बल्ल सरकारको आँखा खुल्यो -श्रीविक्रम भण्डारी

बल्ल सरकारको आँखा खुल्यो -श्रीविक्रम भण्डारी


अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट प्रस्तुत गर्ने क्रममा ३८ देखि ४२ नम्बरसम्म खेलकुदलाई सम्बोधन गरेका थिए । मन्त्री पाण्डेले बजेट भाषणमा खेलकुदलाई पाँच बुदामा समेट्ने क्रममा खेलकुदका विभिन्न पक्षलाई विकासको बाटोमा लैजाने प्रतिबद्धता जाहेर गरेका छन् । मन्त्री पाण्डेले बजेट भाषणमा प्रस्तुत गरेका बुँदालाई यहाँ जस्ताको त्यस्तै राखिएको छ ।
– १६औँ एसियाली खेलकुदमा नेपाली खेलाडीहरूलाई सहभागी गराइसकिएको छ । यसका लागि आवश्यक बजेट मिलाइसकेको छु ।
– आउँदो फागुनमा आयोजना गरिने छैंटौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १० करोड छुट्याएको छु । फुटबलमा युवाहरूको दक्षता वृद्धि गर्न स्थानीयस्तरमा लिग म्याच सञ्चालन गरिनेछ । ।
– ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुदमा स्वर्ण्र्ाादक जित्ने खेलाडीहरूलाई नगद पुरस्कार उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । साथै खेलकुद पूवाधार विकास र आवधिक खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।
– सुनसरी, चितवन र कैलालीमा क्षेत्रीयस्तरको खेल निर्माण कार्यलाई निरन्तरता दिइनेछ । दमकमा रंगशाला निर्माण गरिनेछ ।
– काठमाडौंको मुलपानी र रूपन्देहीको भैरहवामा अर्न्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न रु. ४ करोड रुपैयाँ छुट्याएको छु ।
अहिले आर्थिक वर्ष२०६७ ? ६८ को बजेटसँगै खेलकुदमा नौलो उत्साह थपिएको छ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले खेलकुदका विभिन्न पक्षलाई समेटेर बजेट प्रस्तुत गरेपछि खेलकुदले काँचुली फर्ेर्ने देखिएको छ । जहिले पनि कर्मचारीलाई तलब खुवाउने बजेट दिने सरकारले यसपटक मन खुलाएर खेलकुदलाई बजेट प्रदान गरेको छ । विगतका बजेट भाषणमा खेलकुदको नामसमेत उच्चारण नगर्ने सरकारले यसपटक क्रिकेट, फुटबल र राष्ट्रिय खेलकुद प्रतियोगिताको नामै किटेर ११ करोड विकास बजेट छुट्याएको छ । २१औँ शताब्दीमा खेलकुदको प्रभावकारिताले शिखर छोइरहेको अवस्थामा पनि कानमा तेल हालेर बसेको सरकारको घैंटोमा अहिले बल्ल घाम लागेको छ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दासमेत सौताकै छोरामा परेको खेलकुदलाई सरकारले बल्ल चिन्ने कोसिस गरेको छ । ढिलै भए पनि सकारात्मक सङ्केत लिएर आएको बजेटले अहिले खेलकुद क्षेत्रमा आशाको किरण देखाउन सफल भएको छ । जसले गर्दा खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूमा नयाँ आत्मविश्वास पैदा भएको छ ।
यो आर्थिक वर्षो बजेटमा सरकारले विगतको तुलनामा खेलकुदलाई दोब्बर बजेट प्रदान गरेको छ । खेलकुदलाई राज्यका अन्य निकायसरह प्राथमिकतामा राख्दै साधारण र विकासतर्फबजेट विनियोजन गरेको छ । युवा तथा खेलकुद मन्त्रालय शीर्षकअर्न्तर्गत राष्ट्रिय खेलकुद परिषद्को नाममा सरकारले ४९ करोड नौ लाख ९६ हजार छुट्याएको छ । जसमा साधारणतर्फ३८ करोड ९६ हजार र विकासतर्फ११ करोड रुपैयाँ विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा सरकारले साधारणतर्फ२२ र विकासतर्फ५ करोड गरी जम्मा २७ करोड छुट्याएको थियो । यसपटक राखेपसहित खेलकुद मन्त्रालयलाई सरकारले कुल ६२ करोड ७० लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ । स्मरण रहोस्, गत आर्थिक वर्षमा सरकारले खेलकुदलाई पाँच करोडको विकास बजेट प्रदान गरे पनि राखेपले त्यसको आधा रकम पनि खर्च गर्न सकेको थिएन । मुलुकको विषम परिस्थिति र अन्य विभिन्न कारणले गर्दा उक्त रकम ‘प्रिmज’ हुन पुगेको थियो ।
