रोयल्टी बाँड्दै पशुपति दोहोरी-राजन घिमिरे

रोयल्टी बाँड्दै पशुपति दोहोरी-राजन घिमिरे


आफू मात्र कमाउने होइन, अरूलाई पनि त्यो वातावरण सिर्जना गरिदिने ध्याउन्नमा लागेका छन् यतिबेला शिव पौडेल ।
पशुपति क्यासेट कम्पनीका सञ्चालक पौडेलले च्याउसरी उम्रिएका दोहोरी रेस्टुरेन्टहरूको भीडमा पृथक पहिचान मात्र नभएर पृथक सोच अनि सबैको ‘वाहवाही’ कमाउने कार्यमा आफैं सञ्चालक भएको पशुपति दोहोरी क्लबलाई अगाडि बढाएका छन् । काठमाडौंको नयाँ बसपार्क गोंगबुमा रहेको यो दोहोरी क्लबबाट पनि अब र्सजकले रोयल्टी पाउने भएका छन् । तपाईं गीत-सङ्गीतको पारखी हुनुहुन्छ र पशुपति दोहोरी क्लबमा गीत सुन्न जानुहुन्छ भने तपाईंले इच्छा गरेको गीत त सुन्न पाइहाल्नु नै हुन्छ । त्यसमाथि तपाईंले सुनेको त्यो गीतबाट तीन रुपैयाँ त्यस गीतका र्सजकका लागि जम्मा हुने गर्छ । ‘सीआरबीटी र पीआरबीटीबाट मात्र होइन अब हामै्र रोधी क्लबबाट पनि र्सजकले पारिश्रमिक पाउनेछन्,’ पशुपति दोहोरी क्लबका सञ्चालक शिव पौडेल भन्छन् । उनको यो नयाँ कार्यको यतिबेला सर्वत्र प्रशंसा गर्न थालिएको छ । तर, उनको यो कार्यलाई अन्य दोहोरी रेष्टुराँहरूले पनि आत्मसात् गर्नुपर्ने कुरातर्फ सम्बन्धित सङ्घ/संस्थाको ध्यान गएमा र्सजकहरूका लागि होस्टेमा हैंसे थपिने थियो ।
क्यासेट कम्पनी र दोहोरी क्लब एकसाथ सञ्चालन गर्दै अगाडि बढेका शिव पौडेल आफ्नो संस्था आगामी दिनमा र्सजकहरूका लागि अन्य उल्लेखनीय कार्य गर्दै अगाडि बढ्ने कुरा बताउँछन् । यसैबीच पशुपति क्यासेट सेन्टरले चलचित्र जिन्दगानी दर्पण छायाको गीति क्यासेट पनि बजारमा ल्याएको छ । नन्दिता केसी र दिलीप रायमाझीको मुख्य भूमिका रहेको यो चलचित्रको गीत-सङ्गीतले यतिबेला बजारमा रामै्र दर्जा पाइरहेको छ ।

सासूससुराको ‘कन्तविजोग’
‘पे्रमी-पे्रमिकाको प्यार त हेर्न छाडे अब अहिलेको जमानामा सासूससुराको प्यार कसले हेर्ने -‘ चलचित्र सासूससुराको प्यारको प्रिमियर हेरेर विश्वज्योति हलबाट बाहिरिएका एक चलचित्र समीक्षकको टिप्पणी थियो यो । अन्तत: उनको यो टिप्पणी सत्य सावित नै भयो ।
काठमाडौंमा प्रदर्शन भएको तीन दिनमै ‘चाँडो उत्रिएको चलचित्रको नयाँ रर्ेकर्ड राख्दै’ उत्रिएपछि यसका निर्माता अनि नायक कल्याण घिमिरे यतिबेला ‘के गर्ने’ भन्ने पिरलोमा परेका छन् ।
आजभन्दा करिब १५ वर्षअगाडि नै नायक भएका हुन् कल्याण घिमिरे । उनीभन्दा पछाडि आएका नायकहरूले नाम, दाम, गाडी र बंगला छोडिसके तर, विडम्बना कल्याणले लगानीको एक प्रतिशत पनि उठाउन सकेका छैनन् फिल्मबाट । तथापि सिनेमा बनाउने र हिरो बन्ने रहरले भने उनलाई अझै छाडेको छैन । अझै पनि कसो दिन नआउला त ? भन्ने आशामा नै छन् कल्याण । हामी पनि कल्याणलाई भन्छौँ कि ‘कल्याणजी भनिन्छ नि केटा मान्छेले हरेस खानुहुन्न ।’
