परिणामको जिम्मेवारी सरकारले लिनुपर्छ-मीनकृष्ण महर्जन

परिणामको जिम्मेवारी सरकारले लिनुपर्छ-मीनकृष्ण महर्जन


-श्रीविक्रम भण्डारी
० ग्वान्झाउमा नेपालको दयनीय प्रदर्शनको बारेमा कसलाई दोषी ठान्नुहुन्छ –
– १६औँ एसियाडमा नेपालको दयनीय प्रदर्शन हुनुमा नेपाल सरकार र ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटी नै प्रमुख दोषी हुन् । खेलाडीहरू पाउनुपर्ने सुविधाबाट वञ्चित भएपछि अर्थात् चिया र पाउरोटीको भरमा खेलेपछि कहीँ पदक जित्न सकिन्छ – खेलाडीप्रति सरकारले देखाएरको व्यवहार र ग्वान्झाउमा अवैधानिक एनओसीका पदाधिकारीहरूले गरेको भाँडभैलोको कारणले गर्दा खेलाडीहरू निकै निराश बनेका थिए । तसर्थ खेलाडीहरूमा प्रतिभा हुँदाहुँदै पनि उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
० ग्वान्झाउमा खेलाडीभन्दा खेलकुद पदाधिकारीहरूले खेलेको विवादको खेललाई तपाईंले कसरी हर्ेर्नुभएको छ –
– सर्वप्रथम स्वदेशको विवाद विदेशमा देखिनु लाजमर्दो कुरा हो । यो विवादले मुलुकको प्रतिष्ठामा नराम्रो धक्का लागेको छ । यो सबै फसादको जड ध्रुवबहादुरको एनओसी भएकोले यसको जिम्मेवारी पनि उसैले लिनर्ुपर्छ । खेलकुद मन्त्रालयमा मन्त्री गणेश नेपालीको नेतृत्वमा नेपाली टोली एसियाडमा जाने लिखित सहमति भए पनि ग्वान्झाउमा एनओसीले त्यसको पालना नगर्दा विवाद शुभारम्भ भएको हो ।
० ग्वान्झाउमा त अवैधानिक एनओसीका अगाडि राखेप मुसो सावित भयो नि –
– खेलकुदको सर्वोच्च निकाय भनेको राखेप हो । मुलुकको दुर्भाग्य भनौँ, नेतृत्व वर्गको कमी-कमजोरीका कारणले गर्दा ग्वान्झाउमा राखेप छायामा पर्न पुग्यो । वास्तविक रूपमा भन्नुपर्दा खेलकुदमन्त्रीले खेलकुद नबुझेको र मन्त्रीले आफ्नो शक्ति र पहुँच देखाउन नसक्दा राखेप मुसो बन्न पुगेको हो । कहीँ नभएको जात्रा अवैधानिक एनओसीले ग्वान्झाउमा देखाउँदासमेत खेलकुदमन्त्री चुप लागेर बस्नु खेलकुदकै लागि दुर्भाग्य बनेको छ ।
० ग्वान्झाउमा सेभ द मिसनको विवाद मिलाउन राखेपका पदाधिकारीहरूले अवैधानिक एनओसीबाट लाखौँ रुपैयाँ नजराना लिएको खुलासा भएको छ, यसमा कत्तिको सत्यता छ –
– यो कुराको बारेमा मलाई कुनै जानकारी छैन । मलाई त त्यस्तो भएको जस्तो पनि लाग्दैन । विवाद गरेको संस्थासँग नजराना लिने कुरै आउँदैन । के कारणले उनीहरूसँग नजराना लिने – राखेप अवैधानिक एनओसीसँग बिक्ने कुरै आउँदैन । यो सबै राखेपका पदाधिकारीहरूलाई बद्नाम गराउन ध्रुवबहादुरले चलेको चाल मात्र हो ।
० अवैधानिक एनओसीले समिम मियाँ अन्सारीलाई दोस्रो एसियन बीच खेलकुद प्रतियोगिताको सेभ द मिसन बनाउन खोज्नुको कारण के होला –
