बाबुरामको बेग्लै अभियान

बाबुरामको बेग्लै अभियान


अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमा फरक मत राखेर कार्यकर्तामाझ पुग्नुभएका माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आफूनिकट कार्यकर्ता भेटघाट र उनीहरूलाई प्रशिक्षण दिने कार्यमा तीव्रता दिनुभएको छ । प्रशिक्षणमा भट्टर्रर्ँइले पार्टी हेटक्वार्टरमा आफूले राखेको फरक मत र समसामयिक राजनीतिक परिस्थितिका विषयमा प्रशिक्षित गरिरहनुभएको छ । माओ दिवसको अवसरमा मात्र भट्टर्रँइले दुई बेग्लाबेग्लै स्थानमा आफूनिकट कार्यकर्तालाई गोप्य प्रशिक्षण दिनुभएको थियो भने माओ दिवसको अघिल्लो दिन शनिबार अध्यक्ष प्रचण्ड बस्दै आउनुभएको नयाँबजारमा नै आफूनिकट कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो । नयाँबजारस्थित एक सर्वसाधारणको घरमा दिएको प्रशिक्षण कार्यक्रममा काठमाडौं जिल्लाका आफूनिकट ४५ भन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । माओवादीजयन्तीको अवसरमा भेटघाट कार्यक्रम भनेर सहभागीलाई निम्तो दिइएको थियो । सो कार्यक्रममा भट्टराईले आफ्नो फरक मत र राष्ट्रिय मुद्दाका बारेमा स्पष्ट पार्नुभएको कार्यक्रममा सहभागी एक नेताले बताउनुभयो । भट्टराईको विचार र निर्देशनबाट आफूहरू निकै उत्साहित भएको भन्दै ती नेताले भन्नुभयो, ‘हामी भट्टराईले लिएको विचार र दिएको निर्देशनलाई देशव्यापी लैजान्छौँ ।’
भट्टराईको गोप्य प्रशिक्षणलाई ओझेल पार्न आइतबार नै माक्र्सवादी अध्ययन केन्द्र नामक एक संस्थाको नामबाट माओजयन्तीको अवसरमा पुनः नयाँबजारमा भोलिपल्ट अर्थात् आइतबार अर्को कार्यक्रम गरिएको थियो । आइतबारको कार्यक्रममा भट्टराईपत्नीसमेत रहेकी माओवादी नेत्री हिसिला यमी र प्रवक्ता दीनानाथ शर्माले बोलेका थिए ।
शनिबारको कार्यक्रममा भट्टराईले पार्टी नेतृत्वबाट कार्यकर्तालाई पटक-पटक धोखा हुँदै आएको र नेतृत्व सत्ताभोगी भएकोले माओवादीले अघि सारेको क्रान्ति सफल हुन समय लागेको बताउनुभएको थियो । ‘पार्टीलाई अरू कसैले चलाइरहेको भन्दै यसलाई रोक्न पनि कार्यकर्ता तहबाट खबरदारी गर्नुपर्ने भट्टराईको भनाइ छ,’ भट्टराईनिकट एक सहभागीले भन्नुभयो । भट्टराईले गोप्य प्रशिक्षणमा आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफ्ना विचार, सिद्धान्त र नीतिहरू देशव्यापी फैलाउन आफूनिकट कार्यकर्तासँग अपिलसमेत गर्नुभएको छ । स्रोतका अनुसार भट्टराईले पार्टीभित्र आफ्नो लाइन स्थापित गर्ने एक टिम नै परिचालन गर्नुभएको छ र टिमको नेतृत्व देवेन्द्र पौडेल सुनिलले गर्नुभएको छ । स्रोतले भन्यो, ‘भट्टराईभन्दा उहाँका सहयोगीहरू बढी खटिएका छन् ।’ ‘पार्टीको भावी नेतृत्वको रूपमा भट्टराईलाई स्थापित गराउने अभियामा हामी छौँ,’ भट्टराईका एक सहयोगीले भन्नुभयो, ‘पार्टीका संस्थापन पक्ष्ँ भन्नेहरूबाट विभिन्न अवरोधको सामना गर्नु परिरहेको छ, यसले हामीलाई आफ्नो कार्यक्रम विस्तार गर्न केही अप्ठ्यारो महसुस भए पनि हामी सफल हुने विश्वास लिएका छौँ ।’
केन्द्रीय कमिटीमा फरक मत राखेर कार्यकर्तामाझ पुगेका भट्टराई र उहाँनिकट नेताहरूको सक्रियतालाई लिएर प्रचण्ड र उहाँनिकट नेताहरूले पनि देशव्यापी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रशिक्षण कार्यक्रमका नाममा देशभर भेला, गोष्ठीजस्ता कार्यक्रम गर्ने र त्यसबाट पार्टीको स्पष्ट धारणा सार्वजनिक हुने विश्वास लिएका छन् । नयाँबजार स्रोतका अनुसार कार्यक्रम भने तय भइसकेको छैन । प्रचण्डनिकट एक नेताले भन्नुभयो, ‘देशव्यापी नयाँ कार्यक्रम लिएर जाने योजनामा छौँ, तर अहिले हाम्रो कार्यक्रम तय भइसकेको छैन ।’ उहाँले पार्टीले अघि सारेका मुद्दालाई गाउँस्तरसम्म पुर्‍याउन जुनसुकै बेला जस्तासुकै कार्यक्रम ल्याउन सकिने बताउनुभयो । साथै भट्टराईको सक्रियताले पार्टी विभाजनको सङ्केत स्पष्ट रूपमा देखापरेको भन्दै त्यसखाले कार्यक्रम रोक लगाउनेबारेमा पनि प्रचण्ड निवासमा छलफल भइरहेको छ ।

