कोही छ पूजासँग बिहे गर्ने ?-राजन घिमिरे

कोही छ पूजासँग बिहे गर्ने ?-राजन घिमिरे


नेपालको थानकोटमा जन्मिएकी नायिका पूजा चन्द यतिबेला अमेरिकामा बस्दै आइरहेकी छिन् । पाँच वर्षअगाडि मात्र अमेरिका छिरेकी उनी केही दिनअगाडि नेपाल आएकी थिइन् भने हप्ता दिनभर उनी मिडियाहरूमा खुव छाइन् । यतिबेला उनी अमेरिका पनि उडिसकेकी छिन् भने उनमा देखापरेको परिवर्तन सोच अनि विचारलाई देखेर उनका सहकर्मीहरू अचम्मै परे ।
नेपाली चलचित्रमा काम गर्दा कुनै मिडियाले उनको नाम कुनै परपुरुषसँग जोडिदियो भने पूजा आगो हुन्थिन् । यतिसम्म कि कतिपटक त उनले मिडियाहाउसमा नै गएर बबाल पनि मच्चाएकी थिइन् । तर, अहिले तिनै पूजा यति स्वतन्त्र र फराकिलो सोच र विचारका साथ मिडियासमक्ष प्रस्तुत हुन थालेकी छिन् यी तिनै पूजा हुन् र भन्या – भन्न थालिएको छ । आज बिहे, भोलि डिभोर्स अनि विवाह समारोहमा नै अर्कै महिला र पुरुषसँग विवाह गर्नेजस्ता विवाह र यौनको मामिलामा उदार देखिने अमेरिकी एवम् अन्य युरोपेली मुलुकका नागरिकजस्तै विचार पोख्न थालेकी छिन् पूजाले पनि । ‘म अझै विवाह गर्न तयार छु, यदि मेरो मन मिल्ने कोही पुरुष भेटियो भने,’ यो अभिव्यक्ति हो नायिका पूजा चन्दको । करिब चालीस वर्षको उमेर क्रस गरिसकेकी र १७ वर्षकी छोरीकी आमा पूजाको यो अभिव्यक्ति, उनका सहकर्मीहरूका लागि चर्चाको विषय बने तापनि पूजा स्वयम्का लागि भने नौलो थिएन, विवाह कति उमेरमा गर्ने – त्यसको निश्चित उमेर त छैन नि † छोरीको आमाले विवाह गर्नुहुन्न र – पूजाको प्रतिक्रिया छ ।
आज पूजाको साथमा जुन छोरी छिन् उनका पितासँग पूजाको सम्बन्धविच्छेद भइसकेको छ भने चर्चा त उनले अमेरिकामा पनि विवाह गरेको थियो । तर, पूजाको पहिलो विवाहलाई मात्र आधिकारिक मान्ने हो भने यतिबेला उनी दोस्रो विवाह गर्न निकै आतुर देखिन्छिन् । देशअनुसारको भेष भनेजस्तै अमेरिकाको परिवेश र समाजमा दिन बिताउन थालेपछि उतैको हावाले छोएपछि कुनै बेला कुनै पुरुषसँग नाम जोडिँदा आक्रोशित हुने पूजालाई अब पे्रम, विवाह र सम्बन्ध भन्ने कुरा सामान्य हुन थालेका छन् । कुनै समय केही रकमको अभावमा दुःखित हुने पूजासँग आज दाम त प्रसस्त छ तर उनको मन बुझने जीवनसाथीको अभाव छ उनको जीवनमा । त्यसैले यदि तपाईं पुरुष हुनुहुन्छ भने तपाईं नायिका पूजा चन्दका लागि लायक पुरुष पनि बन्न सक्नुहुन्छ । त्यसैले पूजाले भनेजस्तै लायकको पुरुष तपाईं नै हो कि – सर्म्पर्क गरिहाल्नुहोस् पूजा चन्दसँग ।

