२६ जेष्ठ २०८०, शुक्रबार

किन छोडे प्रचण्डले लाजिम्पाटको घर ?

  प्रकाशित मिति
२ पुष २०७४, आइतबार ०२:३२


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो निवासस्थान परिवर्तन गरेका छन् । चुनावको चटारो सकेर चितवनबाट राजधानी फर्केलगत्तै राजनीतिक मामलालाई भन्दा निवास फेर्ने विषयलाई बढ्ता चासो दिएर प्रचण्ड परिवार घर सरेको प्रचण्डनिकट श्रोतले जानकारी दिएको छ ।

गत विहिबारदेखि नै प्रचण्डको परिवार ललितपुरको खुमलटारस्थित एक घरमा बस्न थालेको छ । माओवादीनिकट शारदाप्रसाद अधिकारी नामक व्यक्तिको उक्त घरमा विदेशीहरू बस्दै आएकोमा प्रचण्डकै लागि खाली गराइएको पनि बुझिएको छ । सो घरका घरधनी अधिकारी पहिलेदेखि नै माओवादीलाई आर्थिक सहयोग गर्दै आएका पात्रका नाताले यसपटक माओवादी केन्द्रको समनुपातिक सूचीमा समेत परेका बताइन्छ ।

यसरी प्रचण्ड परिवार लाजिम्पाटको घर छोडेर अचानक किन ललितपुर सरेको होेला ? चासो उत्पन्न भएको छ । प्राप्त जानकारी अनुसार विवादास्पद व्यवसायी अजय सुमार्गीद्वारा प्रबन्ध गरिएको भनिएको लाजिम्पाटको घर सुमार्गीसँग खटपट बढेकोले छोड्ने मानसिकता प्रचण्डले पहिले नै बनाइरहेका थिए । सुविधाजनक घर फेला नपरेकोले मात्र उनी लाजिम्पाट बसिरहेका थिए । लाजिम्पाट निवास पुग्ने साँघुरो सडकका कारण पनि प्रचण्ड उक्त घर छोड्न चाहन्थे ।

तर, यो भन्दा पनि लाजिम्पाटको घर छोड्नुको बेग्लै अहम् कारण रहेको बुझिएको छ । पहिलेदेखि नै प्रचण्डपत्नी सीताले उक्त घरमा ‘नकारात्मक प्रभाव’ (अशुभ) अनुभव गर्दै आएकी थिइन् । त्यसमाथि पुत्र प्रकाशको अकस्मातको निधनपछि सीता उक्त घर तत्काल छोड्ने मानसिकतामा पुगिन् । पत्नी सीताको कुनै पनि कुरा काट्न नसक्ने प्रचण्डलाई पनि लाग्न थाल्यो कि सो घर आफुनो परिवारको निम्ति शुभदायक छैन । यसपछि तीव्र रूपमा अर्को घर खोज्ने काम सुरु भयो । पहिलेदेखि नै पार्टीलाई सहयोग गर्दै आएका व्यवसायी शारदा आफ्नो घर प्रचण्ड परिवारलाई उपलब्ध गराउन अग्रसर भए र प्रचण्डले पनि तत्कालका लागि सो स्वीकार गरेको बताइन्छ ।

पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालको निवासस्थान नजिकै रहेको खुमलटारको यो घर पनि अस्थायी रूपमा मात्र प्रचण्ड परिवारले प्रयोग गर्न लागेको हो । बुझिएअनुसार कुनै अर्को सुविधासम्पन्न घर फेला परेपछि यो घर छोड्ने मानसिकता प्रचण्डले बनाएका छन् । जे होस्, अहिले अचानक निवास परिवर्तन गर्नुको कारणचाहिँ पत्नी सीताको आग्रह नै रहेको बुझिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून