कसरी अप्राकृतिक भन्ने ?-बबिता बस्नेत

कसरी अप्राकृतिक भन्ने ?-बबिता बस्नेत


यो संसारमा कति थरी मानिस होलान् – जवाफ आउन सक्छ-मानवीय जीवनका पाटाहरू अनेक भए पनि मानिस त दर्ुइ थरी नै हुन्छन्- महिला र पुरुष । सानैदेखि देखिएको यही हो, पढिएको पनि यही हो । यस्तै सुन्दै, पढ्दै र देख्दै आएकाहरूका लागि महिला र पुरुषबाहेक तेस्रोलिङ्गीहरू पनि छन् र उनीहरूभित्र पनि विविधता छ भन्ने कुरा थाहा नहुन सक्छ । हिजोआज सडकदेखि सदनसम्म तेस्रोलिङ्गीहरूको उपस्थिति र समय-समयमा उठाइने आवाजका कारण यो विषयमा चर्चासम्म सुनिएको भए पनि त्यसभित्रको छुट्टै र कतिपय अवस्थामा पीडादायी संसारका बारेमा भने धेरैलाई जानकारी छैन । जसरी कालो र सेतोका बीचमा खैरो भाग हुन्छ भनेर सोचि“दैन, जसरी दिन र रातका साथै सा“झ-बिहान पनि हुन्छ भनेर याद राखि“दैन त्यसैगरी यो संसारमा महिला र पुरूषबाहेक अरू पनि मानव छन् भनेर खासै वास्ता गरिएको हुँदैन । कुनै प्रसङ्ग आउ“दा दिनरात नै भनिन्छ चाहे त्यो ‘दिनरातको मिहिनेत’ भनौ“ या ‘रातदिनको थकाइ’ जेसुकै प्रसङ्गमा पनि हामी दिन र रातलाई जोड्ने या छुट्याउने सा“झ-बिहानको अस्तित्वलाई भने बेवास्ता गरिरहेका हुन्छौँ । यस्तै पुलिङ्गी र स्त्रीलिङ्गीहरूको संसारमा अन्य लिङ्गीहरूको अस्तित्व पनि कही कतै स्वीकारिएको छैन । त्यसैले कुनै समारोहलाई सम्बोधन गर्दा हामी भन्छौँ- महिला तथा सत्जनवृन्द । लाइन लाग्नुपर्ने कुनै पनि ठाउ“मा महिला र पुरुषकै लाइन हुन्छन्, शौचालयहरू महिला र पुरुषकै लागि बनेका छन् । लेखपढमा महिला र पुरुष नै आउँछ, निवेदनमा, फाराममा, नागरिकता, पासपोर्ट जताततै महिला र पुरुष भनेर दुइटा रोजाइ मात्रै दिइन्छ । वास्तवमा महिला र पुरुषबाहेक मानवजीवनको अर्को लिङ्गको अस्तित्वलाई स्वीकार गरिएकै छैन ।
राजधानीको ठमेलतिर सा“झ परेपछि हिजोआज तेस्रोलिङ्गीहरूको राम्रै चहलपहल देखिन्छ । तेस्रोलिङ्गी भन्नासाथ हामी ठान्छौँ यी सबै हिजडा हुन् । हिजडाका बारेमा भने पौराणिक कथाहरूमा सुनिएको र हिन्दी सिनेमाहरूमा देखिएको हुनाले आफ्नो बुझाइअनुरूपको छवि मानिसहरूले बनाइरहेका हुन्छन् । यस्तै महिला र पुरुषबीचको सम्बन्धलाई प्राकृतिक भनेर सहज स्वीकार गरिएको भए पनि तेस्रोलिङ्गहरूबीचको सम्बन्धलाई भने अप्राकृतिक पनि भन्ने गरिएको छ । साथै नितान्त शारीरिक सम्बन्धका लागि यिनीहरूबीच एक-अर्कामा