कांग्रेसी पुर्खाको पराक्रम सम्झँदै सन्ततिलाई पत्र

कांग्रेसी पुर्खाको पराक्रम सम्झँदै सन्ततिलाई पत्र


आदरणीय श्री प्रकाशमान दाइ,
आदरणीय डा. श्री शशांक दाइ,
आदरणीय डा. श्री शेखर दाइ,
आदरणीय श्री सुजाता दिदी,
… जय नेपाल !

स्व. कृष्णप्रसाद कोइरालाको साहस, स्व. विशेश्वरप्रसाद कोइरालाको मार्ग, स्व. गणेशमान सिंहको त्याग, स्व. कृष्णप्रसाद भट्टराईको चातुर्यता, स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्व र स्व. सुवर्ण समशेरको लगानी भएको पार्टीको साख किन आज दिनानुदिन गिर्दो छ ? यी प्रजातन्त्रका खम्बाहरू सबैले एउटै कुवाको पानी खाएका थिएनन्, तै पनि पार्टीको साख जोगाउन र देशलाई निरंकुशताको भूमरीबाट बचाउन सबै एकजुट भएकै थिए । वहाँहरूको सम्मानजनक देहावसानपछि किन वहाँहरूका सन्तानका बीचमा चिसोपन ? तपाईंहरूमा राष्ट्र, राष्ट्रियता, प्रजातंन्त्र र समाजवादका प्रणेताहरूको रगत त छ ? पिता–पुर्खाले आन्दोलनको नेतृत्व गर्दैगर्दा यहाँहरू स्वदेश तथा विदेशमा अध्यनरत हुनुहुन्थ्यो ।

हाम्रा पुर्खा ती आन्दोलनहरूमा कोही शहीद भए, कोही विकलाङ्ग बनी जिउँदो शहीद भएर बाँचिरहेका छन् । आज न उनीहरूको खोजी छ, नं सम्मान, न जीविकोपार्जनको कुनै उपाय ! हाम्रा पुर्खा त कोही शहीद, कोही अपांग, कोही बेपत्ता छन् । हामीलाई कसले पढायो ? हाम्रा संन्ततीलाई कसले पढाउने ? कसले संरक्षण गर्ने ?

आजका दिनमा यहाँहरूले पुर्खाको जसरी, यहाँहरू सबै एकजुट भई राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि कुशल नेतृत्व गर्न एकआपसमा बसी एक ढिक्का भई आत्मादेखि नै आपसी चिसोपन मेटी डुब्न लागेको राष्ट्र, राष्ट्रियता, लोकतंन्त्र, समाजवाद र पार्टीलाई दिगो र व्यवस्थित बनाउनु होस् । आज राष्ट्र र राष्ट्रियतालाई कमजोर वनाउन लोकतांन्त्रिक शक्तिलाई घेराबन्दीमा पारिँदैछ, ख्याल राखिदिनुहोस् ।

हत्या, हिंसा र आतंकबाट नै राजनैतिक परिवर्तन गर्न सकिन्छ भन्ने आदमखोर प्रवृत्ति भएका पार्टी र ब्यक्तिहरूसँग कहिल्यै पनि सहकार्य र कार्यगत एकता नगर्नुहोस्, जुनसुकै बेला लोकतंन्त्रमाथि नै धोका हुन सक्छ । यहाँहरू सबैले हात्तीले आफ्नो बल थाहा नपाएकाले माउतेले रजाई गरेको हो भन्ने कुरो बुझ्नुपर्ने हुन्छ । तपार्इंहरू हिलाको किलो नबन्नु होस्, जता हल्लायो त्यतै हल्लने । देश र जनतालाई शिरमा राखी ठोस निर्णय गर्नुस् । परिणाम उपलब्धिमुलक होस् ।

ख्याल गर्नुहोस्, हाम्रो देशमा हावामा रेल उडाउने र पानीमुनि जहाज उडाउने नेता र राजनीतिक पार्टी पनि छन् । जनतालगायत कोही कसैसंग झुठो नबोल्नु, झुठो आश्वासन र खोक्रो नारा नदिनु । नेपाली जनता र नेपाली कांग्रेसका कार्यकर्ताको बीचमा यहाँहरूको अनुहारमा उही माथिका योद्धाहरूको अनुहार झल्किन्छ । तपाईंहरू भाडुल्ले चराको टाउको नबन्नुहोस्, पीडा सबैलाई पुग्छ । यहाँहरू भनेको हाम्रो धरोहर हो किन सुस्ताउनुहुन्छ ?

