फ्यानबाट सेक्स-प्रस्तावको कल्पनै गरि्दनँ-राजन घिमिरे

फ्यानबाट सेक्स-प्रस्तावको कल्पनै गरि्दनँ-राजन घिमिरे


विशेष गरेर युवा पुस्ताका दर्शकहरूमाझ लोकप्रिय छन् नायक आर्यन सिग्देल । प्रायशः चलचित्रहरूमा ँलभर ब्वाय’को भूमिकामा जम्ने आर्यन टेलिभिजनको पर्दामार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन् । हरेक विषयमा खुलेर कुरा गर्ने आर्यनसँग यसपटक सेक्सका बारेमा कुराकानी गरिएको छ ।
० तपाईंको बुझाइमा सेक्स के हो ?
– यसलाई भगवान्को महँगो र सुन्दर उपहारको रूपमा लिन्छु ।
० तपाईं सार्वजनिक मान्छे, सेक्सको वातावरण मिलाउन त गाह्रो होला नि, होइन ?
– यस्तो छैन । म कलाकार बन्नुअघि नै यसको अनुभव गरिसकेको मान्छे हुँ । म सेक्सलाई सेक्सको रूपमा मात्र नभई लभ मेकिङको रूपमा लिन्छु ।
० आफ्नो सेक्सको पहिलो अनुभवबारे बोल्नुपर्दा के भन्नुहुन्छ ?
– त्यस्तै सोह्र वर्षजतिको हुँदा मैले सेक्सको पहिलो अनुभव लिएको हुँ । निश्चय पनि नौलो अनुभूति थियो । यो कुरा अहिलेलाई यत्तिमै टुङ्ग्याउने हो कि †
० स्कुलेजीवनमा सेक्स शिक्षा कत्तिको आवश्यक छ ?
– निश्चय पनि आवश्यक छ, स्कुलदेखि नै यसबारेमा चेतना जगाइदिने काम भएमा छाडा सेक्स निरुत्साहित हुने थियो ।
० तपाईंलाई कुनै महिला फ्यानले सेक्सको प्रस्ताव राखेमा के गर्नुहुन्छ ?
– आफ्नो फ्यानसँग मैले यस्तो सोच्नु पनि हुँदैन र फ्यानबाट यस्तो प्रस्ताव आउला भन्ने कल्पना पनि गरि्दनँ म ।
० सेक्स ओरेन्टेड चलचित्र बनेमा तपाईं काम गर्नुहुन्छ ?
– पक्कै पनि गर्छु । तर, त्यो फिल्म छाडा नभएर सन्देशमूलक हुनुपर्छ ।
० सेक्सको मामिलामा हाम्रो समाज कस्तो देख्नुहुन्छ ?
– समाज यो मामिलामा अलि बढी उदार हुँदै जान थालेको छ । तर, ग्रामीण भेकमा भने अझै सङ्कुचित छ यो विषय । यो समयले ल्याउने परिवर्तन हो । समयले नै यसलाई फराकिलो बनाउँछ ।
० सेक्सको बारेमा थप केही ?
– यसको दुरुपयोग नगरौँ । यसलाई भावनासँग दाँजेर हेरौँ । क्षणिक मनोरञ्जनको रूपमा मात्र नहेरौँ ।

सुष्मिता एक्लिँदा भुवन तेस्रीसँग
जे गर्दा र केही नगर्दा पनि चर्चामै रहेका हुन्छन् सदाबहार नायक भुवन केसी । सिनेमा बनाए पनि चर्चामा नबनाए पनि चर्चामा, अभिनय गर्दा चर्चामा नगर्दा पनि झन् चर्चामै । श्रीमतीसँग रहँदा विभिन्न कारणले चर्चामा त सम्बन्धविच्छेद हुँदा त चर्चामा रहने नै भए । चर्चैचर्चाको खेती गर्न सिपालु भुवन केसी चर्चासँग डराएर भाग्ने मान्छे होइनन्, उनी स्वयम् यो सहजै स्वीकार गर्दछन् ।
अहिले फेरि भुवनको अर्को नयाँ चर्चा सुरु भएको छ नेपाली चलचित्र बजारमा । त्यसो त सानो कुरालाई पहाड बनाउने चर्चाकारहरू पनि यहाँ नभएका भने होनन् । आफ्नी दोस्री श्रीमती सुष्मितासँगको सम्बन्धविच्छेदको चर्चा सेलाउन नपाउँदै यतिबेला नायक केसी तेस्रो विवाह गर्दै छन् भन्ने चर्चा लिएर बजारमा छाएका हुन् । उसो भए उनकी तेस्री श्रीमती को र कस्ती होलिन् – त्यो कुरा भने बजारमा आइसकेको छैन । जानकारका अनुसार