त्यसो त, यो सिनेमा नचल्नुमा बिचरा कल्याणको के दोष ? तीनवटा कमजोरी त प्रत्यक्ष रूपमा औल्याइदिन्छौँ हामी । एउटा कमजोरी हो भोजपुरी चलचित्रलाई नेपालीमा डबिङ गर्नु, दुई ‘अनलक्की’ नायिका उषा पौडेल र गरिमा पन्तलाई नायिका राख्नु अनि गीत-सङ्गीत झुरै हुनु, यी तीन कमजोरीका कारण पनि यो सिनेमाको कन्तविजोग हुन पुगेको छ । उषा र गरिमा यस्ता नायिका हुन् जसले अभिनय गरेको चलचित्र अहिलेसम्म चलेका छैनन् । ठूला-ठूला ब्यानरहरू पाउँदा पनि चल्न नसकेका यी दुई नायिकाले अन्तत: तपाईंको सिनेमालाई पनि डुबाइदिए ।
लामो समयदेखि सफल हिरो बन्ने सपना बोकेर सिनेमा कर्ममा आएका निकै मिलनसार सहयोगी अनि व्यावहारिक हिरो कल्याणको साँच्चिकै कल्याण कहिले होला ? हामी पनि प्रतीक्षारत छौँ । हामी कामना गछौर्ं कि तपाईंको बारेमा सुखद् समाचार चाँडै सुन्न पाइयोस् । तपाईंले भने जस्तै धेरैले तपाईंलाई ‘मर्ुगा’ बनाएका थिए, यसपटक पनि मर्ुगा बन्नुभयो । के नै नयाँ कुरा भयो र, कि कसो –

पूर्णकलाको रूपमा श्रोता भुतुक्कै
नेपालको मध्यपश्चिम लोकगीतसङ्गीतको उर्वरभूमि नै हो । यो क्षेत्रमा हस्ती कहलाइएकाहरू पनि त्यताकै बढी छन् । त्यसो त क्यासेट उत्पादकहरूको ‘बढी लोकगीतहरूको एल्बम पश्चिम र मध्यपश्चिमतिरै बढी बिक्ने गर्छ’ भन्ने भनाइले पनि यो कुराको पुष्टि गर्छ ।
मध्यपश्चिममा नै पर्ने बरि्दया जिल्लानिवासी पूर्णकला बीसीको यतिबेला काठमाडौंको दोहोरी रेष्टुराँ र दोहोरी क्लबतिर राम्रै माग बढ्न थालेको छ । प्रत्यक्ष रूपमा लोकदोहोरीबाट रामै्रसँग सवाल-जवाफ गर्नसक्ने क्षमताकी पूर्णकलाको स्वर यतिबेला हरेक साँझ सुन्न सकिनेछ काठमाडौंको सुन्धारामा रहेको देउराली दोहोरी साँझमा ।
हुन त उनी ६५ सालमा मात्र काठमाडौं छिरेकी हुन् । ललितकलामा सङ्गीत विषय लिएर अध्ययन गरिरहेकी पूर्णकला काठमाडौंका प्राय: दोहोरी रेष्टुराँको मागमा पर्ने गरि्छन् । ‘कुनै दोहोरी नयाँ खुल्यो वा कुनै कार्यक्रम भयो भने मलाई अतिथि गायिकाको रूपमा बोलाइहाल्छन् र, पनि सम्मान ठानेर जान्छु । यसलाई मैले अवसर पनि ठानेकी छु,’ पूर्णकलाले भनिन ।