मिलेपछि पश्चात्ताप †
एकीकृत नेकपा माओवादी उपाध्यक्ष मोहन वैद्य ‘किरण’ यतिबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्यलाई लिएर पछुताउन थाल्नुभएको छ । वैद्यले केही समयअघि अध्यक्ष प्रचण्ड र आफ्नो प्रतिवेदनलाई एक गराई विस्तारित बैठकले समेत पारित गर्न नसेकको प्रतिवेदन पारित गराउनुभएको थियो । वैद्यनिकट स्रोतका अनुसार उहाँ यतिबेला अध्यक्ष प्रचण्ड र आफ्नो प्रतिवेदनलाई एउटै बनाएर जाने सहमतिअनुसार अध्यक्ष्ँको प्रतिवेदन पारित गरिए पनि अध्यक्षबाट सहमतिअनुसारको काम नभएको आफूनिकटस्थहरूसँग गुनासो गर्न थाल्नुभएको छ । केन्द्रीय समिति बैठकमा आफ्नै सहयोगी भनिएकाहरूलाई समेत कुनै जानकारी नदिई एकाएक अध्यक्ष प्रचण्डले तयार गरेको दस्तावेजमा आफूले उठाएका सबै कुरा समावेश
भएको र त्यसअनुसार कार्यान्वयन पनि हुने भन्दै वैद्यले अध्यक्षको दस्तावेज पारित गर्न सहयोग गर्नुभएको थियो । ‘तर, यतिबेला बुझ्दै छु, मैले आफ्नो दस्तावेजबाट उठाएका मुद्दालाई भ्रमपूर्ण तरिकाले ओझेलमा पार्न खोजिँदै छ,’ वैद्यले आफ्ना सहयोगीहरूसँग भन्न थाल्नुभएको छ । उहाँले आफूले प्रतिवेदनमा उठाएका मुद्दालाई अविलम्ब कार्यान्वयन गर्न पनि प्रचण्डलाई दबाब दिँदै आउनुभएको छ । तर, प्रचण्डले केही दिन पर्खन भन्दै वैद्यको आग्रहलाई टारिरहनुभएको छ । यसबाट पनि वैद्य आफूले उठाएका मुद्दाहरू खेर जाने भन्दै थप चिन्तितसमेत बन्नुभएको उहाँनिकट स्रोतले बतायो । स्रोतका अनुसार प्रतिवेदनमा उठेका मुद्दालाई कार्यान्वयन गराउनेबारेमा वैद्यले प्रचण्डसँग दुईपटक भेट गरिसक्नुभएको छ, तर, प्रचण्डबाट सकारात्मक जवाफ पाउनुभएको छैन ।
सहमतिअनुसार अध्यक्ष प्रचण्डले वैद्यको प्रतिवेदनमा उठेका थुप्रै प्राविधिक मुद्दा व्यावहारिक रूपमा कार्यान्वयन गर्ने सम्भावना क्षीण हुँदै गएकोले कार्यान्वयनमा दबाब दिनु जरुरी रहेको भन्दै उहाँनिकट नेताहरूले दबाब दिएका कारण वैद्यले प्रचण्डलाई छिटो सहमति कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो । ‘बाबुराम कामरेडले अध्यक्षको दस्तावेजप्रति फरक मत राखेर जानुभयो, यसले उहाँको व्यक्तित्व विकासमा सहयोग पुग्नुका साथै पार्टी कार्यकर्तामा समेत बेग्लै प्रभाव परेको छ,’ वैद्यनिकट एक नेताले वैद्यको कमजोरी औंल्याउँदै घटना र विचारसँग भन्नुभयो, ‘अध्यक्ष कमरेडले पहिले बाबुरामलाई आफ्नो जालोमा पार्नुहुन्थ्यो, अहिले वैद्यलाई पार्नुभयो ।’ वैद्यनिकट कार्यकर्ताहरूले सबैभन्दा पहिले सङ्गठन सुदृढीकरण हुनुपर्ने, पार्टी नेताको शुद्धीकरण हुनुपर्ने, पार्टीले तय गरेको आचारसंहिता पूर्णरूपमा लागू हुनुपर्ने, नेताहरू सहर नभई गाउँकेन्दि्रत हुनुपर्ने तथा शान्ति र संविधान निर्माणका लागि गाउँ-गाउँबाट जनविद्रोह गर्नुपर्ने, त्यसको अविलम्ब तयारी गर्नुपर्नेेलगायतका मागहरू वैद्यनिकट कार्यकर्ताको छ । उनीहरूका अनुसार पार्टी नेतृत्वले राष्ट्रिय कार्यनीति बिर्सिएकोले मुलुक समस्याबाट गुज्रिरहनुपरेको हो, यसबाट मुलुकलाई मुक्त गर्न अन्तिम क्रान्ति गर्नुपर्छ, तर, प्रचण्ड र उनीनिकट नेताहरूले त्यसो गर्न मानिरहेका छैनन् ।
स्रोतका अनुसार वैद्यनिकट नेताहरूले माथिदेखि तलसम्म सङ्गठनात्मक संरचनामा परिवर्तन गर्नुपर्नेमा पनि जोड दिएका छन् । सङ्गठनात्मक संरचनामा परिवर्तन गरे प्रचण्डका निकट नेताहरूले कब्जा गरेका विभिन्न सङ्गठनको नेतृत्व गुमाउनुपर्ने हुन्छ, यसले गर्दा प्रचण्ड पक्षधरका नेताहरू तत्काल सङ्गठन सुदृढीकरण गर्न मानिरहेका छैनन् । अध्यक्ष प्रचण्डले वैद्यको सहयोगमा आफ्नो दस्तावेज पारित गराउँदा प्रचण्ड वैद्यसँग विलीन भएको भन्दै वैद्यनिकट नेताहरूले अब माओवादीभित्र हाम्रो राज चल्ने भन्दै एक-आपसमा खुसी बाँडेका थिए । केही नेताले भने प्रचण्डको चालबाजीमा वैद्य फसेको भन्दै वैद्यको आलोचना गरेका थिए ।

