सरीफ विरुद्ध पक्राउ आदेश जारी

सरीफ विरुद्ध पक्राउ आदेश जारी


पाकिस्तानी एक अदालतले पूर्वप्रधानमन्त्री नवाज सरीफविरुद्ध पक्राउ आदेश जारी गरेको छ । अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को वर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दबाब सिर्जना गर्न अदालतबाट बिहीबार सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकहरुले औंल्याएका छन् ।

सरीफका पक्षमा वकालत गरेका कानूनविद् जाफिर खानले एएफ्पीलाई दिएको जानकारी अनुसार पाकिस्तानको अदालतले पूर्व प्रधानमन्त्री सरीफलाई जमानतमा छोड्न सकिने गरी भ्रष्टाचारसम्बन्धी विभिन्न दुई मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ ।

गत जुलाईमा पाकिस्तानको ७० बर्षको इतिहासमा कार्यकाल पुग्नु अगावै पदच्युत हुने १५ औँ प्रधानमन्त्रीका रूपमा सरीफलाई अदालतको आदेशमा उहाँमाथि लागेको भ्रष्टाचार आरोपमा हटाइएको थियो । भ्रष्टाचार आरोप लागेका प्रधानमन्त्री सरीफले प्रधानमन्त्री रहन पदीय मर्यादाले नदिने भन्दै उहाँलाई अदालतले सत्ता छोड्न र अनुसन्धान प्रक्रियामा आउन आदेश दिएको थियो ।