उनी पहिले क्यासेट निकाल्ने योजनाका साथ काठमाडौं छिरेकी थिइन् । गीत रर्ेकर्ड गर्ने क्रममा आर्थिक अभाव भएपछि त्यो इच्छालाई बीचमा नै अधुरो छाडेर काठमाडौंमा बाँच्नकै लागि दोहोरीमा गीत गाउन थालिन् । ‘सुरुमा त मैले सिक्नका लागि भनेर एउटा दोहोरीमा चार महिना सित्तैमा गीत गाएँ । धन्य त्यो दोहोरी बन्द भयो । नत्र मैले कहिलेसम्म सित्तैमा गीत गाउनुपर्दथ्यो होला,’ उनी आफ्नो तीतो विगत सम्झिन्छिन् । काठमाडौंमा टिक्नका लागि गायक एवम् आफ्नो भिनाजु बलबहादुर बीसीको योगदानलाई कहिले बिर्सन्नन् पूर्णकला । अहिलेसम्म ६० वटा लोकगीतको एल्बममा आवाज दिइसकेकी पूर्णकला अब चाँडै एकल आवाज समेटिएको एल्बम निकाल्ने तयारीमा जुटेकी छिन् ।
दोहोरीमा गीत गाएर श्रोताहरूलाई रमाइलो दिनु निकै गाह्रो काम हो । मदिरामा लट्ठ भएका ग्राहकहरूमध्ये केही त गलत सोचका पनि हुन्छन् । यस्तो अनुभव उनले पनि संगालेकी छिन् । ‘सबैलाई यस्तो भन्न मिल्दैन । स्वर र कलाकारको तारिफ गर्ने अनि रूपको तारिफ गर्नेहरू पनि भेटिन्छन्, कोही त स्टेजमा नै हात समाउन आउँछन् भने धेरैले त भोलि भेटौँ, अनि घुम्न जाऊँ पनि भन्छन् । दोहोरीमा गीत गाउने हामीजस्ताका लागि यो घटना त नयाँ होइन । तर आफू बच्नुपर्‍यो,’ उनले यथार्थ नलुकाइन भनिन् ।
हरेक साँझ ६ बजे गीत गाउन दोहोरी पुग्ने पूर्णकला कोठामा सुत्न जाँदा रातको १ बजिसक्छ । काठमाडौं चकमन्न हुँदा ग्राहकहरूसमक्ष दोहोरी गीत गाउनुपर्ने यो पेसा अब उनी छोड्न सक्दिनन् रे । ‘अब म अर्को क्षेत्रमा जान सक्दिनँ । यसमा नै मन बसेपछि यसै क्षेत्रमा लागेर नाम कमाउने इच्छा छ,’ २१ वर्षीय पूर्णकलाको उद्देश्य छ ।

भाग्य अजमाउँदै लोकबहादुर
गीत-सङ्गीत क्षेत्रमा लागेर केही गरौँ भन्ने योजनामा छन् गायक लोकबहादुर शाक्य । मोरङ घर भएका शाक्य अहिले बानेश्वरमा बस्छन् भने उनी यतिबेला एकसाथ तीन विधामा सक्रिय छन् । राम्रो सङ्गीत दिने उनी मीठो गीत पनि गाउँछन् र नृत्य पनि गजव नै गर्छन् । यतिबेला उनको एकल आवाज समेटिएको एल्बम ‘मेरो भाग्य’ बजारमा आएको छ । साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा नेपालका विभिन्न सहरलगायत सिक्किम पनि पुगिसकेका लोकबहादुर हरेक विधामा गीत गाउने गायकका रूपमा चिनिन्छन् । ‘अब हामीले श्रोताहरूको मागअनुसार गीत गाउन सक्नुपर्छ । अहिले त एउटै विधामा मात्र अल्झिएर हुँदैन,’ उनको भनाइ छ । आगामी दिनमा पूर्ण रूपमा नै नेपाली गीत-सङ्गीत क्षेत्रमा लाग्ने निश्चित साथ अगाडि बढेका लोकबहादुर शाक्यको सफलताको कामना ।

स्वर्णजयन्तीमा पुस्तकालयको स्थापना
सिन्धुपाल्चोक/ श्रीकृष्ण प्रावि -हाल उमावि) वशिष्ठधाम, थकनी-१ को स्वर्णजयन्ती एक भव्य समारोहका बीच हालै सम्पन्न भयो । ०१८ साल पुस १८ गते स्थापित उक्त विद्यालयबाट थुपै्र विद्यार्थीले शिक्षा हासिल गरी राष्ट्रको विभिन्न महत्त्वपूर्ण ओहोदामा रहेर सेवा गरिरहेका छन् । समारोहका प्रमुख अतिथि संविधानसभाका सदस्य दावा लामाले ‘श्रीकृष्ण दर्पण’को विमोचन गर्नुभएको थियो ।