खनाललाई रोक्न छुट्टै सक्रियता
नयाँ प्रक्रियाबाट प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्दा एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यसको नेतृत्वले आफूले गर्न पाउनुपर्ने भन्दै माओवादीलगायतका दलहरूसँगको लबिङमा व्यस्त रहनुभएका एमाले अध्यक्ष खनाललाई प्रधानमन्त्री बन्न नदिन एमालेभित्रबाटै ‘खनाललाई रोकौँ’ अभियान सुरु भएको छ । सकेसम्म माधव नेपाल नेतृत्वको सरकारलाई १४ जेठसम्म निरन्तरता दिऊँ, त्यो सम्भव नभए काङ्ग्रेसको नेतृत्वमा सरकार बनाऔँ भन्दै एमालेका दर्जनभन्दा बढी नेता सक्रियताका साथ लागेका छन् । एमाले स्रोतका अनुसार कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, रामेश्वार फुयाँल, अरुण नेपाललगायतका नेताहरू गोप्य रूपमा सक्रियताका साथ लागिपरेका हुन् ।
उनीहरूले माओवादी र काङ्ग्रेसका दोस्रो तहका नेताहरूसँग एक चरण छलफलसमेत गरिसकेका छन् । उनीहरूले छिट्टै साना दलका नेताहरूसँग खनाल प्रधानमन्त्री बन्न नहुने माओवादी नेतृत्व माओवादीबाहेक अरूलाई स्वीकार्य नहुने भएकोले कि नेपाल नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने कि काङ्ग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि काङ्ग्रेस, एमालेलगायतका दलहरूले माओवादी नेतृत्वको सरकार स्वीकार नगर्ने स्पष्ट पारेपछि पुनः एमालेको नेतृत्वमा सरकार बन्ने लक्षणहरू देखिएको थियो । माओवादीले पनि आफ्नो नेतृत्वमा सरकार बन्न नसके एमालेको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने वचन दिएका थिए ।
तत्काल माओवादीको नेतृत्वको सरकार स्वीकार्ने पक्षमा अन्य दल छैनन् भने माओवादी काङ्ग्रेस नेतृत्वको सरकार स्वीकार गर्ने पक्षमा छैन । यस्तो अवस्थामा एमालेबाट प्रधानमन्त्री बन्ने र त्यसको नेतृत्व अध्यक्ष खनालले गर्ने सम्भावना छ । यही सङ्केत देखेर नै एमालेका केही नेताहरू काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नुको विकल्प छैन भन्दै गोप्य अभियानमा लागेका हुन्- स्रोतले भन्यो । उनीहरू रामचन्द्र पौडेललाई पुनः नयाँ प्रक्रियाबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएर जानुपर्ने पक्षमा छन् । एमाले-काङ्ग्रेसको अहिलेकै गठबन्धनलाई कायम राख्नुपर्ने भन्दै माओवादीको गठबन्धनमा सरकार बनाउँदा शान्ति र संविधान निर्माण-प्रक्रियामा गम्भीर असर पर्ने उनीहरूको ठम्याइ छ । ती नेताहरूले काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था नआएमा माओवादी नेतृत्वको सरकार बन्नुपर्ने तर, त्यसका लागि प्रधामन्त्रीको उम्मेदवार उपाध्यक्ष बाबुराम भट्टराई हुनुपर्ने प्रस्ताव अघि सारेको पनि स्रोतको दाबी छ ।

राष्ट्रपतिकहाँ भव्य भोज
राष्ट्रपति डा. रामवरण यादवले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका मुख्य नेताहरूलाई दिवाभोज दिनहुने भएको छ । दलहरूबीच उत्पन्न तनाव र विवाद कम गर्न उहाँले त्यसप्रकारको सहभोज दिन लाग्नुभएको हो र भोजको मिति पुस २४ गते शनिबार निर्धारण गरिएको छ । भोजमा नेपाली काङ्गे्रसका सुशील कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेरबहादुर देउवा, एमालेका नेताहरू झलनाथ खनाल, केपी शर्मा ओली, माधवकुमार नेपाल र माओवादीका नेताहरू प्रचण्ड, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराईलगायत अन्य सबै दलका प्रमुख नेताहरूलाई ‘देशतिर र्फकन’ आग्रह गर्नुहुने बुझिएको छ । राष्ट्रपतिले भदौ २५ गते संसद्को नियमित अधिवेशन बोलाउनुभएको छ । उक्त अधिवेशन आरम्भ हुनुभन्दा ठीक अघिल्लो दिन दलका नेताहरूलाई एकै ठाउँमा भेला गराएर सहमतिका साथ अघि बढ्न राष्ट्रपतिले आग्रह गर्न लाग्नुभएको हो । संसद्मा अधिवेशन सुरु हुनेबित्तिकै दलका नेताहरूबीच फेरि कुटाकुट हुने हो कि भन्ने कुराको चिन्ता राष्ट्रपतिमा देखिएको छ । पहिले झैं ‘त्यसरी’ कुटाकुट नहोस् र मर्यादित ढङ्गले संसदीय बैठकको कारबाही अघि बढोस् भन्ने चाहना राष्ट्रपतिले राख्नुभएको सम्बद्ध सूत्रले जनाएको छ । बैठक सुरु हुनु अगावै सरकार गठन, लडाकु व्यवस्थापन र संविधान निर्माणका विषयमा सहमति बनोस् भने चाहना राष्ट्रपतिको छ, भोजका अवसरमा पनि उहाँले दलका नेताहरूलाई यही आग्रह गर्नुहुने बताइएको छ । भनिन्छ, राष्ट्रपति यादव दलहरूको भूमिका र व्यवहारप्रति अत्यन्त असन्तुष्ट हुनुहुन्छ ।

