यसपालिको डिभोर्स वास्तविक-भुवन केसी

यसपालिको डिभोर्स वास्तविक-भुवन केसी


भनिन्छ कि नाम जत्तिको कमाएका छन् बद्नामी पनि उत्तिकै भएका छन् भुवन केसी । तर, यो कुरा मँन्न उनी तयार छैनन् । ‘यो त मेरो डाह गर्नेहरूले चलाउने हल्ला हो,’ यसै भन्छन् उनी । कहिले पारिवारिक कारण त कहिले के ? कहिले सिनेमाकै कारण त कहिले अन्य ? यस्ता विविध कारणले चर्चामा आइरहने भुवन यसपटक पनि चर्चामा आएका छन् नायिका एवम् आफ्नै श्रीमती सुष्मिता केसीसँगको सम्बन्धविच्छेदका कारण ।
० सुष्मिता केसीको के छ खबर ?
– को सुष्मिता ?
० तपाईंकी श्रीमती, अरू को हुनु नि ?
– पहिला उनी मेरी श्रीमती थिइन्, अहिले रहिनन् ।
० तपाईंको सिनेमा ँसाथी म तिम्रो’ रिलिज हुँदै छ । त्यसै सिनेमाको चर्चाका लागि यस्तो गर्नुभएको हल्ला छ नि ?
– कुनै समय यस्तो पनि गरियो । तर, अहिलेको सम्बन्धविच्छेद कुनै स्टन्टका लागि होइन, वास्तविक हो । म यो स्पष्ट पार्न चाहन्छु ।
० अहिले सुष्मिता कहाँ हुनुहुन्छ त –
– नजाने गाउँको बाटो किन सोध्ने ।
० तपाईंहरूको छोरा अनमोल केसी नि –
– छोरो त मैसँग छ नि ।
० किन भयो नि सम्बन्धविच्छेद ?
– मलाई उसको केही व्यवहार निकै घृणित लाग्यो ।
० तपाईं पनि त ठीक हुनुहुन्न भन्छन् नि ?
– यी त सब भन्ने कुरा न हुन् ।
० सुष्मिता र भुवनको यो झगडाले तपाईंको नयाँ चलचित्र ँसाथी म तिम्रो’लाई असर पर्दैन ?
– केही असर पर्दैन । सुष्मितालाई हिरोइन भनेर मैले चिनाएको र ल्याएको हुँ । उसले भुवन केसीलाई चिनाएकी होइन ।
० बजारमा तपाईं आज जहाँ हुनुहुन्छ त्यसमा त सुष्मिताको ठूलो हात छ भन्छन् नि ?
– यो गलत मूल्याङ्कन हो । सुष्मिता मेरो जीवनमा आउनुअगाडि पनि भुवन नेपाली चलचित्रमा जमेर नै बसेको हिरो हो । बरु उसलाई मैले सडकबाट महलमा पुर्‍याएको हुँ ।
० तपाईं पनि त केटीको मामिलामा छुपेरुस्तम हुनुहुन्छ नि, होइन र ?
– अहिले त्यतातिर नजाऊँ ।
० भनेपछि अहिले तपाईं एक्लै हुनुहुन्छ । कस्तो चलिरहेको छ त एक्लो जीवन ?
– सधैं तनावयुक्त साथ पाउनुभन्दा स्वतन्त्र भएर एक्लै जीवन जिउनु राम्रो हुँदोरहेछ ।

