एसियालीको चर्चापछाडि धमिलिएको युरोउत्साह

एसियालीको चर्चापछाडि धमिलिएको युरोउत्साह


लण्डन । डेनमार्कलाई एकको बदलामा तीन गोलले हराएर नेदरल्याण्डपछि एफ समूहबाट आज भएको अन्तिम खेलबाट जापान पनि दक्षिण कोरियालाई पछ्याउँदै दोस्रो राउण्डमा पुगेको छ । आजै भएको प्रतिस्पर्धामा इटाली, छत्तीस वर्षपछि पहिलो राउण्डबाटै स्वदेश र्फकन वाध्य भयो । पाराग्वेएसँग भएको खेलमा ध्वस्त भएको लाग्ने गरी एकको बदलामा तीन गोल खाएर बाहिरिएको इटालीको अवस्था अत्यन्तै मर्मस्पर्शी रहेको थियो । आफ्ना रोइरहेका खेलाडी साथीहरुलाई सहानुभूति दिई अँगाल्ने इटालीका टिम क्याप्टेनको आँखा पनि क्यामराको जुममा रसाएको देखिन्थ्यो भनै म्यानेजर, पाराग्वेएको म्यानेजरसँग हातै नमिलाई भित्रतिर हतारिएर लागेका थिए ।
डेनमार्क, इटाली, फ्रान्स आदि बाहिरिएको युरोपियन राष्ट्रहरुका पछि पछि स्पैन, पोर्चुगल र जर्मनी, वा इङ्ल्याण्ड दोस्रो राउण्डमा स्वदेश र्फकने अनुमान सर्वत्र लगाइएको छ भने, साउथ कोरिया र जापानले आफ्नो खेलमा निक्कै नै सुधार ल्याउँदै गरेकोलाई अर्थपूर्ण रुपमा हेरिएको छ । खासगरी स्टेमिनामा अति नै अगाडि लाग्ने यी एसियन राष्ट्रहरुले आफ्नो पछिल्लो खेलमा खेल कौशलताको राम्रो प्रदर्शन गरेका छन् ।
भोलि दिउँसो हुने ब्राजिल र पोर्चुगलको म्याचलाई निक्कै चासोका साथ प्रतीक्षा गरिएको छ भने आगामी आइतबार हुने जर्मनी र इङ्ल्याण्डबीचको म्याचलाई पनि सोही क्यालिबरमा पर्खिएको छ । यदि, आइतबार इङ्ल्याण्डले जिते लण्डनका विभिन्न सडकहरुमा इङ्ल्याण्डको झण्डाको विशाल प्रदर्शनी हुने पक्का छ भने पवहरु हाउसफुल हुने अनुमान सजिलै लगाउन सकिन्छ । -मेस