राष्ट्र बैंकले पौने ९ अर्बको विकास ऋणपत्र जारी गर्ने

राष्ट्र बैंकले पौने ९ अर्बको विकास ऋणपत्र जारी गर्ने


नेपाल राष्ट्र बैंकले पौने ९ अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आज आइतबार ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र बोलकबोलमार्फत जारी गर्न लागेको हो ।

बजारमा तलरता बृद्धि भएसँगै राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्दै रकम खिच्न लागेको हो । बैंकले बोलकबोलमार्फत ८ बर्षको लागि ‘विकास ऋणपत्र ‘क’ २०८२’ जारी गर्न लागेको बताइएको छ ।

ऋणपत्रमा बैंक तथा वित्तीय सस्था, बीमा कम्पनी, संगठित सस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने बैंकले जनाएको छ । यस अघि राष्ट्र बैंकले ब्याजदर निर्धारण गरेर ऋणपत्र जारी गर्दै आएको थियो । तर यसपटक ब्याजदर पनि बोलपत्रबाटै निर्धारण गरिने भएको बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बोलपत्रमा आज दिउसो ३ बजेसम्म आवेदन दिन सकिने छ । बचतपत्रमा न्युनतम ५० हजारदेखि अधिकतम तोकिएको रकमसम्म आवेदन दिने सकिनेछ ।