प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम


प्रधानमन्त्री शेरबहादुर देउवाले निर्बाचनको मुखैमा पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आक्रोश पोखेका छन् ।

प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थका मूल्यवृद्धि तुरुन्तै फिर्ता लिएर देशभर सहज आपुर्तिका लागि निर्देशन दिएपछि पुरानै मूल्यमा कायम हुने भएको हो । यसका लागि विहीबार बिहानै आयल निगमको आकस्मिक बैठक समेत बोलाइएको छ ।

नियमित र आफूख्शी नियमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । यसै क्रममा निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाको ठाडो निर्देशनपछि विहीबारदेखि नै पुरानै मुल्य कायम गरिने भएको छ । निगमले हिजोमात्रै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो भने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइको थियो ।

आपूर्ति मन्त्री जयन्त चन्द र मुख्यसचिव लोकदर्शन रेग्मीलाई चुनावको मुखैमा आएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्न र तत्काल निर्णय फिर्ता लिन प्रधानमन्त्री देउवाले ठाडो निर्देशन दिएपछि उक्त कदम रोकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

तर निगमले भने मूल्यवृद्धि फिर्ता लिदाँ निगमलाई २२ करोड घाटा हुने निगमका कर्मचारीहरु बताउँछन् ।