भिभो ब्राण्डको मोबाइल अब नेपाली बजारमा पनि

भिभो ब्राण्डको मोबाइल अब नेपाली बजारमा पनि


भिभो ब्राण्डको मोबाइल अब नेपाली बजारमा पनि भित्रिएको छ । नेपाली बजारमा नयाँ ब्राण्डको यो मोबाइल पहिलोपटक नेपालमा शुरु गरिएको हो ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाली बजारमा मोबाइल लन्च गराइएको हो । भिभो ब्राण्डको सेल्फि मोबाइल भि सेभेन नेपाली बजारमा आएसँगै ग्राहकहरुको पहिलो रोजाँईमा पर्ने संचालकहरु बताउँछन् । यो मोबाइल भिभोको भि श्रेणीको नयाँ उत्पादन भएको कम्पनीले दाबी गरेको छ । भिभो कम्पनीका अनुसार मोबाइलमा २४ मेगापिक्सेल क्यामरा रहेको छ ।

मोबाइलले क्रिस्टल क्लिएर सेल्फि दिने भन्दै मोबाइलमा फेस ब्यूटि ७.० फिचरले डिएसएलआर क्यामराले जस्तै कम उज्यालो भएको वातावरणमा पनि सेल्फिलाई चहकिलो बनाउने कम्पनी जनाएको छ ।

यो मोबाइलमा ६४ विट क्वालकम अक्टाकोर सिपियु र ४ जिवि र्याम राखिएको जनाइएको छ । फिंगर प्रिन्ट सेन्सरबाहेक यो मोबाइलमा फेस एक्सिस प्रविधिले फोन अनलक गर्न सकिनेछ भने तुरुन्तै सय भन्दा बढी भिन्न अनुहारहरुको पहिचानविन्दु पत्ता लगाउने नयाँ र आधुनिक प्रविधी जडान गरिएको कम्पनीको दावी छ ।