टेलिकमको ‘विन्टर अफर’ : डाटामा विशेष बोनस

टेलिकमको ‘विन्टर अफर’ : डाटामा विशेष बोनस


सेवा प्रदायक संस्था नेपाल टेलिकमले भोलि शुक्रबारदेखि आगामी माघ २१ गतेसम्म कायम रहने गरी विभिन्न प्रकारका अफरहरु उपलब्ध गराउने भएको छ ।

कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराउने भएको हो । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

टेलिकमले विन्टर अल टाइम डाटा प्याक अन्तर्गत जिएसएम प्रिपेड र पोष्टपेड तथा सिडिएमए प्रिपेड र पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिने जनाएको छ । यस्तै, विन्टर नाइट डाटा प्याक जिएसएम अन्तर्गत प्रिपेड र पोष्टपेड तथा सिडिएमए प्रिपेड र पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

विन्टर फेसबुक र इन्स्टाग्राम प्याक अन्तर्गत टेलिकमले जिएसएम प्रिपेड र पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा विन्टर फेसबुक र इन्स्टाग्राम डाटा प्याक प्रयोग गर्न सकिने अफर ग्राहकसामु ल्याएको छ भने एसएमएस प्याक अन्तर्गत जिएसएम प्रिपेड र पोष्टपेड तथा सिडिएमए प्रिपेड र पोष्टपेड मोबाइलमा एसएमएस प्याकेज प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।