एउटीलाई छाडेर अर्कीतिर
कहिले कसलाई च्याप्ने त कहिले कसलाई च्याप्ने ? गजबको शैली र विशेषता छ चलचित्र निर्देशक दीपक श्रेष्ठको । कुनै समय तिनै नायिकासँग उनको मारामार हुन्छ भने कहिले त उनैलाई साथ दिइरहेका हुन्छन् उनी । यस्तै भएको छ यतिबेला दीपक श्रेष्ठको कार्यशैलीमा ।
त्यसो त नेपाली सिनेमालाई नयाँ-नयाँ नायिका दिने र जन्माउने मामिलामा पनि उनले राम्रै गुण लगाएका छन् । नायिकाहरूको अभाव भइरहेको समयमा र एउटी-दुईवटी नायिकाको भरमा सिनेमा क्षेत्र टिकिरहेको अवस्थामा नयाँ-नयाँ हिरोइनहरूलाई जन्माएर उनीहरूलाई स्थापित गराउने कार्यमा पनि दीपक अगाडि नै छन् । यो उनको तारिफ गर्न योग्य पक्ष हो भने आफैं आउट गरेर पछि फेरि आफैं इन गर्ने उनको कार्यशैली पनि बुझिसक्नु छैन । चलचित्र ‘पहिलो-पहिलो माया’मा फिट नभएकी जिया केसी पछि फेरि दीपक श्रेष्ठकै चलचित्र ‘हो यही माया हो’ मा फिट भएकी थिइन् । ‘पहिला फिट नभएकी जिया पछि के कारणले फिट भइन् उनीहरूलाई नै थाहा होला,’ यसै भन्न थालेका छन् बजारमा फिल्मीकर्मीहरू ।
विशेष गरेर युना उप्रेती र जिया केसीलाई उनले राम्रो बे्रक दिएका हुन् चलचित्रमा तर, यतिबेला दीपकको युनाभन्दा जियासँगको निकटताले चलचित्र बजार तातेको छ । त्यसो त आफूले जन्माएकी नायिका युना उप्रेती आफ्नो क्याम्प छाडेर अन्य निर्देशकहरूको चलचित्रतिर बढी देखिन थालेपछि गडफादर बनेका दीपक श्रेष्ठको मन पनि दु:खेको रहेछ । त्यसैले पनि युनालाई देखाउन भए पनि दीपक श्रेष्ठ जियासँको सङ्गत्लाई अगाडि बढाउनतिर लागेका हुन् । सार्वजनिक समारोहतिर पनि आजभोलि दीपक जियाको साथ देखिन थालेपछि उता युना उप्रेतीलाई पनि औडाहा हुन थालेको कुराले बजार गरम हुन थालेको छ । त्यसो त, दीपकले जानकीबाट जानी बनाएर जिया नाम राखिदिएका थिए भने यमुनालाई पनि युना बनाइदिएका थिए । नायिकालाई अवसर दिने, चलचित्र दिने र सम्बन्ध बनाउने मामिलामा मात्र नभएर नामको न्वारान पनि गरिदिने दीपकले जियालाई च्याप्न थालेपछि उता युनाको पनि चित्त दु:खेको छ रे ! त्यसो त, उता युना र जिया पनि निकै मिल्ने साथी हुन् । फेरि यता दुवै मिल्ने साथीको गडफादर एउटै हुनु र अर्कोतिर युनालाई छाडेर जियालाई साथ दिन थालेपछि युना उप्रेती आफ्नै साथीबाट धोका पाएकोमा पनि निकै चिन्तित देखिएकी छिन् । दीपक श्रेष्ठकै ब्यानरको भरमा मात्र भर परेर बस्दा अन्य फिल्म छोड्नुपर्ने र अन्य फिल्म छोड्नुपर्दा आर्थिक रूपमा आफूलाई घाटा हुने कुरा बुझेकी युना उप्रेतीसँग दीपक श्रेष्ठ टाढा हुनुमा युना अन्य सिनेमातिर देखिन थाल्नुलाई पनि लिन लागिएको छ । त्यसो त अन्य फिल्म खेल्नु युनाको बाध्यता पनि हो । दीपकले वर्षमा दुईवटा सिनेमा निर्देशन गर्दा दुईवटै सिनेमामा युना नै हिरोइन बन्ने निश्चित पनि छैन । त्यसैले आफ्नो बाध्यता र विवशता नबुझेर आफ्नो ‘गडफादर’ले मुन्टो बटार्दा अहिले केही तनावमा रहेकी युना उप्रेतीको ठाउँमा जिया केसीको यो उपस्थितिले कत्तिको निरन्तरता पाउने हो ? उता दीपक श्रेष्ठकै चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी नायिका जियाले त्यसपछि अन्य चलचित्र खेलिन् तर कुनै पनि चलचित्र र ब्यानर दीपकको जस्तो बलियो पाइनन् । निकै भौंतिरिएपछि फेरि दीपक श्रेष्ठसँग ठोक्किन आइपुगेकी जियालाई सोचेजस्तै सफलता हात लागोस्- शुभ-कामना ।

