नेपाल भित्रिदै चिनियाँ इन्टरनेट

नेपाल भित्रिदै चिनियाँ इन्टरनेट


यही कात्तिकदेखि नेपालमा चिनियाँ इन्टरनेट भित्रिने भएको छ । चिनियाँ इन्टरनेट नेपाल भित्रिएलगत्तै यसको प्रयोग गर्न पाइने छ ।

यसै महिनादेखि नै चिनियाँ इन्टरनेटको ‘कमर्सियल लञ्च’ गर्ने गरी तयारी गरिएको टेलिकमले जनाएको छ ।
केरुङ र रसुवागढीको बीचमा पहिरो गएपछि विच्छेद भएको फाइबर पुनस्थापित गर्न समय लागेकाकाले संचालमा ल्याउन ढिलाई भएको टेलिकमले बताउँदै आएको थियो । टेलिकमले धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको बताइएको छ ।

रसुवाको जिलोङ गेटवे हुँदै चिनियाँ इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिने छ । टेलिकम र चाइना टेलिकम ग्लोवलबीच चीन र नेपाललाई स्थलमार्गवाट जोड्ने तथा नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्झौता भएको हो ।

२०५४ सालदेखि इन्टरनेट व्यान्डवीथमा भारतीय एकाधिर रहँदै आएको छ। यदि इन्टरनेटमा चीनसँग पनि जोडिन सकेमा गुणात्मक वृद्धि समेत हुने अपेक्षा छ। अहिले नेपालमा भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाकामार्फत अप्टिकल फाइबर इन्टरनेट जोडिएको छ।

अब चिनियाँ सरकारी स्वामित्वको ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’सँग टेलिकम जोडिएपछि रसुवाको केरुङबाट इन्टरनेट आउने छ।

अहिले भारतका बिएसएनएल, भारत पन्जाव, टाटा, एयरटेल र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ। चीनसँगको सहकार्यमा चाइना टेलिकमसँग सहकार्य भएपछि अन्य सेवाप्रदायकबाट पनि इन्टरनेट व्यान्डवीथ ल्याउने बाटो खुल्ला हुने बताइएको छ।