सरकारले खेलकुदलाई विनियोजन गरेको बजेटबाट निकै उत्साहित देखिएका युवा तथा खेलकुदमन्त्री गणेश नेपालीले कार्यान्वयन पक्षको बारेमा शङ्का व्यक्त गरेका छन् । मन्त्री नेपालीले गत वर्षो विकास बजेट प्रिmज भएको स्मरण गराउँदै त्यसको कार्यान्वयनतर्फविशेष जोड दिनुपर्ने बताएका छन् । नेपालीले सरकारले खेलकुदको वास्तविकतालाई आत्मसात् गर्दै खुलेर बजेट दिएको र त्यसलाई सही ढङ्गले समयमै कार्यान्वयन गर्नुपर्ने बताए । सरकारले तोकेका खेलहरू, राष्ट्रिय खेलकुद प्रतियोगिता र भौतिक पूवाधारका निर्माणमा योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका थिए । मन्त्री नेपालीले विगतको जस्तो बजेट प्रिmज नहोस् भन्दै खेलकुदका सम्बद्ध पक्षहरूले कार्यान्वयनको पक्षलाई पहिलो मुद्दा बनाउनुपर्ने बताएका छन् । त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव हरिबाबु चौधरीले बजेटले खेलकुदको विकासको ढोका खोलेको बताउँदै यसले खेलकुदमा नौलो रक्तसञ्चार हुने बताए । सदस्यसचिव चौधरीले अब खेलकुद पनि सरकारको प्राथमिकतामा परेको प्रस्ट पार्दै सबैले इमान्दारीपूवक कार्यान्वयनमा लाग्नुपर्ने बताएका छन् ।
काठमाडौंको मुलपानी र रूपन्देहीको भैरहवामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि सरकारले चार करोडको बजेट छुट्याएपछि नेपाल क्रिकेट सङ्घ -क्यान) का पदाधिकारी निकै उत्साहित बनेका छन् । क्यानका उपाध्यक्ष उपेन्द्र भट्टराईले क्रिकेटको भौतिक पूवाधारको विकासमा सरकार गम्भीर बन्नु निकै सकारात्मक भएको खुलासा गरेका छन् । सरकारको सहयोग आफैंमा अत्यन्त महत्त्वपूर्ण र प्रभावकारी हुने बताउँदै अब एसियाली क्रिकेट परिषद -एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आईसीसी) सँग विकासको बजेट माग्न सजिलो हुने बताएका छन् । नेपाली क्रिकेटको विकासका लागि आधारस्तम्भको रूपमा छुट्याइएको यो बजेटले क्रिकेटको विकासमा नौलो पाना थप्ने बताए । उपाध्यक्ष भट्टराईले यो निकै सकारात्मक र उत्साहजनक बजेट भएको टिप्पणी गर्दै सरकारको नजरमा क्रिकेटले पहिलो प्राथमिकता पाउनु क्रिकेटप्रेमी र खेलाडीहरूका लागि खुसीको खबर भएको प्रस्ट पारेका थिए ।
अहिले खेलकुदमा ढिलै भए पनि छोरै भएसरी भएको छ । सरकारको मानसपटलमा कहिल्यै उत्कृष्ट प्रतिविम्ब बनाउन नसकेको खेलकुदले बल्ल आफ्नो रंग देखाएको छ । हिजोसम्म खेलकुद भनेपछि नाक खुम्च्याउने सरकारले अनपेक्षित रूपमा खेलकुदलाई आत्मसात् गरेको छ । सधैं कुहिरोमा हराएको कागसरी बनेको खेलकुदले बल्ल दिशा भेट्टाएको छ । खेलकुदको विकासका लागि सरकारको प्रतिबद्धताको रूपमा आएको बजेटले खेलकुदले नयाँ जीवन पाउने पक्का भएको छ । र पनि बजेटसँग लामो समयदेखि पौंठेजोरी खेल्दै आएको राखेपको हातमा उक्त बजेट नपरुन्जेलसम्म त्यसै भन्न सकिने अवस्था छैन । बजेट भाषण सुनेर मख्ख परेका खेलाडीको मुहारमा अहिले नौलो रक्तसञ्चार भए पनि राजनीतिको पहिलो तारो बन्दै आएको खेलकुदमा केही भन्न सकिने अवस्था भने छैन । अझ कामचलाउ सरकारले ल्याएको बजेट आफैंमा विवादमा परेको अवस्थामा भोलि हात्ती आयो हात्ती आयो फुस्सा भयो भने अन्यथा मान्नुपर्ने छैन । त्यसैले खेलकुदको हितैषी बनेर आएको बजेटको आशा गर्नु राम्रो हुने भए पनि भरोसा अहिल्यै गर्नु अलि छिटो होला कि ?

तेक्वान्दो पनि सरकारको पासोमा
एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएयता कहिल्यै पदक विमुख नहुनु परेको नेपालको नम्बर एक खेल तेक्वान्दो पनि सरकारको पासोमा झुन्डिनुपरेको छ । अहिलेसम्मका चार संस्करणमा नेपाललाई १ ऐतिहासिक रजतसँगै १४ कास्यपदक दिलाएको तेक्वादो ग्वान्झाउ एसियाडबाट रित्तो हात फर्किएको छ । खेलकुदप्रति सरकारको गलत धारणा र अदूरदर्शी नीतिका कारणले गर्दा तेक्वान्दोले यस्तो नियति भोग्नुपरेको हो । सरकारले समयमै बजेट उपलब्ध नगराउँदा तेक्वान्दोको तयारीमा निकै प्रभाव परेको थियो । अन्तिम समयमा मात्र प्रशिक्षण गर्न पाएको तेक्वान्दोका खेलाडीले यसपटक विदेशमा गएर प्रशिक्षण गर्न पाएका थिएनन् । सरकारले जस्तोसुकै नीतिको अवलम्बन गरे पनि आफ्नै तरिकाले प्रशिक्षण गरेको तेक्वान्दोले एसियाडमा आफ्नो साखलाई बचाउन अथक प्रयत्न गरेको थियो । यसपटक भाग्य ठगिएको तेक्वान्दोको मुखमा दुईवटा पदक परिसके पनि अन्तिम सेकेन्डमा आएर पदकबाट विमुख हुनुपरेको थियो ।
१६औँ ग्वान्झाउ एसियाडमा तेक्वान्दोमा १२ खेलाडीले सहभागिता जनाएका थिए । ६ महिला र ६ पुरुष खेलाडीले सहभागिता जनाएको तेक्वान्दोमा नेपालले पदकको ठूलो आशा गरको थियो । थुप्रै खेलाडीले पहिलो चरणमा वाई पाएर क्वाटरफाइनलमा पुगेपछि पदकको सम्भावना अझ बढेको थियो । तर, विडम्बना, नेपालमा भएको कमजोर तयारीको झलक प्रतिस्पर्धाका क्रममा देखिएको थियो । फिजिकल रूपमा नेपाली खेलाडी उत्कृष्ट देखिए पनि मानसिक रूपमा झेल्नुपरेको पीडाले उनीहरूको आत्मबल गिरेको थियो । मुलुकको प्रतिष्ठाका लागि केही गर्नुपर्छ भावनाबाट ओतप्रोत भएका तेक्वान्दो खेलाडीहरूले आफूलाई मानसिक रूपमा स्वस्थ राख्न नसक्दा पराजयको मुख देख्नुपर्‍यो । चर्चित खेलाडी आयश्ाा शाक्य र मनिता शाही यसैको सिकार बने । उनीहरूले विजय हासिल गरे पनि विजयलाई आत्मसात् गर्न नसक्दा तेक्वान्दो पहिलोपल्ट एसियाडबाट रित्तोहात र्फकन बाध्य हुनुपर्‍यो । जुन तेक्वान्दोका लागि मात्र नभई मुलुककै लागि दुर्भाग्य बन्न पुग्यो ।
तेक्वान्दो ग्वान्झाउ एसियाडबाट खाली हात फर्किनुमा सरकार दोषी भएको आरोप तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्टले लगाएका छन् । दीपकले खेलकुदको विवाद र बजेटको अभावका कारणले गर्दा तेक्वान्दोले पदक जित्न नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नका लागि समयमै ठूलो लगानी गर्नुपर्ने धारणा राख्दै यसपटक सरकारले देखाएको रवैयाप्रति असन्तुष्टि प्रकट गरेका थिए । दीपकले अहिले पनि तेक्वान्दो खेलाडी अन्तर्राष्ट्रियस्तरका खेलााडी भएको बताउँदै उनीहरूको हौसला बढाउने कार्य सम्बन्धित निकायबाट नभएकोले यस्तो दु:खद् परिणाम आएको बताए । अन्तर्राष्ट्रियस्तरमा पदक जित्न