पुस्तक समिक्षा
समताको ‘रिफ्लेक्सन’
आठ कक्षामा पढ्दै गरेकी किशोरी समता श्रेष्ठद्वारा कोरिएका अङ्ग्रेजी कविताको सङ्गालो ‘रिफ्लेक्सन’ प्रकाशित भएको छ । रिफ्लेक्सनमा समेटिएका किशोरी कवयित्रीका ५० वटा कविता पढ्दा लाग्छ- मानौँ कविता कुनै परिपक्व सिद्धहस्त साहित्यकर्मीबाट सिरि्जत हुन् । रिफ्लेक्सन विमोचनको अवसरमा प्रा. डा. दर्ुगाप्रसाद भण्डारीले व्यक्त गर्नुभएको एक वाक्य उद्धृत गर्नु सान्दरि्भक होला । अङ्ग्रेजी भाषा-साहित्यका विद्वान् प्राध्यापक भण्डारीको अभिव्यक्तिको सार थियो, ‘सानी समताका कवितामा प्रयोग गरिएका शब्दहरू हामीजस्ता अङ्ग्रेजीमा केही दखल भएका व्यक्तिले समेत डिक्सनरी पल्टाएर बुझनुपर्ने छन् ।’ उहाँले यसो भन्नुको मतलब हो समताको भाषा र साहित्यप्रतिको प्रगाढता । सात कक्षा पढ्दादेखि नै कविता कोर्न सुरु गरेकी समताका अधिकांश कविता आफ्नै जीवन-भोगाइका क्रममा हृदयमा छचल्किएका भावनामा आधारित छन् । जीवन सुख र दु:खले भरिपूर्ण छ भन्ने राम्ररी बुझेकी कवयित्री समता कल्पनाशीलता र सिर्जनात्मक क्षमताकी धनी छिन् भने बहुमखी प्रतिभासम्पन्न उनी स्वत: नै कविता-रचनातर्फ अग्रसर भएकी हुन् । उनको कवि-हृदयलाई नजिकबाट बुझनुहुने डा. डिल्ली ओलीले आफ्नो मन्तव्यमा उल्लेख गर्नुभएझैं समताका कविता इमोसन्स, नेचर, फिलिङ्स, इन्ट्रेस्ट, स्ट्रक्चर अफ सोसाइटी, लोन्ली फिलिङ्स र लिमिटलेस डि्रम्सले भरिपूर्ण छन् । सानी कवयित्री समताको काव्यात्मक-साहित्यिक भविष्य उज्ज्वल छ । भविष्यमा अझै सुन्दर कृतिहरूको अपेक्षा गर्दै समतालाई मुरीमुरी शुभकामना ।

वृद्धाश्रममा ँभिजेका परेली’
राजधानीमा हुने कुनै पनि अन्तरक्रिया, गोष्ठी-सेमिनारजस्ता कार्यक्रम प्राय: चर्चित होटल, रेस्टुरेन्ट वा हलमा हुने गर्छन् । तर, गएको शनिबार फरक शैलीको कार्यक्रम सम्पन्न भयो, काठमाडौंको शान्तिनगरमा । वृद्धवृद्धाको आश्रयथलो- नि:सहाय सेवा सदनमा एकैदिन तीनवटा कार्यक्रमको संयोग जुराएको थियो कालिमाटीको दीपश्री क्रिएटिभ मिडियाले ।
दीपश्री सामाजिक सम्मान- २०६७, गीता गौतमको गजल सङ्ग्रह ‘भिजेका परेली’को विमोचन र आमाहरूसँग एक दिन कार्यक्रम लेखिएको ब्यानर मञ्चको भित्तामा टाँगिएपछि कार्यक्रम सुरु भयो दिउँसो एक बजे । सभापतिलाई मञ्चमा आसनग्रहण गराउने परम्परालाई नयाँ रूप दिँदै आयोजकले दर्शकदर्ीघामा उपस्थित सबैलाई सभापति घोषणा गरिदियो । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागकी विद्यार्थी गीता गौतमको गजल सङ्ग्रहको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार डा. कृष्णहरि बराल र महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी नायव उपरीक्षक गणेशबहादुर ऐरले संयुक्त रूपमा विमोचन गरे । विमोचनपछि डा. बरालले भने, ‘हरेक चेलाहरूले गुरुलाई जित्ने साहस गर्नुपर्छ, तब मात्र गुरुहरू खुसी हुन्छन् ।’ सिर्जनामा लागेका स्रष्टाहरूले आफ्नो गल्ती स्वीकार्न लजाउन नहुने भन्दै उनले त्यसलाई सुधार्न गुरुहरूबाट सहयोग लिनुपर्ने सुझावसमेत दिए । सञ्चारकर्मी तथा युवा गजलकार स्वागत नेपाल, दीपश्री क्रिएटिभ मिडियाका अध्यक्ष पुरुषोत्तम लामिछाने, संयोजक रूपा न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आमाहरूकी आमा सगुन साहलाई सम्मान गरिएको थियो । नि:सहाय सेवा सदन स्थापनादेखि हालसम्म वृद्धवृद्धाको सेवामा निरन्तर सक्रिय उनले अन्य विभिन्न सामाजिक क्षेत्रमा पनि योगदान पुर्‍याउँदै आएकी छिन् । ०४८ सालमा स्थापित सो वृद्धाश्रमको नेता कृष्णप्रसाद भट्टराईले शिलान्यास गरेका थिए । २०५५ सालमा सञ्चालनमा आउँदा एकजना वृद्ध थिए भने हाल त्यहाँ ३५ जना वृद्धवृद्धा छन् । नजिकैको सिद्धेश्वरी माविको संस्थापकसमेत साहले सिद्धेश्वर हस्पिटल, भीमसेनगोला स्कुल स्थापनामा पनि महत्त्वपूर्ण सहयोग पुर्‍याएकी छिन् । ७६ वषीर्या साह भन्छिन्, ‘जन्मेपछि एउटा राम्रो काम गर्नैपर्छ, अझै धेरै काम गर्न बाँकी छ, १०५ वर्षसम्म बाँचे हुन्थ्यो भन्ने लागेको छ ।’ आयोजकले त्यहाँका वृद्धवृद्धालाई खानपिनको समेत व्यवस्था मिलाएको थियो । ? फणीन्द्र संगम

