साडी र घुम्टोमै पुसअप

साडी र घुम्टोमै पुसअप


मंसिर १० र २१ गते गते हुने प्रतिनिधी तथा प्रदेश निर्बाचनका लागि यतिबेला देशभरका युवायुवती देखि बृद्धसम्मले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वरकी सुमित्रादेवी पासवानले पनि आवेदन दिएकी छिन् । उनि महिला त्यसमा पनि दलित समुदायकी हुन् । तर उनि म्यादी प्रहरीमा भर्ना हुन्छु भन्दा गाउँलेले उनको खिल्ली उडाए । गाउँ डुलेर दिन कटाउने श्रीमान र तीन सन्तानकी आमा सुमित्रालाई गाउँलेले के भन्लान् भन्ने होइन, सन्तानको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता छ ।४६७० नम्बरको प्रवेशपत्र बोकेर सोमबार शारीरिक परीक्षा दिन

पुगेकी सुमित्रासँग प्रतिष्पर्धा गर्न आठ हजार ९ सय ५८ प्रतियोगी भेला भइसकेका थिए । तर, जब तीन सन्तानकी आमा सुमित्रा साडीसँगै घुम्टो ओढेर कुद्न थालिन, भुसतिघ्रे युवाहरु पनि हस्याङफस्याङ गर्दै उनलाई पछ्याउन बाध्य भए ।

दौड मात्र होइन, पुसअप लगायत परीक्षामा पनि धेरै युवा फेल भए, सुमित्रा पास भइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।