कुन अवस्थामा को ?

कुन अवस्थामा को ?


राजनीतिक दलहरूले संविधान निर्माणको निम्ति केही तत्परता लिएझैं गरे पनि मुलुकवासीको ध्यान भने संविधान निर्माणभन्दा भावी प्रधानमन्त्रीप्रति आकरि्षत भएको छ । सम्भावित प्रधानमन्त्रीका रूपमा रामचन्द्र पौडेल, प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र शेरबहादुर देउवाको नाम चर्चामा आइरहेको भए पनि उल्लिखित नामहरूमध्ये पछिल्लो चरणमा विकसित घटनाक्रमहरूका आधारमा पौडेल, प्रचण्ड र नेपालको तुलनामा खनालको सम्भावना न्यून हुँदै गएको छ, तर प्रधानमन्त्री बन्न सर्वाधिक लालयित र विश्वस्त भने खनाल नै देखिनुहुन्छ । भनिन्छ, झलनाथ खनालले मन्त्रिमण्डलमा आफ्नोतर्फबाट सामेल गरिनुपर्ने मानिसहरूबारे विचार-विमर्श गर्दै हुनुहुन्छ । खनाललाई यसरी ‘विश्वस्त’ तुल्याउने काम माओवादी अध्यक्ष प्रचण्डले गर्नुभएको छ । ज्ञातव्य छ, प्रचण्डले काङ्ग्रेसका शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री बनाइदिने आश्वासन दिनुभएको छ ।
एक समय प्रचण्डको आश्वासनमा लटि्ठएका देउवा पछिल्लो समयमा भने केही सचेत देखिनुभएको छ । देउवालाई प्रधानमन्त्री बनाउने विषयमा काङ्ग्रेस पार्टी नै सकारात्मक नरहेको हुँदा कुनै आकस्मिक घटना भएको अवस्थामा बाहेक देउवा प्रधानमन्त्री बन्न सम्भव देखिएको छैन । माओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय धेरै पहिले नै गरिसकेको छ र त्यसको अभ्याससमेत प्रचण्डले सुरु गरिसक्नुभएको छ । यसैबीच बहुमतीय सरकारको नेतृत्व पुनः गर्नुपर्ने अवस्था आएमा माधवकुमार नेपाललाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने अभ्यास पनि एमालेभित्र सुरु भएको छ । काङ्ग्रेस नेता रामचन्द्र पौडेल त प्रधानमन्त्रीको एक्ला उम्मेदवार त हुनुहुन्छ नै । पौडेललाई सहमतिको प्रधानमन्त्री बनाउन एमाले सहमत भएमा तत्काल एउटा निकास निस्कने र लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धनले पनि निरन्तरता पाउने विश्वास गर्न सकिन्छ । तर, अहिलेसम्मको तरल अवस्थाले मुलुकको भावी प्रधानमन्त्री को बन्नुहोला भन्ने स्पष्ट तस्बिर दिइसकेको छैन । कुनै अवस्थामा कसको प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ भन्नेबारेमा स्पष्ट गर्न यहाँ विभिन्न सम्भाव्य परिस्थिति र पात्रको बुँदागत चित्रण गरिएको छ ।
० आलोपालो प्रधानमन्त्री बन्ने सहमति काङ्ग्रेस र एमालेबीच भएमा विद्यमान लोकतान्त्रिक गठबन्धनले निरन्तरता प्राप्त गर्नेछ र त्यस्तो अवस्थामा रामचन्द्र पौडेल नै प्रधानमन्त्री बन्न सक्नुहुनेछ ।
० काङ्ग्रेस र एमालेबीच सहमति बन्न सकेन भने माओवादी र झलनाथ -एमाले) गठबन्धनले रामचन्द्र पौडेलको उम्मेदवारी अस्वीकार गर्नेछ । उम्मेदवारी अस्विकार गरिए पनि पौडेलको उम्मेदवारी खारेजचाहिँ हुनेछैन । तथापि कुनै तरिका अपनाएर पौडेलको उम्मेदवारी बलजफ्ती खारेज गरियो र नयाँ प्रधानमन्त्री चयन प्रक्रिया पुनः सुरु गरियो भने कम्तीमा तीन पार्टीका तीन नेताहरू -काङ्ग्रेस, एमाले र माओवादी) चुनावी मैदानमा उत्रने छन् ।
० प्रधानमन्त्रीका तीन उम्मेदवार भएको अवस्थामा झलनाथ खनालले माओवादीको समर्थन लिएर आफूलाई प्रधानमन्त्री बनाउन पहल गर्नुहुनेछ भने प्रचण्डले भित्रभित्रै मधेसकेन्द्रित दलहरूलाई मिलाउने र बाह्य रूपमा एमालेको समर्थन प्राप्त गर्ने प्रयास गर्नुहुने देखिन्छ ।
० प्रचण्डले एमालेको समर्थनमा आफू प्रधानमन्त्री बन्ने गरेको प्रयास सफल हुन नसके पनि उहाँले झलनाथ खनाललाई चक्मा दिँदै भित्रभित्रै मधेसकेन्द्रित दलहरूको समर्थन प्राप्त गरेर प्रधानमन्त्री बन्न सम्भव छ ।
० माओवादीको समर्थन आफूलाई नरहने पक्कापक्की देखेमा अन्तिम क्षणमा आएर खनालले काङ्ग्रेस नेतृत्वमा सरकार गठन गर्न सहमति जनाउने सम्भावना देखिन्छ । तर, झलनाथले वास्तविकता बुझनु अगावै प्रचण्डले परिस्थिति आफ्नो पक्षमा परिपक्व बनाइसक्न सम्भव छ ।
० तीनवटै पार्टीका उम्मेदवारहरूले आ-आफैंलाई मतदान गरेर लामो समयसम्म नयाँ सरकार गठन हुन मुस्किल पर्ने सम्भावना पनि देखिन्छ । त्यस्तो अवस्थामा बढीमा आगामी जेठ १४ सम्म माधव नेपाल नेतृत्वको कामचलाउ सरकारले नै निरन्तरता प्राप्त गर्नेछ ।
० प्रचण्डले मधेसकेन्द्रित दलहरूको समर्थन लिन प्रयास गर्दा असफल भएमा उहाँले वामपन्थी गठबन्धनको नाममा एमालेको समर्थन लिने प्रयासमा आफूलाई केन्द्रित गर्नुहुने देखिन्छ । त्यो पनि असफल भएमा विद्यमान गठबन्धन तोड्न र तुलनात्मक रूपमा कम प्रतिकूल सरकार बनाउने नाममा झलनाथ खनाललाई प्रधानमन्त्री स्वीकार गर्नुहुने देखिन्छ ।
० काङ्ग्रेस नेतृत्वमा सरकार गठन हुन नदिनु र विद्यमान लोकतान्त्रिक गठबन्धन तोड्नु माओवादीको मुख्य उद्देश्य हो । आफ्नो नेतृत्वमा सरकार गठन गर्न सकिए भने पनि माओवादीले आफूअनुकूलको सरकार गठनमा जोड दिनेछ । त्यस्तो अवस्थामा उनीहरूका लागि झलनाथ खनाल नै उपयुक्त पात्र ठहरिने छन् ।
एमालेले राष्ट्रिय सहमतिको भए झलनाथको र बहुमतीय भए माधव नेपालको नेतृत्वमा सरकार गठन गर्ने निर्णय लियो भने त्यस्तो अवस्थामा पुनः माधव नेपाल नै प्रधानमन्त्री बन्ने स्थिति बन्यो भने कुनै आश्चर्य हुनेछैन ।
यसरी पछिल्ला घटनाक्रमले रामचन्द्र, प्रचण्ड, झलनाथमध्ये एक प्रधानमन्त्री बन्नसक्ने सम्भावना प्रबल तुल्याएको छ भने माधव नेपालकै निरन्तरताको सम्भावना पनि त्यत्तिकै दर्शाएको छ । तत्काल शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाइनसक्ने सम्भावना देखिँदैन । बरु संविधानको रक्षाका लागि राष्ट्रपति डा. रामवरण यादवले विशेष कदम चाली कसैको नेतृत्वमा नागरिक सरकार गठन गरिदिएर शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढाउन सम्भव देखिन थालेको छ ।
रामचन्द्र नभए रामवरण
प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु भइसकेको अवस्थामा संसद्ले पनि प्रधानमन्त्री छनोट गर्न सकेन भने के हुन्छ – संविधान निर्माणको समेत जिम्मेवारी पाएको संसद्ले ६ महिना बितिसक्दा पनि रिक्त प्रधानमन्त्रीको पद पूर्ति गर्न नसकेपछि यसप्रकारको गम्भीर प्रश्न उठेको हो । संविधानमा प्रधानमन्त्री चयनको प्रक्रिया स्पष्ट रूपमा उल्लिखित छ । अन्तरिम संविधानको भाग -५) धारा ३८ -१) मा ‘राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ’ भनी लेखिएको छ भने सोही धाराको उपधारा -२) मा ‘उपधारा -१) बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ’ भनिएको छ । तर, संविधानमा बहुमतको आधारमा पनि प्रधानमन्त्री चयन गर्न संसद्ले सकेन भने के गर्ने भन्ने सम्बन्धमा कुनै व्यवस्था गरिएको छैन । त्यसैले संसद्मा प्रधानमन्त्रीका एक मात्र उम्मेदवार रहनुभएका रामचन्द्र पौडेललाई प्रधानमन्त्री चयन गरेर संसद्को प्रतिष्ठा जोगाउन र संविधानको रक्षा गर्नु वाञ्छनीय देखिन्छ । होइन भने मुलुकमा संवैधानिक रिक्तताको अवस्था सिर्जना हुनेछ । संविधानमा प्रधानमन्त्री चयन प्रक्रिया दोहोर्‍याउने व्यवस्था कहीँ कतै उल्लेख नभएको हुँदा संविधानको रक्षकका हैसियतले राष्ट्रपति नै अग्रसर हुनुपर्ने पनि विज्ञहरूले औंल्याएका छन् । तर, राष्ट्रपति डा. यादवले पनि यसतर्फ कुनै ध्यान पुर्‍याउनुभएको देखिँदैन । यस्तो अवस्थामा मुलुकको राजनीतिक भविष्य झनै जटिल बन्न सक्ने सम्भावना छ ।