भ्रष्टहरूकै बढ्यो फूर्ति
दक्षिण एसियाको सबैभन्दा भ्रष्ट मुलुक बन्नुको ‘इज्जत’ जोगाउँदै माधव नेपालको सरकारले नेपाली सेनामा सबैभन्दा भ्रष्ट मानिएका उपरथी -प्रा.) नरेशबहादुर बस्न्यातको कार्यकाल अर्को दुई वर्षका लागि थप गरिदिएको छ । सेनामा सबैभन्दा कमाइ हुने मानिएको विकास निर्माण तथा स्थपति महानिर्देशालयमा विगत एघार वर्षदेखि रहेका बस्न्यातले आफ्नो कार्यकाल थप गराउनका लागि करिब दस करोड रुपैयाँ खर्च गरेको चर्चा सेनाभित्रै चलिरहेको छ । यस क्रममा गोपाल भण्डारी नामक एक अधिकृतले त प्रधानमन्त्री माधव नेपाललाई तीन करोड रुपैयाँ बुझाएको खुलासा आफ्ना नजिकका मित्रहरूसमक्ष गरेका थिए । भण्डारीलाई बस्न्यातको सबैभन्दा विश्वासप्राप्त व्यक्तिका रूपमा लिइन्छ । प्रधानमन्त्री नेपाललाई तीन करोड बुझाएको भए पनि अरू क-कसलाई कति रकम बुझाएको थियो भन्ने जानकारी भने हुन सकेको छैन । यस विषयमा भण्डारीले पनि मुख खोलेका छैनन् ।
बस्न्यातको म्याद थप नगर्न सेनाका उच्चाधिकारीहरूको एउटा टोलीले प्रधानमन्त्री नेपालसँग दुई/दुईपटक भेट गरी आग्रह गरेको थियो र के कारणले म्याद थप गर्नुहुँदैन भन्ने बारेमा पनि स्पष्ट जानकारी गराएको थियो । तर, सेनाका अधिकारीहरूको मनोभावना बुझनै नसक्ने अवस्थामा प्रधानमन्त्री नेपाल पुगिसक्नुभएको थियो । उहाँले गत आइतबार बसेको मन्त्रिमण्डल बैठकबाट बस्न्यातको म्याद थप गर्ने निर्णय गराउनुभएको छ ।
उक्त निर्णय हुनेबित्तिकै बस्न्यातको टोलीले आइतबार राति नै सैन्य हेडक्वार्टरमा भोजभतेर गरिसकेको छ । अब आफ्ना विरोधीहरूलाई खोजी-खोजी ठेगान लगाउने धम्की बस्न्यातले दिएका छन् । यसक्रममा उनले आफूलाई शङ्का लागेका केही अधिकृतहरूलाई स्पष्टीकरण लिई कारबाही प्रक्रिया अघि बढाउने योजना बनाएका छन् । त्यस निम्ति प्रधानमन्त्रीकहाँ जाने अधिकारीहरूको विवरण प्राप्त गर्ने प्रयास बस्न्यातले गरिरहेका छन् । बस्न्यातको कार्यकाल थप गरेका कारण उत्पन्न विवाद र तनाव तत्काल अन्त्य गरिएन र भ्रष्टहरूकै डाको ठूलो हुने स्थिति बन्यो भने नेपाली सेनाभित्र कुनै पनि बेला अनिष्टको स्थिति सिर्जना हुनसक्ने सम्भावना छ ।

जनमोर्चाको जनअभियान सुरु
राष्ट्रिय जनमोर्चाले देशव्यापी रूपमा राष्ट्रिय जनअभियान सुरु गरेको छ । शान्ति, राष्ट्रियता र गणतन्त्रको नाममा तथा सङ्घीयताका विरुद्धमा राजमोले सो अभियान सुरु गरेको हो । गत १० गते देशका विभिन्न ४ स्थानबाट एकैसाथ सो अभियानको उद्घाटन गरिएको छ ।
बागमती क्षेत्रमा सञ्चालन गरिने राष्ट्रिय जनअभियान राजमोले ललितपुरको लगनखेलबाट सुरु गरेको छ । राजमो ललितपुरको आयोजनामा लगनखेलमा राष्ट्रिय जनअभियानको उद्घाटन गर्दै राजमो महासचिव तथा सभासद् सन्तबहादुर नेपालीले तीन दलले सत्ताभन्दा अरू केही नसोचेकाले देशमा यो विकराल अवस्था सिर्जना भएको चर्चा गर्दै यही अवस्था रहिरहने हो भने जनताको धर्ैयताको बाँध टुट्ने बताउनुभयो । समारोहलाई सम्बोधन गर्दै राजमो बागमती क्षेत्रका अध्यक्ष गोविन्दसिंह थापाले राष्ट्रिय जनअभियान राजमोको मात्र नभएर सम्पूर्ण गणतन्त्रपे्रमी स्वाभिमानी देशभक्त नेपालीको साझा अभियान भएको बताउनुभयो । राजमो ललितपुरका सदस्य नीलगोविन्द महर्जनको अध्यक्षता, भरत श्रेष्ठको सञ्चालन र दीर्घलाल गिरीको स्वागत मन्तव्यमा सो समारोहमा सम्पन्न भएको थियो । समारोहमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले देश जान थाल्यो, आकाशैमा बादलु छैन र क्रान्ति आफैं आउन्न बोलका गीतहरू प्रस्तुत गरेका थिए । रक्तिमका प्रस्तुतिहरूले कार्यक्रममा छुट्टै रौनक थपेको थियो । राष्ट्रिय जनअभियानको सो उद्घाटन समारोहमा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, जातीय समता समाजका अध्यक्ष राजेश विक र अखिल नेपाल टे्रड युनियन महासंघ -अन्टुक) का अध्यक्ष नारायण सापकोटाको पनि आतिथ्यता रहेको थियो ।

मङ्सिरमा महिलामथि के-के बित्यो –
बितेको कात्तिक महिनाको तुलनामा मङ्सिरमा महिलामाथि हिंसाका घटनामा वृद्धि भएको ओरेक नेपालले जनाएको छ । हरेक महिना आफ्नै संयन्त्रबाट र्सर्भेक्षण गर्दै आएको सो गैरसरकारी संस्थालाई प्राप्त तथ्याङ्कअनुसार कात्तिकमा ८१ वटा हिंसाका घटना भएका थिए भने मङ्सिरमा एक सय पाँच महिलामाथि हिंसा थोपरिएको छ ।
सो संस्थाले भनेको छ, ‘मङ्सिरमा २१ महिलाले आफ्नै परिवारबाट हिंसा बेहोरेका छन् । यीमध्ये सात महिला कुटपिटको सिकार भएका छन्, ४ जना बहुविवाहका कारण र एकजनालाई आफ्नै परिवारले बोक्सीको आरोप लगाई मानसिक यातनासमेत दिएको छ ।’ यसैगरी २० महिलामाथि बलात्कार भएको छ, जसमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ भने दुईजना आफ्नै बाबुद्वारा र एउटी वैवाहिक बलात्कारको सिकार भएकी छिन् ।
मङ्सिरमा १० महिलाको हत्या भएको ओरेकको तथ्याङ्कले देखाएको छ । यसमध्ये एकजना महिलाको बलात्कारपछि हत्या गरिएको छ । एकजनालाई दाइजो नल्याएको निहुँमा घाँटी थिचेर हत्या गरिएको छ भने मानसिक तनावका कारण एक महिलाले आत्महत्या गरेकी छिन् । यसैगरी यो महिना १२ महिलामाथि कुटपिट भएको छ भने अर्का बाह्रजना बेचबिखनमा परेका छन्, आठ महिलालाई मानसिक यातना दिइएको पनि जनाइएको छ ।

महासङ्घद्वारा सिन्डिकेट प्रणालीको विरोध
खारेज भइसकेको सिन्डिकेट प्रथा -आलोपालो प्रणाली)लाई ढुवानी व्यवसायीका संस्थाहरूले पूर्वदेखि सुदूरपश्चिमबाट पुनः सुरु गरेकोप्रति नेपाल उद्योग वाणिज्य महासङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उद्यमी-व्यवसायीलाई स्वतन्त्र रूपमा आफ्नो मालसामान ढुवानी गर्न नदिई जबर्जस्ती आलोपालोमा लाग्न बाध्य पार्ने, रकम लिई काँटातौल गराउने, सङ्घको पर्चा काटेर ढुवानीका साधनहरू चलाउन बाध्य पार्ने, व्यवसायीहरूलाई आलोपालो पद्धतिमा लाग्न माइकिङ तथा समाचारका माध्यमहरूबाट धम्क्याउनेजस्ता गैरकानुनी कार्य भएकोमा चिन्ता जनाउँदै महासङ्घले यसको निन्दा र भत्र्सना गरेको छ ।
विगतमा पनि कतिपय व्यवसायीले विभिन्न नाममा गैरकानुनी रूपमा सिन्डिकेट प्रणाली लागू गर्दा निजी क्षेत्र चरणबद्ध आन्दोलनमा उत्रनुपरेको र तीन महिना लामो सङ्घर्षपछि गृह मन्त्रालय एवम् सर्वोच्च अदालतबाट उक्त गैरकानुनी कार्य रोक्न आदेश भएको स्मरण गराउँदै महासङ्घले मुलुकको सङ्कटोन्मुख आर्थिक अवस्था तथा उच्च मूल्यवृद्धिले जनताको दैनिक जीवनयापन कष्टकर भइरहेको परिवेशमा यस्ता गैरकानुनी अवरोधहरूले झन् सङ्कट निम्त्याउने दाबी गरेको छ । सार्वजनिक परिवहन साधन प्रतिस्पर्धाको आधारमा नै चल्नु/चलाउनुपर्ने प्रचलित कानुनी व्यवस्थाविपरीत ट्रक तथा ट्याङ्कर व्यवसायीहरूका सङ्घ/महासङ्घहरूले चक्र प्रणाली, क्यू प्रणाली, डायल प्रणाली वा आलोपालो प्रणाली चलाई आएकोले व्यवसायको प्रतिस्पर्धात्मक क्षमतामा प्रतिकूल असर पुर्‍याएको ठहरमा पुगेको महासङ्घले कानुनविपरीतका कार्यमा संलग्न जो-सुकैलाई कानुनको दायरामा ल्याई कारबाही गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

सिन्धुपाल्चोकको कायापलट गर्न सर्वपक्षीय संयन्त्र
सिन्धुपाल्चोकको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि सात वर्षभित्र ११ करोड एक सय ११ रुपैयाँ खर्च गर्ने घोषणा गरिएको छ । सो रकम क्षेत्री समाजका जिल्ला अध्यक्ष गुनबहादुर थापाबाट एक करोड एक सय ११, क्षत्री समाज नेपालको केन्द्रीय कमिटीलाई प्रस्ताव गरिएअनुसार प्राप्त हुने एक करोड २५ लाख, महायज्ञबाट चार करोड र बाँकी पाँच करोड रुपैयाँ स्थानीय प्राकृतिक स्रोत र खनिज, कृषि, व्यापार, यातायात र राजस्वलगायत सरकारी निकायका आर्थिक चुहावट नियन्त्रणबाट रकम जुटाइने घोषणा गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको समग्र विकासका लागि यो अवधारणा अधिराज्यकै पहिलो र अनुकरणीय प्रयास ठानिएको छ ।
सिन्धुपाल्चोकको सदरमुकामस्थित जिल्ला विकास समितिको हलमा एक समारोहका बीच सम्पन्न कार्यपत्र घोषणासभाको सभापतित्व क्षत्री समाज नेपाल सिन्धुपाल्चोकका अध्यक्ष शम्भु थापा -गुनबहादुर थापा)ले गर्नुभएको थियो भने प्रमुख अतिथि क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा. डा. दिलबहादुर क्षत्री, जनआन्दोलन परिचालन समितिका सहअध्यक्ष कुमार थापा तथा श्यामसिंह बस्नेतलगायत काठमाडौं र मकवानपुरका जिल्ला अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले सारगर्भित भनाइ राख्नुभएको थियो । उक्त समारोहमा पत्रकार महासङ्घ सिन्धुपाल्चोकका कोषाध्यक्ष टीका दाहाल र नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता टंक कार्कीले घोषित कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो । सर्वपक्षीय संयन्त्रको अवधारणापत्रको घोषणा क्षत्री समाज नेपालका जिल्ला अध्यक्ष गुनबहादुर थापाले गर्नुभएको थियो ।
घोषणासभाका प्रमुख अतिथि दिलबहादुर क्षत्रीले देशको अखण्डताका लागि विगतमा जसरी क्षत्रीहरूले रगत बगायो पुनः एकपटक राष्ट्र, राष्ट्रियता र सामाजिक सद्भावका लागि क्षत्रीहरूले सङ्घर्ष गर्नुपर्ने बताउनुभयो भने केन्द्रीय सहअध्यक्ष कुमार थापाले देशको सीमा क्षत्रीले गाडेकाले मिचिएको सीमा पनि क्षत्रीले मात्र फिर्ता गर्न सक्ने औंल्याउनुभयो । सोही घोषणासभामा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले देशको विद्यमान समस्याको हल कसैले गर्छ भने क्षत्री समाजले नै गर्छ भन्नुभयो ।
मन्तव्यकै क्रममा जनआन्दोलन परिचालन समितिका केन्द्रीय सहसंयोजक इमानसिंह बस्नेत, क्षत्री समाज काठमाडौंका अध्यक्ष दीपक केसी, चितवनका अध्यक्ष सूर्यबहादुर कार्की र मकवानपुरका अध्यक्ष रमेश थापा, पत्रकार महासङ्घ सिन्धुपाल्चोकका कोषाध्यक्ष टीका दाहाल, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता टंक कार्कीलगायतले घोषणापत्रमाथि टिप्पणी गर्दै सफलताको कामना गरेका थिए ।
यसैबीच काभ्रेलापञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को १३औँ वारि्षक साधारणसभा काभ्रेको बुडोलस्थित चेतना केन्द्रको सभाकक्षमा सङ्घका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा यही पुस १० गते सम्पन्न भयो । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त साधारणसभामा सङ्घका संस्थापक सदस्य एवम् विधान मस्यौदा समितिका सदस्यहरू शम्भुलाल श्रेष्ठ, गोपाल पौडेल र शिवशरण थापालाई सम्मानित गरिएको थियो ।
– गोपाल पौडेल