उक्त समारोहमा विद्यालयका सल्लाहकार एवम् निर्झ दिलचेत वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामेश्वर राउत मातृदासले विद्यालयमा पुस्तकालय स्थापनार्थ विविध विषयका एक सय एक थान पुस्तक विद्यालयलाई हस्तान्तरण गर्दै मानव समाज, ज्ञान, विद्या, बुद्धि र चेतनाले मात्र सुध्रन सक्ने बताउँदै विद्यालयमा स्थापित उक्त पुस्तकालयलाई निरन्तर सहयोग गरिरहने र आन्तरिक व्यवस्थापनका लागि विद्यालय प्रशासनले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
समारोहमा माननीय चलनबहादुर तामाङ, प्रअ रघुनाथ साह, चिरञ्जीवी खनाल, पूर्वप्रअ केदारनाथ खनाल, हस्तबहादुर पण्डित, बद्री चौलागाईंलगायतका वक्ताहरूले बोल्नुभएको थियो । कार्यक्रम राजन खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पुस्तक समिक्षा
राजनीतिज्ञहरूले पढ्नैपर्ने पुस्तक
नेपालको पुस्तक बजारहरूमा हिजोआज अर्न्तर्मनको यात्रा, सोच, गैंडालाई चार वर्ष र पल्पसा क्याफेजस्ता सर्वाधिक सफल र ज्ञानबर्धक मानिएका पुस्तकको माझमा एउटा अर्को अति महत्त्वपूर्ण र उच्च ज्ञानबर्धक पुस्तक आएको छ- नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराको जीवन भोगाइमा आधारित ‘सम्झना र चिन्तन’ ।
सम्झना र चिन्तनबाट हिमालयशमशेर जबरालाई सम्पूर्ण रूपले चिन्न सकिन्छ । उहाँको दुःख, सुख, त्याग, र्समर्पण, इमान्दारीपन, कार्यशैली, साहस र कार्यसम्पादनका लागि सङ्कल्प थाहा पाउन सकिन्छ । राणा थरका व्यक्ति भन्नेबित्तिकै बहुसङ्ख्यक नेपालीले आज पनि त्यही पहिलाका जहानियाँ राणा शासक सम्झिन्छन् तर जब यो पुस्तक पढेर सिध्याइन्छ अनि थाहा पाइन्छ- सबै राणाहरू जनविरोधी थिएनन् । जनता र प्रजातन्त्रको पक्षमा पनि थिए । ती जनताका पक्षका राणाहरूमध्ये एक असाध्यै इमान्दार हिमालयशमशेर हुनुहुन्छ भन्ने जानकारी पुस्तक ‘सम्झना र चिन्तन’बाट पाउन सकिन्छ । पुस्तकमा मनगढन्ते कुरा मिसाइएको छैन भन्ने प्रमाण पुस्तकमा लेखिएका विभिन्न व्यक्तिका नाम, मिति, चिठ्ठीपत्रका प्रतिलिपिको हुबहु प्रकाशन र विभिन्न व्यक्ति र स्थानका फोटोहरूलाई मान्न सकिन्छ ।
पुस्तक हातमा लिएर एक झलक हेर्नेबित्तिकै अघिल्लो पानामा सादा चस्माभित्र एक जोडी चम्किला आँखा, शिरमा नेपालीको गौरव ढाकाटोपी, पातलो जुँगाको तल मुस्कुराउने अवस्थामा जोडिएका ओठ देखिने फोटोरूपी हिमालयशमशेरलाई देखिन्छ ।
