लागूऔषध सहित ४ जना पक्राउ

लागूऔषध सहित ४ जना पक्राउ


हेटौडा उपमहानगरपालिका १९ दुधडेरी चोकबाट प्रहरीले अवैध लागू औषध चरेश ४ के.जी. सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३२ बर्षीय दिपक कुमार श्रीवास्तव, १८ बर्षीय छविलाल राम, हेटौडा उपमहानगरपालिका–१९ वस्ने ५४ बर्षीय राम बहादुर गोले र धादिङको गजुरी गाउँपालिका–८ वस्ने ४० बर्षीय तिलक बहादुर तामाङ रहेका छन् ।

यता,राजबिराज नगरपालिका–६ स्थित सडकबाट प्रहरीले अवैध लागू औषध डाएलेक्स–डिसी ९६ थान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सोमबार स.१प ५०१६ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालकले मोटरसाइकल छाडेर भागेपछि मोटरसाइकलको पछाडी लाष्टिकको बोरा भित्र राखेको झोलाबाट उक्त लागूऔषध बरामद भएको थियो । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।