भोजपुरमा यातायात मजदुरको अधिवेशन
नेपाल यातायात मजदुर सङ्घको प्रथम महाधिवेशन सम्पन्न भएको छ । सङ्घमा आबद्ध मजदुरहरूको भोजपुर सदरमुकाममा भएको सो बृहत् भेलामा सङ्घको कार्यालय र अधिवेशनको उद्घाटन नेपाली काङ्गे्रस भोजपुरका सभापति बालकृष्ण थापाले गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि थापाले मजदुर भनेका कम्युनिस्ट मात्र हुन्छन् लोकतन्त्रप्रेमी मजदुरहरूको भेलाले तोडिदिएको बताउँदै मजदुरलाई आइपर्ने कुनै पनि समस्यामा नेपाली काङ्ग्रेस सदैव सहयोगका लागि अघिसर्ने प्रतिबद्धता दर्शाउनुभयो ।
कार्यक्रमका विशेष अतिथि सहायक प्रमुख जिल्ला अधिकारी शोभराज पोख्रेलले यातायात मजदुरको हकहितका लागि खोलिएको सङ्गठनलाई शुभकामना दिँदै कानुनी दायरामा रहेर सरकारले आवश्यक सहयोग उपलब्ध गराउने वाचा गर्नुभयो भने सङ्घका पूर्वाञ्चल अध्यक्ष प्रकाशराज बर्तौलाले छोटो समयमै मजदुर साथीहरूले उल्लेख्य मात्रामा सदस्यता विस्तार गरेकोमा सङ्घ गौरवान्वित भएको अभिव्यक्ति दिँदै हरेक कठिनाइहरूमा सङ्घको केन्द्र तथा क्षेत्रले सदैव सकारात्मक कदम चाल्नेमा आश्वस्त तुल्याउनुभयो । सो अधिवेशनको अध्यक्षता गणेश भण्डारीले गर्नुभएको थियो भने सङ्घका केन्द्रीय सदस्य कमल राई, क्षेत्रीय सचिव शैलेश कोइराला, नेका महाधिवेशन प्रतिनिधि कैलाश आले र सुमन राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रमपश्चात् भेलाले गणेश भण्डारीको अध्यक्षतामा आगामी चार वर्षका लागि १३ सदस्यीय नेपाल यातायात मजदुर सङ्घ भोजपुर जिल्ला समिति निरि्वरोध चयन गरेको छ । नवगठित समितिमा उपाध्यक्ष सुमन राई, सचिव दीपकजंग खड्का, सहसचिव नवीन प्रधान, कोषाध्यक्ष रमेश तामाङलगायत रहेका छन् । सो अधिवेशनले विगत दुई वर्षअघिबाट धनकुटाको लेगुवाबाट सञ्चालित ६६ किलोमिटरको कच्ची सडकलाई सरकारले यथाशीघ्र कालोपत्रे गर्नुपर्ने, हाल लेगुवामा फेरीबाट यातायात साधन ओहोरदोहोर भइरहेकोमा अरुणखोलामा यथाशीघ्र पुल निर्माण गर्नुपर्ने, कार्यस्थलमा यातायात मजदुरको जिउधनको सुरक्षा हुनुपर्नेलगायतका मागको प्रस्ताव पास गरेको र ती मागहरू जिल्ला प्रशासन कार्यालय भोजपुरमार्फत नेपाल सरकारसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ ।
हाल भोजपुर जिल्लामा विभिन्न प्रकारका करिब सयवटा जति भाडाका सवारीसाधन रहेका छन् भने सो सवारीसाधनमा लगभग पाँच सयजति यातायात मजदुरहरू सेवारत रहेका छन् । भोजपुरको सदरमुकामबाट हाल खोटाङको सदरमुकाम दिक्तेलमा समेत सवारीसाधनहरू सञ्चालन भइरहेका छन् ।

बरेली पौडेलको पहिलो कुलपूजा
कास्की भरतपोखरी माझथर मूल बसोबास भएका बरेली पौडेलहरूको पहिलो ऐतिहासिक कुलपूजा एवम् बन्धुमिलन समारोह गत ६ गते माझथरमा सम्पन्न भएको छ । उक्त अवसरमा समितिका सल्लाहकार एवम् व्याकरणाचार्य पं. सोमनाथ पौडेलले इतिहासका कालखण्डदेखि सामाजिक सदाचार तथा उन्नतिमा पौडेलहरूले महत्वपूर्ण भूमिका पुर्‍याइरहेको उल्लेख गर्नुभयो । सो अवसरमा नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य तथा वैदिक धर्म परिषद् कास्कीका अध्यक्ष पीताम्बर पौडेलले देश-विदेशमा विभिन्न पेसा तथा व्यवसायका कारण छरिएका बरेली पौडेलहरूलाई संगठित गराउनका लागि कुलपूजा विशेष उपयोगी भएको बताउनुभयो ।