– उनीहरूलाई अहिले किन राखेपका पदाधिकारीहरूमाथि दया जाग्यो- मैले बुझ्न सकेको छैन । यसअघिका सेभ द मिसनमा राखेपलाई वाइपास गर्दै आएकाहरूले किन यस्तो उदारता देखाएका हुन् त्यो अहिले कसैले बुझ्न सकेका छैनन् । मलाई त लाग्छ, यो अवैधानिक एनओसीको अर्को घीनलाग्दो खेल हो । जुन अहिले असफल भइसकेको छ । सर्वोच्चको फैसलापश्चात् उनीहरूको कुनै निर्णय राखेपले मान्ने र समन्वय गरेर जाने कुरै आउँदैन । वास्तविक रूपमा भन्नुपर्दा सेभ द मिसन तोक्ने अधिकार उनीहरूलाई छैन ।
० अहिले अवैधानिक एनओसीले जुन खेल खेलिरहेको छ, त्यसमा राखेपको भूमिका
कस्तो हुनर्ुपर्छ –
– सर्वप्रथम ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको एनओसी अवैधानिक हो । राखेपको योसँग कुनै सरोकार छैन । राखेपले आत्मसात् गर्ने भनेको सर्वोच्चको फैसलालाई हो । नेपालको कानुन आमजनतादेखि प्रधानमन्त्रीसम्मले मान्नर्ुपर्छ भन्ने राखेपको मूल्य र मान्यता रहेको छ । सोही कुरालाई आत्मसात् गरेर राखेपले आफ्नो कदम बढाउने कुरालाई कसैले रोक्न सक्तैन ।
० सर्वोच्चले अवैधानिक घोषणा गरिसकेको एनओसीप्रति अब राखेपको कस्तो सम्बन्ध रहन्छ त –
– उनीहरूसँग अब कुनै प्रकारको सम्बन्ध राख्नुपर्ने कुरै आउँदैन र जरुरी पनि छैन । कानुनको सर्वोच्च निकायले पनि त्यसलाई प्रमाणित गरिसकेको छ । अब उनीहरूसँग सम्बन्ध राख्नुभन्दा पनि राखेप र सर्वोच्चले मान्यता दिएको रुक्मशमशेर राणाको ओलम्पिकसँग मिलेर प्रशासन लगाएर ध्रुवबहादुरको एनओसीमाथि धावा बोल्नर्ुपर्छ र उनीहरूलाई त्यहाँबाट धपाउनर्ुपर्छ । त्यो हामी निकट भविष्यमा गर्दै छौँ पनि ।
० सरकारले खेलकुदका लागि पचास करोडको बजेट विनियोजन गरेको छ
-साधारण र विकासतर्फ) के यो खेलकुदका लागि पर्याप्त छ –
– मैले भन्नुपर्दाखेरि यो बजेट खेलकुदको समग्र विकासका लागि पर्याप्त छैन । वास्तविक रूपमा भन्नुपर्दा यो सरकारले खेलकुदको महत्त्व नै बुझेको छैन । खेलाडी भनेका राष्ट्रका गहना हुन् । अन्तराष्ट्रमा मुलुकको पहिचान गराउने भनेकै खेलाडी हुन् । त्यसैले अहिले सरकारले जुन बजेट खेलकुदलाई विनियोजन गरेको छ त्यो पहिलेको भन्दा बढी भए पनि अपूरो छ । यदि साँच्चिकै खेलकुदको विकास गर्ने हो र दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदमा पदक ल्याउने हो भने यो बजेट निकै कम छ । पदक जितेर अन्तर्राष्ट्रिय जगत्मा नेपालको इतिहास कायम गर्ने हो भने खेलकुदलाई विशेष प्याकेजको रूपमा दूरदर्शी भएर बजेट विनियोजन गर्नुपर्ने आवश्यकता भइसकेको छ । अन्यथा भविष्यमा नेपालको खेलकुद अझ गधोगतितर्फ लाग्ने प्रस्ट छ । जसलाई १६औँ एसियाडको प्रदर्शनले समेत प्रमाणित गरिसकेको छ ।