नेपालबारे भारतमा छलफल
नेपाल विषयलाई लिएर भारतको नयाँदिल्लीमा बृहत् सेमिनार हुने भएपछि नेपालको राजनीतिक वृत्तमा व्यापक चासो बढेको छ । यही पुस २२ र २३ गते नेपालको पछिल्लो राजनीतिक विकासक्रमलाई लिएर केही प्रमुख नेताहरू तथा बौद्धिक व्यक्तित्वहरूबीच नयाँदिल्लीमा छलफल हुन लागेको हो । कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री सुजाता कोइराला र भारतीय विदेशमन्त्री एसएम कृष्णाले संयुक्त रूपमा गर्नुहुने जनाइएको छ । छलफलमा नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता केपी ओली, प्रदीप ज्ञवाली, काङ्ग्रेस नेता प्रकाशमान सिंह र प्रदीप गिरीलगायतका नेताहरू सहभागी हुनुहुने भएको छ ।
विवेकानन्द फाउन्डेशनद्वारा आयोजना हुन लागेको सो कार्यक्रममा वर्तमान राजनीतिसँगै जोडिएका अन्य मुद्दाहरूमा पनि छलफल हुने बताइएको छ । संविधान निर्माण र यहाँको शान्तिप्रक्रियाका बारेमा सभासद् अग्नि खरेल, डा. भीमार्जुन आचार्य र सुधिन्द्र शर्माको प्रस्तुति रहनेछ भने पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, माओवादीका युवानेता तथा माओवादी लडाकुका सहकमान्डर वर्षमान पुनः अनन्तको प्रस्तुति रहनेछ । तराईको राजनीतिका बारेमा नेताहरू जीतेन्द्र देव, अनिल झा र पत्रकारहरू बबिता बस्नेत र प्रशान्त झाको प्रस्तुति रहनेछ । आर्थिक परिवेशका बारेमा डा. विश्वम्भर प्याकुर्‍याल, मनीष मोहन एवम् सञ्जीव शाक्यले बोल्नुहुनेछ भने नेपाल-भारत सम्बन्धका विषयमा प्रा. लोकराज बराल, शम्भु सिंखडा र प्रा. संगीता थपलियालको प्रस्तुति रहनेछ । नेपालको राजनीतिक अवस्था झन्झन् जटिल बन्दै गएको परिस्थितिमा हुन लागेको कार्यक्रमलाई महत्त्वपूर्ण मानिएको छ ।
सहायकरथीविरुद्धको कारबाहीप्रति नेवार समुदाय गम्भीर †
दुई वर्षका लागि कार्यकाल थप गरिएपछि अति उत्साही भएका नेपाली सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशक उपरथी -प्रा.) नरेशबहादुर बस्न्यातले आफूलाई मन नपरेका व्यक्तिहरूलाई ‘ठीक’ पार्ने अभियान सुरु गर्नुभएको छ । आफूभन्दा एक तहमुनिका सहायकरथी किरण बज्राचार्यलाई चौबीसघन्टे स्पष्टीकरण मागेका बस्न्यातले अर्का सैन्य अधिकृत किरण श्रेष्ठलाई चाहिू सुदूरपश्चिमाञ्चलको दीपायलस्थित पृतनाको स्थपति सेवामा सरुवा गरिदनुभएको छ । आफ्नो प्रतिकूल ठानिएका अन्य अधिकृतहरूलाई उहाूले के-कस्ता कारबाही अगाडि बढाउने हुनुहुने हो सो प्रतीक्षाको विषय बनेको छ । सहायकरथी किरण बज्राचार्य र किरण श्रेष्ठमाथि बस्न्यातले गर्नुभएको ‘कारबाही’लाई नेवार समुदायले अत्यन्त गम्भीरताका साथ लिएको बुझिएको छ । यस सम्बन्धमा नेवार समुदायका नेताहरू पद्मरत्न तुलाधर, मल्ल के सुन्दरलगायतले छलफल सुरु गर्नुभएको बताइन्छ । नेवारहरूको सङ्गठन नेवाः मुक्तिमोर्चाले समेत यस प्रकरणलाई गम्भीरतापूर्वक लिएको जानकारी आएको छ । उनीहरूले कसरी प्रतिक्रिया जनाउने हुन् सो भने बुझिएको छैन । तर, भ्रष्टाचारको आरोप लागेका व्यक्तिमाथि कुनै कारबाही नहुनुलाई उनीहरूले अत्यन्त अस्वाभाविक मानेका छन् ।
मिति उल्लेख नगरी सहायकरथी किरण बज्राचार्यसूग लिइएको स्पष्टीकरणपत्रमा उहाूमाथि ‘सैनिक ऐन २०६३ बमोजिम किन कारबाही हुनु नपर्ने हो – पत्र प्राप्त गरेको मितिले चौबीस घन्टाभित्र स्पष्टीकरण पेस गर्न’ भनिएको छ । बज्रचार्यले मिति उल्लेख नभएको उक्त स्पष्टीकरणपत्रको जवाफ पुस १६ गते दिूदै केही गम्भीर कुराहरू उठाउनुभएको छ । बज्राचार्यले आफूलगायत आफ्नाअन्तर्गतका अधिकृतहरू कुनै पनि राजनीतिक दलका नेता, राजनीतिक व्यक्तिका घर-आूगनमा गई कुनै पेसागत स्वार्थ पूरा गर्ने खेती आफूबाट नभएको स्पष्ट गर्नुभएको छ । उहाू ‘आर्थिक, कानुनी अनुशासनको बरि्खलाप, विकास निर्माण निर्देशालयले व्यक्तिपरक ढङ्गबाट नियमसङ्गत कुनै कामकारबाही नगरेको र नियमनसमेत कहिल्यै कतैबाट हुने नगरेको, सरकारी कार्यालय नितान्त व्यक्तिगतजस्तो हुन पुगेको, सरकारी रकम व्यक्तिगत खर्चबाट निहित स्वार्थका व्यक्तिहरूले अकुत सम्पत्ति आर्जन गरेको र अविश्वसनीय जीवन निर्वाह गरेको अवस्था भएको, राजनीतिक उच्चपदस्थ व्यक्तिहरूलाई आर्थिक प्रलोभनमा परी आफ्नो पक्षमा सधैं रहने बनाउन र आफूले गरेको अनियमितता तथा भ्रष्टाचारजन्य लाभ लिएको विषयलाई ढाकछोप गर्ने कार्य भइरहेको’ जस्ता गम्भीर कुराहरू आफ्नो स्पष्टीकरणमा उल्लेख गर्नुभएको बुझिएको छ । बज्राचार्यले अपुष्ट समाचारलाई प्रमाणको रूपमा हेरिने हो भने महानिर्देशकज्यू -नरेशबहादुर बस्न्यात) को विरुद्धमा लेखिएका विषयमा बिनानिष्पक्ष छानबिन प्रमाणित भएको आधारमा कारबाही अगाडि बढाउनुपर्ने हुन्छ भन्दै त्यसो गर्नु एउटा प्रजातान्त्रिक कानुनको शासन र सभ्य समाजका लागि सम्भव विषय किमार्थ होइन भनी आफ्नो स्पष्टीकरणमा उल्लेख गर्नुभएको बताइन्छ ।
बस्न्यातका बारेमा लागेका आरोपप्रति सम्बन्धित निकायहरू मौन रहनु आफैंमा आश्चर्यको विषय बनेको छ । दक्षिण एसियाकै प्रथम भ्रष्ट मुलुकका प्रधानमन्त्री माधवकुमार नेपालले बस्न्यातमाथि छानबिन गराउनु होला भन्नेमा कसैले पनि विश्वास गरेका छैनन् ।
सैनिकसचिवको किताबमा पत्रकार
राजदरबारका पूर्वसैनिकसचिव विवेककुमार शाहले ‘मैले देखेको दरबार’ नाममा प्रकाशित गर्नुभएको संस्मरणात्मक पुस्तकले यतिबेला निकै ठूलो चर्चा पाएको छ । पुस्तकमा उल्लिखित कैयन सन्दर्भले नेपाल तथा भारतमा समेत एक प्रकारको कम्पन पैदा गरेको छ । राजनीतिकर्मी, कर्मचारी, सेना, प्रहरी, पत्रकार र अन्य समुदायका विभिन्न व्यक्तिलाई ‘एक्स्पोज’ गर्न सफल उक्त पुस्तकमा पत्रकारहरूका बारेमा उल्लिखित व्यहोरालाई यहाँ जस्ताको त्यस्तै उद्वरण गर्नु उपयुक्त ठानिएको छ । विभिन्न सन्दर्भमा केही पत्रकारहरूलाई शाहले आफ्नो डायरीमा जसरी प्रस्तुत गर्नुभएको छ त्यसका केही अंशहरू ः