यतिबेला भुवन एक अधबंैसे युवतीका साथ खुब देखिन थालेका छन् । ती अधबैंसे युवतीलाई उनी चलचित्रसम्बन्धी कार्यक्रमतिर पनि लिएर जाने गर्छन् । यस विषयमा भुवन भने ‘उनी त मेरो साथी मात्र हुन्, त्योभन्दा बढी केही होइनन्’ भनेर आफ्ना साथीभाइलाई आश्वस्त तुल्याउन खोज्छन् । तर, भुवनसँग अत्यन्तै नजिक भएकाहरूको विचार भने यस्तो छ, ‘भुवनले तेस्रो विवाह गरे भन्ने समाचार चाँडै लेख्न पाउनुहुनेछ तपाईंहरूले ।’ यस विषयमा भुवनसँग सर्म्पर्क राख्दा उनले आफ्नै शैलीमा भने, ‘कहाँ सुन्यौ बाबु यस्तो कुरा – हो र भन्या -‘ यस्तो चलाखीपूर्ण ढङ्गले उम्किए उनी ।
यता भुवनसँग सम्बन्धविच्छेद गरेर बसेकी भुवनकी दोस्री पत्नी सुष्मिता केसी भने अब भुवनसँग कदापि साथ नबस्ने छाँटकाँट देखिएको छ । सुष्मिता यतिबेला चक्रपथ महाराजगन्जमा एउटा भाडाको फ्ल्याटमा बसेकी छिन् भने उनले दार्जिलिङमा रहेका आफ्ना आमाबाबुलाई पनि काठमाडौं झिकाएकी छिन् । सिनेमा क्षेत्रमा ट्यालेन्ट युवतीकै रूपमा चिनिएकी सुष्मिता अब आफैं सिनेमा निर्माण र निर्देशन गने योजनामा छिन् भन्ने पनि सुनिएको छ । जे होस्, जे-जस्तो अवस्थामा रहे तापनि नेपाली चलचित्रकर्मप्रति सुष्मिताको यस्तो समर्पित भावनाको भने खुलेरै प्रशंसा गर्नुपर्छ ।

दोधारमा विराज
कुनै आमालाई दुई सन्तानमध्ये तपाईंलाई कुन सन्तानको बढी माया लाग्छ भनेर प्रश्न सोधियो भने उनी अवश्य पनि अनुत्तरित हुन्छिन् । आफ्नै सन्तानलाई पस्किने मायामा घटबढ गर्न सक्दिनन् ती आमा ।
यो प्रसङ्ग यतिबेला सान्दरि्भक भएर नै यहाँ उठाउन खोजिएको हो । प्रसङ्ग हो अहिलेका चलेका, व्यस्त अनि महँगा र सफल नायक विराज भट्टको । यतिबेला उनको चकाचक छ नेपाली सिनेमा बजारमा । नेपाली चलचित्र मात्र नभएर भोजपुरी भाषाका चलचित्रहरूमा समेत रामै्र वर्चश्व बनाउनतिर अग्रसर देखिएका छन् यतिबेला विराज भट्ट । कुनै समय पाकिस्तानी चलचित्रहरूमा शिव श्रेष्ठले तहल्का मच्चाएका थिए भने अहिले भोजपुरी भाषाको चलचित्रहरूमा विराज भट्टले आफ्नो उपस्थितिलाई दह्रो बनाइरहेका छन् ।
नाम र दाम त उनले कमाएकै छन् तर यतिबेला उनलाई एउटा कुरामा भने साहै्र अप्ठेरो पर्न थालेको छ । आफैंले अभिनय गरेका चलचित्रहरू एक-आपसमा पर््रदर्शनका लागि एकैदिन जुध्दा उनी के गर्ने के नगर्ने भन्ने दोधारमा पर्ने गरेका छन् । हुन त अभिनय गर्दा नेपाली सिनेमाको पर््रदर्शनका मिति तय भइसकेको हुँदैन । त्यसकारण पनि कलाकारहरू अफर आएका सिनेमामा काम गर्न तयार हुन्छन्, तर समय बित्दै जाँदा आफैंले अभिनय गरेको दुईवटा चलचित्र एकैसाथ जुध्दा प्रचारप्रसारको क्रममा कुनलाई बढी प्राथमिकता दिने भन्ने कुराले गर्दा नायक विराज दोधारमा छन् । उनले अभिनय गरेको दुईवटा चलचित्र ‘चिनो’ र ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ यही पुस ३० गतेदेखि एकसाथ पर््रदर्शनमा आउने भएका छन् भने दुवै चलचित्रका निर्माताको तानातानमा परेका छन् नायक भट्ट ।