ललितपुरमा लोकसंस्कृतिको सम्मान
‘लोकसंस्कृति हाम्रो पहिचान : सुरु गरौँ यसको सम्मान’ भन्ने मूल नाराका साथ एमर्‍याल्ड माध्यमिक विद्यालय चापागाउँ -ललितपुर)द्वारा आयोजित ललितपुर जिल्लाव्यापी अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हालै सम्पन्न भयो । उक्त प्रतियोगितात्मक कार्यक्रममा नेपाली चलचित्र निर्माता, निर्देशक एवम् कलाकार अशोक शर्माको प्रमुख आतिथ्य तथा चर्चित गायक लाक्पा शेर्पाको विशेष आतिथ्य रहेको थियो । नेपाली लोकसंस्कृति, लोकपरम्परा र मौलिक नेपालीपनबारे विद्यार्थीलाई जानकारी रहोस् भन्ने मूल लक्ष्य लिएर आयोजना गरिएको सो प्रतियोगितामा निर्णायकको भूमिका नेपाल प्रज्ञा-प्रतिष्ठानका वरिष्ठ नृत्यनिर्देशक नारायणदेवी प्रधान, चलचित्र नृत्यनिर्देशक गोविन्द बोहोरा, चलचित्र निर्माता, नृत्य निर्देशक, गायक एवम् सङ्गीतकार दीपकरमण डङ्गोलले गर्नुभएको थियो । उक्त प्रतियोगितामा मोडर्न ग्रेडेट स्कुलले सान्त्वना स्थान, अनलज्योति स्कुलले तृतीय स्थान, ब्राइट फ्युचर इङ्ग्लिस स्कुलले द्वितीय स्थान एवम् नेसनल चिल्ड्रेन इङ्ग्लिस स्कुलले प्रथम स्थान हासिल गरेका थिए । यसका साथै नेसनल चिल्ड्रेन इङ्ग्लिस स्कुलका नृत्य निर्देशक मन्दिरा श्रेष्ठले बेस्ट कोरियोग्राफरको उपाधि जितेकी थिइन् । त्यस्तै नवजीवन इङ्ग्लिस स्कुलका प्रतियोगीहरूले बेस्ट डान्सरको उपाधि हासिल गरेका थिए भने बेस्ट ड्रेसको उपाधि सोमाङ एकेडेमीले हात पारेको थियो । कार्यक्रम विद्यालयका प्रिन्सिपल जीतबहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।

साहित्यिक कार्यक्रमको पचासौँ शृङ्खला
सामाखुसी साहित्य समाजद्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको पचासौँ शृङ्खला सामाखुसीस्थित नवोदित कलेजमा गत शनिबार सम्पन्न भयो । कार्यक्रममा रामबहादुर पहाडी, सीताराम अधिकारी, अरुणबाबु खत्री ‘नदी’, कमल कोइराला, वासुदेव गुरागाईं, कृष्णदेव रिमाल, गीता लामिछाने, उषा आचार्य, शशि थापा पण्डित, पागल यात्री, मणिराज सिंह, श्रीहरि फुँयाल, ब्रह्मप्रिय प्रेमस्वरूप, डा. बमबहादुर जिताली, बाजुराम पौडेल, प्रकाशमणि दाहाल, सुनिल स्पन्दन, कमला रिसाल ज्योतिलगायत विभिन्न ३७ जना कवि एवम् कवियत्रीहरूले आ-आफ्ना रचना पढेर सुनाएका थिए । सामाखुसी टोलबासी मिलेर बनेको समाजले दुई महिनामा यस्तो कार्यक्रम आयोजना गर्छ । सो कार्यक्रम रमेश खकुरेलको प्रमुख आतिथ्यमा र कार्यक्रम समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । राजन घिमिरे