० ग्वान्झाउ एसियाडमा नेपालको असफलतापश्चात् अबको रणनीति कस्तो हुनर्ुपर्छ जस्तो लाग्छ –
– सर्वप्रथम सरकारको खेलकुदलाई हेर्ने नजरमा परिवर्तन हुनु आवश्यक छ । खेलकुद र खेलाडीहरूको वास्तविक मर्मलाई बुझेर सरकारले त्यहीअनुरूपको रणनीति तयार पार्नुपर्छ । खेलकुदलाई राज्यको अभिन्न अङगको रूपमा स्वीकार गर्दै समग्र खेलकुदको विकासका लागि दूरदर्शी भएर सोच्नर्ुपर्छ । खेलकुद विकास, अनुशासन र गतिशीलताको नारामा मात्र सीमित रहेको अवस्थालाई मध्यनजर गर्दै त्यसलाई व्यवहारमा पनि लागू गर्नेपट्ट िलाग्नर्ुपर्छ । कुनै पनि विकासको मेरुडण्ड आर्थिक पक्ष भएकोले सरकारले बेलैमा बजेटको व्यवस्था गर्नुपर्छ । अन्तिम समयमा आएर खाए खा नखाए घिच भन्नुभन्दा योजनाबद्ध तरिकाले अगाडि बढ्दा सबैलाई राम्रो हुन्छ । जहाँसम्म अबको रणनीतिको कुरा छ, जस्तो रोप्यो त्यस्तै फल्ने भएकोले खेलकुदको भविष्य सरकारकै हातमा टिकेको छ ।
० खेलाडी, प्रशिक्षक र खेलकर्मीहरूले खेलकुदमा खेल बुझेको र खेलाडीलाई माया गर्ने व्यक्ति आउनर्ुपर्छ भनिरहेका छन्, यसमा तपाईंको राय के छ –
– यो सतप्रतिशत सत्य कुरा हो । खेलकुदसँग अनभिज्ञ व्यक्तिहरूको राजनीतिक नियुक्तिले गर्दा नै नेपाली खेलकुद यस्तो अवस्थामा पुगेको हो । सधैं राजनीतिको जाँतोमा पिसिँदै आएको खेलकुद प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र जनतन्त्र आइसक्दा पनि उही अवस्थामा रहनु दुर्भाग्यको कुरो भएको छ । तसर्थ अब बन्ने सरकारले खेलकुदमा पदाधिकारीहरू नियुक्ति गर्दा खेलकुद बुझेको र खेलकुद ब्याकग्राउण्ड भएको व्यक्ति नियुक्त गर्नुपर्ने जरुरी भइसकेको छ । सरकारले यसबारेमा विशेष रूपमा सोचेर मात्र निर्णय गर्नुपर्छ । अन्यथा खेलकुद हिजो जहाँ थियो त्योभन्दा पनि पछि घकेलिने कुरामा सायदै कसैलाई शङ्का होला ।

सुनिलको औकात र जुत्ताको माला
१६औँ एसियाली खेलकुदमा नेपालको व्यवस्थापन पक्ष यति कमजोर थियो कि सायदै कसैले त्यसको कल्पना गरेका थिए । खेलाडीदेखि पदाधिकारीसम्म रुवाएको व्यवस्थापनले कसैलाई बाँकी राखेको थिएन । टोलीनेता मन्त्री गणेश नेपाली २० घन्टा ट्रान्जिटमा परेर भोलिपल्ट ग्वान्झाउ पुगेका थिए । त्यहाँ उचित व्यवस्था नहुँदा र कसैले वास्ता नगर्दा मन्त्री नेपाली चौथो दिनमै स्वदेश फर्किन बाध्य भएका थिए । टोलीनेता मन्त्रीले त यस्तो सास्ती भोग्नुपर्‍यो भने खेलाडी, प्रशिक्षक र पदाधिकारीले कति तड्पिनुपर्‍यो होला त्यसै अनुमान लगाउन सकिन्छ । सेभ द मिसन भइटोपलिएका उमेशलाल श्रेष्ठको लापरबाही र गैरजिम्मेवारीपनले पराकाष्ठा नाघेकोले ग्वान्झाउमा खेलकर्मीहरूले कुकुरले नपाउने दुःख पाएका थिए । सेभ द मिसनको कामर्-कर्तव्यभन्दा निकै टाढा रहेका श्रेष्ठ न खेल आयोजना स्थलमा देखिन्थे न पदाधिकारीहरूसँगै । मोबाइलको स्विच अफ गरेर बसेका श्रेष्ठलाई कुन खेलका खेलाडी आए र गए भन्नेसमेत खबर थिएन । श्रेष्ठ सेभ द मिसन भएकोमै ठूलो जित मान्दै रमाएर बसेका थिए ।