दुई-चार पेज पढिसिध्याएपछि प्रस्ट हुन्छ- पुस्तकबारे धुरन्धर विद्वान्द्वय कमल दीक्षित र डा. ध्रुवचन्द्र गौतमले आ-आफ्नो विचार बगाउनुभएको छ । ‘आभार’ शीर्षकमा लेखकले झन्डै ८४ वर्षको उमेरमा आएर किन र कसरी पुस्तकको जन्म भयो खुलस्त पार्नुभएको छ ।
‘बागमतीदेखि चौपाटीसम्म’ शीर्षकबाट आरम्भ गरिएको जीवनकथाको पहिलो पाना पढ्नेबित्तिकै अन्तिम अवस्थाकी आमालाई अञ्जुलीबाट पानी खुवाएर गोरो, बाटुलो अनुहारलाई टकटकी हेरेको सम्झँदा मन चसक्क चस्किने प्रसङ्ग पढ्दा पढ्नेको मन पनि चस्किन्छ । आफूलाई तोतेबोलीमा ‘दादा’ भनेर बोलाउने डेढ वर्षकी प्यारी बहिनीको मृत्यु भइसकेको थाहा हुँदैन तर बहिनीको निरन्तर खोजी हुन्छ । बहिनीलाई पुरेतकहाँ लगेको छ भनी झुक्याइन्छ र ‘मेरी चुलबुले बहिनी कहिल्यै फर्केर आइन’ भन्ने भनाइ पढ्दा असाध्यै कमलो मनको व्यक्तिले आँसु थाम्न सक्दैन ।
१९८४ साल पुस २३ गते जन्मनुभएका हिमालयशमशेरले नेपाल र भारतमा शिक्षा आर्जन गर्नुभएको छ । तेह्रै वर्षको उमेरमा एसएलसी उत्तीर्ण गर्नुभएका राणाले बम्बैमा पढ्दा त्यहाँको रहन-सहन र चालचलनको प्रभावले आफूमा रहेको सामन्तवादी संस्कारको अन्त्य भएको खुलस्त पार्नुभएको छ । आत्मास्वीकार प्रस्तुत गरी यत्तिको इमान्दारिता प्रदर्शन गर्न जोकोहीलाई हम्मेहम्मे पर्छ । पुस्तकमा थुप्रै रोचक जानकारी समेटिएका छन् । पहिलेपहिले भारतीयहरू नेपाल आउँदा पासपोर्ट चाहिने प्रावधान रहेको उल्लेख गरिएको छ भने २००२ सालताका भीमफेदीबाट थानकोट हुँदै मानिसले गाडी बोकेर काठमाडौं पुर्‍याउने प्रसङ्ग उल्लेख गरिएको छ जब कि त्यतिबेला विकसित हुँदै गरेका देशहरूमा गाडीले मान्छे बोक्थ्यो । नेपालमा त्यसको ठीकविपरीत भएको स्थिति थियो । कर्तव्य गर्नु र फलको आशा नगर्नु भन्ने भागवत गीताको सार मनन् गर्नुभएका हिमालयशमशेर युवावस्था पुग्दा-नपुग्दै प्रजातन्त्रको पक्षमा राणा शासनविरोधी मोर्चामा सामेल भइसक्नुभएको प्रमाण पुस्तकमा प्रकाशित हस्तलिखित दस्तखतबाट पाउन सकिन्छ । राणा शासनविरोधी पहिलो पर्चा लेख्ने आँटिला हिमालयशमशेरका आमा र नेपाली काङ्ग्रेसका संस्थापन नेता सुवर्णशमशेरकी पत्नी सहोदर दिदी-बहिनी थिए । २००७ सालमा श्री ५ त्रिभुवनले सम्बोधनमार्फत प्रजातन्त्रको सूत्रपात भएको घोषणा गरेको दिनलाई जीवनको सबैभन्दा सुखद अनुभूति र प्रजातन्त्र खोसिएको दिन २०१७ साल पुस १ गतेको दिनलाई दुःखद् र कालो दिन मान्ने राणाले पुस्तकमा कोसी बाँध परियोजनाबाट नेपाल लाभान्वित हुन नसक्ने त्यतिबेलै महसुस गर्नुभएको, नेपाल राष्ट्रबैंक स्थापना र भारतीय मुद्रासँग नेपाली मुद्रा सन्तुलित सटही कार्यमा आफ्नो भूमिका, आफूलाई विभूषित गर्न चाहना राख्ने