुभयो, ‘अरू नै व्यक्तिको नाम प्रस्ताव गरेको भए भन्न सकि“दैनथ्यो, खनालको नाम प्रस्ताव गरेकाले माओवादीले खनाललाई सहयोग गर्ने सम्भावना बलियो छ ।’

हिन्दू सिध्याउने अर्को प्रयास
भइरहेको हिन्दू राष्ट्रको पहिचान मेटेर धर्मनिरपेक्ष राष्ट्र बनाउ“दासमेत चुपचाप बस्ने हिन्दूहरूका लागि अब धर्म र पहिचानको रक्षा ठूलो चुनौती बनेर खडा भएको छ । गैरहिन्दूहरूले हिन्दूहरूको महान् तर्ीथस्थल पशुपतिनाथ क्षेत्रमा समेत अतिक्रमण गर्न थालेपछि थप सङ्कटमा पर्ने निश्चित बनेको हो । पशुपति क्षेत्रको श्लेष्मान्तक बनमा शव गाड्न नदि“दा पर््रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । पशुपतिमा हिन्दू संस्कारअनुरूप लास जलाउने गरिएको छ र पशुपत क्षेत्र -श्लेष्मान्तक र वरिपरि) मा साधु बाबाहरूको लास गाड्ने गरिएको छ । तर, केही समययता किरा“त समुदाय तथा क्रिश्चियनहरूले समेत सोही स्थानमा लास गाड्न थालेपछि पशुपति क्षेत्र विकास कोषले सो क्षेत्रमा लास गाड्न बन्देज लगाएको हो । त्यसको विरोधमा किरा“त समुदाय बाहिर आएको देखिए पनि भित्री रहस्य भने अर्कै छ । किरा“त समुदायका केही निर्दोष मानिसलाई उक्साएर
सडकसम्म पुर्‍याउनुमा क्रिश्चियनहरूको गिरोह नै नियोजित रूपमा सक्रिय भएको बुझिएको छ । हिन्दूको सांस्कृतिक अतिक्रमणका लागि यसप्रकारका कार्यलाई क्रिश्चियनहरूले उपयुक्त अवसरका रूपमा लिएका छन् । अदृश्य शक्तिको दबाबमा २०६३ सालमा मुलुकलाई धर्मनिरपेक्ष घोषित गरेयता नेपालमा साढे चार हजार चर्च थपिएका छन् । विशेषगरी गरिब र पिछडिएका समुदायलाई आर्थिक प्रलोभन देखाएर क्रिश्चियन धर्मावलम्बी बनाउने क्रम बढिरहेको छ । उपत्यकाका किरा“त समुदायले श्लेष्मान्तक वनमा लास गाड्दै आए पनि लास राखेको स्थानमा सिमेन्टले कभर गर्न पाउनुपर्ने माग क्रिश्चियनहरूले राखेका हुन् । सिमेन्टको कभर गरेर क्रिश्चियन धर्मको प्रतीक लोगो राख्नका लागि उनीहरूको प्रयास जारी छ । क्रिश्चियनहरूका निम्ति छुट्याइएको रानीबारी आसपासको क्षेत्र र मुस्लिम तथा बुद्धिष्टहरूका लागि छुट्याइएको स्वयम्भू क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूले अन्त्येष्टि गर्न पाउनुपर्ने माग कहिल्यै पनि गरेका छैनन् ।
क्रिश्चियनहरूको अगुवाइमा पशुपति क्षेत्रमा नाराजुलुस नै गर्नुलाई हिन्दू धर्मावलम्बीहरूले गम्भीर रूपमा लिएका छन् । यसअघि जसले जे गरे पनि सहेर बस्ने हिन्दूहरू अब एकजुट भएर आफ्नो सांस्कृतिक तथा धार्मिक संरक्षणमा लागिपर्नका लागि रणनीति तर्जुमामा जुटेका छन् । हिन्दूहरूको तर्ीथस्थलमाथि यस्तै प्रकारको अतिक्रमण जारी रहेमा परिस्थिति सोचेभन्दा फरक रूपमा देखा पर्न सक्ने भनी उनीहरूले चेतावनी पनि दिएका छन् । प्राप्त जानकारीअनुसार, पशुपतिस्थित दशनामी अखडा, रोरख्य पीठ, गुरु गोरखनाथ अखडा, देवपाटन क्षेत्रलगायतका साधु, सन्त एवम् धार्मिक सङ्घसंस्थाहरूले पशुपति क्षेत्र विकास कोषलाई रामनवमीको समयसीमा तोकेर २२ बु“दे ज्ञापनपत्र बुझाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषलगायतको धार्मिक निकायमा हुन नसकेका नियुक्तिहरू तुरुन्त हुनुपर्ने र त्यसमा राजनीतिक प्रभावका आधारमा नभएर धार्मिक अनुभवलाई आधार बनाइनुपर्ने माग उनीहरूको छ । श्लेष्मान्तक वनमा लास गाड्ने कुराले हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थामा गम्भीर चोट पुर्‍याएको भन्दै तुरुन्तै रोक्न माग पनि उनीहरूले गरेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालले हाललाई ‘सोही स्थान प्रयोग गर्न’ दिएको मौखिक आश्वासनलाई पनि उनीहरूले आपत्तिजनक मानेका छन् । धार्मिक क्षेत्रलाई पदमा बस्नेहरूले आफ्नो निजी जग्गाजमिनझैं सम्झन नहुने र त्यसप्रकारकोे व्यवहार गरिए परिणाम राम्रो नहुने चेतावनी पनि उनीहरूले दिएका छन् । यस विषयमा प्रधानमन्त्री नेपालको त्यही“ लास राख्नु भन्ने मौखिक निर्देशनलाई बौद्धिक समुदायले समेत गम्भीर ढङ्गले लिएको छ । हिन्दूहरूको शव जलाउने क्षेत्रमै शव गाड्नेजस्तो अति संवेदनशील विषयमा प्रधानमन्त्री नेपालले विषयप्रतिको संवेदनशीलतालाई बुझ्दै-नबुझी बोल्नु हिन्दू संस्कृतिकै अपमानका रूपमा लिइएको छ । यस्ता विषयमा क्षणिक नभएर दूरगामी सोच राख्नुपर्ने र सोहीअनुरूपको कार्य गर्नुपर्ने देखिएको छ ।

आठ हजार विद्यार्थी घटे, अध्यापक घटेनन
पोखरा । नेकै सर्वाधिक विद्यार्थी सङ्ख्या भएको पोखराको पृथ्वीनारायण क्याम्पसको विद्यार्थी सङ्ख्या अब ह्वात्तै घट्ने भएको छ । सरकारले देशभरका क्याम्पसबाट प्रमाणपत्र तहको कक्षा फेजआउट गर्ने निर्णय लिएमुताबिक पृथ्वीनारायण क्याम्पसमा मात्र करिब आठ हजार विद्यार्थी घट्ने भएका छन् । पृथ्वीनारायण क्याम्पसका क्याम्पसप्रमुख गेहेन्द्रेश्वर कोइराला प्रमाणपत्र फेजआउटका कारण ३५ देखि ४० प्रतिशतसम्म विद्यार्थी कम हुनसक्ने बताउ“छन् । उनका अनुसार गत वर्षबाटै क्याम्पसले प्रमाणपत्र तहमा भर्ना लिन छाडेको छ भने आगामी चैत-वैशाखबाट प्रमाणपत्र तहकोे पढाइ समाप्त हुने बताइएको छ । पृथ्वीनारायण क्याम्पसमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान, कानुन गरी पा“च सङ्काय रहेका छन् जसमा १७ विषयमा अध्ययन गर्ने सुविधा उपलब्ध रहेको कर्मचारी प्रशासन प्रमुख केशवेन्द्र रेग्मीले जानकारी गराए ।
करिब १८ हजार विद्यार्थीले अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पसमा अब विद्यार्थी सङ्ख्या १० हजारमा झरेको छ । यसरी विद्यार्थीको सङ्ख्या ह्वात्तै घटे पनि अध्यापकहरूको सङ्ख्या भने घटेको छैन । कर्मचारी प्रशासन प्रमुख रेग्मी पा“च सय ४२ जना प्राध्यापक कार्यरत रहेको विवरण देखाउ“दै हालसम्म सोही सङ्ख्या कायम रहेको र पछि के हुने भन्ने यकिन गर्न नसकिएको बताउ“छन् ।
पृथ्वीनारायण क्याम्पस पोखरामा स्थायी अध्यापक दुई सय ४४ जना, कोर्स करारमा ६७ जना र करार एक सय १० गरी करार सेवामा एक सय ७७ जना र एक सय २१ जना आंशिक अध्यापक कार्यरत छन् । सामान्यतया एकजना स्थायी/करार अध्यापकले हप्तामा पढाउनुपर्ने कक्षालाई त्रिविले दायरा बनाएको छ । प्रमाणपत्र र स्नातक तह पढाउने अध्यापकले हप्तामा १५ पिरियड पढाउनुपर्ने हुन्छ भने स्नातक र स्नातकोत्तर तहमा पढाउने अध्यापकले हप्तामा १२ पिरियड र स्नातकोत्तर मात्र पढाउने अध्यापकले हप्तामा नौ पिरियड पढाएपछि पूरा अवधि मान्ने गरिएको छ । आंशिक कक्षा पढाउने अध्यापकहरूको भने कक्षा लिएको आधारमा ज्याला पाउने प्रावधान छ । प्रमाणपत्र तह र स्नातक तहमा पढाउने अध्यापकले प्रतिपिरियड पढाएबापत १२० रुपैया“ पाउ“छन्, त्यसमा १५ प्रतिशत कर कट्टी गरी १०२ रुपैया“ पाउ“दै आएका छन् भने स्नातकोत्तर तहमा अध्यापन गर्ने अध्यापकहरूले प्रतिपिरियड १५० रुपैया“ मा १५ प्रतिशत कर कट्टी गरी रु. १२७.५० पाउ“दै आएका छन् । करार सेवामा कार्यरतहरूमध्ये ११० जना अध्यापकले राज्य कोषबाट तलब खा“दै आएका छन् । करारमध्येकै ६७ जनालाई क्याम्पसले आन्तरिक स्रोतबाट तलब भर्दै आएको प्रशासक रेग्मीले बताए ।
प्रमाणपत्र फेजआउट भएपछि त्रिभुवन विश्वविद्यालयले करार सेवाका अध्यापकको अवधि नवीकरण गरेको छैन । प्रत्येक वर्ष नवीकरण गरि“दै आएको भए पनि यो आर्थिक वर्षबाट हुनुपर्ने नवीकरण रोकेको छ भने सम्मानित सर्वोच्च अदालतले करार सेवाको नियुक्तिबारे प्रश्न उठाउ“दै खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न भन्दै तलब रोक्न आदेश दिएबमोजिम गत कात्तिक महिनादेखि सम्पूर्ण करार सेवाका अध्यापकको तलब रोक्का भएको बताइएको छ । त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पसहरूमा अध्यापक भर्ती गर्दा, आंशिक, करार जे भनेर छिरे पनि त्यहा“बाट निस्कने परिपाटी भने सायदै रहेको बताइन्छ । विभिन्न हत्कण्डा अपनाएर भए पनि जागिर खाइरहने परिपाटी व्याप्त रहेको कसैबाट छिपेको छैन । पृथ्वीनारायण क्याम्पसका प्रमुख गेहेन्द्रेश्वर कोइरालाले पनि हामीस“गको फोनवार्तामा भने, ‘टीयूमा छिर्छन्, छिरेपछि निस्कन्नन्, यो परम्परा नै बनिसकेको छ ।’
‘झन्डै आठ हजार विद्यार्थी घट्दा पनि त्रिविको व्ययभार घट्दैन भने फेजआउटको के अर्थ रहन्छ -‘ एक प्राध्यापक प्रश्न गर्छन् । तथ्याङ्कको आधारमा ठोस निर्णयमा जाने हो भने करिब दुई सयजना आंशिक र करार सेवाका अध्यापहरूले पीएन क्याम्पसको जागिरबाट हात धुनुपर्ने अवस्था रहेको स्रोतको दाबी छ । सम्मानित सर्वोच्च अदालतले खुल्ला प्रतिस्पर्धा गराएर मात्र अध्यापकहरू नियुक्त गर्न दिएको निर्णय कार्यान्वयन गर्ने/गराउनेतर्फ राज्य र त्रिभुवन विश्वविद्यालय लाग्न सके कानुनी र पारदर्शी पद्धतिको जग बस्ने थियो कि –
-यदुनाथ बञ्जाडे

भारतीयस“ग चन्दा माग्ने पक्राउ
तुल्सीपुरस्थित अरनिको मैदानमा चलिरहेको तुल्सीपुर बाल उद्यान मेलाका सहभागी भारतीय नागरिक अर्जुन चौधरीस“ग चन्दा मागी सताउने गणेशबहादुर सिंह, विधान सिंह र घनश्याम शर्मालाई प्रहरीले पक्राउ गरेको छ । निज भारतीयस“ग चार लाख चन्दा माग गर्दै उक्त रकम असुल्न अभियुक्तहरू मेलामा पुगेका बेला प्रहरीले उनीहरूलाई कब्जामा लिएको थियो । उनीहरू कहिलेदेखि जबर्जस्ती चन्दाअसुली र फिरौती धन्दामा संलग्न थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैगरी लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइ नया“बानेश्वरको अप्रेसन समूहले अवैध लागूऔषध खैरो हेरोइन र नियन्त्रित लागूऔषध बुफि्रनफिर्न तथा डाइजेपामसहित पा“चजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराका पवन यादव, राजाराम राउत कर्ुर्मी भन्ने तिलक पटेल, राजकुमार यादव, अनोजकुमार यादव र २६ वर्षीय रामज्ञाप्रसाद यादव छन् ।

आफुनै कुरा माथि परेकोमा मसाल मख्ख
बहुमतद्वारा निर्वाचित माधव नेपालको सरकारलाई असंवैधानिक घोषित गर्ने माओवादी नीति, तुरुन्त सहमतिको सरकार बन्छ भनेर माधवलाई राजिनामा गर्न वाध्य गर्ने र प्रधानमन्त्रीको चुनावमा बहुमतीय प्रणालीको विरोध गर्दै त्यसलाई असफल पार्ने एमाले नेतृत्वका नीतिहरू गलत सिद्ध भएको ठहर नेकपा मसालले गरेको छ । मसालको हालै सम्पन्न पोलिट ब्युरो बैठक सो ठहरमा पुगेको हो ।
सुरुदेखि नै सहमतिका आधारमा नया“ सरकार गठनको प्रयत्न गर्दै त्यो प्रयत्न सफल नभएमा बहुमतीय प्रक्रियाद्वारा सरकारको गठन गर्नुपर्ने आवश्यकतामा जोड दि“दै आएको सो पार्टीले आफ्नो नीति नै सही सावित भएको दाबसिमेत गरेको छ । संविधानको निर्माणका लागि थपिएको एक वर्षको अवधिमध्ये तीन चौथाई समय सरकार निर्माणको विवादमै बितेकोले तोकिएको अवधिभित्र संविधान बन्न नसक्ने ठहरमा पुगेको मसालले माओवादी लडाकूहरूलाई कमभन्दा कम संख्यामा पनि समूहगत रुपमा नेपाली सेनामा सामेल गर्ने कार्य घातक हुने निर्णय सार्वजनिक गरेको छ ।

गोदावरी मार्बल खोल्नेका विरुद्ध पा“च गाविस उल्टने
गोदावरीमा स्थापित हाल बन्द रहेको गोदावरीमा मार्बल -ढुङ्गा गिट्टी) उद्योग अशोक टोढीद्वारा बिक्री गरिएको समाचार प्राप्त भएको छ । हिमालयन ब्रुअरी लि., आइर्सबर्ग बियर उत्पादन कम्पनीको डिलरवाला रहेका विष्णु तिमल्सिनाले बियर उत्पादन तथा बिक्री गर्दै आएकोमा हाल आएर बियर उद्योगका मालिक गोपालबहादुर शाहीले जोशी थरका व्यवसायीलाई झन्डै पौने अर्बमा बिक्री गरिएपछि बियर उत्पादन तथा बिक्री गर्दै आएका तिमिल्सिना बियर उद्योगबाट बाहिरिएका छन् । गोदावारी गाविसमा रहेका दलका प्रतिनिधि भन्न रुचाउनेहरूको उक्साहट र अन्य केही फटाहाहरूको लहैलहैमा लागेर बन्द भइसकेको उद्योग खरिद गरी तिनै नेताहरूको आर्थिक संलग्नता तथा राजनीतिक आडमा बियरबाट ढुङ्गाखानीतर्फ हानिएका तिमिल्सिना कहा“नेर डुब्ने हुन् वा स्थानीय नेतालाई डुबाउने हुन् गोदावरी क्षेत्रमा चर्चाको विषय बनेको छ । तत्कालीन श्री ५ को सरकार, नेपाल सरकार एवम् स्थानीय जनतासमेतको पटकपटकको प्रतिवेदनका निष्कर्ष, स्थानीय बासिन्दाको दबाबका बाबजुद बन्द हु“दै र पैसाको बलमा खुल्दै आएको खानीजन्य ढुङ्गा, गिट्टी उद्योग सञ्चालन सम्बन्धमा रोक लगाउनुपर्ने विषयमा सर्वोच्च अदालतमा अग्राधिकारसहित मुद्दा विचाराधीन रहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
स्थानीय नेताकै मनोविज्ञानले हिमालय बु्रअरी लि.लाई बियर उत्पादन गर्न अत्यावश्यक पर्ने पानीसमेत बिनासूचना बन्द गरेर उद्योग बन्द गर्न प्रत्यक्ष भूमिका निर्वाह गरिरहेकाहरू ढुङ्गा, गिट्टी सञ्चालन गरी रोजगार सिर्जना गर्न लागेको कर्ुतर्क गर्दा गाउ“वासीहरू अचम्मित भएका छन् । हाल बियर उद्योगमा काम गर्ने ९५ प्रतिशत महिला स्थानीय क्षेत्रकै भएको बियर कम्पनीका व्यवस्थापक बताउ“छन् । आफ्नो श्रम बेचेर खाइरहेका ती स्थानीय महिलाको रोजगारीको बेवास्ता गर्ने अनि ढुङ्गा-गिट्टी बेचेर प्रकृतिको दोहन गर्दै करोडौ“ कमाउन सकिने लालसाले दौडिरहेका राजनीतिक स्थानीय ठेकेदारहरूलाई लाज नभएकोमा आफूलाई लाज लाग्ने गरेको एक स्थानीयले बताए ।
पानीको उचित व्यवस्थापन गरेमा बियर उद्योगले पानी ट्याङ्करबाट बोक्नु नपर्ने तथा उद्योग निर्वाध रूपमा सञ्चालन हुने अवस्था रह“दारह“दै पनि बिनाकारण पानी बन्द गर्नुको पछाडि ठूलै षड्यन्त्र हुनसक्ने गाउ“वासीको ठम्याइ छ । गोदावरीको ढुङ्गा, गिट्टी उद्योग सञ्चालनको विषयमा छिमेकी गाविस विशंखु, गोदमचौर, ठैव, हरिसिद्धिलगायतका जनप्रतिनिधि एवम् नागरिकस“ग जिज्ञाशा राख्दा बन्द भइसकेको उद्योग कदापि सञ्चालनमा आउन दिन नहुने धारणा अधिकांशको रहेको पाइयो । कुनै पनि बहानामा खोल्न नदिने र यस सम्बन्धमा गोदावरीको जनतालाई साथ दिने भनाइ राखेको हरिसिद्धि ठैवका जनताले गोदावरी फूल्चोकीको संरक्षण एवम् पानीको संरक्षणका लागि पनि सो उद्योग सदाका लागि बन्द गरिने उनीहरूले बताए । स्मरणीय छ, गोदावरीको डा“डाबाट निस्किएका पानीका मुहानहरूबाट गोदावरी, विशंखु, गोदामचौर, ठैव, हरिसिद्धि, सिद्धिपुर, इमाडोल, बालकोटसम्मका जनताले प्रत्यक्ष खानेपानीको आवश्यकता पूर्ति गर्दै आइरहेका छन् । यस्तो संवेदनशील क्षेत्रको ढुङ्गाखानी पुन: सञ्चालनमा ल्याउन खोज्नुले स्थानीय बासिन्दा मात्र होइन, सिङ्गो उपत्यका आन्दोलित हुनसक्छ, तर्सथ सो उद्योगले हालसम्म गोदावरी क्षेत्रमा पुर्‍याएको सामाजिक असरको मूल्याङ्कन गरी क्षतिपूर्ति भराई मन्त्रिपरिषद्को निर्णयबाट अविलम्ब बन्द गरी सो क्षेत्र संरक्षणका लागि प्रकृतिस“ग सम्बन्धित निकायमा हस्तान्तरण गर्नु उपयुक्त हुने गोदावरीवासीको चाहना रहेको छ । यसले गर्दा गोदावरीको धार्मिक, ऐतिहासिक, पर्यटकीय, सामाजिक सवालहरूसमेत सम्बोधन हुने देखिन्छ ।