० कान्तिपुर दैनिकका सम्पादक युवराज घिमिरे मलाई भेट्न हिजो घरमा आउनुभएको थियो । उहाँले अहिलेको परिवेशमा विशेष गरेर भारतले नेपालमा खेलिरहेको भूमिकाबारे विस्तारपूर्वक चर्चा गर्नुभयो । उहाँले पनि सरकारको दर्शनभेटको चाहना राख्नुभएको छ । सञ्चारमाध्यम र पत्रकारसँग दरबारका तर्फबाट संवाद सचिवालयले सम्बन्ध राख्ने गर्छ । तर, संवादसचिव मोहनबहादुर पाण्डेको कान्तिपुरका सम्पादक घिमिरेसँग राम्रो सम्बन्ध नभएका कारण उहाँले ममार्फत सरकारको दर्शनभेट खोज्नुभएको रहेछ । -२०५८ साउन २४ बुधबार, पृष्ठ २२४ र २२५)
० पत्रकार देवप्रकाश त्रिपाठीले ‘राजाले शक्ति हातमा लिने प्रयास गरिरहेका छन्’ भनेर विभिन्न ठाउँमा कुरा गरेको खबर आएको छ । कुन आधारमा उहाँले त्यसो भन्नुभएको हो – हिँडेको हुन्, यसबारे स्पष्ट रूपमा बुझन निर्देशन गएको छ । -२०५८ भदौ २१ गते बिहीबार, पृष्ठ २३५)
० सदीप जर्साबले पूर्वप्रधानसेनापति धर्मपालबरसिंह थापा र पूर्व शाहीपाश्र्ववर्ती ताराबहादुर थापासँगै दिल्ली गई त्यहाँबाट हरिद्वार गएको कुरा भन्नुभएको छ । साथै उहाँले दरबारका नितान्त निजी प्रसङ््गसमेत पत्ता लगाएर बाहिर ल्याउने गरेको बुझिएको छ । राजदरबारमा कार्यरत कर्मचारी र शाही पाश्र्ववर्तीलाई समेत जानकारी नभएका प्रसङ्ग बाहिरबाट सुनिने गरिएको छ । यसबारे गम्भीर हुन आवश्यक छ । दरबारका कुरा र सेनाका अन्य विषयमा समेत उहाँले अनावश्यक टीका-टिप्पणी गर्नुभएको छ । यस सम्बन्धमा शाही जंगी अड्डाबाट टेलिफोन मनिटर गर्दा उहाँले जनआस्थाका किशोर श्रेष्ठलाई दरबार र सेनासम्बन्धी सूचना लिक गर्ने गरेको देखियो । -२०५८ असोज २ गते मंगलबार, पृष्ठ २४१)
० साँघु साप्ताहिकमा प्रकाशित सेनासम्बन्धी समाचारलाई लिएर सेनाले त्यसका सम्पादक गोपाल बुढाथोकीलाई हिरासतमा लिएको थियो । यस विषयमा सेनाका विरुद्ध नकारात्मक टीका-टिप्पणी भइरहेको छ । बुढाथोकीलाई सेनाले पत्राचार गरी सोधपुछ गर्दा ठीक हुन्थ्यो, अहिलेको स्थितिमा हिरासतमा लिएकोले नराम्रो भयो भन्ने प्रतिक्रिया छ । -२०५८ फागुन २० गते सोमबार, पृष्ठ २७८)
० मेरो राजीनामाको ६ दिनपछि घटना र विचार साप्ताहिकमा समेत यस्तै अनर्गल, मनगढन्ते र कलुषित भावनाले भरिएको समाचार आएको थियो । त्यसका विरुद्ध मैले अदालतको शरणसमेत लिएँ, जुन मुद्दा हालसम्म पनि टुङ्गिएको छैन । यो समाचार लख्ने उक्त पत्रिकाकी सम्पादक बबिता बस्नेतलाई एउटा पार्टीमा भेटेको बेला सोधेँ पनि, तर उहाँले मसँग कुरा गर्न आवश्यक ठान्नुभएन । -पृष्ठ ५३९ र ५४०)- अबको सरकार राष्ट्रिय सहमतिकै बनाउनुपर्छ भन्ने नेकपा एमालेको धारणा छ । एमालेको धारणा बाहिर आइसकेको छ । त्यसैले त्यसको व्याख्या र विश्लेषण गर्नुको अर्थ छैन ।
० कान्तिपुर दैनिकमा आज प्रकाशित समाचारले वार्तालाई सहयोग गर्नुको सट्टा हानि पुर्‍याउन सक्छ, यो पनि सञ्चारमन्त्री रमेशनाथ पाण्डेको छलकपट हो भन्ने मन्त्री पुनको दावी छ । कान्तिपुरका पत्रकार गुणराज लुइँटेलसँग मन्त्री पाण्डे ज्यादै घनिष्ट भएकोले त्यस किसिमको समाचार प्रवाह भएको सूचना पनि आएको छ । -२०५९ फागुन १८ गते आइतबार, पृष्ठ ४०२)
० भूतपूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले आफू प्रहरी महानिरीक्षक हुँदा केही पत्रकारलाई ँपे रोल’ मा राखेको कुरा खुल्लमखुल्ला बताउन थाल्नुभएको छ । ती मध्ये टिकाराम राई राम्रो पे्रस किनिदिएको र ५ रुपैयाँमा छपाई हुने ड्राइभर लाइसेन्स २५ रुपैयाँमा टिकारामको पे्रसबाट मात्रै किन्ने गरी नियम बनाइदिएको पनि उहाँको भनाइ छ । यसैबीच टिकारामको पत्रिकालाई उहाँले राजदरवारको विरुद्धमा समाचार लेखाउन प्रयोग गर्ने गरेको समेत खबर आएको छ । -२०५९ माघ १६ गते बिहीबार, पृष्ठ ३९१)
पछि हटे प्रचण्ड, बढे बाबुराम
उपाध्यक्ष मोहन वैद्य किरणसँग विलीन भएपछि आफूलाई शक्तिशाली ठान्दै आउनुभएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साइजमा ल्याउन सफल भएको बाबुराम भट्टराई पक्षधर नेताहरूले महसुस गर्न थाल्नुभएको छ । ‘भट्टराईको दुईहप्ते सक्रियताले प्रचण्डलाई साइजमा ल्याउने काममा ५० प्रतिशत सफल भयौँ,’ भट्टर्रर्ँइनिकट एक पोलिटब्युरो सदस्यले भन्नुभयो, ‘भट्टराईको अभियानले पार्टी र स्वयम् भट्टराईलाई उचाइमा पुर्‍याउन महत्त्वपूर्ण सहयोग पुगेको देखियो ।’ पुस पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकबाट पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा असहमति जनाउँदै प्रतिवेदनप्रति फरक मत राखेर भट्टराई कार्यकर्तामाझ पुग्नुभएको थियो । उहाँले गोप्य छलफल तथा प्रशिक्षणका कार्यक्रमसमेत अघि बढाउँदै आउनुभएको थियो । भट्टराईले विभिन्न पत्रपत्रिकामार्फत पनि आफ्नो फरक विचार सार्वजिनक गर्दै आउनुभएको थियो । यसै विषयलाई लिएर अध्यक्ष प्रचण्डले भट्टराईमाथि कारबाहीको प्रस्तावसमेत ल्याउनुभएको थियो ।
प्रचण्डले भट्टराईलाई पार्टी नीतिविपरीत पत्रपत्रिकामा सार्वजनिक अभिव्यक्ति दिएको, गुटबन्दीमा लागेको, पाटी हितविपरीत कार्यकर्तालाई प्रशिक्षण दिन खोजेको भन्दै अध्यक्ष प्रचण्डले पदाधिकारी बैठकमा कारबाहीको प्रस्ताव अघि सार्नुभएको थियो । तर, अध्यक्षको सो प्रस्ताव बैठकमा प्रस्तुत हुन नपाउँदै वैद्य र भट्टराई निकट नेताहरूले कारबाही प्रक्रिया असान्दरि्भक तथा व्यक्तिगत टकराव मात्र भएको भन्दै कडा प्रतिवाद गरेपछि प्रचण्डले बाध्य भएर आफ्नो प्रस्ताव फिर्ता लिनुभएको थियो । प्रचण्डले कारबाहीको प्रस्ताव मात्र फिर्ता लिनुभएन, भट्टराईलाई संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालको संयोजक बनाउने प्रस्तवसमेत गर्नुभएको छ । भट्टराई यसअघि पनि जनआन्दोलन परिषद्को संयोजक हुनुहुन्थ्यो तर, आन्दोलनको कमाण्ड पार्टी अध्यक्षले गर्ने भन्दै उहाँलाई संयोजकबाट हटाइएको थियो ।
स्रोतका अनुसार सुरुमा त प्रचण्डले उपाध्यक्ष भट्टराईलाई कारबाहीको प्रस्ताव फिर्ता लिन मान्नुभएको थिएन । उहाँले आफ्नो प्रस्तावको पक्ष्ँमा समर्थन जुटाउन पटकपटक बैठक स्थगित गर्दै आउनुभएको थियो । तर, अन्त्यमा आफूनिकटकै नेताहरूबाट भट्टराईलाई कारबाहीको प्रस्ताव अघि सारे पुनः असहयोग हुने चेतावनी र वैद्यको पूर्ण असहयोगका कारण आफ्नो प्रस्ताव फिर्ता लिन बाध्य हुनुभएको थियो । भट्टराईनिकट पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल सुनिलले फरक विचार राखेकै आधारमा भट्टराईलगायतका नेतालाई कारबाही गर्ने सोचका साथ प्रस्तुत हुनुभएको अध्यक्ष कमरेडकै कारण दुई-तीनपटक स्थायी समिति बैठक स्थगित भएको हो । उहाँले भन्नुभयो, ‘फरक विचार राखेको भरमा पार्टीले कसैले कारबाही गर्छ भने त्यसको कडा प्रतिकार गर्न हामी तयार थियौँ र छौँ, तर, अहिले कारबाहीको कुरा फिर्ता भएको छ ।’ पौडेलले पार्टीमा भट्टराईले लिएको लाइन विस्तारै पारित हुँदै गएको दाबीसमेत गर्नुभयो । ‘भट्टराईले जे भन्नुभएको छ, पार्टीभित्र बिस्तारै त्यही हुँदै गएको छ ।’ उहाँले थप्नुभयो, ‘अध्यक्ष प्रचण्डले लिनुभएको विचारको आधारमा पार्टी अघि बढाउने हो भने पार्टी उहिले नै तहसनहस हुने थियो ।’ ‘भूमिगतकालदेखि नै पार्टी भट्टराईको सिद्धान्त र विचारमा चल्दै आएको स्पष्ट रहेको सबैसामु र्छलङ्ग छ । त्यस्तै शान्ति राजनीतिमा आएपछि पनि भट्टराईको नीति सही सावित भएका छन्,’ पौडेलको भनाइ थियो ।