निकटता बढ्छ भन्ने धारणा पनि हामीमा छ । कतिपय कुराहरूमा हामी बुझ्दै-नबुझी धारणा बनाउँछौँ र आफूलाई लागेको कुरा मात्रै सही भनेर आफूले आफंैलाई प्रमाणित गर्ने कोशिस गर्छौं । तेस्रोलिङ्गीहरू अहिले जे-जसरी जीवन बा“चिरहेका छन् त्यो आफैंमा पीडादायी छ भन्ने कुरा भने कमै महिला पुरुषहरूलाई जानकारी छ । तेस्रोलिङ्गी भनेर हामीले जसरी समग्रमा बुझ्ने गरेका छौँ उनीहरूबीच महिला-पुरूषमा भन्दा बीढ विविधता छ । खासमा तेस्रोलिङ्गी ती मात्रै हुन् जो जन्मि“दा महिला या पुरुष भएरै जन्मिन्छन् तर पछि हर्ुर्किंदै जा“दा उनीहरूमा विपरीतलिङ्गीको हाउभाउ आउ“छ र पुरुष भए पनि महिलाले लगाउने लुगा लगाउन मन लाग्ने, शृङ्गार गर्न मन लाग्ने र उमेर बढ्दै गएपछि आकर्षण पनि पुरुषहरूप्रति नै हुन्छ । पुरुष भएर जन्मिएको मानिसलाई महिलाका सबै गुणहरू आउँदा या महिलाको स्वरूपमा जन्मिएकाहरूलाई पुरुषका गुणहरू आउँदा उसलाई कति पीडादायी हुँदो हो सहज अनुमान गर्न सकिन्छ । यस्ता व्यक्तिहरूलाई मेटी र मारुनी पनि भनिन्छ । उनीहरूमा जुन परिवर्तन आउँछ त्यसमा उनीहरूको कुनै भूमिका हुँदैन, प्राकृतिक रूपमा नै आउँछ । यस्तै जन्मिँदैमा बालक या बालिका भनेर छुट्याउन नसकिनेहरूलाई अन्तरलिङ्गी भनिन्छ । यसप्रकारका मानिसमा महिला र पुरुष दुवैका गुण आउन सक्छन् । समलिङ्गीहरूको चाहिँ महिला-महिला या पुरुष-पुरुषबीच आकर्षण हुन्छ र उनीहरू आफूले मन पराएको मानिस सँगसँगै बस्न चाहन्छन् । समलिङ्गीहरूमा पुरुषहरूलाई ‘गे’ भनिन्छ भने महिलाहरूलाई ‘लेस्वियन’, रोमको लेस्बोस सहरका नामबाट लेस्वियन शब्दको उत्पत्ति भएको हो । यसैगरी अर्काथरी हुन्छन् दर्ुइ लिङ्गी अङ्ग्रेजीमा जसलाई ‘बायोसेक्सुयल’ भनिन्छ । यस्ता मानिसहरूलाई चिन्न तेस्रोलिङ्गीहरूलाई झैं सहज हुँदैन, यिनीहरू शारीरिक र भावानात्मक रूपले महिला र पुरुष दुवैसँग आकरि्षत हुन सक्छन् । तर, अरूको हकमा यस्तो क्रियाकलाप लागू हुँदैन । जस्तो तेस्रोङ्िगीहरू जो जन्मिँदा बालक या बालिका जे भए पनि हुर्कंदै जा“दा विपरीतलिङ्गीको गुणलाई अपनाइरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरू आफूजस्तै मानिससँग शारीरिक सम्बन्ध राख्न चाहदैनन् । महिलाको गुण आउनेहरू अर्को पुरुषसँगै सम्बन्ध बढाउन चाहन्छन् जो पुरुषकै गुण भएको पुरुष हो । उनीहरूको यस प्रकारको चाहनाका कारण धेरै मेटीहरूले धोखा पनि