कसैलाई एचआइभीको शंका लागेमा निःशुल्क औषधि

कसैलाई एचआइभीको शंका लागेमा निःशुल्क औषधि


अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसँग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ ।

सरकारले एचआईभी संक्रमण भएको प्रमाणित भएका ब्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै समय भयो । तर, एचआइभी सर्ने जोखिमयुक्त काम गरेर संक्रमणको डर भएका ब्यक्तिले पनि औषधि खान पाउने व्यवस्था सुरु भएको हालै मात्र हो ।

‘कोही ब्यक्ति संक्रमण छैन तर उसले यौन सम्पर्क गर्ने साथी भने एचआईभी भएको छ । त्यस्तो ब्यक्तिले औषधि खाएका संक्रमण हुने खतरा कम हुन्छ, त्यस्तालाई पनि औषधि दिईन्छ,’ भरतपुर अस्पतालमा रहेको एचआईभी उपचार गर्ने एआरटी सेन्टरका प्रमुख डा. उन्नत श्रेष्ठले भने, ‘सरकारले यस्ता व्यक्तिलाई पनि औषधि दिन मिल्ने नीति ल्याएको भर्खरै हो ।

हामीसँग औषधि पनि आएको छ । तर यसको बारेमा जानकारी नभएर होला कोही पनि माग्न आएका छैनन् ।’ (नागरिक दैनिक)