ँमरुस्थलको यात्रा’मा पहाडी
नागरिक समाजका अगुवाको चिनारी बनाएका अधिकारकर्मी कृष्ण पहाडी वाकक्षमतामा पनि त्यत्तिकै सम्पन्न छन् भने लेखनीमा पनि उनको नाम ‘अगुवा’ हरूकै हारमा आउँछ । हालसम्म सात-आठवटा विभिन्न पुस्तक कृतिहरू दिइसकेका पहाडीले पछिल्लो सिर्जनाका रूपमा हालै ‘मरुस्थलको यात्रा’ नामक सडक नाटकहरूको सङ्गालो पाठकसमक्ष पस्किदिएका छन् ।
मान्छेको अधिकारकै खोजीका क्रममा कुनैबेला सडकनाटकलाई हतियार बनाउने एउटा जमातमा सशक्त सदस्य थिए कृष्ण पहाडी । सामाजिक न्याय र स्वतन्त्रताको पक्षमा लेखिएका पहाडीका नाटक कृतिहरूले सडकमा त्यसबेला निकै राज गर्‍यो, चेतनाको झिल्को उडाउने कार्यमा सञ्जीवनीकै काम गर्‍यो ।
पहाडीले ०४९/५० तिर लेख्नुभएको ‘मुक्तिध्वजा’देखि ०६७ मा अप्रवासी कामदारको अधिकारको विषय उठाउँदै लेखिएको ‘मरुस्थलको यात्रा’ गरी जम्मा एघार नाटकको सङ्गालो यस कृतिमा सामाजिक न्याय र स्वतन्त्रताको परिधिभित्र अनेक वस्तुहरूलाई समावेश गरिएका सडकनाटकहरू छन् । निर्देशक अशेष मल्लका शब्दमा ‘चाहे घरेलु हिंसा होस् वा राज्यआतङ्क यिनको तह अलग छैन । चरम यातनाले आक्रान्त एउटा व्यक्तिका लागि हिंसा हिंसा नै हो । यसको परिभाषाको कुनै अर्थ छैन । मूल प्रश्न भनेको मुलुकमा रहेको अशिक्षा र अन्धविश्वास हो । चेतनाशून्य अवस्थामा रहेको सामाजिक परिस्थितिमा राज्य वा केही टाठाबाठाद्वारा हुने आतङ्कले व्याप्त छ समाज । यही यथार्थलाई पहाडीले आफ्ना प्रायः सबै नाटकका विषयवस्तु बनाएका छन् । आकर्षक आवरण सज्जा र गुणस्तरीय कागज तथा छपाइमा प्रकाशित कृतिको मूल्य दुई सय स्वाभाविक लाग्छ । समाज रूपान्तरणको काममा इमानदारी र निष्ठाका साथ लागिपरेका एक योद्धाको कृतिलाई प्रकाशन गरेर रामेश्वर नेपाल र भोला भट्टराई पनि साधुवादका पात्र बनेका छन् ।

सरोजको रोमान्स
पुरानो भए तापनि आखिर नायक न परे सरोज खनाल । सिनेमाको पर्दामा होस् या बाहिर नै किन नहोस् रोमान्स गर्न उनलाई कसले छेक्न सक्छ र † त्यसमाथि नानीदेखिको लागेको बानी हो रोमान्सको मामिलामा सरोज पहिलेदेखि नै अगाडि थिए । न त उनी कमेडियन नायक हुन् न त एक्सन नायक नै हुन् । अमेरिकातिर भासिनुअगाडि उनलाई फिल्महरूमा रोमान्टिक भूमिकातिरै देखेका हुन् दर्शकले र, यस्तै भूमिकाहरूबाट मात्र उनलाई अफर आउने गर्दथ्यो ।
१४ वर्ष फिल्म क्षेत्रबाट ‘आउट’ हुँदा पनि सानैदेखि पर्दाभित्र जस्तै पर्दाबाहिर पनि रोमान्स गर्न सरोजले बिर्सिएका रहेनछन् भन्ने कुरा फेरि दोहोर्‍याए उनले १४ वर्षपछि । कुरा हो चलचित्र ‘मानव’को सरोज खनालको क्रेजलाई भजाउनका लागि उनलाई १४ वर्षपछि पुनरागमन गराए फेरि नेपाली चलचित्रमा निर्देशक यादव सिलवालले चलचित्र मानवमार्फत । हेर्दा निकै शालीन, भद्र र सभ्य छन् सरोज खनाल । यस्तै लाग्यो मानव युनिटलाई पनि । तर मानवको छायाङ्कन सुरु भएको केही दिनमा नै सरोज आफूलाई १४ वर्षपछि पनि सम्झने फिल्म मानवको युनिटभन्दा त्यसै सिनेमाकी नयाँ नायिका दीपशिखासँगको नजिक हुन थालेको चर्चा सो युनिटमा चल्न थाल्यो । ‘हाम्रो त मतलब नै छैन, दीपशिखाको यो वास्ता गर्छन् सरोज,’ यस्तो हल्ला युनिटभरि चल्न थालेपछि सरोज केही हच्किएका थिए भने घाइते बाघ न परे उनी केही समयपछि त उठिहाले । त्यसो त नजिक हुनुको अर्थ युनिटका अरू सबैले गलत रूपमा लगाए तापनि सरोज भने ‘खासै केही होइन’ भनेर पन्छिरहेका हुन्थे । बजारमा त सो फिल्म युनिटले सरोज र दीपशिखाबीचको सम्बन्धलाई हल्ला गरेर फिल्मको प्रचारप्रसार गर्न खोजेको हल्ला पनि नभएको भने होइन । ‘हामी आफ्नै आङको छारो किन उडाउँथ्यौँ र -‘ फिल्म निर्माताको दाबी छ । सरोज खनालसँग नजिक हुने तर फिल्म युनिटलाई वास्तै नगर्ने व्यवहारका कारण दीपशिखासँग रुष्ट भएको छ भने जानकारका अनुसार चलचित्रमा दीपशिखाले छायाङ्कन सुरु भएको केही दिनपछि निकै दुःख पनि दिएकी थिइन् युनिटलाई । यता दीपशिखाको यस्तै रुखो व्यवहारका कारण चलचित्रमा उनको आवाज पनि नराखिने मुडमा युनिट पुगेको बताइन्छ ।

