श्रीपेच कस्तो छ ? कसैलाई थाहा छैन्

श्रीपेच कस्तो छ ? कसैलाई थाहा छैन्


नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ कसैलाई थाहा छैन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक हेरिएको थियो ।

श्रीपेच कक्षको साँचो नारायणहिटी संग्रहालय विकास समितिको मातहतमा भए पनि श्रीपेच हेर्न छुट्टै समिति भएकाले समस्या आएको छ ।

‘हामीले श्रीपेचको अवस्थाबारे जानकारी लिन आवश्यक ठानेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएका थियौं, तर अहिलेसम्म उत्तर आएको छैन,’ संग्रहालय विकास समितिका प्रमुख रोहित ढुंगानाले भने ।

पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुअघि हाम्रा पिता पुर्खाको बिरासतको रूपमा रहेको श्रीपेचलाई सदाका लागि जोगाएर राख्न देशबासीको नाममा अनुरोध गरेका थिए ।

श्रीपेचको अवस्थाबारे जानकारी लिन श्रीपेच रहेको कोठा कसले खोलेर हेर्ने भन्ने विषय नै अन्यौलमा छ । (नेपाल समाचार पत्र दैनिक)