भट्टराईमाथि कारबाही भए त्यसले पार्टी विभाजन गराउने भन्दै वैद्य तथा भट्टराईनिकट नेताहरू खुला रूपमा उत्रिएका थिए भने प्रचण्डकै सहयोगीका रूपमा चिनिँदै आउनुभएका दर्जनभन्दा बढी नेताले पनि प्रचण्डको साथ छोड्ने चेतावनी दिनुभएको थियो । आफैंलाई सङ्कट पर्ने देखेर प्रचण्डले आफूनिकट नेताहरूसँग तत्काल भट्टराई र उनीनिकट नेताहरूलाई कारबाही गर्न सकिने आधार नभएको र विगतको तुलनामा भट्टराई निकै बलियो भएकोले कारबाहीका विषयमा थप सोच्नुपर्ने भन्दै कारबाही प्रक्रिया स्थगित गर्ने निष्कर्षमा पुगेको बताउनुभएको थियो । स्रोतका अनुसार भट्टराईलाई कारबाहीकै विषयलाई लिएर प्रचण्डनिवास नयाँ बजारमा पटकपटक गोप्य बैठकसमेत बसेको थियो । स्रँेतका अनुसार प्रचण्डले भट्टराईलाई कारबाहीबारे एक प्रतिवेदन तयार गर्न आफूनिकट तीन केन्द्रीय नेताको एक गोप्य कमिटीसमेत बनाउनुभएको थियो । कमिटीमा गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र वर्षमान पुन ‘अनन्त’ रहनुभएको थियो । पोखरेल जनमोर्चाबाट माओवादीमा प्रवेश गर्नुभएको हो भने बस्नेत र अनन्त यतिबेला प्रचण्डको सबैभन्दा बढी सहयोगीको रूपमा चिनिन्छन् ।
कक्टेल प्रतिवेदन
सोमबारबाट सुरु माओवादी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले कक्टेल प्रतिवेदन प्रस्तुत गरेको चर्चा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलेको छ । प्रतिवेदनमा अध्यक्ष प्रचण्डका साथै उपाध्यक्षद्वय मोहन वैद्य किरण र बाबुराम भट्टराईको गन्ध आएको भन्दै अध्यक्षको व्यक्तिगत क्षमतामाथि प्रश्नचिह्न उठाएको स्रोतको दाबी छ । वैद्य वा भट्टराईलाई वैशाखी बनाएर पार्टी नेतृत्वमा टिकिरहन सफल प्रचण्डले जारी केन्द्रीय कमिटीमा प्रस्तुत प्रतिवेदनमा दुवै नेतालाई वैशाखी बनाउन खोजेको भट्टराई र वैद्यनिकट नेताहरूले आरोप लगाउनुभएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष्ँ प्रचण्डले गत पुस २ गते बसेको केन्द्रीय कमिटीले टुङ्गो लगाएको जनविद्रोहको मूल कार्यदिशालाई समेटेर तयार पारिएको राजनीतिक कार्यदिशासम्बन्धी संयुक्त प्रतिवेदन सोमबारको बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
स्रोतका अनुसार प्रचण्डले प्रस्तुत गर्नुभएको मूल प्रतिवेदनमा वैद्यको प्रतिवेदनमा रहेको चुनवाङ बैठकको समीक्षा, पार्टी नेतृत्वले लिएको संशोधनवादी नीति, विगतको समीक्षा, विगतमा गरिएको आन्दोलनको उपलब्धि भन्नेजस्ता विषयहरूलाई हटाइएको छ । त्यस्तै भट्टराईको प्रतिवेदनमा उल्लिखित शान्ति र संविधान निर्माणका लागि अन्तिमसम्म पहल गर्ने, यति गर्दा पनि सम्भव नभए जनविद्रोहको दिशामा जाने भन्ने मुद्दालाई पनि समेटिएको छ । वैद्य र भट्टराईले आ-आफ्नो प्रतिवेदनमा उठाउनुभएको मुद्दालाई आफ्नो प्रतिवेदनमा समावेश गर्न खोज्दा प्रतिवेदनको कार्यदिशा नै स्पष्ट नभएको वैद्यनिकट नेताहरूले आरोपसमेत लगाएका छन् । वैद्यनिकट एक नेताका अनुसार प्रतिवेदनमा तत्काल जनविद्रोहमा जाने पनि भनिएको छ, त्यसका साथसाथै शान्ति र संविधान निर्माणका लागि अन्तिम समयसम्म पहल गर्ने, त्यसो नभए जनविद्रोहको दिशामा जाने भनिएको छ, यो आफैंमा विरोधाभाष छ, यस विषयमा पार्टीभित्र छलफल हुनेछ । प्रतिवेदनमा जनविद्रोहका लागि साङ्गठनिक, राजनीतिक, वैचारिक र भौतिक गरी चार तयारीसमेत उल्लेख गरिएको छ । प्रचण्डले तीन शीर्ष नेतामा नमिलेका मुद्दालाई सही रूपमा समायोजन गर्न सार्वजनिक रूपमा बहस चलाउन पाउने, पार्टीको विचारधारा पत्रिकाबाट आमकार्यकर्तामा आफ्नो विचार लैजाने र कार्यकर्ताबाट आएको सुझावका आधारमा पार्टीले निर्णय लिनेलगायतका विषय समेट्नुभएको छ ।
चामे अन्धकार
विश्वविख्यात अन्नपूर्ण पदमार्गको गन्तव्य मानिने मनाङ सदरमुकाम चामे दुई सातादेखि विद्युत् र सञ्चारसेवाबाट वञ्चित बनेको छ । चामेस्थित ४५ किलोवाट क्षमताको स्यल्क्यू खोला लघु जलविद्युत् आयोजनामा जडित जेनेरेटरमा खराबी उत्पन्न भएपछि चामेबजार दुई सातादेखि अन्धकार बनेको हो । विद्युत्बाट सञ्चालन हुने टेलिफोन र मोबाइल सेवा पनि बन्द भएपछि मनाङ पुग्ने पर्यटक र चामेका बासिन्दा थप पीडामा छन् ।
बिजुली र सञ्चार सेवा दुवै बन्द भएपछि सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारी साथै राउण्ड अन्नपूर्णका लागि चामे पुगेका पर्यटक बढी समस्यामा परेका छन् । लमजुङ सदरमुकाम बेशीसहरदेखि ३/४ दिनको यात्रापछि मात्रै पुगिने चामेमा टेलिफोन तथा इमेल/इन्टरनेट चलाउन नपाउँदा पर्यटकले आफ्ना आफन्तलाई आफू पुगेको ठाउँको बारेमा समेत जानकारी दिन सकेका छैनन् ।
चामेमा २०४२ सालमा स्थापना गरिएको साना जलविद्युत् आयोजना बिग्रिएका कारण स्थानीय बासिन्दाले पटक-पटक सास्ती खेप्दै आउनुपरेको छ । ३ महिनाअघि टर्वाइन बिग्रिएर एक महिना बन्द भएको सो जलविद्युत् मर्मत गरिएपछि पनि गत ३ पुसदेखि पुनः जेनेरेटरमा खराबी आएपछि बन्द भएको छ । स्थानीय बासिन्दाले विद्युत् तत्काल मर्मतका लागि सम्बन्धित निकायलाई दबाब दिन जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिँदा पनि कुनै सुनुवाइ नभएको मनाङका स्थानीय सञ्चारकर्मी बीपी लामाले बताए ।
पर्यटन वर्ष सन् २०११ सुरु भइसकेको सन्दर्भमा मनाङको सदरमुकाममा नै विद्युत् र टेलिफोन नभएपछि पर्यटक त्यहाँ बस्न मानेका छैनन् । पटक-पटक विद्युत् र टेलिफोन सेवा अवरुद्ध भइरहँदा मनाङमा पर्यटन वर्ष प्रभावित हुने सङ्केत देखिएको छ । अघिपछि चामे बस्ने भनेपछि हुरुक्कै हुने पर्यटकहरू विद्युत् र सञ्चार सेवा नपाएपछि वरपरका ग्रामीण क्षेत्रमा बस्न थालेका छन् । पर्यटक बस्न छाडेपछि चामेका व्यापार व्यवसायसमेत घटेको छ ।
– छविलाल बगाले
‘आफूजस्तै’ पार्टीमा ‘हिरो’