सञ्चिता कामको खोजीमा
लाखौँ दर्शकहरूको ‘वाहवाही’ । चलचित्रकर्मीहरूको स्यावासी अनि नाम र दाम कमाइको मामिलामा पनि अगाडि रहेकी नायिका सञ्चिता लुइँटेल यतिबेला कहाँ के गर्दै होलिन् त – उनका प्रशंसकहरूका लागि कुतूहलकै विषय बनेको छ । नायक निखिल उपे्रतीसँग सुटुक्क मुर्म्बई भागेपछि उतै घरजम गरेर बसेकी सञ्चिताको यतिबेला आर्थिक अवस्था त्यति सबल नभएको कुरा बताउन थालेका छन् उनकै सहकर्मीहरू । पे्रम अन्धो हुन्छ र पे्रममा आँखा देखिँदैन भन्ने पे्रम गर्नेहरूको भनाइलाई चरितार्थ गर्दै लामो समयदेखि निखिलसँग गुपचुप पे्रम गर्दै आएकी सञ्चिता अबचाहिँ कुरा लुकाउनुभएन भनेर निखिलसँग खुल्लमखुलासँगै बसेको र विवाह नै गरेको कुरा निर्धक्क भनेर नेपाली चलचित्रलाई चटक्क माया मारेर मुर्म्बई पसेकी सञ्चितालाई यतिबेला दामको आवश्यकता पर्न थालेको छ । सञ्चिताको नाजुक अवस्था देखेर साहै्र माया लागेर आयो । ‘नेपालमा त्यत्रो शासनसँग बसेकी सञ्चिता आज हजार रुपैयाँमा तड्पिन थालेकी छिन्,’ मुर्म्बईमा चलचित्रको प्राविधिक कार्य गरेर गत साता मात्र नेपाल फर्किएका एक चलचित्र निर्देशकले बताए । नाम नबताउने र्सतमा उनले अगाडि थपे, ‘सञ्चिता निखिलसँग किन भागिन् वा के देखेर उतै बसिन् – बुझन सकिएन । उनले आफ्नो र निखिल दुवैको अवस्थालाई नाजुक बनाइन् ।’
यसैबीच सञ्चिता यतिबेला मुर्म्बईमा काम खोज्नतिर पनि लागेकी छिन् । भारतीय सिरियलतिर काम पाएँ भनेर सञ्चिताले गफ दिएकी रहिछिन् भन्ने कुरा यतिबेला आएर प्रस्ट भएको छ कि उनी अब चाँडै एउटा बुटिकमा काम गर्नतिर जाने भएकी छिन् । नेपालमा आलिशान जीवन बताइरहेकी सञ्चिता किन यसरी आफ्नो नाम, वजन अनि वाहवाहीलाई बिर्सेर नेपालबाट विदेशतिर भासिइन् र उनको नाजुक अवस्थाको समाचार आउनु अवश्य पनि उनका लाखौं फ्यानका लागि लागि दुःखलाग्दो कुरा हो । बेलैमा बुद्धि नपुर्‍याउँदा र सोचेर काम नगर्दा उनले पाएको हण्डर, पीडा र तनाव साँच्चिकै नमिठो छ । उनको यस्तै अवस्था थाहा पाउनकै लागि उनलाई लाखौँ पारिश्रमिक तिरेर निर्माताहरूले आफ्नो चलचित्रमा लिएर माथि पुर्‍याएका थिए ? वा दर्शकहरूले स-सम्मान उनको फिल्म हेरेका थिए ।