अवैधानिक ओलम्पिक कमिटीले उमेशलाल श्रेष्ठलाई सेभ द मिसन बनाए पनि ग्वान्झाउमा ‘ग्रेट सेभ द मिसन’को भूमिका भने सुनिल राजकरि्णकारले निभाएका थिए । ध्रुवबहादुर प्रधान र जीवनराम श्रेष्ठको अघि कुकुरले झैं पुच्छर हल्लाएर खेलाडी र पदाधिकारीको स्वागत र व्यवस्थापन गर्ने जिम्मेवारी सुनिलले पाएका थिए । यो जिम्मेवारी लुते कुकुरको जस्तो भए पनि सुनिलले आफूलाई र्सर्वेसर्वा ठान्दा कामकुरा एकातिर कुम्लो बोकी ठीमीतिर जस्तै भएको थियो । खेलकुदमा सुनिलको औकात के छ – सायदै कसैलाई भनिरहनुपर्ला । र, पनि ग्वान्झाउमा सुनिलले देखाएको मपाईंत्व आफैंमा प्रशंसायोग्य थियो । त्यहाँ उनले देखाएको रवैयाले प्रायः सबै खेलाडी र पदाधिकारीको दिमाग तताएको थियो । उनको यही हर्कतले गर्दा कसले, कतिबेला, कहाँनेर सुनिलसँग बदला साँध्ने हो भन्ने आशङ्का उब्जिरहेको बेलामा सुनिलको जम्काभेट तेक्वान्दो टोलीसँग भएको थियो ।
१६औँ एसियाडमा सम्भावित पदक विजेता टोली ग्वान्झाउ पुग्दा सुनिलले देखाएको अभद्र व्यवहारले सबैलाई नतमस्तक बनाएको थियो । सुनिलकै गलत सन्देशले गर्दा तेक्वान्दोका पदाधिकारीहरूले १८ घन्टा लबिमा बिताउनुपरेको थियो । सो अवसरमा तेक्वान्दो पदाधिकारीहरूप्रति उनले गरेको हर्कत अमानवीय, उच्छृङ्खल र अजीवको थियो । चाकरी, चाप्लुसीमा जीवन बिताइरहेको व्यक्तिले तेक्वान्दो मुख्य प्रशिक्षक दीपराज गुरुङलाई ठाडै धम्क्याएर आफ्नो उद्दण्डता प्रस्तुत गरेको थियो । बाँदरको पुच्छर लौरो न हतियारको रूपमा परिचित सुनिललाई नेपाली खेलकुद क्षेत्रमा कलङ्कको रूपमा चिनिन्छ । त्यही व्यक्तिले गरुङलाई अपशब्द र अभद्र व्यवहार मात्रै नभई सार्वजनिक स्थलमै स्वदेशमा मार्ने र काट्नेको धम्कीसमेत दिएको थियो । यो सुनियोजित षड्यन्त्रलाई राम्रोसँग र नजिकबाट बुझेका गुरुङले आचीलाई चलाउँदा अझ गनाउने भएकोले कुनै प्रतिवाद गरेका थिएनन् । ‘खाइ नपाई छालाको टोपी लाई’ को मारमा परेका गुरुङप्रति सुनिलले गरेको दर्ुर्व्यवहार तेक्वान्दो खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूका लागि निकै खड्किएको थियो । परिणामस्वरूप उनीहरूले सुनिललाई एयरपोर्टमा नै जुत्ताको माला लगाएर स्वागत-सत्कार गर्दै उसको औकात के हो देखाइदिए ।
