क्यामेराको लेन्सबाट करिश्माको निजी अंग चिहाउने को ?

क्यामेराको लेन्सबाट करिश्माको निजी अंग चिहाउने को ?


-राजन घिमिरे
तपाईंहरू नियालेर हेर्नुस् यो तस्बिर । तस्बिरमा सुन्दरी नायिका करिश्माको बर्साईको असावधानीका कारण उनको भित्री परिधानको केही अंश ‘एक्सपोज’ भएको छ । करिश्माले दुई हप्ताअगाडि आफ्नी छोरीको सत्रौँ वारि्षक उत्सव मनाएकी छिन् । यो तस्बिर अनि करिश्माको मुस्कान हेर्दा उनी सत्र वर्षीया छोरीकी आमा हुन् भन्ने कुनै कोणबाट पनि लाग्दैन । अभिनयभन्दा सधैं उनको सौर्न्दर्यताको तारिफ हुने गर्छ यहाँ । तर, उनको सौर्न्दर्यको डाह र इष्र्या गर्नेहरू पनि यहाँ खुवै रहेछन् । स्वतन्त्र रूपले हाँस्नु अनि हिँडडुल गर्न पाउनु करिश्माको अधिकारको गलत रूपले व्याख्या गर्दै करिश्माको बारेमा अफवाह फैलाउन लागिपरेका केही व्यक्तिहरूले करिश्माको प्रस्तुत तस्बिरको बारेमा गलत प्रतिक्रिया व्यक्त गरिदिँदा उनको मन पनि साह्रै दुःखेको रहेछ । ‘यो तस्बिर कहिले खिचियो र
कसले खिच्यो – म नै अनविज्ञ छु,’
करिश्माले भनिन् ।
फेसबुकमा करिश्माको यो तस्बिर राखेर उनको यो तस्बिरको बारेमा गलत कमेट गर्नेहरूको जमातले आफूलाई समाजमा नकारात्मक रूपमा प्रस्तुत गर्न खोजेकोमा करिश्माको रोष छ । ‘त्यो त मान्छेको सोचाइमा भर पर्छ अनि बुझाइमा । यो तस्बिरको बारेमा राम्रो सोचेको भए रामै्र कमेट गर्दा पनि हुन्थ्यो तर तस्बिर खिचेर फेसबुकमा राख्नेको उद्देश्य नै गलत भएपछि मैले जति सफाइ दिए पनि अर्थ छैन,’ करिश्माको स्पष्टीकरण हो यो ।
‘हेर्नुस् त हाम्री नायिकाहरूको चाला । यस्तो चालाले कसरी नेपाली सिनेमा माथि जाला – जस्ता प्रतिक्रियाहरू प्रसस्त पढेपछि फेसबुकमा आफ्नो यो तस्बिर राख्ने व्यक्तिको उद्देश्य स्पष्ट नभएको र उसको नियत गलत रहेको कुरा बुझेकी छिन् करिश्माले ।
तस्बिर हेर्दा पहिलेदेखि नै सो व्यक्ति करिश्माको तस्बिर खिच्नका लागि तयार भएको र उनको हरेक ‘मुड’ को पोजलाई तस्बिरमा सो फोटोग्राफरले कैद गरेको देखिन्छ । निकै सुनियोजित तरिकाले यो तस्बिर खिचेको देखिन्छ । ‘हुन त मै हुँ । तर कुन कार्यक्रममा कुन उद्देश्यले यो तस्बिर खिचियो, म नै अचम्ममा परेँ,’ करिस्मा भन्छिन् । तर, करिश्मा भने यो तस्बिरका कारण थोरै पनि विचलित भएकी छैनन् । उनी भन्छिन्, ‘मलाई सबैले माया गर्छन् वा सम्मान गर्छन् भन्ने लाग्दैन । मेरोबारेमा नकारात्मक हल्ला फैलियोस् र समाजमा गलत रूपले मेरो व्याख्या गरियोस् भन्नेहरूको सधैं भलो होस्,’ करिश्मा भन्छिन् ।

