एएफसी च्यालेन्ज कप -श्रीविक्रम भण्डारी

एएफसी च्यालेन्ज कप -श्रीविक्रम भण्डारी


एन्फाको टाउको दुःखाइ बन्दै छ रंगशाला
अहिले एएफसी च्यालेन्ज कप अखिल नेपाल फुटबल सङ्घ एन्फाका लागि टाउको दुःखाइ बनेको छ । चैत ७ देखि सञ्चालन हुने च्यालेन्ज कपका लागि रंगशाला तयार गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै कार्य एन्फाले अगाडि बढाउन पाएको छैन । रंगशालाको मर्मतसम्भारका लागि एन्फाले दुई महिनाअघि नै राष्ट्रिय खेलकुदमा निवेदन दिए पनि त्यसबीचमा परेका अन्तर्राष्ट्रिय कार्यक्रमले गर्दा च्यालेन्ज कपको आयोजनामा प्रश्नचिह्न लागेको हो ।
दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन कम्तीमा पनि दुई महिना लाग्ने एन्फाले बताउँदै आएको छ । दशरथ रंगशालामै हुने तय भइसकेको च्यालेन्ज कपको तयारीका लागि अब एन्फाले आफ्नो कदम कसरी अगाडि बढाउँछ त्यो हर्ेनलायक भएको छ । यता राखेपले समस्याको समाधानका लागि एन्फालाई सहयोग गर्ने वचन दिए पनि आपसी तालमेल कसरी मिलाउँछ बुझ्न सकिएको छैन ।
एएफसी च्यालेन्ज कप २०१२ को छनोटका लागि समूह ‘डी’ अर्न्तर्गत परेका मुलुकहरूबीच योे प्रतिस्पर्धा हुनेछ । यो समूहमा आयोजक नेपाललगायत उत्तरकोरिया र श्रीलंकाको टुङ्गो लागिसकेको छ भने अफगानिस्तान र भुटानमध्ये कसलेे यो समूहमा प्रतिस्पर्धा गर्नेछ त्यसको टुङ्गो आगामी महिना मात्र लाग्नेछ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा र सो प्रतियोगिता अगाडि दशरथ रंगशालामा आयोजना हुने प्रख्यात क्यानेडियन रक स्टार ब्रायन एडम्सको कर्न्र्सट र अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता एन्फाका लागि टाउको दुखाइ बनेका छन् । ब्रायनको कर्न्र्सट फागुन ७ र रेस्लिङ प्रतियोगिता फागुन १४ गते आयोजना हुँदै छन् । दुवै आयोजकले आफ्ना कार्यक्रमहरू तोकिएको समय र स्थानमा गर्ने दाबी गरेका कारणले पनि अहिले च्यालेन्ज कप र्सर्ने प्रबल सम्भावना देखिएको छ । च्यालेन्ज कपका लागि रंगशालाको मर्मतसम्भार गर्दा यी दुई कार्यक्रमले रंगशालालाई पुरानै अवस्थामा पुर्‍याइदिने र त्यसपछिको छोटो समयमा रंगशालाको मर्मत गर्न नसकिने एन्फाका पदाधिकारीहरूले बताएका छन् । अझ एक महिनाअघि एएफसीको प्राविधिक टोली रंगशालाको निरीक्षणका लागि नेपाल आउने र सम्पूर्ण जाँच-पडतालका बाबजुद मात्र खेल्नका लागि स्वीकृति दिने भएकोले एन्फाका लागि निकै चुनौतीपूर्ण बनेको छ ।
एन्फाका लागि ‘खाउँ भने दिनभरिको सिकार, नखाऊँ भने कान्छा बाउको अनुहार’ जस्तै बन्न पुगेको छ- एएफसी च्यालेन्ज कप । अहिले कुनै विकल्प नहुँदा एन्फा ठूलो मारमा परेको छ । नेपालीको आदत नै चाहिने बेलामा घोडा खोज्ने भएकोले यो समस्या उत्पन्न भएको हो । एन्फाले दुई महिनाअघि रंगशालाका लागि निवेदन दिनुको साटो पहिल्यै आफ्नो वारि्षक कार्यक्रम राखेपलाई बुझाउनुपर्दथ्यो । एन्फाले आफ्नो वारि्षक कार्यक्रमको क्यालेन्डर पहिल्यै बनाउने