ब्ाोकाले बाघलाई धम्क्याएपछि अर्थात् जिस्क्याएपछि त्यसको दर्ुदशा कस्तो होला सायदै भनिरहनुपर्ला । भन्नैपर्दा त्यसले आफ्नो काललाई निम्त्याएको हो भन्दा अतिसयोक्ति नहोला । सौभाग्य सुनिलको, बाघ सोझो हुँदा कसो उसले आफ्नो प्राणको क्षमादान पायो । अन्यथा उहिल्यै कुन माछाको आहार भइसक्थ्यो होला । तर, विडम्बना, यो कुरा डमरुहरूलाई भने पाच्य भएन । उनीहरूले आफ्नो बाउको बेइज्जतिको बदला लिने प्रण गरे । उनीहरूले सुनिललाई सबक सिकाउन चिथोरचाथर गर्न बाध्य भए । आखिर उक्त सिकारमाथि उनीहरूको नैर्सर्गिक अधिकार पनि थियो । सोही क्रममा उनीहरूले अबदेखि बाघसँग पञ्जा लडाउने दुस्साहस नगर्न पाठ पनि सिकाए । दुई-चार लात हाने, एक-दुई मुक्का हाने, लछारपछार गरे अनि जुक्ताको माला पनि लगाइदिए । यो सुनिलप्रति सुनियोजित नभएर सार्वजनिक स्थानमा गरिएका सामान्य दण्ड थियो । लातको भूत बातले नमान्ने भएपछि यस्तो दण्ड पाउनु स्वाभाविकै थियो । सुनिलले समयमै दण्ड पाए अति राम्रो भयो । बिनालगामको घोडाजस्तै बनेका सुनिलका लागि यो उचित उपचार पनि थियो । अब सुनिलले आफूले पाएको सजायलाई स्वीकार्नुपर्छ । आत्मसात् गर्नुपर्छ र आफूलाई सुधार्नुपर्छ ।
अवैधानिक एनओसीले व्यवस्थापन पक्षमा गरेको लापरबाहीले गर्दा अहिले मुलुकले ठूलो मूल्य चुकाउनुपरेको छ । उनीहरूको यो हर्कतले खेलाडीले पदकविहीन हुनुपरेको छ । खेलाडीहरू मानसिक दबाबले ग्रसित हुँदा हातमा परेको पदकसमेत गुमेको छ । तसर्थ एनओसीलेे के-कति कारणले उमेशलाल श्रेष्ठलाई सेभ द मिसन बनाएर राष्ट्रलाई घात गर्ने काम गर्‍यो त्यसको खोजीनिती गर्नु जरुरी भइसकेको छ । एक व्यक्तिको स्वार्थका लागि राष्ट्रको बलि चढाउने एनओसीमाथि सरकारले कस्तो कारबाही गर्छ त्यो हर्ेनलायक भएको छ ।

विश्वकप फुटबल
रुस र कतारले मारे बाजी
सन् २०१४ को विश्वकप फुटबलको तयारीका लागि ब्राजिल युद्धरत लागिपरेको अवस्थामा गत साता फिफाले सन् २०१८ र २०२२ को विश्वकप आयोजना गर्ने राष्ट्रहरूको नाम सार्वजनिक गरेको छ । हालै जुरिचमा सम्पन्न फिफा कार्यसमितिको बैठकले उक्त कुराको जानकारी गराएको हो । जुरिचमा भएको मतदानमा रुस र कतारले बढी मत पाएपछि फिफा अध्यक्ष सेप ब्लाटरले आयोजक राष्ट्रको नाम घोषणा गरेका थिए । घोषणासँगै रुसले २०१८ र कतारले २०२२ को विश्वकप आयोजना गर्न पाउने भएका छन् । रुस र कतारले आयोजनाको अधिकार पाएपछि अब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता पहिलोपटक पूर्वीयुरोप र अरब राष्ट्रमा पुगेको छ । स्मरण रहोस्, रुस र कतारले पहिलोपटक विश्वकपको आयोजना गर्न लागेका हुन् । फिफाले पहिलोपटक एकसाथ दुई फरक विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गरेको थियो ।