सञ्चिता लुत्रुक्क नेपालतिरै
यतिबेला निकै तनावमा छिन् नायिका सञ्चिता लुइँटेल । नाम, दाम, सम्मान अनि सबैको वाहवाहीलाई त्यागेर निखिल उपे्रतीसँगै जीवन बिताउने दृढ योजनाका साथ मुर्म्बईतिर लागेकी सञ्चिता साँच्चै आजको समयमा आएर भने दोधारमा परेकी छिन् । मायाले मात्र केही हुँदैन रहेछ भन्ने कुरा अहिले मात्र आएर बुझेकी सञ्चिता दुई हप्ताअगाडि मात्र सुटुक्क नेपाल आएकी छिन् । आफ्नो परिवारलाई मात्र भेट्न नेपाल आएको बताउने सञ्चिता अब मुर्म्बई नर्फकन पनि सक्ने कुराको रहस्य खुल्न थालेको छ । जसका लागि भनेर उनी सबै त्यागेर मुर्म्बईतिर लागेकी थिइन् अन्ततः उसैले नै धोका दिने आशङ्कामा छिन् सञ्चिता । जानकारीमा आएअनुसार सञ्चिता नेपाल आएको मौका पारेर उता निखिल उपे्रतीले नेपाल रहेकी आफ्नी पहिलो पत्नी कोपिला उप्रेतीलाई मुर्म्बई बोलाएका थिए भने आफू मुर्म्बईमा एक्लै बसेको जानकारी दिएका थिए । उता कोपिला पनि केही दिन मुर्म्बईमा आफ्नो श्रीमान् निखिलसँग घुमेर नेपाल फर्किएकी छिन् ।
यसैबीच निखिल उपे्रती गत सोमबारनेपाल आएका छन् । उनको नेपाल आगमन हिन्दी फिल्म निर्माताहरुलाई नेपालमा लोकेशन देखाउनका लागि भनिएको छ तर यथार्थ भने बेग्लै रहेको बुझिएको छ । पहिली पत्नीसँग निखिलको घरजम फेरि जोडिने कुराले यतिबेला चलचित्र बजार तातेको छ । नेपाली चलचित्र उद्योगको मान र दाम छोडेर जानुपर्दा वा गुम्दा दुवैको मन पोलेको रहेछ भन्ने वास्तविकता यतिबेला खुलेको छ । नेपाली सिनेमाले के दियो र – भन्दै सिनेमा र दर्शकलाई गाली गर्ने निखिल अनि मान्छे सानी भए तापनि ठूला कुरा गर्दै हिँड्ने सञ्चिता अन्ततः आफ्नै वास्तविकतामा झरेको दिन हर्ेन अब धेरै दिन लाग्ने छैन । दुवैलाई नेपाल र्फकने एउटा वहाना चाहिएको थियो र त्यो पनि यतिबेला पूरा भएको छ ।
वर्षौंसम्म निखिलसँग बसेर फेरि नेपाली सिनेमामा काम गर्नुपर्दा सञ्चिताको त्यो व्यवहारलाई सिनेकर्मीहरूले कसरी लेलान् अनि निखिलको सिन्दुर साँच्चै आफ्नो सिउँदोमा हालेको बनाउने सञ्चिताको कुन कुराको विश्वास गर्छन् अब उनका समकक्षी र चलचित्रकर्मीहरूले । एक श्रीमान् छाडेर दोस्रोसँग जीवन बिताउने प्रण गरेकी सञ्चिताको यो सोच पनि पूरा नहुने देखिन्छ भने अब उनी कुन खेल खेल्छिन् त – प्रतीक्षाको विषय बनेको छ । अब सञ्चिता मुर्म्बईमा टिक्न नसक्ने अवस्थामा पुगेको कुरा यतिबेला स्पष्ट भइसकेको छ । महिनामा तीनवटा फिल्म खेल्दा लगभग डेढ लाख पारिश्रमिक पाउने सञ्चिताले धेरैमा बीस हजार महिनाको तलबमा भारतमा एक महिना बुटिकमा पनि काम गरिन् । नेपालकी सेलिबे्रटीको यो दुर्दशा हर्ेन नसकेका अन्य कलाकारहरूले सञ्चितालाई फेरि नेपाल र्फकन सुझाव पनि दिएका थिए । ‘उता टिक्न नसकेको र लगेको पैसाजति सबै सकिएपछि लुत्रुक्क परेर नेपाल नफर्किएर कता जाने त -‘ मुर्म्बईमा सञ्चिताको बेहाल हेरेर फर्किएका एक चलचित्रर्मीको धारणा थियो यो ।