प्रधानमन्त्री बीपी कोइराला अकस्मात् बन्दी बनाइएको प्रसङ्ग, दर्शनभेट दिन्छु भनेर राजा महेन्द्रले एक वर्षसम्म कुराएर दर्शनभेट नदिएको प्रसङ्ग, कालापानीमा भारतीय चेकपोष्ट राख्न राजा महेन्द्रले दिएको स्वीकृति, संयुक्त राष्ट्रसङ्घको विकास कार्यक्रमअर्न्तर्गत आवासीय प्रतिनिधिको रूपमा कार्यरत रहँदा श्रीलङ्का, अफगानिस्तान, म्यानमार, इन्डोनेसिया र पाकिस्तानजस्ता देशहरूका सामाजिक, आर्थिक, सांस्कृतिकलगायत विविध क्षेत्रका अनुभवहरू पुस्तकमा बढी नै रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ । २३ वर्ष १० महिनासम्म संयुक्त राष्ट्रसङ्घको सेवामा रहनुभएका उहाँले इन्डोनेसियाका जङ्गलमा पाइने माउसुलीजस्तो कमोडर ड्रागन, ओराङ्ओटन र वनमान्छे अनि ल्वाङ वासना आउने चुरोटको वर्णन गर्नुभएको छ । ‘सम्झना र चिन्तन’मा दोधारमा राखेर कुरा गर्नेहरूको ठीकविपरीत दरबार हत्याकाण्ड मच्चाउने व्यक्ति तत्कालीन युवराज दीपेन्द्र नै हो भनी ठोकुवा गर्नुहुने राणाले इन्डोनेसियाको एक आदिवासीको लिङ्ग मात्रै छोपिएको फोटो प्रकाशन गरेर अनौठो संस्कारबारे जानकारी उपलब्ध गराउनुभएको छ । पिँधमा पुगेर अध्ययन गर्नेहरूका लागि एक पर्सियन बिरालोले भाले खोज्दा उही जातको उपलब्ध हुन नसक्दा रोएर लडिबुडी गरेको प्रसङ्ग ज्यादै मार्मिक र अनौठो लाग्न सक्छ ।
हिमालयशमशेर जबराले पुस्तक ‘सम्झना र चिन्तन’मा नेपालमा शान्ति र अनुशासन कायम गर्न सकियो भने मुलुक उन्नति र समृद्धिको मार्गमा लम्किने विश्वास व्यक्त गर्दै त्यसका लागि अहिंसा अभियानको थालनी यथाशीघ्र राजनीतिक दलहरूले गर्न जरुरी रहेको औँल्याउनुभएको छ । पुस्तक पढ्दा नेपालको पहिलो बजेट कस्तो थियो जानकारी प्राप्त गर्न सकिन्छ भने हिमालयशमशेरका लागि श्रद्धाका पात्रहरू सुवर्णशमशेर, मातृकाप्रसाद कोइराला, गणेशमान सिंह र सरदार भीमबहादुर पाँडेबारे पनि जानकारी पाउन सकिन्छ । पुस्तकमा अनौठो लाग्ने विषयहरू थुप्रै छन् । तीमध्ये राष्ट्रप्रमुखजस्तो मर्यादित व्यक्ति राजा महेन्द्रले हिमालयशमशेरलाई एक प्रकारको प्रतिद्वन्द्वीजस्तो व्यवहार गरेको प्रसङ्ग बढी नै अनौठो लाग्छ ।
पुस्तकमा चिन्तनको पाटो पनि छ । हिमालयशमशेरको चिन्तनको पाटोमा मुलुकको सामाजिक, आर्थिक र राजनीतिक सुधारका लागि विशेष खालका सूत्रहरू प्रस्तुत गर्नुभएको छ । चिन्तन पाटो यतिबेलै सम्पूर्ण राजनीतिक दलका सबै स्तरका नेता, कार्यकर्ताहरूले पढ्न जरुरी देखिन्छ भने समग्रमा पुस्तक ‘सम्झना र चिन्तन’ बहुगुणी महसुस हुने भएकोले नेपाली अक्षर पढ्न सक्ने हरेेक नेपालीले एकपटक पढ्नैपर्छ ।
वीरेन्द्रमणि पौडेल