रुसले पहिलोपटक विश्वकपको आयोजनाका लागि १३ मत पाएको थियो । रुसले उक्त अवसरमा स्पेन, पोर्चुगल र नेदरल्यान्ड, बेल्जियमको संयुक्त साझेदारीलाई उछिनेको थियो । त्यस्तै सन् २०१८ को विश्वकपको प्रमुख दाबेदारी प्रस्तुत गरेको इङ्ग्ल्यान्ड भने पहिलो चरणबाट बाहिरिन पुगेको थियो । प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका स्पेन र पोर्चुगलले सात मत पाउँदै दोस्रो स्थानमा रहेका थिए । त्यस्तै २०२२ को विश्वकपको आयोजनाका लागि भएको मतदान चार चरणसम्म चलेको थियो । जापान, अमेरिका, दक्षिणकोरिया र कतारले दाबेदारी प्रस्तुत गरेको उक्त प्रतिस्पर्धामा कतारले बाजी मारेको थियो । कतारले पहिलो चरणमा ११, दोस्रोमा १०, तेस्रोमा ११ र चौथोमा १४ मत प्राप्त गरेको थियो । यो प्रतिस्पर्धामा अमेरिका ८ मत पाएर दोस्रो स्थानमा रहेको थियो । विश्वकप आयोजनाका लागि फिफा कार्यसमितिका २२ सदस्यले मतदान गरेका थिए । विश्वकप फुटबलको आयोजकको अधिकार पाएपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र एसियाली फुटबल महासङ्घका अध्यक्ष मोहम्मद विन हमामले खुसी प्रकट गरेका छन् । उनीहरूले आफूहरूले पाएको जिम्मेवारी निकै चुनौतीपूर्ण भएको बताउँदै कसैलाई निराश नपार्ने प्रतिबद्धता जाहेर गरेका थिए । कुल १७ लाख मात्र जनसङ्ख्या भएको कतारले विश्वकप आयोजकको रूपमा विजयी भएपछि अहिले सबै आर्श्चर्यचकित भएका छन् । जुन-जुलाईको बेलामा कतारमा अत्यधिक गर्मी हुने थुप्रै राष्ट्रले कतारको आलोचना गरे पनि हमामले प्रतिवाद गर्दै कतारले आयोजना गर्ने विश्वकपको सबैले गर्व गर्ने बताएका छन् ।

साफ च्याम्पियनसिप र महिलाको चुनौती
बंगलादेशमा सम्पन्न ११औँ सागमा उत्कृष्ट प्रदर्शन गरेर रजत पदक जित्न सफल भएको महिला फुटबल टोलीको आगामी सातादेखि अग्निपरीक्षा शुभारम्भ हुँदै छ । आउँदो साता अर्थात् डिसेम्बर १२ देखि २२ सम्म बंगलादेशमा पहिलो साफ महिला फुटबल च्याम्पियनसिप हँुदै छ । दक्षिण एसियाली फुटबल महासङ्घ -साफ) को आयोजना हुन गरहेको उक्त प्रतियोगितामा र्सार्कका आठै राष्ट्रको सहभागिता रहने भएको छ ।
दुई समूहमा विभाजन गराएर खेलाइने यो च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा नेपाललगायत अफगानिस्तान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । त्यस्तै समूह ‘बी’मा भारत, बंगलादेश, श्रीलङ्का र भुटान रहेका छन् । लिग चरणमा सर्वोकृष्ट दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालको पहिलो भिडन्त माल्दिभ्ससँग हुनेछ । यो प्रतियोगिताका लागि विगत एक महिनादेखि महिला फुटबल टोली झापामा प्रशिक्षणरत रहेको छ । नेपाल, भारत र बंगलादेशलाई प्रतियोगिताको प्रमुख दाबेदारको रूपमा लिइएको छ । सजिलो समूहमा परेको नेपाल सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ ।