विश्वकै महँगो चप्पल

विश्वकै महँगो चप्पल


संसारमा अकुत धनको भण्डार रहेका व्यक्तिहरू त्यो धन खर्च गर्नका लागि नयाँ–नयाँ माध्यम वा उपाय खोजिरहेका हुन्छन् । महँगा कपडादेखि लिएर उनीहरू करोडौँका गाडी, हीरा–जवाहरात, मणिमाणिक्यजस्ता यावत् बहुमूल्य सामग्री किन्छन् । यस्तै धनाढ्य ग्राहकलाई लक्षित गरेर बेलायतका एक डिजाइनरले विश्वकै सबभन्दा मूल्यवान चप्पल तयार गरेका छन् । एक हजारभन्दा बढी हीराजडित उक्त चप्पलको मूल्य एक करोड पचास लाख रहेको छ । यस चप्पलमा अत्यन्त दुर्लभ मानिएको गुलाबी र नीलो हीरासमेत जडान गरिएकाले महँगो पर्न गएको हो । उक्त चप्पल सिलाउन अठार क्यारेटको सुनको धागो प्रयोग गरिएको छ । चप्पलमा प्रयोग गरिएका सबै हीरालाई प्लेटिनियममाथि सजाइएको छ भने सयौँ कालिगढले घन्टौँको मिहिनेत लगाएर यसलाई तयार गरेका हुन् ।