गत आइतबारसम्म सम्पूर्ण नेपालीको प्रिय कलाकार भुवन केसी सोमबार -पुस १९) देखि नेकपा एमालेको मात्र बन्नुभएको छ । देशमा ढुङ्गो, माटो, रूख, विरुवा र जनावर तथा पन्छी मात्र राजनीतिक क्रियाकलापमा संलग्न बाँकी रहेको ठानिएका बेला भुवन केसीले कुनै पार्टीमा आबद्धता जनाउनुलाई धेरैले अस्वाभाविक मानेका छैनन्, तर उहाँले एमाले पार्टी नै रोज्नुलाई चाहिँ कतिपयले स्वाभाविक मान्न सकेका छैनन् । त्यसो त भुवनजस्ता कलाकार कुनै दलमा सामेल नभएर साझा भइदिएका भए धेरै राम्रो हुन्थ्यो भन्नेहरूको कमी छैन, तर भुवनको चरित्रलाई राम्रोसँग बुझनेहरूले चाहिँ उहाँले एमाले पार्टी रोज्नु जायज भएको अर्थ लगाएका छन् । उनीहरूको भनाइ छ, ‘भुवन केसी बेलाबखतमा अनेक ‘स्टन्ट’ गर्छन् र उनको बोली र व्यवहार पनि बदलिइराख्छ, कुनै पनि विषयमा भुवनको स्पष्ट र एकोहोरो व्यवहार हुँदैन । यस्ता व्यक्तिलाई ठ्याक्कै मिल्ने पार्टी एमाले भएको हुँदा भुवनले एमाले पार्टी प्रवेश गरेर ठीक गरेका छन् ।’ नायक भुवन केसी समय-समयमा विवादमा पनि आइरहनुहुन्छ र विशेषगरी महिला र नगदका विषयमा उहाँ विवादमा आउने गर्नुहुन्छ ।
अभिनेताबाट नेता हुने क्रममा भुवनले आफूलाई कसरी सच्याउन सक्नुहोला प्रतीक्षाको विषय बनेको छ । भुवन र एमालेको चरित्र एउटै ठान्नेहरूले उहाँको त्यस पार्टीमा ठूलो प्रगति हुने अनुमान गरेका छन् ।
फेरि हारे खनाल
एमालेका जिल्ला सङ्गठनहरूमध्ये सबैभन्दा प्रभावशाली मानिने काठामाडौं जिल्ला सङ्गठनमा अध्यक्ष खनालले आफ्नो वर्चश्व गुमाउनुहुने सम्भावना बढेको छ । काठमाडौंको जिल्ला अध्यक्ष आफूनिकट नेतालाई बनाउन लामो समयदेखि कसरत गरिरहनुभएका अध्यक्ष खनाललाई काठमाडौं महानगरपालिका वडा नं. ७ मा भएको अधिवेशन प्रतिनिधि छनोट निर्वाचनले खनालको सपना चकनाचुर पारेको हो । अध्यक्ष खनालले काठमाडौंको भावी जिल्ला अध्यक्षको रूपमा प्रस्तुत गर्दै आउनुभएका गोविन्दकृष्ण अधिकारी जिल्ला अधिवेशनमा सहभागी हुनका लागि भएको प्रतिनिधि छनोट निर्वाचनबाटै बाहिरिएपछि खनालको सपना चकनाचुर भएको हो । प्रतिनिधि छनोट चरणमै अधिकारी पराजित भएपछि खनाल अधिकारीमाथि षड्यन्त्र भएको हुन सक्ने भन्दै अर्को उम्मेदवारको खोजीमा लाग्नुभएको छ । ओलीनिकटका नेताहरूले अधिकारीको पराजयले खनालको पार्टीभित्रको पकड उदाङ्गो भएको भन्दै पार्टी नेतृत्व अरू कसैलाई सुम्पन भन्दै आएका छन् ।
पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको उसको भगिनी तथा भ्रातृ सङ्गठनबाट खनालले आफ्नो पकड गुमाउँदै आउनुभएको छ । विद्यार्थी सङ्गठन, युवा सङ्गठन, तथा जिल्ला सङ्गठनहरूमा क्रमशः ओलीनिकट नेताहरूको वर्चश्व देखिएको छ । ओलीनिकट एक नेताले भन्नुभयो, ‘अहिले जति पनि निर्वाचन भएको छ, ती सबै निर्वाचनबाट ओलीनिकटका नेताहरूनै विजयी भएका छन् ।’ उहाँले थप्नु भयो, ‘यसले पनि अध्यक्षको पार्टीभित्रको लोकप्रियता प्रस्ट पार्छ ।’ पार्टी नेतृत्वको कारण मुलुकमा अस्थिरता छाएको तथा पार्टीभित्र अराजकता मच्चिएको आरोप लगाउँदै नेता नेपालले भन्नुभयो, ‘यस्तो मान्छेको हातमा मुलुकको नेतृत्व पर्‍यो भने के होला मुलुकको भविष्य ।’
संविधानसभा निर्वाचनमा काठमाडौंको सबै निर्वाचन क्षेत्रबाट पराजय भोग्नुभएका एमाले अध्यक्ष खनालले काठमाडौंलाई नयाँ संरचनाका साथ अघि बढाएको दाबी गर्दै आउनुभएको थियो । खनालले जिल्ला तथा इकाइ सङ्गठन पुनर्गठनका नाममा आफूनिकटका नेताहरूलाई सङ्गठको नेतृत्व सुम्पँदै आउनुभएको थियो । त्यस्तै काठमाडौं जिल्लामा पनि आफूनिकट नेतालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिने हुँदा पार्टीभित्र मात्र सीमित विवाद सडकसम्म आइपुगेको थियो ।
खनालले काठमाडौं जिल्लाको निर्वाचित कमिटीलाई विघटन गरी आफूनिकट नेता गोविन्दकृष्ण अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिनुभएको थियो । खनालले अधिकारीलाई जिल्ला अध्यक्ष बनाउने तयारीका साथ संयोजक बनाउनुभएको थियो । खनालले जिल्ला कार्यसमिति विघटन गरी अधिकारीलाई संयोजक तोकेपछि प्रभावशाली नेता ओली र उनीनिकट नेताहरूले रामेश्वर फुयाँलको नेतृत्वमा रहेको पुरानै काठमाडौं जिल्ला कमिटीलाई निरन्तरता दिँदै समानान्तर जिल्ला कमिटी खडा गरेका थिए । जिल्लामा ओली र खनालनिकटका दुई कमिटीका नेताहरूले अलग-अलग गतिविधि गर्न थालेपछि एमाले केन्द्रीय कमिटीले पोलिटब्युरो सदस्य प्रदीय ज्ञवालीको नेतृत्वमा विवाद मिलाउन एक नयाँ कार्यसमिति बनाएको थियो । ज्ञवालीको कमिटीले विवाद मिलाउँदै निर्मल कुइँकेलको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी बनँएको थियो । कुइँकेलको कमिटीले यही पुस २३ र २४ गते जिल्ला अधिवेशनको तिथि निर्धारण गरेको थियो । यो अधिवेशनबाट अरू जो विजयी भए पनि केन्द्रीय अध्यक्ष खनालका सबैभन्दा प्रिय उम्मेदवार गोविन्दकृष्ण अधिकारीले चाहिँ अब काठमाडौंको नेतृत्व गर्न नपाउने
भएका छन् ।
राजारामलाई मातृशोक
राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री एवम् काठमाडौं महानगरपालिकाका पूर्वमेयर राजाराम श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी माता राधिकादेवी श्रेष्ठको यही पुस १४ गते ८७ वर्षको उमेरमा आफ्नै निवास बालाजुमा निधन भएको हो । उहाँ दम रोगबाट पीडित हुनुहुन्थ्यो । स्व. राधिकादेवी श्रेष्ठका चार छोरा र दुई छोरी हुनुहुन्छ । लामो समय पत्रकारिता पेसामा समेत रहनुभएका राजाराम श्रेष्ठमाथि आइपरेको मातृवियोगले हामी अत्यन्त दुःखित भएका छौँ । घटना र विचार परिवार यो दुःखद् घडीमा स्व. श्रेष्ठको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछ ।
उधारो भाकापत्रमा काङ्ग्रेसले विश्वास नगर्ने
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा ३५औँ राष्ट्रिय एकता दिवस जिल्ला सभापति एवम् सभासद् जगदीश्वरनरसिंह केसीको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले महामानव बीपी कोइरालाको दूरदर्शी राष्ट्रिय मेलमिलापको नीतिलाई जोडेर नेपाली काङ्ग्रेसलाई ध्वस्त बनाउने प्रयास भएको इतिहास कोट्याउनुभयो । नेपाली काङ्ग्रेसको रष्ट्रिय मेलमिलापको महत्त्व दर्शाउँदै विरोधी विचार बोकेका पार्टी र पार्टीभित्र लोकतान्त्रिक विचारको मन्थन गरेर नेपाली काङ्ग्रेसको संस्थागत विकास गर्न तल्लीन भएको प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो । आफ्ना कार्यकर्तालाई लक्षित गर्दै कायरतावादी सोच नलिन तथा आत्मविश्वासका साथ अघि बढ्न माओवादीलगायतका दललाई नेता केसीको आग्रह थियो । एउटा काङ्ग्रेसको दुःखमा सबै दुःखी र एउटाको सुखमा सबै सुखी हुनुपर्ने दृष्टिकोण प्रत्येक काङ्ग्रेसमा भए मात्र मनोबल बढ्ने प्रसङ्ग उल्लेख गर्दै पार्टीको संस्थागत विकासका लागि सामूहिक एकता नै आजको आवश्यकता भएको केसीले बताउनुभयो ।
एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी र एमालेलाई लक्षित गर्दै नेपाली काङ्ग्रेस जन्म र कर्मको हिसाबले बूढो भए पनि नेपालका बहुसङ्ख्यक युवाहरूको हृदयको पार्टी भएकोले आफ्नो अनुहार शिशुमै चाउरो भएकोमा चिन्ता नगर्न सुझाउनुभयो । साथै उहाँले बन्दुकको छायामा बसेर जनताका माया बिर्सनेहरूलाई हतियारको मोह त्यागेर विगतका सम्झौतालाई नच्यात्न आग्रह गर्दै नेपाली काङ्ग्रेस अब उधारो भाकापत्रको विश्वासमा नपर्ने स्पष्ट पार्नुभयो ।
सरकारको रिक्तता पूर्ति गर्न एमाले र माओवादी मिलेर सरकार बनाएमा काङ्ग्रेसलाई आपत्ति नहुने उहाँको कथन थियो ।
कार्यक्रममा विभिन्न वक्ताहरूले नेपाली काङ्ग्रेसलाई एकढिक्का बनाएर लानुपर्ने कुरामा जोड दिँदै गाउँगाउँमा पुगेर जनताका समस्याहरूको पहिचान गरी समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमका सभापति जगदीश्वरनरसिंह केसीले सबै कार्यकर्ताको सुझाब सङ्कलन गरी कार्यकर्ताको भावना बुझेर पार्टीलाई अगाडि बढाउने प्रतिबद्घता जाहेर गर्नुभएको थियो ।
– देवकी डोटेल
सुबिसुधाको ‘फ्रन्टपेज’ बजारमा
पत्रकारिता र साहित्यिक सिर्जनामा तल्लीन साहित्यकार सुबिसुधा आचार्यको ‘फ्रन्टपेज’ कथासङ्ग्रह हालसालै बजारमा आएको छ । गीत, गजल, कविता, उपन्यास, कथा आदि विधामा सशक्त रूपमा कलम चलाउँदै आएकी साहित्यकार सुबिसुधाको यसभन्दा अगाडि ‘अग्नियुद्घ’ र ‘रहस्यमय भोगाइ’ कथासङ्ग्रहलगायत अन्य विधाका सातवटा पुस्तकसमेत प्रकाशित भइसकेका छन् । ‘फ्रन्टपेज’ कथासङ्ग्रहका बहुसङ्ख्यक कथाले नारी स्वर, नारी चेतना, नारी स्वायत्तता र स्वावलम्बनका अवधारणा समेटेका छन् । शुुद्घ, सरल र रसमय भाषामा विविध रूप र रङको सजीव चित्रण, संवादको सहज-स्वाभाविक एवम् जीवन्त प्रयोगले कथाहरू प्रस्ट र बोधगम्य बनेका छन् । काव्यसुधा डटकमले प्रकाशन गरेको यस पुस्तकमा रोचक एक दर्जन कथा संलग्न छन् ।
एपीएफद्वारा अपहरणकारी पक्राउ
उदयपुरको पञ्चावती- ४ स्थित भुमरी माध्यमिक विद्यालयका प्रधानाध्यापक क्यामीबहादुर महत र सोही ठाउँ बस्ने कमलबहादुर कार्की अपहरणमा पर्दापर्दैको अवस्थामा सशस्त्र प्रहरीको तत्परतामा सकुशल मुक्त भएका छन् ।
अपहरणमा संलग्न तीनजनालाई एपीएफ टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरीको बोधेवसाइनका अशोककुमार साह, भगवतीप्रसाद साह र सप्तरीकै बाउन्नानिवासी शोभनारायण साह रहेका छन् ।
गत १३ गते एकबिहानै पञ्चवतीबाट अपहरणमा परेका उनीहरूलाई सशस्त्र प्रहरी बल त्रियुगा गुल्म उदयपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक भेषबहादुर शाहको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले झिलझिलेघाट भन्ने स्थानबाट सकुशल उद्धार गरेका थिए ।
पञ्चावती ४ बस्ने लालबहादुर कार्कीलाईसमेत सो समूहले अपहरणको प्रयास गरेकोमा कार्की अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको एपीएफले जनाएको छ ।
विचारगोष्ठी सम्पन्न
सफला एकादशी, पौषगया औंसी तथा कविशिरोमणि लेखनाथ पौडेलको जन्मजयन्तीको अवसरमा अध्यात्म चिन्तन प्रतिष्ठान, नेपालले धार्मिक तथा साहित्यिक विचारगोष्ठी एवम् भक्तिसङ्गीत कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष अच्युतप्रसाद पौडेल ‘चिन्तन’को संयोजनमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका सचिव शीतलबावु रेग्मी, सहसचिव डा. बद्री पोखरेल, उपसचिवहरू भेषनारायण दाहाल, रत्नध्वज खड्का एवम इ. महेशकुमार सिंहले धर्म र विज्ञानबारे मन्तव्य प्रस्तुत गर्दै मानवको अभिन्न अङ्ग अध्यात्म चिन्तन र मानवजीवनबारे प्रकाश पार्नुभएको थियो । पुष्प रञ्जित, पम्फा सापकोटा, सरस्वती तिमिल्सना, उषा चापागाईं, सुवन कार्की, शकुन्तला राजकरि्णकारद्वारा भक्तिगान प्रस्तुत भएको सो कार्यक्रममा प्रमिला न्यौपाने, देवेन्द्रराज पाण्डे, माधव परियार, राधेश्याम अर्याल, ज्ञानुराज भण्डारी, लक्ष्मी थापा, गीता पुडासैनीले साहित्यिक रचना पाठ गरेका थिए ।
प्रहरी प्रवक्तामा डीआईजी ढकाल
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक नवराज ढकाललाई दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यमहरूमा सम्प्र्रेषण गर्ने काममा विगतमा जस्तै नवनियुक्त प्रवक्ता ढकालबाट कुशलताका साथ जिम्मेवारी निर्वाह गरिने अपेक्षा गरिएको पनि बताइएको छ ।
जनकपुर र कास्कीका लागि मित्रराष्ट्रद्वारा बाह्र करोड सहयोग
जनकपुरधामस्थित रङ्गभूमि -बाह्रबिघा) को बृहत्तर विकासका लागि भारत सरकारबाट तीन करोड ६५ लाख अनुदान सहयोग उपलब्ध हुने भएको छ । गत साता बुधबार भारतीय राजदूतावासद्वारा गरिएको सम्झौतापत्रमा उल्लेख भएअनुसार धनुषास्थित जनकपुरधाममै रहेको गंगासागर र धनुषसागरको विकासका लागि पनि तीन करोड ५८ लाख सहयोग मित्रराष्ट्र भारतले उपलब्ध गराउनेछ ।
नेपालका महत्त्वपूर्ण धार्मिक सहरमध्येको एक जनकपुरधामस्थित पवित्र रङ्गभूमि मैदानमा अयोध्याका भगवान् राम र मिथिलाकी राजकुमारी सीताबीच वैवाहिक सम्बन्ध भएको विश्वास गरिन्छ । विवाहपञ्चमी, रामनवमी एवम् अन्य चाडपर्वहरूमा तर्ीथयात्रीहरू उक्त मैदानको सदुपयोग गर्दै गंगासागर र धनुषसागरमा स्नान गर्ने गर्छन् । भारत सरकारको सहयोगमा निर्माण हुने नयाँ पूर्वाधारले जनकपुरधामस्थित रंगभूमि मैदान, गंगासागर र धनुससागरको भौतिक संरचना र सुविधा विकासमा सहयोग गर्नेछ । पवित्र स्थलमा उचित सरसफाइ र उन्नत पूर्वाधारको उपलब्धताले गर्दा सामान्यतः तर्ीथालुहरू र खासगरी समाजका कमजोर वर्गका मानिसहरूलाई उल्लेखनीय फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी कास्कीस्थित पोखरा विश्वविद्यालय, लेखनाथको महिला छात्रावास भवन निर्माणार्थ भारत सरकारबाट चार करोड ५१ लाख अनुदान सहयोग उपलब्ध हुने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा पनि सोही दिन हस्ताक्षर भएको थियो ।
बाह्र वर्षअघि स्थापित पोखरा विश्वविद्यालय नेपालको एक महत्त्वपूर्ण शैक्षिक प्रतिष्ठान हो । विश्वविद्यालयमा महिला छात्रावासको अभावका कारण दुर्गम क्षेत्रबाट अध्ययनका लागि आउने महिलालाई आवासको अत्यन्त समस्या छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने नयाँ पूर्वाधारले छात्राहरूलाई अध्ययन र आवासमा निकै सुविधा पुग्ने विश्वास गरिएको छ ।
बताइएअनुसार धनुषाका परियोजनाहरू जनकपुरधामस्थित विशाल जनकपुर क्षेत्र विकास परिषद्द्वारा र कास्कीको परियोजना कास्की जिविस तथा त्यहाँका सम्बन्धित संस्थाहरूमार्फत हुनेगरी कार्यान्वयन गरिने छन् । परियोजना प्रभावकारी ढङ्गले समयमै समापन भए/नभएको निरीक्षण गरी सामुदायिक सहभागिता सुनिश्चित गर्नका लागि स्थानीय विकास तथा प्रशासनिक निकायहरूका प्रतिनिधिहरू सम्मिलित एक अनुगमन समितिसमेत गठन गरिएको बुझिएको छ । भारतले नेपालको विकास र आर्थिक उन्नतिको महत्त्वलाई आत्मसात् गरेको र सोका लागि सम्भाव्य सम्पूर्ण सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।
राजदूत सुदद्वारा विद्यालय भवन शिलान्यास
धनुषा जिल्ला भ्रमणको क्रममा गत आइतबार भारतीय राजदूत राकेश सुदले नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत चार करोड ४५ लाख भारतीय अनुदान सहयोगमा निर्माण हुने ६ वटा विद्यालयका पूर्वाधार विकासका साथै श्री राष्ट्रिय प्राथमिक विद्यालय भवनको शिलान्यास गर्नुभयो ।
धनुषाको नगराईन-जटही, नगराईन-राघोपुर, घोडघास-गंगुली पछवारी, घोडघास-गंगुली दक्षिणवारी, फुलगामा-खड्का र लगमा-पछवारी गाविसहरूमा अवस्थित ती विद्यालयहरू सो क्षेत्रका महत्त्वपूर्ण शैक्षिक केन्द्र भएकाले करिब आधाजसो छात्रासहित २१ सयभन्दा बढी विद्यार्थीको शैक्षिक आवश्यकतालाई पूरा गर्छन् । हाल यी विद्यालयले पुरानो जीर्ण अवस्थामा रहेको भवनमा कक्षाहरू सञ्चालन गरिरहेको हुँदा विद्यालयमा भौतिक पूर्वाधारको स्तरोन्नति आवश्यक रहेको औंल्याइँदै आइएको थियो ।
राजदूत सुदले शिलान्यास समारोहका क्रममा दिनुभएको मन्तव्यका क्रममा दुई देशबीचको समग्र सम्बन्धमा नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमको महत्त्व कोसेढुङ्गाको रूपमा रहेको उल्लेख गर्दै यस कार्यक्रमअन्तर्गत चालू विभिन्न विकास परियोजनाहरूले नेपाली जनताको शान्ति र समृद्धिको प्रयासलाई सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।
अहिराजले सर्वोच्चको ढोका घचघच्याउने
‘मधेसवाणी’का सम्पादक राजेश झा ‘अहिराज’लाई विशेष अदालतले दोषी ठहर गरी पाँच सय रुपैयाँ जरिवाना गरेको छ । अखबारमा अवाञ्छित सामग्री प्रकाशित गरेको अभियोगमा केही महिनाअघि सरकारले उनमाथि राष्ट्रद्रोहको मुद्दा लगाएको थियो ।
सशस्त्र समूह पालेका मधेसवादी दलले आफूलाई फसाएको र नेपाल सरकार त्यसको कारक मात्र भएको आरोप लगाउँदै अहिराजले अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै न्यायका लागि सर्वोच्च अदालत जाने तयारी गरेको जनाएका छन् । नेपालबाट मधेस टुक्र्याएर स्वतन्त्र राष्ट्र बनाउन खोज्नेहरूको षड्यन्त्रको सिकार आफू बनेको बताउँदै उनले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहने, शान्ति र राष्ट्रिय अखण्डताका विरुद्ध लागिपरेका जोकोहीलाई पनि नछाडिने, सशस्त्र समूह पालेका मधेसवादी नेताहरूको वास्तविक अनुहार नेपाली जनताबीच ल्याउने प्रतिबद्धता एक विज्ञप्तिमार्फत जनाएका छन् ।
विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष कहिले –
मुलुकभरका समस्त विश्वविद्यालयको रेखदेख गर्ने संस्थाका रूपमा रहेको विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा लामो समयदेखि नियुक्ति नभएकोले सम्बन्धित क्षेत्रमा अन्योल बढेर गएको गुनासो सुनिन थालिएको छ । दलीय भागबण्डा प्रजातन्त्रवादीको कोटामा परेको सो ओहदाका लागि सर्वाधिक चर्चामा वरिष्ठ शिक्षाविद् डा. तर्ीथ खनियाँको नाम अगाडि आएको छ । बेलायतबाट अङ्ग्रेजी शिक्षामा पीएचडी गरेका अन्तर्राष्ट्रियस्तरका विद्वान् डा. खनियाँको पक्षमा सम्बद्ध क्षेत्रमा व्यापक जनमत सिर्जना भएको बुझिएको छ । उता प्रजातन्त्रवादी प्राध्यापक सङ्घ कीर्तिपुर इकाइका अध्यक्ष डा. प्रदीप खड्काको नाम पनि सो पदका लागि त्यत्तिकै रूपमा अहिले अगाडि आएको बताइन्छ । हालसम्म कुनै पनि प्रशासनिक जिम्मेवारी नपाएका डा. खड्का सेन्टजेभियर्स स्कुलबाट विद्यालय तहको शिक्षा पूरा गरेर पूर्वसोभियत रुसबाट पीएचडी गर्ने प्राज्ञिक व्यक्तित्वका रूपमा नेपालको बौद्धिक क्षेत्रमा चर्चित हुनुहुन्छ । प्रजातन्त्रवादीहरूले डा. खड्काको नाम रुसका लागि राजदूतका रूपमा पनि प्रबल ढङ्गले अघिसारेका छन् ।
उता विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा एमालेले भने अङ्ग्रेजी साहित्यका वरिष्ठ मर्मज्ञ प्रा. डा. कृष्णचन्द्र शर्माको नाम अघिसारेको छ । डा. शर्मा बनारस हिन्दू विश्वविद्यालयबाट अङ्ग्रेजीमा विद्यावारिधि गर्ने नेपालका अति उच्चकोटीका विद्वान्मा गनिनुहुन्छ । उहाँले बुटवल क्याम्पसको क्याम्पस प्रमुख र अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुरको विभागीय प्रमुखको जिम्मेवारी पनि सफलताका साथ सम्पादन गरिसक्नुभएको छ ।
अङ्ग्रेजी केन्द्रीय विभाग प्रमुखमा प्राध्यापक जोशी
त्रिवि अङ्ग्रेजी केन्द्रीय विभागको प्रमुखमा प्राध्यापक डा. अमर जोशीलाई नियुक्त गरिएको छ । बझाङजस्तो विकट स्थानमा जन्मिएर अङ्ग्रेजी साहित्यमा त्रिविबाट विद्यावारिधि गर्ने डा. जोशीले विश्वभाषा क्याम्पसमा लामो समयसम्म प्राध्यापन गरेर उच्च अनुभव बटुल्नुभएको छ । अङ्ग्रेजी साहित्यका विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा समेत लेखहरू प्रकाशित गर्नुभएका डा. जोशीको विश्वभाषाको अध्यापनकाललाई नेपालको उच्च शैक्षिक जगत्ले उच्च मूल्याङ्कन गरेको छ । उहाँको व्यक्तित्वमा बीपी कोइराला, गणेशमान सिंह र जयपृथ्वीबहादुर सिंहको प्रभाव रहेको उहाँका सहकर्मीहरूको कथन छ ।
कलशको चौथो साधारणसभा
कलश बचत तथा ऋण सहकारी संस्था मलेखु -रिचोकटार) को चौथो साधारणसभा पुस १६ गते सम्पन्न भयो । करिब साढे चार सय सेयर सदस्य रहेको उक्त साधारणसभाको प्रमुख आतिथ्य बचत तथा ऋण सहकारी सङ्घका केन्द्रीय अध्यक्ष मीनराज कँडेलले गर्नुभएको थियो भने पानसमा बत्ती बालेर विशेष अतिथि देवप्रकाश त्रिपाठीले गर्नुभएको थियो । कलशका अध्यक्ष झंकप्रसाद त्रिपाठीको सभापतित्वमा सम्पन्न उक्त सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै मीनराज कँडेलले मलेखुमा मात्र तीन-तीनवटा बचत तथा ऋण सहकारी संस्था रहेकोले यी सबैलाई एउटैमा गाभी एकीकृत सहकारी निर्माणको आवश्यकता भएको बताउनुभयो । उहाँले सहकारी आन्दोलनको उपादेयता र औचित्यबारे पनि प्रकाश पार्नुभएको थियो । सभालाई देवप्रकाश त्रिपाठी, एकराज पाण्डे, भूम्रि्रसाद कँडेल, कमलराज कँडेल आदिले सम्बोधन गर्नुभएको थियो । सभामा सबैभन्दा जेष्ठ सदस्य तेजबहादुर विसुराललाई नगद तथा प्रमाणपत्र दिई सम्मान गरिएको थियो । वारि्षक करिब साढे दुई करोड रुपैयाँको कारोबार गर्ने उक्त संस्थाले आगामी वर्षदेखि विभिन्न नयाँ ‘स्किम’हरूका साथ आफ्ना गतिविधिलाई तीव्र पार्ने जनाइएको छ ।
माओवादीलाई अर्जुनको प्रश्न-जनताको माया प्यारो कि बन्दुकको छाया ?
सप्तरी । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले जेठ १४ भित्र संविधान निर्माण हुन नसके कुनै हालतमा पुनः संविधानसभाको म्याद थप गर्न नहुने अभिव्यक्ति दिनुभएको छ । प्रेस युनियन सप्तरीले राजविराजमा आयोजना गरेको एक कार्यक्रममा गत साता सम्बोधन गर्दै उहाँले जेठ १४ सम्म संविधान जारी हुन नसके त्यसपछि पार्टीले लिने निर्णयमा आफू पनि सहभागी हुने तर कुनै पनि हालतमा संविधानसभाको म्याद थप गर्न नहुने पक्षमा आफू रहेको स्पष्ट पार्नुभयो । नेता केसीले त्यसपछि उत्पन्न हुनसक्ने दुर्घटनालाई रोक्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्ने र संवैधानिक निकासको खोजी गरिनुपर्नेमा जोड दिनुभयो ।
माओवादीले देख्दै आएको सत्ता कब्जाको दिवास्वप्न पूरा नहुने दाबी गर्दै केसीले बहुलवादलाई नमान्ने हो भने संविधान जारी भए पनि त्यो निर्रथक सावित हुने बताउनुभयो ।
नेता अर्जुनले ‘काङ्ग्रेस माओवादीलाई निषेध गरेर अघि बढ्न चाहँदैन तर बन्दुक र लडाकुबाट उसलाई निषेध गराउन हरदम लागिरहन्छ’ भन्दै जनताको मायाभन्दा बन्दुकको छाया मनपराउने माओवादीको घातक चालको मात्र काङ्ग्रेसले विरोध गरेको स्पष्ट पार्नुभयो । – हेमशंकर सिंह
उद्घाटन नहुँदै पुल लच्किएपछि…
राजनीतिक दलहरूको खिचातानीका कारण एक दशकको प्रयत्नपछि मर्स्याङ्दी नदीमा निर्माण भएको लमजुङ तार्कुघाटस्थित पक्की पुल उद्घाटन नहुँदै लच्किएको छ । सरकारी ढिलासुस्ती र राजनीतिक खिचतानीका कारण पहिलोपटक जिल्लाको आधा भागलाई जोड्ने उक्त मोटरेबल पुल लच्किएपछि स्थानीय बासिन्द चिन्तित बनेका छन् ।
निर्माण सम्पन्न भएको दुई महिना नबित्दै पुलमा समस्या आउँदा सर्वसाधारणको खुसीमा तुषारापात भएको छ । पटकपटकको आन्दोलन तथा धर्नाका साथ स्थानीय जनताले माग गरेपछि सडक विभाग मर्स्याङ्दी नदीमा ७५ मिटर लम्बाइको पक्की पुल निर्माण गर्न बाध्य बनेको थियो । तर, गाडी गुड्न थालिसकेको उक्त पुल निर्माण सम्पन्न भएको दुई महिना नबित्दै १५ सेन्टिमिटर तल खसेको छ ।
पुल निर्माणका क्रममा नै ढलान गर्दा समस्या आएको थियो र सडक विभागले तत्काल जाँचका लागि निर्माणमा रोक लगाएको थियो । तर, निर्माण प्रक्रिया रोक्दारोक्दै पनि जबर्जस्ती ढलान गरेका कारण यो समस्या आएको बताइन्छ । यस विषयमा यतिबेला सडक विभाग कार्यालय भने मौन बस्दै आएको छ । पुल निर्माणकार्यमा संलग्न इन्जिनियर राजेन्द्र श्रेष्ठ भन्छन्, ‘पुल निर्माणकार्य हतारमा गरिएको र ढलान गर्दा विशेष ध्यान नपुर्‍याइएकोले यस्तो समस्या पैदा भएको हो ।’ उनका अनुसार यस्तो समस्या पहिला अन्यत्र नदेखिएको र काम पूरा नहुँदै मोटरहरू दैनिक आवतजावत भएकाले पनि समस्या देखिएको हो ।’
सडक डिभिजन कार्यालय दमौलीका अनुसार पुलमा हालसम्म करिब १० करोड रुपैयाँ खर्च भइसकेको छ । ७५ मिटर लम्बाइको उक्त पुल हेर्दा निकै राम्रो छ । कतै लच्किएको भान हुँदैन, तर पुलको संरचनाहरू सबै अत्यन्त कमजोर रहेको र व्यापक आर्थिक अनियमितता भएको स्थानीय सचेत नागरिकहरूको आरोप छ ।
पुल निर्माण भएपछि पूर्वीलमजुङको विकासको ढोका खोलियो भन्दै स्थानीयवासी खुसी भएका थिए । आफूले उत्पादन गरेका कृषिजन्य सामग्री बजारमा लगेर बेच्न पाइने तथा गाउँबाट काठमाडौं, चितवन आदि ठाउँमा सीधै बससेवा उपलब्ध हुने भएकाले स्थानीय सबै खुसी थिए, तर पुल निर्माणका क्रममा गैरजिम्मेवारीपूर्ण काम भएबाट उनीहरू आक्रोशित बनेका छन् । – छविलाल बगाले
अखबारको भीडमा इलाम एक्सप्रेस’
इलामबाट ‘इलाम एक्सप्रेस’ दैनिक पत्रिका प्रकाशन सुरु भएको छ । मेलमिलाप दिवसको अवसर पारेर इलाम मिडिया प्रा.लि.ले इलाम एक्सप्रेसको प्रकाशन सुरु गरेको हो । इलामबाट प्रकाशित यो दोस्रो दैनिक पत्रिका हो ।
गत १६ गते आयोजित कार्यक्रमबीच स्थानीय विकास अधिकारी भूपराज राईले पत्रिकाको विमोचन गर्नुभयो । विमोचन गर्दै राईले यो पत्रिका सिङ्गो इलामको पर्याय बन्नुपर्ने धारणा राख्नुभयो । स्थानीय मुद्दालाई प्राथमिकता दिएर पत्रिकालाई स्वतन्त्र रूपमा निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधिले निष्पक्ष रूपमा स्थानीय मुद्दाहरूलाई उठाएर पत्रिकाले इलामको विकासमा सघाउनुपर्ने धारणा राखे । प्रकाशक समूहका सदस्य सोमनाथ सुसेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिँदै पत्रिकाको निरन्तरताको कामना गरेका थिए । प्रदीप घिमिरे सम्पादक रहेको पत्रिकाको कार्यकारी सम्पादक तोयानाथ भट्टराई रहेका छन् । स्थानीयस्तरबाट प्रकाशित उक्त दैनिक पत्रिकाले नयाँ र पृथक विषयलाई समावेश गर्ने सदस्य सुसेलीले बताउनुभयो । इलाममा यसअघि एक दैनिक भए पनि दुई महिनाअघि सो पत्रिका बन्द भइसकेको छ ।
तिब्बती शरणार्थी पक्राउ
सिन्धुपाल्चोकको माङ्खा गाविसस्थित ड्याम साइडबाट प्रहरीले नेपाल प्रवेश गरेका ६ जना तिब्बतीयन नागरिकलाई गत आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको गस्ती प्रहरी टोलीले राति ११ बजे ४ जना पुरुष र २ तिब्बतीयन महिलालाई पक्राउ गरी अध्यागमन कार्यालय काठमाडौंमा बुझाएको बुझिएको छ । यसैगरी जङ्गलको र्सच गर्ने क्रममा खोटाङस्थित एक ओडारमा प्लास्टिकको झोलामा लुकाइराखेको म्याग्जिनसहितको सवमेसिनगन, त्यसको चार राउण्ड गोली र थ्री नट थ्री राइफलको गोली ५४ राउन्ड स्थानीय तहमा कार्यरत प्रहरीले बरामद गरेको छ । उक्त हतियार किरात जनवादी वर्कर्स पार्टीले राखेको प्रारम्भिक अनुमान प्रहरीले गरेको बताइएको छ ।