यसैबीच गाविसस्तरको ‘अलौकिक’ मानिने सर्वदलीय संयन्त्रले उद्योग खुलाउने सम्बन्धमा गाविससचिवलाई निर्णय लेख्न लगाएको बुझिएको छ । साथै सो मार्बल उद्योग नवीकरण सम्बन्धमा खानी तथा भर्ूगर्भ विभागमा सर्म्पर्क गर्दा महर्जन थरका एक इन्जिनियरले ‘नियमानुसार’ नवीकरण गरिदिएको बताए । ‘नियमानुसार’ भनेको के हो भन्ने प्रश्नको उत्तर नियमानुसार नै हो भनी ओठेजवाफ दिए । ज्ञातव्य छ- मन्त्रिस्तरीय निर्णयबाट दुई वर्ष पहिलर्ेर् इआईएसमेत नभएको भनी उद्योग तत्काल बन्द गर्नुपर्ने सहसचिव कृष्णचन्द्र पौडेलको प्रतिवेदनका आधारमा बन्द भएको हो ।
-रविराज आचार्य

कीर्तिपुरमा पनि महोत्सव
जताततै महोत्सवको लहर चलेको परिवेशकैबीच स्थानीय रहनसहन, ऐतिहासिक क्षेत्र र पर्यटकीय तथा शैक्षिक पृष्ठभूमिमा रहेर कीर्तिपुर महोत्सव हुने भएको छ । पर्यटन वर्षको अवसरमा कीर्तिपुर डा“डामा आयोजना हुने पा“चदिवसीय महोत्सव आज बुधबारबाट सुरु हु“दै छ । नेकै पहिलो विश्वविद्यालय ‘त्रिभुवन विश्वविद्यालय’को मुख्यालय रहेको कीर्तिपुरमा देशकै मुख्य फलफूल अनुसन्धान केन्द्रसमेत रहेको छ । तीन किलोमिटर पिच गरिएको सडकले घेरा हालेको कीर्तिपुरमाथिबाट उपत्यकाका काठमाडौं र ललितपुर सहर र्छलङ्गै देखिन्छन् भने हरेक घरमा विद्यार्थीको डेरा हुनु त्यहा“को एक विशेषता हो । कीर्तिपुरमा रहेको बाघभैरव मन्दिरको पनि आफ्नै महत्त्व र गरिमा रहेको छ ।
यसैबीच पर्यटन वर्ष-२०११ को अवसरमा भक्तपुरमा अन्तर्राष्ट्रिय भलिबल महोत्सव हुने भएको छ । फागुनको पहिलो साता हुने महोत्सवमा विदेशका चार र नेका चार गरी आठ टोली सहभागी हुने बताइएको छ ।

विद्यार्थी मञ्चद्वारा भत्र्सना
नागरिकता प्रमाणपत्रलाई मात्र आधार बनाएर निर्वाचन आयोगले मतदाता परिचयपत्र संकलन गर्नु मधेसी समुदायको भावनाविपरित भएको भन्दै विद्यार्थी मञ्चले विरोध जनाएको छ । यसै मुद्दामा शान्तिपूर्ण रुपले आवाज उठाउ“दा विद्यार्थी मच सप्तरीका अध्यक्ष शम्भु यादव, सहअध्यक्ष धुव्र मंडल, सहसचिव जितेन्द्र यादव, म.वि.व.क्याम्पस राजविराज इकाई अध्यक्ष नरेश यादव र विद्यार्थी नेता चन्द्रनरायण दासलाई प्रहरिद्वारा गिरफ्तार गरिएको घटनाप्रति मञ्चले दु:ख व्यक्त गर्दै भत्र्सना गरेको छ ।

स्वास्थ्यकर्मी सङ्घको बागमती भेला
नेपाल स्वास्थ्यकर्मी सङ्घले बागमती क्षेत्रीय भेला सम्पन्न गरेको छ । सो भेलाको समुद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् नवीन्द्रराज जोशीले नेपाली काङ्ग्रेसले स्वास्थ्यकर्मीको क्षमता एवम् बलिदानको कदर गर्ने र सरकारमा रहेका मन्त्रीहरूले संस्थागत प्रतिनिधित्व तथा सिफारिसलाई मानेर अगाडि बढे मात्र सङ्गठन मजबुत हुने सुझाव दिनुभयो । भेलालाई एनटीयूसीआईका महासचिव एवम् सभासद अच्यूतराज पाण्डे, नेपाली काङ्ग्रेस भक्तपुरका सभापति एवम् नेता लेखनाथ न्यौपाने, सङ्घका अध्यक्ष रामजी घिमिरेलगायतले सम्बोधन गर्नुभएको थियो । दुईदिवसीय सो प्रशिक्षण कार्यक्रममा एनटीयूसीआईका केन्द्रीय सदस्य र्सर्ूय नेपाल, स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष रामजी घिमिरे, एनटीयूसीआईका केन्द्रीय सदस्य योगेन्द्र कु“वर, बागमती संयोजक खगेन्द्र खत्री र कल्याण खड्काले टे्रड युनियन अधिकारका विभिन्न विधामा प्रशिक्षण दिनुभएको थियो ।
यसैबीच नेपाल टे्रड युनियन काङ्ग्रेस-स्वतन्त्र जिल्ला समिति काठमाडौंले डब्लूएसएमको सहयोगमा एकदिने ट्रेड युनियन सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा बस र एम्बुलेन्स उपहार
आफ्नो ६२औ“ गणतन्त्र दिवस -२६ जनवरी) छिमेकी मित्रराष्ट्र भारतले गत साता भव्य रूपमा सम्पन्न गरेको छ । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइयो । सो अवसरमा भारत सरकारद्वारा नेका २१ जिल्लाका विभिन्न अस्पताल, नाफा कमाउने उद्देश्य नभएका परोपकारी संस्था तथा शैक्षिक संस्थाहरूलाई २० एम्बुलेन्स र चारवटा बस उपहारस्वरूप प्रदान गरियो ।
लैनचौरस्थित राजदूतावास परिसरमा आयोजित सार्वजनिक कार्यक्रममा भारतका राजदूत राकेश सुदले भारतीय राष्ट्रिय झण्डा फहराई २५ जनवरीका दिन राष्ट्रका नाममा भारतका राष्ट्रपतिले दिनुभएको सन्देश पढेर सुनाउनुभएको थियो । उक्त सन्देशमा अन्य कुराहरूको अतिरिक्त लोकतान्त्रिक सिद्धान्तप्रतिको भारतको प्रतिबद्धता, गरिबी निवारण, आर्थिक स्थायित्व तथा खाद्यसुरक्षाजस्ता भारतीय इच्छालाई जोड दिइएको थियो । राजदूत सुदले उपहार प्राप्त गर्ने १७ जिल्लाका संस्थाहरूलाई १६ वटा एम्बुलेन्स र चारवटा बस उपहारस्वरूप प्रदान गर्नुभयो । बा“की चारवटा एम्बुलेन्स वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत आशुतोष अग्रवालले वीरगञ्ज महावाणिज्य दूतावासको क्षेत्रअर्न्तर्गत पर्ने संस्थाहरूलाई उपहारस्वरूप प्रदान गर्नुभयो । समारोहमा राजदूत सुदले नेका केही दर्ुगम जिल्लालगायत विभिन्न स्थानमा रहेका ३६ शैक्षिक तथा तालिम संस्थानलाई थुप्रै पुस्तक उपहारसमेत प्रदान गर्नुभयो । यसअघि गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतीय राजदूतावासले गत ११ गते मंगलबार एक सांगीतिक कार्यक्रको आयोजना गर्‍यो जसमा गजलगायक सतीश बब्बर र उहा“की छोरी वाणी बब्बरले सङ्गीतद्वारा श्रोताहरूलाई मन्त्रमुग्ध गराउनुभएको थियो ।