भएकोले यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको बारेमा अझ संवेदनशील भएर लाग्नुपथ्र्यो । प्रतियोगिता आयोजनाको अघि र पछिको समयलाई खुलस्त पारेर राखेपलाई जानकारी गराउनुपथ्र्यो । तर, एन्फाले त्यस्तो केही गरेन । मात्र दुई महिनाअघि रंगशालाका लागि निवेदन दिएर कानमा तेल हालेर बसेको थियो । यहाँ आफ्नै अदूरदर्शिताका कारणले एन्फा चुकेकोले कसैलाई दोष र आरोप लगाउन सुहाउँदैन । एन्फाका पदाधिकारीहरूको स्वयम्को गल्तीले गर्दा यस्तो अवस्थाको सिर्जना भएको हो । अब उनीहरूले आफ्नो गल्तीलाई आत्मसात् गर्नुपर्छ । कसरी हुन्छ, आपसी तालमेल मिलाएर च्यालेन्ज कप गर्नेपट्ट िलाग्नुपर्छ ।
अहिले एन्फाका पदाधिकारीहरू गोहीको आँसु झारेर च्यालेन्ज कपको दुहाईमा लागेका छन् । यदि समयमै च्यालेन्ज कपको आयोजना गर्न सकिएन भने नेपाल र नेपाली फुटबलले ठूलो घाटा व्यहोर्नुपर्नेजस्ता कुरा गर्न थालेका छन् । एन्फाका पदाधिकारीले यस्ता वाहियात कुरा किन गरिरहेका छन् त्यो उनीहरूलाई थाहा होला । र पनि, यो व्यवहारले उनीहरू हाँसोको पात्र भने अवश्य बनेका छन् । समय छँदा प्रतियोगिताको बारेमा कुनै पहल नगर्नेले अहिले आएर प्रतियोगिताको बारेमा राष्ट्रको नाम अघि सारेर ब्ल्याकमेल गर्न कदापि मिल्दैन । अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनाका लागि एन्फा कति गम्भीर त्यो अहिले घामजस्तै र्छलङ्ग भइसकेको छ । मुलुकमा एउटा मात्र अन्तर्राष्ट्रिय मापडण्डको रंगशाला छ भन्ने कुरालाई राम्ररी बुझेको एन्फाले अहिले आएर राखेपलाई मात्र दोष दिन मिल्दैन । राखेपले दशरथ रंगशाला भाडामा दिँदा चैत ७ गतेको मितिलाई ख्याल गरेर दिएको छ । राखेपले च्यालेन्ज कपलाई कुनै प्रभाव पार्ने काम गरेको छैन । एन्फाले राखेपमा निवेदन दिँदा वा प्रतियोगिताको बारेमा जानकारी गराउँदा समयको मागलाई स्पष्ट पारेको भए यस्तो अवस्थाको सिर्जना हुँदैन थियो । पुसको अन्तिम सातासम्म रंगशालामा फुटबल खेलाउनै व्यस्त रहेको एन्फाले अहिले आएर राखेपले छनोट प्रतियोगितालाई प्रभाव हुने गरी अन्यलाई रंगशाला दिएको भन्न कदापि मिल्दैन । एन्फाको गैरजिम्मेवारीलाई मध्यनजर गर्दा राखेप नभई एन्फा दोषी हो भन्दा अतिसयोक्ति नहोला ।
एन्फा अध्यक्ष गणेश थापा एएफसीको उपाध्यक्षमा निर्वाचित भएपछि च्यालेन्ज कप उनका लागि चुनौती बनेको छ । फुटबलको विकासमा अहम् भूमिका निभाउने प्रतिबद्धता जाहेर गरेका थापाका लागि यो प्रतियोगिता गर कि मरको अवस्थामा पुगेको छ । लगभग दुई दशक एन्फाको नेतृत्व गरिसकेका थापाले फुटबलको विकासका लागि थुप्रै पसिना बगाए पनि अहिलेसम्म जस पाउन भने सकेका छैनन् । यस्तो अवस्थामा च्यालेन्ज कप नेपालमा हुन सकेन भने थापाको बचेखुचेको साख पनि धुमलिने कुरामा दुईमत छैन । तर्सथ एएफसी उपाध्यक्षको कार्यभार सम्हालेको केही समयपश्चात् नै थापाका लागि च्यालेन्ज कप च्यालेन्जका रूपमा आएको छ । हेरौँ, फुटबललाई नै सबथोक