चन्द्रमामा फेला पऱ्यो गुफा

चन्द्रमामा फेला पऱ्यो गुफा


जापानी वैज्ञानिकहरूले चन्द्रमामा एक ठूलो गुफा फेला पारेका छन् । गुफाबारे जानकारी दिँदै वैज्ञानिकहरूले चन्द्रमाको यात्रामा जाने अन्तरिक्षयात्रीहरूले यसमा वास बस्न सक्ने बताएका छन्, जसका कारण उनीहरू खतरनाक विकीरण तथा तापमानमा हुने अप्रत्यासित परिवर्तनको असरबाट समेत बच्नेछन् । चन्द्रमामा उक्त गुफा साढे तीन अर्ब वर्ष पहिले भूगर्भमा भएको हलचलका कारण बनेको वैज्ञानिकहरूको अनुमान छ । चन्द्रमामा फेलापरेको गुफाको लम्बाइ ५० किमि र चौडाइ सय मिटर रहेको छ । जमिनभित्र अवस्थित यस गुफा चन्द्रमाको मारियस हिल्स नामक स्थाननजिक रहेको छ ।