अब यूएन वुमन
महिला समानता र सशक्तीकरणका क्षेत्रमा कार्य गर्न संयुक्त राष्ट्रसङ्घीय निकाय ‘यूएन वुमन’ले यही जनवरी २०११ देखि कार्य प्रारम्भ गर्दैअछ । सन् २०१० को जुलाई २ तारिखका दिन संयुक्त राष्ट्रसङ्घको साधारणसभाले समानता र सशक्तीकरणको क्षेत्रमा विश्वव्यापी रूपमा काम गर्न ‘यूएन वुमन’को सिर्जना गरेको हो । महिलाको क्षेत्रमा काम गर्नका लागि अधिकारसम्पन्न र सशक्त राष्ट्रसङ्घीय निकायको माग वषौंअघिदेखि विश्वव्यापी रूपमै महिला अधिकारवादीहरूले गर्दै आएका थिए । संयुक्त राष्ट्रसङ्घकै अङ्गका रूपमा रहेका डिभिजन फर द एड्भान्समेन्ट अफ वुमेन, डव -१९४६), इन्टरनेसनल रिर्सच एन्ड ट्रेनिङ इन्स्टिच्युट फर द एड्भान्समेन्ट अफ वुमेन, इन्स्ट्र -१९७६), युनाइटेड नेसन डेभलपमेन्ट फन्ड फर वुमेन, युनिफेम -१९७६) र अफिस अफ द स्पेसल एड्भाइजर अन जेन्डर इस्यु एन्ड एड्भान्समेन्ट अफ वुमेन, ओसागी -१९९७) लाई समायोजन गरी यूएन वुमेनको जन्म भएको हो । यी चारवटा छुट्टाछुट्टै संस्थाहरूले गरिरहेका कामहरू अब यूएन वुमेनबाटै हुने राष्ट्रसङ्घले जनाएको छ ।
प्राप्त जानकारीअनुसार, संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा रहेर यूएन वुमेनले महिला र बालिकाको सशक्तीकरण, समानता र अधिकारका क्षेत्रमा सशक्त रूपमा काम गर्नेछ । विश्वका ८० वटा मुलुकमा रहेर काम गर्ने यूएन वुमेनको वारि्षक बजेट कम्तीमा पाँच सय मिलियन डलर हुनेछ । विभिन्न राष्ट्रका सरकारी संयन्त्र तथा नागरिक समाजसँगको साझेदारीमा कार्यक्रमहरू अघि बढाउने पनि जनाइएको छ । यूएन वुमेन प्रधान कार्यालय न्युयोर्ककी प्रमुखका रूपमा चिलीकी पूर्वराष्ट्रपति मिसेल बचलेट नियुक्त हुनुभएको छ । राष्ट्रसङ्घका महासचिव बान कि मुनले यूएन वुमनमा मिसेलको नेतृत्वले ऐतिहासिक अर्थ राख्ने बताउनुभएको छ । नेपालको सर्न्दर्भमा महिला समानता र सशक्तीकरणको क्षेत्रमा राष्ट्रसङ्घीय निकायको रूपमा काम गरिरहेको युनिफेमले अब यूएन वुमनका रूपमा काम गर्नेछ ।

दुई देशका सिँचाइ-अधिकारी समस्या समाधान गर्न सहमत
नवलपरासी/ नेपाल र भारतका उच्च सिँचाइ-अधिकारीले गण्डक योजना क्षेत्रमा देखापरेका समस्यालाई आपसी समझदारीपूर्वक समाधान गर्न पहल गरेका छन् ।
गण्डक क्षेत्रमा गण्डकनदी र नहरबाट प्रभावित नेपालीलाई आवश्यक क्षतिपूर्ति दिलाउन भारत बिहार सरकारको उच्चनिकायमा पत्राचार गर्ने र गण्डक क्षेत्रमा हुने विकास निर्माणकार्यका लागि दुवै पक्षको संयुक्त अनुगमन गर्नेसमेत उनीहरूबीच सहमति भएको छ । भारत बिहारको वाल्मीकिनगरमा गएसाता भएको उच्च सिँचाइ-अधिकारीको संयुक्त बैठकको गण्डक नहरबाट नेपाल भूमिमा थप तीन हजार हेक्टर जमिन सिँचाइ गर्ने व्यवस्था गर्ने र नेपाल भूमिमा रहेको मुख्य गण्डक नहर क्षेत्रमा नहरको जग्गा अतिक्रमणले नहर मर्मत र थप निकास गर्न असुविधा भएकाले अतिक्रमित जग्गा तत्काल खाली गराउन भारतीय पक्षले गरेको अनुरोधप्रति नेपाली पक्ष सकारात्मक भएको छ । गण्डकपीडितले गत वर्ष गरेको एकमहिने आन्दोलनपछि भएको २१ बुँदे सहमतिमध्ये मुख्य माग पूरा हुन अझसम्म पनि ढिलाइ भएकोमा पीडितहरूको मागलाई पनि चरणबद्ध रूपमा पूरा गर्दै जाने कुरामा भारतीय पक्ष सकारात्मक भएको बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिराज पन्तको विशेष पहलमा बसेको दुई देशका उच्च सिँचाइ-अधिकारीहरूको बैठकमा पश्चिमाञ्चल सिँचाइ निर्देशक कृष्णराज तिमिल्सिना, डिभिजन इन्जिनियर मनोजकुमार यादव र गोपाल सिग्देल, सर्म्पर्क अधिकृत सुरेन्द्रप्रताप सिंह, प्रहरी उपरीक्षक कृष्णचन्द्र गौतम, इन्जिनियरद्वय इन्द्रकान्त साह र उमेशकुमार पाण्डेयको उपस्थिति रहेको थियो । यसैगरी भारतीय पक्षबाट बिहार जलसंसाधन विभागका मुख्य इन्जिनियर दिनेशकुमार चौधरी, पश्चिम चम्पारण बेतियाका उपविकास आयुक्त जीके परम्हंस, अश्विक्षण अभियन्ता उमानाथ राम, दिलीपकुमारलगायत प्रमुख इन्जिनियरहरूको बैठकमा उपस्थिति थियो ।
घटना र विचारको एक प्रश्नको जवाफमा प्रमुख इन्जिनियर दिनेश चौधरीले भारतीय पक्षबाट नेपालमा भएको निर्माणकार्यमा अनियमित गर्ने इन्जिनियर र ठेकेदारलाई कारबाही गर्ने बताएका थिए । नेपाल भूमिमा भारत सरकारबाट आउँदो वर्षमा ९९ करोड खर्च गरिने बताइएको छ । उक्त रकमलाई मूलतः नहर मर्मत, त्रिवेणीदेखि ब्यारेज सडक कालोपत्रे र नदी नियन्त्रण कार्यमा खर्च गरिने स्रोतले जानकारी दिएको छ ।
– आरपी उपाध्याय