मान्ने थापा च्यालेन्ज कपको कसरी सामना गर्छन् त्यो प्रतीक्षाको विषय बनेको छ । यसैगरी च्यालेन्ज कपसँगै आफ्नो कार्यक्रमलाई सफलताको मर्ूतरूप दिन ब्रायन कर्न्र्सट र रेस्लिङका आयोजकहरू लागिपरेकाले च्यालेन्ज कपको मुद्दा केही समयमै सेलाउने अड्कल काटिएको छ । च्यालेन्ज कपलाई सफलताका साथ सम्पन्न गर्न राखेप सकारात्मक रहेको बताउँदै सदस्यसचिव हरिबाबु चौधरीले छिट्टै समस्याको समाधान हुने बताएका छन् ।

हर्लेको चुम्बन
नायरलाई पीडा
‘बाँदरले आफ्नो घर पनि बनाउँदैन र अर्काको घर पनि बन्न दिँदैन’ भन्ने उक्ति यतिबेला हुबहु रूपमा शेन वार्नमा लागू भएको छ । उनले आफ्नो घर त बिगारे-बिगारे अहिले अरूको घर पनि भाँड्न ज्यान छोडेर लागेका छन् । केटी भनेपछि हुरुक्कै हुने वार्नले यतिबेला आफ्नो पासोमा चर्चित अभिनेत्री एलिजाबेथ हर्लेलाई पारेका छन् । हर्ले र वार्नको रोमान्स अगाडि बढ्ने क्रममा यी दुवैले चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि विश्वभरि उनीहरू रोमान्सले चर्चा पाएको थियो । आफ्नो स्पिन बलको जादुमा हर्लेलाई क्लिन बोल्ड गरेका वार्नले अहिले यसको याचना गरेर पूरा मजा लिइरहेका छन् । वार्न लाजै नमानी हर्लेसँग क्षमा माग्दै आफ्नो रोमान्समा अझ घ्यू थप्ने कार्य गरिरहेका छन् । जुन हर्ले र नायरको घरगृहस्थीका लागि पीडा बन्दै गएको छ । वार्नले खडा गरेको यो बखेडा अखबारका लागि तातो समाचार बने पनि नायर दम्पतीका लागि भने निकै कुठाराघात सावित भएको छ ।
लामो प्रेमसम्बन्धपछि हर्लेले सन् २००७ मा भारतीय व्यवसायी अरुण नायरसँग शाही अन्दाजमा विवाह गरेकी थिइन् । निकै सफल मानिएको उनीहरूको सम्बन्ध केही महिनाअघि बिग्रन पुगेको थियो । त्यसपछि छुट्टै बस्न थालेकी हर्लेको सम्बन्ध शेन वार्नसँग गाँसिएको थियो । सो समयमा वार्न र हर्लेले लण्डनको एक होटलमा सँगै दुई रात बिताएको समाचारपत्रहरूले दाबीका साथ लेखेका थिए । यसपछि नायर र हर्लेको सम्बन्धमा दरार परेको र उनीहरू चाँडै सम्बन्धविच्छेद गर्न लागेको कुरा भारतीय र बेलायतका अखबारहरूले लेखेका थिए । तर, हर्लेले यो कुराको प्रतिवाद गर्दै आफू केही महिनादेखि अरुणसँग टाढा भए पनि मिडियाहरूले लेखेकोजस्तो केही पनि नभएको बताएकी थिइन् । हर्लेले मिडियाहरूले लेखेको कुरा कपोलकल्पित भएको बताउँदै आफूले कहिल्यै यस्तो कुरा नसोचेको बताएकी छिन् ।
यतिबेला अरुण र हर्लेको सम्बन्धविच्छेदको चर्चा चलिरहेको बेलामा हर्लेले यो सबै बकवास हो भन्दै कोही कसैलाई तलाक दिन नलागेको स्पष्ट पारेकी छिन् । आफ्नो सम्बन्ध अहिले पनि सुमधुर रहेको र भविष्यमा पनि रहने बताउँदै हर्लेले सञ्चारमाध्यमले आफूहरूलाई बलिको बोका बनाएको प्रस्ट पारेकी छिन् । बिनाकारण मिडियाहरूले वार्नसँगको सम्बन्ध उछालेर आफूलाई निकै दुःखित र कोध्रित तुल्याएको बताउँदै उनले मिडियाहरूलाई यसबापत सतप्रतिशत अङ्कसमेत दिनुपर्ने बताएकी छिन् । मिडियाले चाहिनेभन्दा बढी लेखेको गुनासो गर्दै सत्यतथ्यको गहिराइमा नपुगी कसैको निजी जिन्दगीलाई सार्वजनिक गर्न कसैलाई पनि अधिकार नभएको बताएकी छिन् । हर्लेले भारतीय सञ्चारमाध्यमहरूमाथि औंला उठाउँदै बेकारको बकबास लेख्न बन्द गर्नसमेत अनुरोध गरेकी छिन् ।