भारतले सन् १९९४ देखि नेको ६८ जिल्लामा अवस्थित विभिन्न संस्थालाई ३०२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ । यसले विशेषत: दर्ुगम क्षेत्रमा बसोवास गर्ने स्वास्थ्य सेवाको पहु“चभन्दा टाढा रहेका हजारौ“ मानिसलाई सबभन्दा नजिकको जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरूस“ग जोडी उनीहरूको घरदैलोसम्म स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुगेको छ । दूतावासले गराएको जानकारीअनुसार भारत सरकारद्वारा उपहारस्वरूप प्रदान गरिएका एम्बुलेन्सले ५० हजारभन्दा बढी बिरामीलाई सेवा पुर्‍याइसकेको छ । भारत सरकारले नेका २४ जिल्लामा रहेका विभिन्न शैक्षिक तथा कल्याणकारी संस्थाहरूलाई सयौ“ विद्यार्थीको विद्यालयमा सहज पहु“चको साथै केही कल्याणकारी संस्थाहरूले पिछडिएका समूहलाई सेवा प्रदान गर्ने कार्यका लागि ५८ वटा बस उपहार प्रदान गरेको छ ।
भारत र ने सरकारबीच कुल ५७ अर्बभन्दा बढी लगानीमा बृहत् भारत-ने आर्थिक सहयोग कार्यक्रमअर्न्तर्गत एम्बुलेन्स तथा बसहरू उपहार प्रदान गर्ने गरेको छ भने सो कार्यक्रमअर्न्तर्गत शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणका लागि ठूला तथा साना तीन सय नब्बेभन्दा धेरै परियोजना सञ्चालनमा रहेका छन् ।

ब्लडबैंक र क्याम्पसका लागि पा“च करोड
भारतीय राजदूतावास, डडेल्धुरा जिल्ला विकास समिति र ने रेडक्रस सोसाइटी डडेल्धुरा जिल्ला शाखाबीच शाखाको ब्लडबैंक र ब्लड ट्रान्सफ्युजन सेन्टर सञ्चालानार्थ दुईतले भवन निर्माण, त्यसका लागि आवश्यक फरि्नचर तथा उपकरणका लागि एक करोड ४८ लाख भारतीय अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साना विकास परियोजनाअर्न्तर्गत भारत सरकारको सहयोगमा डडेलधुरामा सञ्चालित यो तेस्रो विकास परियोजना हो ।
सुदूरपश्चिम विकास क्षेत्रमा अवस्थित डडेल्धुरा औषधोपचार सुविधाका सवालमा अत्यन्त पिछडिएको छ । स्वास्थ्य सेवा तथा रगतका लागि यस जिल्लाका जनताले धनगढी, नेगञ्ज वा महेन्द्रनगर पुग्नुपर्ने बाध्यता छ भने भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने नया“ पूर्वाधारले ने रेडक्रस जिल्ला शाखा डडेल्धुरामा प्रतिवर्ष करिब पा“च५ सय युनिट रगत सङ्ग्रह तथा आपूर्ति गर्न ब्लड ट्रान्सफ्युजन सेवासहितको ब्लडबैंक स्थापना गर्न सहयोग पुग्ने स्थानीय सचेत तप्काको कथन छ । जिल्ला स्वास्थ्य अधिकारीहरूबाट प्राप्त तथ्याङ्कअनुसार असुरक्षित रूपमा बच्चा जन्माउनाले हुने सङ्क्रमण तथा प्रचुर रक्तश्रावका बेला ब्लडबैंक तथा ब्लड ट्रान्सफ्युजन सेवाहरूको अभावले गर्दा जिल्लाको मातृ मृत्युदर ५.७ प्रतिशत रहेको छ ।
सो परियोजना जिविस डडेल्धुराद्वारा ने सरकारको नीति-नियमअनुसार कार्यान्वयन गरिनेछ र परियोजनाको गुणस्तरीयता र समयमै समापनका लागि सोही पूर्णतया जिम्मेवार रहनेछ । परियोजना प्रभावकारी ढङ्गले समयमै समापन भए/नभएको निरीक्षण गरी सामुदायिक सहभागिता सुनिश्चित गर्नका लागि स्थानीय विकास तथा प्रशासनिक निकायहरूका प्रतिनिधिहरू सम्मिलित एक अनुगमन समितिसमेत गठन गरिएको छ ।
यसैगरी जिल्ला विकास समिति गोरखा तथा गोरखा जिल्लाको आरुचनौटेस्थित भीमोदय बहुमुखी क्याम्पस र भारतीय राजदूतावासबीच क्याम्पस भवन निर्माण तथा फरि्नचर प्रबन्धका लागि तीन करोड ५४ लाख अनुदान सहयोगसम्बन्धी सम्झौतपत्रमा हस्ताक्षर भएको छ । १२ सयभन्दा बढी विद्यार्थी रहेको सो क्याम्पसमा प्रत्येक वर्ष बढिरहेको विद्यार्थी सङ्ख्याको अनुपातमा सुविधा तथा आवश्यकताहरूलाई उक्त अनुदान सहयोगबाट निर्माण हुने भौतिक पूर्वाधारले सम्बोधन गर्ने विश्वास गरिएको छ ।

विदेशमा सुजाताको बेग्लै दाबी
विष्णु शर्मा -जेनेभा, स्विट्जरल्यान्ड)
नेपाल दण्डहीनताको अन्त्य गर्नका लागि पूर्णरूपमा प्रतिबद्ध रहेको उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले जानकारी गराउनुभएको छ । प्रभावकारी विधिको शासन, मानवअधिकारको संरक्षण र दण्डहीनताको अन्त्य गर्न सन् २००९ आचारसंहिता बनाई आफ्ना क्रियाकलाप सुरु गरेको उहा“ले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्द्वारा स्विट्जरल्यान्डको जेनेभामा आयोजना गरिएको ‘विश्वव्यापी मानव अधिकारको आवधिक समीक्षा -यूपीआर)’ कार्यक्रमलाई हालै सम्बोधन गर्दै उहा“ले सो अभिव्यक्ति दिनुभएको हो ।
कोइरालाले नेपालको मानव अधिकारसम्बन्धी आवधिक समीक्षाका लागि तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्दै भन्नुभयो, ‘सन् २००६ को नोभेम्बरमा गरिएको बृहत् शान्ति सम्झौतास“गै औपचारिक रूपमा १० वर्षो सशस्त्र द्वन्द्वको अन्त्य भएपछि नेपालमा शान्तिप्रक्रिया अघि बढेको हो ।’ उहा“ले विश्वव्यापी रूपमा ग्रहण गरिएको मानव अधिकार, बहुदलीय, प्रतिस्पर्धात्मक प्रजतान्त्रिक व्यवस्था, जेष्ठ नागरिकको अधिकार, आवधिक निर्वाचन, विधिको शासन, पूर्ण प्रेस स्वतन्त्रता, संवैधानिक मूल्य र मान्यता, स्वतन्त्र न्यायपालिकाजस्ता प्रजातान्त्रिक मूल्य-मान्यता नेपालको शान्तिप्रक्रिया र लोकतन्त्रको रूपान्तरणका लागि कोसेढुङ्गा सावित भएको बताउनुभयो ।