जाग्नुस् । शहीदको रगत र जनताको आँसुको मूल्य चुकाउनुहोस् । यहाँहरूको हृदयमा वहाँहरूको जस्तो साहस, विचार, त्याग, चातुर्यता, नेतृत्व र लगानी गर्ने भावना जागृत हुनैपर्छ । तपाईहरूको पुर्खाले गाउँबाट राजधानी शहरमा निरंकुश राणा शासकलाई पठाएको उही थोत्रो टोपी र पुरूषले लगाउने भित्री बस्त्र लगौँटी आज हरेक गाउँ–गाउँ,बस्ती–बतीमा प्रशस्तै छन् । विस्थापित गर्नुहोस् । गरीव सुकुम्वासीहरूलाई गाँस, वास, कपास र औषधि उपचारको ग्यारेण्टी गर्नुहोस् । स्वदेशी लगानीलाई प्रोत्साहन दिनोस् । वैदेशिक लगानी भित्र्याउनु होस् । समाजवाद अंगाल्नुहोस्, विलासी जीवन त्याग्नुहोस् । जति कमाए पनि मर्दा कसैले केही लगेको छैन । स्वर्ग जाने सिँढी र सडक कसैले हालेका या बनाएका छैनन् । कसैले सक्दा पनि सक्दैनन् । जे छ त्यसैमा सन्तुष्ट हुनुहोस् ।

पदीय भागवण्डामा नलाग्नुहोस् । कालो घन नजोड्नुहोस् । पैत्रिक सम्पत्ति नै तपाईंहरूका सन्ततीका लागि काफी हुन्छ । मोहनदास करमचंद गान्धी आफ्नो र आफ्ना संन्तान–दरसंन्तानको स्वार्थभन्दा देश र जनताको स्वार्थमा लागिपरे, त्यसैले त उनी ‘महात्मा’ भए । ‘त्याग र समर्पणले नै मान्छेलाई महान् बनाउँदछ ।’ यहाँहरू पनि महात्मा बन्ने प्रयास र प्रयत्न गर्नुहोस् । ‘सादा जीवन, उच्च बिचार राख्नुहोस् ।’ ‘सुनको भात कसैले खाँदैन, मर्दा कसैले लाँदैन । ‘तँपाईहरू भन्दा गरिब संसारमा अर्बौं छन् । तिनीहरूलाई हेर्नुस् ।

आज कांग्रेस कता जाँदै छ ? पार्टी कहाँबाट संचालन हुदैछ ? लोकतंन्त्रको खोल ओडेका छद्मभेषी राजनीतिक दलको चंगुलमा फसीं तिनै राजनीतिक दलहरूको बैशाखी नबन्नुहोस् । विचार पु¥याउनु होस् । प्रजातंन्त्रमा निरंकुशता र निरंकुशतामा प्रजातंन्त्र कहिल्यै र कहीँ पनि हुंदैन । लोकतंन्त्रको विकल्प लोकतन्त्र नै हो ।

पार्टी स्थानीय तह निर्वाचनमा विपक्षको प्रहार भन्दा आफ्नै पक्षको प्रहार, घात, अन्तरघात, प्रतिघात, तिक्तता, बैरभाव आदिले गर्दा खप्नै र सहनै नसकिने गरी कमजÞोर भयो । अरू कमजोर नहोस् । कार्यकर्ता चिन्नुहोस् । इमान्दार र असली कार्यकर्ताको पहिचान गर्नुस् । क्रियाशील लाई क्रियाशील सदस्य दिनोस्, दिन लगाउनु होस् । मूल्याँकन गर्ने दिन आउँदैछ । पार्टीलाई अव पनि नसच्याउने र नसुधार्ने हो भने आगामी दिनमा काङ्ग्रेस इतिहासको पानामा समेटिनु पर्ने हुन्छ ।

‘विकास गरिवको झुपडीमा, बाटो पहाडैपहाडको टाकुरै टाकुरामा पु¥याउँदै, प्राविधिक शिक्षा, भूक्षय, तराई डुवान, सीमा रक्षा, रोजÞगारी, सुशासन जस्ता अनगिन्ती समस्याहरू समाधान गर्नमा सफलता प्राप्त गर्न सक्नुहोस् । देशको चारै कुनामा अँध्यारो छ उज्यालो छर्नुहोस् ।’

देशमा उग्रराष्ट्रवादीहरू राष्ट्रवादको नाममा विदेशी नेता, विदेशी झण्डा र बिदेशी दर्शनलाई आत्मसात गर्दै मातृभूमिलाई थप्पड़ हान्दै गर्दा उनीहरूनै राष्ट्रवादी भनाउँदा छन् । नक्कली राष्ट्रवादले देशलाई बिखण्डनतर्फ धकेल्दैछ । राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्नुहोस् ।

घड़ीको सुई रोकिए त्यसले समय दिँदैन, प्राणीको साँस रोकिए बाँच्दैन । संगठन सुदृढ़ नभए निर्वाचन जितिँदैन । पार्टीभित्र हालका दिनमा देखिएको चारचम्का शेर, राम, कृष्ण, खुमको एउटै चुल्हो बनाई संगठनमा स्वच्छ प्रतिस्पर्धा गराउँदै युवा जमातमा नेपाली काङ्ग्रेसप्रति आकर्षण बढाउनु होस् ।
यो मेरो र मजस्ता आम स्वाभिमानी जनता र कार्यक्रताको चासो हो । अर्ती उपदेश हैन, हामीभित्र कुँदिएको कुण्ठा र हातले यहाँहरू समक्ष लेखिएको पीडा हो । अन्यथा नसोचीदिनु होला ।

अन्त्यमा यहाँहरूले आफ्ना पुर्खाको जसरी एकताको सन्देश दिदै पार्टी र सरकारको नेतृत्व आफैले लिँदै, नेपाल र नेपाली जनताको इच्छा–चाहनाअनुसार काम गर्न सफल हुनुहोस्, यही छ कामना ! जय नेपाल !!

– नरेन्द्र भट्टराई
सर्लाही, हरिवन, ९८५४०३५७२०