आइन्स्टाइनको महँगो ‘खुसीको सूत्र’

आइन्स्टाइनको महँगो ‘खुसीको सूत्र’


विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइद्वारा ‘सुखद जीवन’को बारेमा दुई लाइन सन्देश लेखिएको कागजी नोट करिब १६ करोड रुपैयाँ (१५ लाख डलरभन्दा बढी) मा बिक्री भएको छ । आइन्स्टाइनले उक्त नोट सन् १९२२ मा टोकियोमा एक हल्कारालाई ‘टिप’ दिएका थिए । भएको के थियो भने जापानमा लेक्चर दिनका लागि पुगेको समयमा आइन्स्टाइनलाई उनले नोबेल पुरस्कार पाएको खबर पुग्यो । उक्त सन्देश लिएर पुगेका हल्कारालाई के दिऊँ के दिऊँ भएपछि उनले एक कागजी नोटमा ‘जीवनमा लक्ष्य हासिल गरेपछि पनि खुसी मिल्न सक्छ, यसको कुनै ग्यारेन्टी छैन’ भन्ने वाक्य लेखेर दिए । उनले ती व्यक्तिलाई त्यतिबेलै भनेका थिए कि यो नोटको अहिले कुनै मूल्य नहोला, तर जोगाएर राख्नु भविष्यमा बहुमूल्य साबित हुन सक्छ । उक्त नोटमा यस्तो पनि लेखिएको छ कि सफलतासँगै हासिल हुने बेचैनीभन्दा शान्त एवम् विनम्र जीवनले तपाईंलाई ज्यादा खुसी दिन्छ । यस्तै, आइन्स्टाइनको सन्देशअङ्कित अर्को एउटा नोट पनि फेलापरेको छ जसमा ‘जहाँ इच्छा त्यहाँ उपाय’ लेखिएको छ । यी नोट पनि यरुसेलममा दुई लाख डलरमा लिलाम भएको छ । लिलाम गर्ने कम्पनीले सोचेभन्दा बढी रकम हात परेको प्रतिक्रिया दिएको छ भने आइन्स्टाइनको नोट खरिदकर्ताले आफ्नो पहिचान खुलस्त गर्न चाहेनन् । लिलामकर्ताचाहिँ सन् १९२२ मा आइन्स्टाइनसम्म नोबेल पुरस्कार प्राप्तिको सन्देश पु¥याउने व्यक्तिकै भतिजा भएको बताइएको छ ।