गजुरेलले विद्यार्थी तताए
गएको सोमबार दिन ढल्दै थियो । पुसको जाडोले राजधानीको तापक्रम झन्डै एक डिग्री सेल्सियसमा झरेको हुँदो हो । तर, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति भवनभित्रको माहौल भने एकाएक तातेको थियो । नेपाली केन्द्रीय विभाग, स्नातकोत्तर पहिलो, दोस्रो, शोधपत्रका अनि एमफिलका विद्यार्थीको त्यो माहौललाई तताएका थिए चर्चित हास्यकलाकार मनोज गजुरेल, गायक दीपक लिम्बू अनि पूर्वाञ्चल आइडल कुशल थलङले ।
स्नातकोत्तर पहिलो वर्षलाई स्वागत अनि शोधपत्र र एमफिल गर्दै गरेकालाई बिदाइ कार्यक्रमको संयोजन दोस्रो वर्षका विद्यार्थीले गरेका थिए । कार्यक्रमको मध्यान्तरपछि उपस्थित भएका हास्यकलाकार गजुरेलले देशको समसामयिक राजनीतिक अवस्था, नेपाली मातृभाषामाथि हुने गरेको अङ्ग्रेजीको प्रभाव अनि गायकहरूले स्टेज प्रोग्राममा देखाउने प्रवृत्तिसम्मको अवस्थालाई व्यङ्ग्य गर्न भ्याए । सङ्घीयताको नाममा जातीयताले देश टुक्र्याउन लागेकोमा प्रस्तुतिमार्फत व्यङ्ग गरेका गजुरेलले भने, ‘यो देश कसैको जन्मदिनको केक होइन, जसलाई टुक्रा-टुक्रा पार्दै खान सकियोस् ।’ कार्यक्रममा दीपक लिम्बूले ‘ढल्क्यो-ढल्क्यो’ गीत गाएर उपस्थित सबै विद्यार्थीलाई नचाएका थिए । पूर्वाञ्चल आइडल कुशल थलङले पनि दुईवटा गीत गाएका थिए ।
यसअघिको मन्तव्यको कार्यक्रममा बोल्दै प्रा.डा. ब्रतराज आचार्यले नेपाली भाषा-साहित्यको संरक्षण भए मात्र राष्ट्रिय अखण्डता कायम हुनसक्ने बताए । यस्तै, प्रा.डा. देवीप्रसाद गौतमले मुलुकको सिङ्गो भाषा-साहित्यको जिम्मेवारी नेपाली केन्द्रीय विभागमा अडेको बताए भने डा. खगेन्द्रप्रसाद लुइँटेलले आफ्नो भाषामाथि कसैको हस्तक्षेप रह्यो भने त्यसलाई बौद्धिक रूपबाट प्रतिकार गर्न विद्यार्थीलाई आग्रह गरे । विभागीय प्रमुख प्राध्यापक राजेन्द्र सुवेदीले नेपाली भाषा अब भूमण्डलीकरण हुँदै गएको चर्चा गर्दै अरू कुरामा विभक्त भए पनि नेपालीहरू भाषाका सवालमा एक रहेको बताए । उपस्थित अतिथिले विद्यार्थीको आ-आफ्नो क्षेत्रको सफलताको शुभकामना व्यक्त गरेका थिए । आयोजक कमिटीका संयोजक रमेश लम्सालको अध्यक्षता र सहायक डिन नीलम शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
– फणिन्द्र संगम

हिन्दू सदस्यको आवरणमा लुटपाट
आफूलाई हिन्दू महासङ्घको सदस्य बताउने कोहलपुर निवासी ३० वर्षीय खडानन्द न्यौपाने र जीतबहादुर यादवलाई दुई थान कटुवा पेस्तोल र एउटा गोलीसहित एपीएफ टोलीले स्थानीय ड्राइभरटोलबाट पक्राउ गरेको छ । गत ९ गते साँझ ८ बजे कोहलपुर पीपलचौतारामा रहेको दर्ुगाबहादुर श्रेष्ठको किराना पसलमा लुटपाट गरेपछि सशस्त्र प्रहरी बल त्रिपुरा गणबाट खटिएको एपीएफ टोलीले उनीहरूलाई हतियारसहित पक्राउ गरेको थियो ।
रुसी नागरिक पक्राउ
अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सबाट दोहा हुँदै मस्को जान लागेका रसियन नागरिक सिल्किन अलेक्ज्यान्डर अमेरिकी डलरसहित पक्राउ परेका छन् । राहदानी नम्बर सीजेडीई १६४४२२३ बाहक सिल्किनलाई गत ९ गते राति चेकजाँच गर्ने क्रममा हेन्ड ब्यागेजमा लुकाई लैजान लागेको अवस्थामा ४२ हजार ८९ अमेरिकी डलर फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।