आर्थिक समृद्धिका लागि काँग्रेसको नेतृत्व आवश्यक : नेता आचार्य

आर्थिक समृद्धिका लागि काँग्रेसको नेतृत्व आवश्यक : नेता आचार्य


पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य महेश आचार्यले मुुलुुकको आर्थिक समृद्धि तथा लोकतन्त्र दिगो बनाउन नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका आचार्यले मोरङको कटहरी गाउँपालिकामा नेपाल टे«ड युनियन काँग्रेसले आइतबार साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेसको नेतृत्वमा संविधान बनेकाले संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

उनले भने, ‘एकअर्कामा आरोपप्रत्यारोपभन्दा पनि मुुलुुकको विकासको एजेन्डामा छलफल र बहस गर्नुुपर्छ ।’ दक्षिणतर्फ फर्केर गाली गर्दैमा राष्ट्रियता बलियो नहुुने भन्दै नेता आचार्यले राष्ट्रियता बलियो बनाउन सबैजात जाति समुुदायको भावनालाई आत्मसात् गर्न सक्नुुपर्ने मा जोड दिए ।

उनले विसं २००७ को प्रजातन्त्र स्थापनादेखि विसं २०६२ को आन्दोलनसम्म काँग्रेसले अगुवाइ गरेकाले लोकतन्त्र र प्रजतान्त्रप्रति काँग्रेसलाई सबैभन्दा बढी माया रहेको बताए ।

राससका अनुसार कार्यक्रममा क्षेत्र नं ४ (ख) का प्रदेससभा उम्मेदवार विश्वनाथ रिजालले विराटनगरलाई प्रदेशको राजधानी बनाउने काँग्रेसको मुुख्य एजेन्डा रहेको बताए ।