पाएका छन् । कतिपय पुरुषहरू उनीहरूस“ग आकरि्षत भएझैं गर्ने, श्रीमती या केटी साथी पनि राख्ने र मेटीहरूलाई शोषण गर्ने पनि हुँदा रहेछन् । कल्पना गरौं पुरुषको शरीर भएको एउटा मान्छे महिलाको पोसाक र हाउभाउमा छ र उसको आकर्षण केटास“गै छ भने उसले कति ‘कम्प्िलकेटेट’ जीवन बा“चिरहेको होला – त्यो पनि रहरले होइन बाध्यताले किनभने ऊ आफूले होइन उसको दिमागले त्यही निर्देशन गरिरहेको हुन्छ ।
व्यावहारिक समस्या पनि त्यत्तिकै छन् । मेटीहरू केटीको जस्तै कपाल कोरीबाटी गरेर, साडी या कुर्ता लगाएर, शृङ्गारसहित गहना लगाएर हि“ड्छन् या भनौँ उनीहरूलाई त्यसरी हि“ड्न मन लाग्छ, नागरिकतामा ढाकाटोपी लगाएकै फोटो छ किनभने समाज र राज्यले हेर्दा उनीहरू पुरुष हुन् । नागरिकताअनुरूप पासपोर्ट बनेको छ । साधारण महिला पुरुषहरूलाई त एयरपोर्ट या इमिग्रेसनतिर अनुहार मिल्छ कि मिल्दैन भनेर पासपोर्ट या नागरिकताको फोटो हेर्दै सम्बन्धित मानिसको अनुहार पटक-पटक हेरिन्छ भने राष्ट्रिय परिचयमा एउटा लिङ्ग र त्यहीअनुरूपको फोटो, शरीरमा लगाएको पोसाक अर्को, बोलीचाली र हाउभाउ झनै अर्को हुँदा उनीहरूलाई कति गाह्रो होला अनुमान गर्न सकिन्छ । तेस्रोलिङ्गीहरूले शरीरको आधारमा होइन पहिचानको नागरिकता दिनर्ुपर्छ भन्नुको पछाडि यही कारण लुकेको रहेछ । समाजले हेर्ने दृष्टिकोण र परिवारलाई हुने मानसिक तनावको कथा-व्यथा त झनै कहालीलाग्दो छ । आफ्नो छोराले विवाह गरेर दुलही भित्र्याउला, नातिनातिनाको मुख हेरौ“ला भन्ने सपना बुन्दै सन्तान हर्ुकाएका बाबुआमाका निम्ति छोराले चटक्क मिलाएर सारी लगाई गहनासहित शृङ्गार गरेर साथमा अर्को केटा नै लिएर हि“डेको देख्दा केसम्म होला – अनुमान गर्न सकिन्छ । तर, प्रकृतिको अगाडि कसैको केही चल्दैन उनीहरू आफ्नो इच्छाले त्यस्तो भएका होइनन् भन्ने कुरालाई आत्मसात् गरेर उनीहरूको खुसीलाई आफ्नो खुसी ठान्दै वास्तविकतालाई आत्मसात् गरेर अगाडि बढ्नु नै एक मात्र विकल्प हो । शारीरिक हाउभाउ र आवश्यकता जे-जे भए पनि मानसिक रूपमा भने उनीहरू सक्षम छन् र जुनसुकै चुनौती पनि पूरा गर्न सक्छन् । त्यसैले प्रकृतिले निर्धारण गरिदिएको स्वरूप र चाहनालाई अप्राकृतिक भन्नुभन्दा यो संसारमा महिला र पुरुष मात्र नभएर प्रकृतिले तेस्रोलिङ्गीको पनि सिर्जना गरेको छ भनेर सबैलाई सानैदेखि जानकारी दिने व्यवस्था गर्नु नै उपयुक्त हुन्छ ।