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभावविरुद्धसम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएकाले यसको प्रभावकारी कार्यान्वयन एवम् शान्तिप्रक्रिया एवम् द्वन्द्व रोकथाममा महिलाको अर्थपूर्ण सहभागिता सुरक्षा, सर्म्बर्धनका लागि प्रभावकारी कार्ययोजनाहरू बनाइएको जानकारीसमेत उपप्रधानमन्त्री कोइरालाले दि“दै अगाडि भन्नुभयो, ‘राजनीतिक दलहरूले आ-आफ्ना पार्टीमा समाजिक समावेशीकरणको सिद्धान्तलाई अङ्गीकार गरेका छन् । राज्यले समान कामका लागि समान ज्याला, ट्रेड युनियनहरूको स्थापनाका लागि अधिकारको सुनिश्चितता गरेको छ ।’
त्यसैगरी मानवअधिकारको संरक्षणका क्षेत्रमा आफ्नो प्रतिबद्धताको सम्मान गर्दै अपाङ्ग मैत्री भवनको निर्माणका लागि भवन निर्माण संहिता, जेष्ठ नागरिकका लागि भत्ताको व्यवस्था, बाल अधिकारको संरक्षण, बाल सैनिकको पुनर्स्थापनामा नेपालले उल्लेख्य प्रगति गरेको दाबी सो अन्तर्राष्ट्रिय मञ्चमा उहा“ले गर्नुभयो ।
यस्तो रह्यो सदस्यराष्ट्रहरूको चासो नेपालको प्रतिवेदन प्रस्तुतिमाथि टिप्पणीका क्रममा सबैजसो सदस्यराष्ट्रले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र द्वन्द्वपीडितलाई न्याय दिलाउन सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता नागरिकसम्बन्धी आयोगको अवस्था सम्बन्धमा चासो व्यक्त गरेका थिए । नेपाल प्रतिवेदनमा बोल्ने ६० देशका प्रतिनिधिले ती आयोग तत्काल गठन गर्न सरकारलाई सुझाव दिएका छन् । नेपालमा प्रभावशाली उपस्थिति रहेका भारत, चीन, अमेरिका, बेलायत, जापान, नर्वेलगायतका मित्रराष्ट्रले ती आयोग गठन भए शान्तिप्रक्रियामा थप सहयोग गर्ने वातावरण तयार हुने आश्वासनसमेत दिएका छन् ।
प्रतिवेदनमाथिका टिप्पणी र सुझावबारे उपप्रधानमन्त्री कोइराला, स्वास्थ्यसचिव डा. सुधा शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव डा. त्रिलोचन उप्रेती र जेनेभास्थित स्थायी नियोग प्रमुख डा. दिनेशचन्द्र भट्टराईले सुझावको स्वागत गर्दै प्रश्नको जवाफ दिनुभएको थियो ।

२३ गतेभित्र नया“ सरकार : मन्त्री शर्ेमा
नेपाल सरकारका स्थानीय विकासमन्त्री पूर्णकुमार शर्ेमाले जिल्ला-जिल्लामा पठाएको बजेट सदुपयोग गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ । आर्थिक वर्ष २०६७/०६८ मा अध्यादेशमार्फत तीन खर्ब ३७ अर्ब बजेटमध्ये स्थानीय विकासमा ४१ अर्ब विनियोजन गरेको उहा“ले जानकारी दिनुभयो । बजेटको सदुपयोग नगरिए देशको विकास-प्रक्रिया कमजोर हुने भएकाले यसका लागि सबै पक्ष सजग भएर लाग्नुपर्ने उहा“को कथन थियो । बजेटलाई राजनीतिक दलहरूले दुरुपयोग गरिरहेको आरोप पनि मन्त्री शर्ेमाले लगाउनुभयो ।
लमजुङ सदरमुकाम बेसीसहरस्थित लक्ष्मीनारायाण पुस्तकालयको तेस्रो अधिवेशनको गत शनिबार उद्घाटन गर्दै मन्त्री शर्ेमाले देशभरिका ७५ जिल्ला, ५८ नगरपालिका र तीन हजार नौ सय १५ गाविसमा बजेट विनियोजन गरी पठाइसकेको उहा“ले जानकारी दिनुभयो । सामाजिक सुरक्षा तथा वृद्धाभत्तामा मात्रै आठ अर्ब बजेट विनियोजन गरेको उहा“ले जानकारी दिनुभएको छ । ‘वृद्धाभत्ता नपाएको गुनासो नआओस् भनेर समयमै बजेट सम्बन्धित ठाउ“मा पठाएको उहा“को भनाइ छ । मन्त्री शर्ेमाले जिल्ला हेरेर एक करोड ५० लाखदेखि पा“च करोडसम्म नियमित बजेटबाहेक थप बजेट पनि विनियोजन गरेको जानकारी दिनुभयो । मन्त्रालयले आदिवासी जनजाति, दलित, महिला तथा बालबालिकाहरूलाई समेत लक्षित गरी १५ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिनुभयो । स्थानीय निकायमा एक हजारभन्दा बढी सचिवको पद रिक्त भएकाले भनेको समयमा विकास निर्माणका कामहरू हुन नसकेकाले समस्याको समाधानका लागि छिट्टै पदपूर्ति गरिने जानकारी दिनुभयो ।
राजनीतिक दल आफ्नो हठबाट पछाडि हटेर सहमति गरे आगामी चार महिनाको समय संविधान निर्माणका लागि समय पुग्ने भनाइ राख्ने क्रममै उहा“ले आगामी २३ गतेभित्र देशमा नया“ सरकार गठन हुने दाबीसमेत गर्नुभयो ।
कार्यक्रममा पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, सहायकमन्त्री रामचन्द्र अधिकारी, पूर्वसांसद हरिभक्त अधिकारी, एमाले केन्द्रीय सदस्य टुका हमाल, एकीकृत माओवादी इन्चार्ज देवेन्द्र पराजुली, काङ्ग्रेस सभापति कृष्ण कोइराला, एमाले अध्यक्ष जमिन्द्रमान घले, राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
– छविलाल बगाले

लागूऔषध दुव्यर्सनको उपचार घरमा सम्भव छैन
लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिलाई नार्कोनन् पद्धतिअनुसार उपचार गर्ने विधिका विशेषज्ञको रूपमा पूजा कु“वरको पृथक पहिचान बनेको छ । महिला भएर पनि यस चुनौतीपूर्ण काममा लागिपर्नुभएकी पूजाले अस्ट्रेलिया, बेलायत र अमेरिकाका उपचार केन्द्रहरूमा महिनौ“को प्रशिक्षणपश्चात् यस विषयमा विशेषज्ञता हासिल गर्नुभएको हो । नार्कोनन् नेका प्रमुखका रूपमा सेवा प्रदान गर्दै आउनुभएका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कु“वरकी जीवनसाथी हुनुको नाताले पनि नेपाललाई दुर्व्यसनमुक्त तुल्याउने काममा उहा“ले नार्कोनन्मा रही महत्त्वपूर्ण योगदान पुर्‍याइरहनुभएको छ । प्रस्तुत छ लागूऔषध दुर्व्यसन, दुर्व्यसनी र यस क्षेत्रका अनेक पहलुहरूमा केन्द्रित रही उहा“स“ग गरिएको कुराकानीको प्रमुख अंश :
० महिला भएर लागूऔषध दुर्व्यसनीहरूलाई उपचार गर्नेजस्तो जटिल काम गर्न डर लाग्दैन –
– मानिस वा समाजले सोचेझै“ दुर्व्यसनमा परेका व्यक्ति खतरनाक हु“दैनन् । हो, ड्रग्स नपाउ“दा शारीरिक तथा मानसिक पीडा हुने कारण त्यसको प्राप्तिका लागि उनीहरूबाट केही आपराधिक वा अस्वाभाविक काम हुन सक्छ, उनीहरूले कतिपय अस्वाभाविक व्यवहारहरू त आफन्तलाई डर-त्रास देखाउन मात्र पनि गरिरहेका हुन्छन्, तर वास्तवमा ड्रग्सको पीडाबाट बाहिर निकालिदिनेबित्तिकै उनीहरू यथार्थ जीवनमा असल मान्छे नै हुने गर्छन् । यस वास्तविकताको जानकारी भएपछि डराउनुपर्ने त कुनै कारण नै छैन नि ।
० तपाईं यो चुनौतीपूर्ण क्षेत्रमा कसरी प्रवेश गर्नुभयो –
– मेरा श्रीमान् वसन्त कु“वर रचनात्मक प्रकारको व्यक्ति हुनुहुन्छ । प्रहरीमै हु“दा उहा“ले दुर्व्यसनमा परेकाहरूलाई सजाय होइन उपचार चाहिन्छ भनी ‘आसरा केन्द्र’ नामक सुधार-गृह स्थापना गर्नुभएको थियो । त्यसबेलादेखि नै म यस क्षेत्रमा सघाउ“थे“ । पछि हामीले नै प्रतिज्ञा भन्ने उपचार केन्द्र खोल्यौ“ जसलाई अन्तर्राष्ट्रिय नार्कोनन् कार्यालयले नार्कोनन् प्रविधि प्रयोग गर्ने अख्तियारी दियो । त्यसपछि म यससम्बन्धी अध्ययनका लागि अमेरिका, बेलायत र अस्ट्रेलिया पुगे“ र पढिसकेपछि काममा गहिरोस“ग लागे“ ।
० उपचार केन्द्रमा मूलत: के-कस्ता समस्या आउ“छन् –
– अनेकौ“ नसोचेका समस्याहरू आउ“छन् । त्यसमध्ये यदि लामो समयसम्म लागूऔषध लिएका कारण व्यक्ति भ्रमको अवस्थामा पुगेको छ भने उसले आफू र अरूलाई क्षति पुर्‍याउन सक्दछ । भर्खर-भर्खर आउ“दा शारीरिक पीडाको समस्याले व्यक्तिलाई भाग्न मन लाग्ने बनाउन सक्छ । लामो समय स्वतन्त्र जीवन बिताइरहेको कारण उपचार केन्द्रको अनुशासित पद्धति र रुटिनबद्ध दैनिकी उसलाई मन नपर्न सक्छ । यस्तै कारणले व्यक्ति उपचार केन्द्रबाट भाग्न खोज्ने वा सहयोग नगर्ने हुन गई अनेकौ“ समस्या ल्याउन सक्छ । तिनमा स्वास्थसम्बन्धी समस्याहरू पनि प्रशस्त हुन सक्छ ।
० यस्ता समस्या समाधान गर्न के गर्नुहुन्छ नि –
– नार्कोनन्मा अधिकांश कर्मचारी पहिले दुर्व्यसनमा परेका र दुर्व्यसनबाट बाहिरिएपछि यस प्रविधिबारे विदेशमा पुगी उच्च शिक्षा हासिल गरेका छन् । यहा“ ज्यादै योग्य कर्मचारीहरूको टिम छ जो कामप्रति समर्पित छन् । तिनका साथले हामी हरेक समस्याहरू समाधान गर्र्छौं । यसबाहेक हामी पति-पत्नी नै आफ्नो घरसमेत छोडी नार्कोनन् केन्द्रमा २४ सै घन्टा बस्ने गर्र्छौं र स-साना कुरा पनि आफैंले हेर्र्छौं । हाम्रो संस्थालाई समाज, प्रहरी, शैक्षिक संस्थाहरूबाट पनि सहयोग र साथ मिलेको छ ।
० के दुर्व्यसनमा परेेका मानिसहरू घरमै ठीक हुन सक्दैनन् –
– हो, धेरैमा यस्तै जिज्ञासा उत्पन्न हुन्छ कि यो समस्या घरमै समाधान गर्न पनि त सकिएला । तर, वास्तवमा यसो गर्नु गम्भीर भूल हुनेछ । जब व्यक्ति दुर्व्यसनी हुन्छ त्यो भनेको उसको लागूपदार्थप्रतिको नियन्त्रण गुम्यो भनेको पनि हो । त्यस अवस्थामा उसलाई लागूपदार्थ नपाउ“दा शरीरमा कष्ट हुन्छ भन्ने विश्वास हुन्छ । यसबाहेक जब उसले ड्रग्स देख्छ तब ‘नाइ“’ भनेर अस्वीकार गर्न पनि सक्दैन र उसको बानी-व्यहोरा पनि ड्रग्स लिन मद्दत पुर्‍याउने खालको हुन जान्छ । यस्तो अवस्थामा उसको आवागमन नियन्त्रण गरेर ड्रग्स मुखमा पर्न नदिई आवश्यक उपचार र पुनर्स्थापनाको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ, जुन कुरा घरमा गर्नु असम्भवतुल्य छ ।
० घरमा नहुने तर उपचार केन्द्रमा हुने त्यस्तो के छ –
– ड्रग्स छोड्न चाहेर मात्र सम्भव हु“दैन, छोड्ने क्षमता पनि बढाउनुपर्ने हुन्छ । ड्रग्स नपाउ“दा हुने पीडाबाट उसलाई बाहिर निकाल्नुपर्छ । यसका लागि भिटामिन, मिनरल, एसिस्टस् आदि दिनुपर्छ, त्यो घरमा हु“दैन । ड्रग्स लिने व्यक्तिको शरीरभित्र अड्किएको ड्रग्स जिउबाट निकाल्नुपर्छ, त्यो घरमा सम्भव छैन । ड्रग्समा पर्दा खराब साथी-सङ्गीबाट टाढा राख्नुपर्छ, त्यो घरमा सम्भव छैन । घरमा त ड्रग्स रोक्नेभन्दा ड्रग्स लिने वातावरण बढी हुन्छ, किनकि त्यहा“ काम नगरे पनि खाना, आवास र पैसा प्राप्त हुन सक्छ । यर्सथ घर ड्रग्सको दृष्टिले खतरनाक ठाउ“ हो ।