त्यसमा पनि मिडियाले दुईवटा चलचित्रमध्ये कुन चलचित्रमा तपाईंको भूमिका राम्रो छ भनेर सोध्दा त विराज वाल्ल पर्न थालेका छन् । एउटामा राम्रो भूमिका छभन्दा अर्को चलचित्रको निर्माता रिसाउने अनि अर्कोमा भन्दा अर्को निर्माता रिसाउने । त्यसैले आजभोलि विराज चलाखीपूर्ण जवाफ दिन थालेका छन्- ‘दुवैमा राम्रो भूमिका छ । त्यसैले त मैले दुवै सिनेमा खेलेको हुँ ।’ विराज मिडियासँग यस्तो आग्रह पनि गर्न थालेका छन्, ‘जवाफ दिनै गाह्रो हुने प्रश्न नसोध्नुस् न । आफ्नै सिर्जनाबीच कसरी भिन्नता देखाउने -‘
नेता शर्मा अब गीतकार
राजधानीको पर््रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको हलमा गतसाता मंगलबार दिउँसो मान्छेको भीड बढ्दै थियो । बढीजसो नेपाली काङ्ग्रेसका नेता अनि कार्यकर्ता नै देखिन्थे । तर, त्यहाँ कुनै राजनीतिक कार्यक्रम थिएन । आयोजना हुँदै थियो- हाम्रो सारेगम संसारको प्रस्तुतिमा विश्वप्रकाश शर्माको शब्द-सङ्गीतमा उत्पादित ‘स्वीकृति’ गीति एल्बमको विमोचन कार्यक्रम ।
कार्यक्रम सुरु हुनासाथ सेतो जामा लगाएकी पाँचवर्षो बालिका स्टेजमा आएर ‘जुन त लाग्यो ताराले, मन त लाग्यो मायाले’ गीतमा नाच्न थालेपछि खचाखच हल तालीले गुञ्जयमान बनेको थियो । ती बालिका थिइन्, शर्माकी छोरी स्वीकृति, जसको नामबाट एल्बम तयार गरिएको थियो । नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय युवानेता शर्माले रचना र सङ्गीत गरेका ११ वटा गीत समेटिएको एल्बमको सङ्गीत नाट्य एकाडेमीका कुलपति अम्बर गुरुङले विमोचन गरे । उनलाई रमण घिमिरे र प्रभुराज ढकालले साथ दिएका थिए । शर्माले अहिलेसम्मको राजनीतिक यात्रामा धेरै राजनीतिक भाषण गरेका छन् । तर, उनले त कार्यक्रममा गीतसमेत गाउन भ्याए । स्वीकृतिमा समेटिएको ‘त्यो मनदेखि यो मनसम्म’ बोलको गीतमा उनकै श्रीमती कविताले साथ दिइन् भने छोरी दर्शकदर्ीघामै नाच्दै थिइन् । त्यतिबेलै उद्घोषक नवराज लम्सालले मौका पारिहाले र भने, ‘बूढाबूढी गाउँछन्, छोरी नाच्छे, त्यो संसार कति सुन्दर होला ।’
आफ्नो एल्बमबारे शर्मा भन्दै थिए, ‘राजनीति सामूहिकतामा हुन्छ, तर साहित्य-सङ्गीतको सिर्जना एकान्तमा हुँदोरहेछ ।’ यो आफ्नो प्रयत्न मात्रै भएकाले गीतकार, सङ्गीतकार बन्ने आकाङ्क्षा आफूमा नभएको उनले बताए । राजनीतिबाटै आफ्नो परिचय बनाएका शर्माले थपे, ‘मूलबाटो त राजनीति छँदै छ, गीत-सङ्गीत मेरो गोरेटो हो ।’ गीतकार रमण घिमिरेले एल्बमबारे समीक्षा गर्दै स्वीकृतिमा देशप्रेम, मायाप्रेम, बिदेसिनुपर्दाको पीडाका मानवीय अनुभूति समेटिएको बताए । उनको चिन्ता थियो, कला-साहित्य र सङ्गीतलाई राज्यले उपेक्षा गरेको छ ।
कार्यक्रममा राजेशपायल राई, टीका भण्डारी, प्रविशा अधिकारी, सतिस महर्जनले गीत गाउँदा दर्शकदर्ीघाको अघिल्लो पङ्क्तिमा बसेका कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, नारायण खड्कालगायतका नेताहरू ताली बजाइरहेका थिए । एल्बमका तीनवटा म्युजिक भिडियो पनि कार्यक्रममा देखाइएको थियो ।
– फणीन्द्र संगम