यतिबेला अरुणसँग बिग्रेको सम्बन्धलाई सुमधुर बनाउनपट्ट िलागेकी हर्लेले आफू पैसाको पछि नलागेको पनि प्रस्ट पारेकी छिन् । हर्लेले केही समय पहिले आफूहरूबीचमा केही गलतफेमी पैदा भए पनि अहिले सबै राम्रो भइसकेको बताएकी छिन् । नायर र आफ्नो सम्बन्धमा कुनै तुस बाँकी नरहेकोले अब यसलाई इस्यु बनाउनुपर्ने कुनै कारण नभएको उनले खुलासा गरेकी छिन् । मिडियाहरूले नायरले आफूसँग सम्बन्धविच्छेद गर्न लागेको कुरा लेखे पनि त्यो झुटो भएको र आफूहरू अहिले सँगै रहेको पनि बताएकी थिइन् । हर्लेले आफ्नो भविष्यको बारेमा मिडियाहरूले विभिन्न अड्कल र अनुमान लगाएको गुनासो गर्दै त्यो कसैको निजी जिन्दगीका लागि राम्रो कुरा नभएकोसमेत प्रस्ट पारेकी छिन् । हर्लेले नायरसँग क्षमा माग्दै आफ्नो सम्बन्ध सुमधुर गर्न लागि रहेको अवस्थामा वार्न भने अहिले पनि आफ्नो प्रेम देखाउन हर्लेलाईसँग माफी माग्दै के गर्न खोजेका हुन् त्यो कसैले बुझ्न सकेको छैन ।

एसीसी महिला ट्वान्टी-२० च्याम्पियनसिप
आगामी फेब्रुअरी १७ देखि २५ सम्म कुबेतमा एसीसी महिला ट्वान्टी-२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुँदै छ । दस राष्ट्रहरूले सहभागिता जनाउने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । समूह ‘ए’मा साविक विजेता हङकङसहित ओमान, चीन, सिङ्गापुर र भुटान रहेका छन् भने समूह ‘बी’मा नेपाल, थाइल्यान्ड, मलेसिया, कुवेत र यर्ुर्एइ रहेका छन् । सोही प्रतियोगितालाई मध्यनजर गर्दै हालै नेपाल क्रिकेट सङ्घ क्यानले महिला खेलाडीहरूको प्रारम्भिक छनोट गरेको छ । हालै सम्पन्न भएको वाइवाइ महिला राष्ट्रिय प्रतियोगिता र विगतमा राष्ट्रिय टोलीले गरेको प्रदर्शनको आधारमा १८ जना खेलाडीलाई छनोट गरिएको छ । उक्त टोलीको कप्तानको रूपमा नेरी थापालाई छनोट गरिएको छ । दुई वर्षअघि अनुशासनको कारबाहीमा परेर कप्तान पद गुमाएकी थापालाई क्यानले पुनः यो जिम्मेवारी दिएको हो । विगतमा थापाको नेतृत्वमा नेपालले उत्कृष्ट प्रदर्शन गरेकोेले उनलाई कप्तानको जिम्मेवारी दिएको क्यानले बताएको छ ।
क्यानले हालै गरेको प्रारम्भिक छनोटमा कप्तान नेरी थापा, उपकप्तान रुविना क्षेत्री, मनीषा रावल, मधु थापा, सीता रानामगर, खिना थापामगर, इन्दु वर्मा, जानकी भट्ट, रश्मी शर्मा, सरिता मगर, करुणा भण्डारी, नीरा राजोपाध्याय, ममता थापामगर, शोभा आले, सीता शाही, सोनु खड्का, मनिता गौतम र अरुणा अर्याल रहेका छन् ।

मुरलीे अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने
विश्वचर्चित अफ स्पिनर मुथैया मुरलीधरनले आउँदो विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । मुरलीले यो आफ्नो चौथो र अन्तिम विश्वकप भएको घोषणा गर्दै अब मेरो समय समाप्त भएको घोषणा गरेका थिए । यो विश्वकप आफ्नो अन्तिम भएकोले श्रीलङ्कालाई विजय गराउन आफू दिनरात मिहिनेत गरिरहेको बताएका छन् । विश्वकपमा श्रीलङ्काले उत्कृष्ट प्रदर्शन गर्दै आएको र यसपटक पनि विजयका लागि खेल्ने बताए । मुरलीले यसपटक श्रीलङ्काले विश्वकप जित्न सके त्यो श्रीलङ्काली क्रिकेटप्रेमीहरूका लागि सम्झनायोग्य हुनेसमेत बताए । टेस्ट र एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिन सफल भएका ३८ वर्षीय मुरलीले आफूले क्रिकेटसँग कहिल्यै नाता नतोड्ने खुलासा गरेका छन् । मुरलीले टेस्ट क्रिकेटमा आठ सय र एकदिवसीयमा पाँच सय १७ विकेट लिएर कीर्तिमान बनाएका छन् । हालै आईपीएलमा कोच्ची फेन्चाइजीबाट दुई वर्षका लागि अनुबन्ध भएका मुरलीले त्यसपछि इंग्ल्यान्ड र न्युजिल्यान्डका घरेलु प्रतियोगिताहरू खेल्ने बताएका छन् ।

एसियन क्रसकन्ट्री गोकर्णमा
दस वर्षअघि अर्थात् सन् २००१ मा पहिलोपटक नेपालले क्रसकन्ट्री प्रतियोगिताको आयोजना गरेको थियोे । छैटौँ संस्करणलाई सफलता साथ आयोजना गरेको नेपालले पुनः उक्त प्रतियोगिताको आयोजना गोकर्णमा गर्न लागेको हो । प्रतियोगिता आगामी फागुन ८ गते हुने एथलेटिक्स महासङ्घले जनाएको छ । गोकर्णको फरेस्ट रिसोर्टमा हुने ११औँ एसियाली क्रसकन्टी प्रतियोगितामा महिला-पुरुष र सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा हुनेछ । ती चार प्रतिस्पर्धामा टिम इभेन्ट पनि समावेश गरिएको छ । उक्त प्रतियोगिताको दुई किलोमिटर जुनियरतर्फ जङ्गली रुटमा महिलाले तीन फन्को मार्नुपर्नेछ भने पुरुषले चार । त्यस्तै सिनियरतर्फका महिलाले चार फन्को र पुरुषले ६ फन्को मार्नुपर्नेछ । प्रतियोगितामा ४५ देशका दुई सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । महासङ्घले मुलुकले पर्यटन वर्ष मनाइरहेको बेलामा यो प्रतियोगिता नेपालको पर्यटन विकासको लागि कोसेढुङ्गा सावित हुने बताएको छ ।

सुदूरपश्चिममा राष्ट्रिय भलिबल
च्ाौथो शरद स्मृति खुला राष्ट्रिय भलिबल प्रतियोगिता आउँदो माघ १७ गतेदेखि महेन्द्रनगरको सिर्द्धार्थ बहुमुखी क्याम्पसको परिसरमा हुँदै छ । सिर्द्धार्थ क्याम्पर स्ववियुको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा मुलुकभरका २१ वटा टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको बारेमा जानकारी दिँदै स्ववियु सभापति अखिलबहादुर सिंहले प्रतियोगितालाई अझ उत्कृष्ट र स्तरीय बनाउन आफूहरू लागि परेको बताए । सिंहले यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको जानकारी गाउँदै विजयी टोलीलाई ५५ हजार रुपैयाँ प्रदान गरिने बताए । त्यस्तै दोस्रो हुनेलाई ३१ हजार पाँच सय, तेस्रोलाई २० हजार पाँच सय र चौथोलाई नौ हजार पाँच सय प्रदान गरिने बताए । पुरस्कारका हिसाबले यो प्रतियोगिता भलिबल खेलमा सुदूरपश्चिममै सबैभन्दा महँगो प्रतियोगिता बन्न पुगेको छ ।