पूरा होला यिनको इच्छा –
चलचित्र क्षेत्र यतिबेला युवा पुस्ताको आकर्षणको विधा बनेको छ । यो क्षेत्रमा लागेर नाम र दाम कमाउँदै समाजमा उत्कृष्ट छवि बनाउनका लागि तल्लीन युवतीमाझ एउटी आशालाग्दो नयाँ अनुहार पनि यो क्षेत्रमा राम्रो अवसरको खोजीमा रहेको छ । उनी हुन्- सुष्मा अधिकारी । धनगढी स्थायी घर भएकी सुष्मा थुपै्र गीतमा मोडेलको रूपमा दर्शकमाझ आइसकेकी छिन् । हाल काठमाडौंको मैतिदेवीमा बस्दै आएकी सुष्माको अब एउटै उद्देश्य छ । ‘नेपाली सनेमाको नायिका बन्ने । यही क्षेत्रमा पूर्णरूपमा लागेर सफल कलाकार बन्ने इच्छा छ मेरो,’ सुष्माले भनिन् । सुष्मा चर्चित गायक शिव परिवारको ‘तिम्लाई भुल्ने वहानामा पिउन सजिलो भो…. बोलको गीतको म्युजिक भिडियोमार्फत बजारमा छाएकी हुन् । यसबापत एक दर्जनभन्दा बढी आधुनिक गीतमा मोडलिङ गरिसकेकी छिन् यिनले । अफर आएमा र बलियो भूमिका आएमा जस्तो भूमिकामा पनि अभिनय गर्न आफू तयार भएको कुरा उनी बताउँछिन् । ‘अब यसै क्षेत्रमा लाग्ने भएपछि यो र त्यो भूमिका भनेर लेखाजोखा गर्न मिल्छ र -‘ उनको प्रत्रि्रश्न छ ।

दर्ुबईमा पनि सुनिता हाईहाई
गायिका एवम् भिजे सुनिता दुलाल यतिबेला चर्चामा छिन् । भ्याइनभ्याई छ उनलाई । इमेज च्यानलको कार्यक्रम प्रस्तुत गर्नदेखि गीत रेकर्डिङ र मुलुकबाहिर आयोजना हुने साङ्गीतिक कार्यक्रमहरूमा उनको माग बढ्न थालेको छ आजभोलि ।
केही महनाअगाडि मात्र अमेरिकाको विभिन्न सहरहरूमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेर नेपाल फर्किएकी सुनिता यसै साता मात्र दर्ुबई गएर स्वदेश फर्किएकी छिन् । गैरआवासीय नेपालीको संस्था एनआरएनको आयोजना रहेको बृहत् सांस्कृतिक कार्यक्रममा भाग लिएर यसै साता मात्र स्वदेश फर्किएकी सुनिताले दर्ुबईमा आफ्नो कार्यक्रम राम्रो भएको कुरा बताइन् । ‘त्यहाँ विश्वभरिका एनआरएन नेपाली आउनुभएको थियो । हाम्रो कार्यक्रम राम्रो लागेर होला उहाँहरूले पनि अन्य मुलुकहरूमा निमन्त्रणा गर्नुभएको छ,’ निकै दङ्ग छिन् सुनिता । जनवरी १३, १४ र १५ तारिख तीन दिन आयोजित सो कार्यक्रममा सुनिताको साथमा गायिका आनी छोइङ, मनोज गजुरेललगायतका कलाकारको सहभागिता रहेको थियो । सुनिताले कार्यक्रममा पाँचवटा विभिन्न गीत प्रस्तत गरेकी थिइन् भने परराष्ट्रमन्त्री सुजाता कोइराला र श्रममन्त्री मोहम्मत आफ्ताव आलम अतिथिका रूपमा सहभागी हुनुभएको थियो । निकै भव्यताका साथ सम्पन्न विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो उपस्थितिलाई दर्ुबईमा रहनुभएका नेपालीको राम्रो साथ मिलेकोमा निकै खुसी भएर फर्किएकी छिन् सुनिता । अब चाँडै आधुनिक गीतहरूको एल्बम बजारमा ल्याउने तयारीमा रहेकी सुनिता प्रायः गरेर आफूले गाएको गीत भिडियोमा आफैं मोडलिङ पनि गरि्छन् । यसले गर्दा बजारमा आफूलाई चिनाउन सजिलो भएको अनुभव उनी सुनाउँछिन् ।