० ड्रग्स खाएको सदस्यलाई बाहिर निकाल्ने काममा नजानेर परिवारबाट हुने गल्ती के-के हुन् –
– ड्रग्स खाएको कुरा पत्ता लगाउनै परिवारले ढिलो गर्छ, यो पहिलो गल्ती हो । थाहा पाएपछि पनि साधारण रूपमा लिनु दोस्रो गल्ती हो । छरछिमेक वा इष्टमित्रले थाहा नपाऊन् भनी कुरा लुकाएर बस्दछन्, यो तेस्रो गल्ती हो । चौथो गल्ती भनेको आफंै उपचार गर्ने क्रममा पैसा दिने, विदेश पठाउने, कलेज-स्कुल पठाउने, मोटरसाइकल, मोबाइल किनिदिने, व्यवसाय गराइदिने, विवाह गरिदिने, नियन्त्रण गर्न खोज्ने आदि गरेर निर्रथक र झन् उल्टो काम गरिरहेका हुन्छन् । पा“चौ“ गल्ती उपचार केन्द्रमा लैजान लाज मान्छन् । छैटौ“ गल्ती उपचार केन्द्र लगे पनि छिट्टै फर्काई सामान्य व्यक्तिसरह काम वा अध्ययनमा लगाउने प्रयास गर्छन् । सातौ“ गल्ती एकपटक उपचार गरी फेरि त्यही लतमा फर्किए हरेस खान्छन् । मुख्य रूपमा हुने गल्तीहरू यिनै हुन् ।
० कुन ड्रग्सस“ग बढी डराउनुपर्छ –
– ड्रग्स साना या ठूला हु“दैनन् । यो कानुनी वा गैरकानुनी भएकै भरमा ठूलो या सानो छ भनी सोच्नु पनि हु“दैन । ड्रग्स भनेका लठ्याउने कुरा हुन् र सबै लठ्याउने कुरा उत्तिकै खतरनाक हुन्छन् । लठ्याउने वस्तु कम लि“दा व्यक्ति उत्तेजनामा आउ“छ, अलि बढी लि“दा शिथिल हुन्छ वा न्रि्रामा जान सक्छ । त्योभन्दा बढी लि“दा बेहोस हुन वा मर्न सक्दछ । उदाहरण हर्ेर्नुहोस् न † थोरै रक्सी पिउ“दा व्यक्ति नाचगान गर्छ, अलि बढी लि“दा त्यही व्यक्ति झोक्राउने वा निदाउने गर्दछ । अझै बढी लि“दा बाटैमा बेहोस भएर लड्दछ । ड्रग्स सबै खतरनाक छन् र यसको सेवनको मात्राले व्यक्तिको व्यवहार फरक पार्दछ ।
० के रक्सी-बियर वा वाइन पनि ड्रग्स हुन् –
– बिल्कुलै । रक्सी, गा“जा दुवै हजारौ“ वर्षअघि दुखाइ कम गर्ने अर्थात् ‘पेनकिलर’को रूपमा प्रयोग गरिएका औषधि नै हुन् । पछि सजिलोका लागि ट्याब्लेट र छिटो असर गराउन र्सर्ुइ आएका हुन् । रक्सी दुर्व्यसनीले अन्य ड्रग्सको दुर्व्यसनीले भन्दा बढी दु:ख पाउ“छन् । गा“जा खानेहरू मूर्ख र असफल हु“दै मानसिक रोगी हुन पुग्छन् । गा“जामा झन्डै चार सय प्रकारका खराब रसायन हुन्छन् ।
० छोरा-छोरीलाई ड्रग्सबाट जोगाउन मानिसलाई के सुझाव दिनुहुन्छ –
– छोरा-छोरीले पढेर मात्र हु“दैन ड्रग्सबाट पनि जोगिनुपर्छ भन्ने कुरा आजका हरेक आमाबाबुले बुझ्नुपर्छ । हिसाब, विज्ञान र अङ्ग्रेजी जति महत्त्वपूर्ण छन् त्योभन्दा ड्रग्स बुझ्नु महत्त्वपूर्ण छ, किनकि यसको धरापमा परेपछि व्यक्तिको मृत्यु नै हुन सक्छ । आमाबाबुले ड्रग्स सम्बन्धमा आफूले पनि बुझ्नुपर्छ र शैक्षिक संस्थाहरूलाई पनि दुर्व्यसनमुक्त बनाउन दबाब दिनुपर्छ ।
० कुनै आमा-बाबुले ड्रग्सको बारेमा बुझ्नुपर्दा कहा“ जानुपर्ला –
यसबारे अध्ययन गर्ने ठाउ“ नभएकैले वसन्त कु“वरद्वारा लिखित ‘लागूऔषधको धराप’ भन्ने पुस्तक कक्षा ७ देखि १०±२ अध्ययन गर्ने विद्यार्थीका अभिभावकका लागि उपयोगी हुने देख्छु । यसबाहेक आफ्ना केटाकेटी दुब्लाउ“दै गएका छन्, पढाइमा कम नम्बर ल्याएका छन्, सुत्ने समयमा समस्या आएको छ भने पिसाब जा“च गरी यकिन गर्दा हुन्छ । ड्रग्ससम्बन्धी थप जानकारी नार्कोनन्ले चलाएको नि:शुल्क हेल्पलाइन ०१-४३७७१२४ बाट पनि लिन सकिन्छ । यो याद राखौ“, ड्रग्सको सम्बन्धमा नजान्नु र आधा जान्नु दुवै खतरनाक छन् ।
० नार्कोनन् संस्था कसरी चल्छ –
– नार्कोनन्मा कसैले आर्थिक सहयोग गरेका छैनन् । सरकार तथा कुनै दातृ संस्थाबाट एक रुपैया“ पनि लिए-पाएको छैन । उपचारमा आउनेहरूबाट आर्थिक सहयोग मागेर नै यो संस्था अहिलेसम्म चलेको छ । तथापि, अरूको आर्थिक सहयोगमा मात्र भर गर्नु हु“दैन भन्ने हाम्रो मान्यता छ । यो नाफा कमाउने उद्देश्यले चलाइएको संस्था होइन तर सेवा विस्तार गर्न आर्थिक स्रोत प्रशस्त चाहिन्छ । हामीलाई विश्वास छ- उत्कृष्ट सेवा दिन सके आमनेपालीले नै यो संस्थालाई सदैव जीवित राख्नेछन् ।
० नार्कोनन्को भावी योजना के छ –
– नार्कोनन्ले सन् २०१५ सम्ममा आफ्नै भवन बनाई अन्तर्राष्ट्रिय स्तरको सेवा दिने उद्देश्य राखेको छ । हामीले ककनीमा १५० बेड क्षमताको अन्तर्राष्ट्रियस्तरको भवन निर्माण गरिसकेका छौ“ । अब त्यहा“ नेपाली तथा विदेशीहरूलाई उपचार तथा प्रशिक्षक बन्ने सेवा दिइनेछ । नेपालमा हामी आत्मनिर्भर भएपछि सडकबालबालिका र आर्थिक स्थिति कमजोर भएका दुर्व्यसनमा परेका व्यक्तिहरूलाई सेवा दिन चाहन्छौ“ । स्कुलका केटाकेटीहरूलाई ड्रग्सबाट जोगाउने ठूलो अभियान चाल्ने हाम्रो कार्यक्रम छ र अहिले पनि त्यो अभियान सञ्चालित छ । ड्रग्सको म्युजियम बनाउ“दै छा“ै जहा“ केटाकेटीहरूले ड्रग्सको खराब पक्षबारे बुझ्ने छन् । सरकारी र सामाजिक क्षेत्रका अगुवाहरूलाई हामी ड्रग्सविरुद्ध देशव्यापी सचेतना दि“दै छौ“ । सांसद र मन्त्रीहरूलाई पनि ड्रग्सबारे बुझाउने हाम्रो योजना छ ।