सरकार, राखेप, ओलम्पिक कमिटी र खेलाडीले उत्तिकै सहयोग र मिहिनेत गर्नुपर्नेमा यहाँ खेलाडीहरूले मात्र मिहिनेत गरिरहेको गुनासो गरेका थिए । नेपाल तेक्वानदो सङ्घले मुलुकको तरल अवस्थामा पनि ग्वान्झाउ एसियाडमा सहभागिता जनाउने खेलाडीलाई सोचेभन्दा बढी सहयोग, प्रशिक्षण र आत्मविश्वासी बनाएको बताउँदै एक्लो प्रयास असफल भएको चिन्ता प्रकट गरेका थिए । वर्तमान खेलकुदको कार्यनीतिप्रति असहमति प्रकट गर्दै दीपकले यसलाई पूर्ण रूपले जरैदेखि उखेलेर फ्याँक्नुपर्ने बेला आइसकेको बताए । खेलकुदमा खेल बुझेको र खेलाडीलाई माया गर्ने व्यक्तिको आवश्यकता भएको चर्चा गर्दै सरकारलाई खेलकुदमा नियुक्ति गर्दा निकै सोचेर मात्र गर्न अनुरोध गरेका थिए ।
ग्वान्झाउ एसियाडमा तेक्वान्दो पदकविहीन भएपछि अध्यक्ष राणाले यसको जिम्मेवार सरकार र सम्बन्धित निकाय भएको आरोप लगाएका छन् । राणाले सम्बन्धित निकायले खेलहरूको वर्गीकरण नगर्दा र सबैलाई एउटै क्याटागोरीमा राखेर हेर्दा यस्तो परिणाम आएको बताए । आफूहरूले सम्भावित पदक जित्ने खेलहरूलाई वर्गीकरण गरेर समयमै प्रशिक्षणको व्यवस्था मिलाउन भने पनि राखेपले अनसुनी गरेको आरोप लगाएका थिए । राणाले अन्तर्राष्ट्रियस्तरमा पदक जित्नु चानचुने कुरा नभएको बताउँदै जत्रो प्रतियोगिता त्यत्रै लगानी गर्नुपर्ने बताए । लगानी मात्रै सफलताको द्योतक नभएको प्रस्ट पार्दै राणाले समयमै दूरदर्शी भएर लगानी गरे मात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सकिने बताए । जुन किसिमले खेलाडीहरूलाई नेपालमा प्रशिक्षण दिइएको थियो त्यसले कहिल्यै पदक जित्न नसकिने राणाले बताए । जुन अवस्थामा तेक्वान्दो खेलाडीहरूले तयारी गरेका थिए ग्वान्झाउमा त्योभन्दा निकै उत्कृष्ट प्रदर्शन गरेको राणाले दाबी गरे । दुर्भाग्यवश पदक जित्न नसके पनि आफूलाई खेलाडीहरूको प्रदर्शनप्रति कुनै गुनासो नभएको राणाले बताए ।

बक्सिङले बचायो नेपालको लाज
१६औँ एसियाडमा एकपछि अर्को पराजय भोगिरहेको नेपालको नाक बक्सिङले बचाएको छ । पदकविहीन बन्ने अवस्थामा पुगिसकेको नेपाललाई बक्सिङ खेलाडी दीपक महर्जनले जोगाएका हुन् । दीपकले लाइट हेभिवेट ८१ केजी तौल समूहको क्वाटरफाइनलमा थाइल्यान्डका बक्सरलाई पराजित गरेर यो उपलब्धि हासिल गरेका हुन् । दीपकले थाई बक्सर क्रियान्काई सुक्खुमलाई चार-शून्यको अन्तरले पराजित गर्दै नेपालका लागि पदक सुनिश्चित पारेका हुन् । सेमिफाइनलमा दीपकको भिडन्त भारतका चर्चित बक्सर दिनेश कुमारसँग आज बुधबार हुनेछ । यो खेल जितेमा दीपकले गोल्ड मेडलका लागि भिडन्त गर्ने छन् भने पराजित भएमा अन्तिम चारमा पुगेबापत कास्य पदक जित्ने छन् ।
दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा सम्पन्न भएको एसियाली खेलकुदमा बक्सिङले पहिलोपटक पदक जितेको थियो । उक्त एसियाडमा नेपालका नेपालका चारजना खेलाडी दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोज श्रेष्ठ र सुशील पोखरेलले कास्य पदक जितेका थिए । त्यसको चार वर्षछि अर्थात् सन् १९९० मा चीनको बेइजिङमा आयोजना भएको एसियाडमा चित्रबहादुर गुरुङले कास्य पदक जितेका थिए । त्यसपछि एसियाडमा दयनीय प्रदर्शन गर्दै आएको बक्सिङले २० वर्षो अन्तरालपछि ग्वान्झाउमा पदक सुनिश्चित गर्न सफल भएको हो ।
ग्वान्झाउमा अन्य बक्सिङ खेलाडीले खासै स्तरीय प्रदर्शन गर्न नसके पनि दीपकले भने उत्कृष्ट प्रदर्शन गरेका छन् । एसियाडमा आफ्नो पहिलो सहभागितामै नेपाललाई पदक जिताउन सफल भएकोमा दीपकले गौरवान्वित भएको बताएका छन् । थाई बक्सरलाई हराएपछि आफूमा निकै आत्मविश्वास बढेको बताउँदै दीकपले सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । दीपकलेे भारतीय प्रतिद्वन्द्वी दिनेश कुमार उत्कृष्ट खेलाडी भएको बताउँदै उसको खेल हेरिसकेपछि आफूले उसलाई पनि हराउन सक्छु भन्ने आँट आएको बताएका छन् । हेरौं आज बुधबार आयोजना हुने सेमिफाइनलमा यदि दीपकले दिनेश कुमारलाई पराजित गर्न सके त्यो बक्सिङका लागि ऐतिहासिक दिन हुनेछ ।

कबड्डीको सहभागितामा पूर्णविराम
अन्तत: ग्वान्झाउ एसियाडमा नेपालले कबड्डीमा सहभागिता नजनाउने पक्का भएको छ । विवादित कबड्डी सङ्घका पदाधिकारीहरूलाई अवैधानिक नेपाल ओलम्पिक कमिटीले जबर्जस्ती ग्वान्झाउ पुर्‍याए पनि खेलाडीलाई लान नसक्दा नेपालको सहभागिता अन्योलमा परेको हो । विवादित व्यक्तित्व सुनील राजकणिर्कार अध्यक्ष रहेको कबड्डी सङ्घलाई राखेपले विघटन गर्दै लालकुमार लामाको अध्यक्षता नयाँ कबड्डी सङ्घ गठन गरेको थियो । राखेपबाट मान्यता प्राप्त कबड्डी सङ्घसँग कुनै समन्वय नगरीकन हचुवाको भरमा अर्थात् अन्तर्राष्ट्रिय धाकका आधारमा खेलाडीहरूलाई ग्वान्झाउ लान खोजेपछि विवाद सिर्जना भएको थियो । एसियाडका लागि राखेपले छनोट गरेको खेलमा नपरेको कबड्डीलाई अवैधानिक ओलम्पिक कमिटीले राखेपलाई चुनौती दिँदै एसियाडमा सहभागिता गराएको थियो । सोही बेला विरोधमा उत्रिएको राखेप मान्यताप्राप्त कबड्डी सङ्घले एसियाडमा खेलाडी नपठाउन राखेपमा निवेदन दिएको थियो ।
सङ्घले खेलाडीहरू नपठाउन सम्बन्धित निकायमा निवेदन दिएपछि विवाद नसुल्भिmउन्जेलसम्म आफ्ना खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश नगर्ने नेपाल पुलिस र सशस्त्रले निर्णयगरेका थिए । एसियाडमा कबड्डी खेलाडीको सहभागिताका लागि अन्तिम समयसम्म पनि अवैधानिक एनओसीका पदाधिकारीले प्रयत्न गरे पनि त्यो सफल हुन सकेको थिएन । यसरी पुरुष खेलाडीले एसियाडमा सहभागिता जनाउन नपाउने भएपछि महिला टोलीको सहभागितामा पनि पूर्णविराम लागेको हो । तर्सथ राखेप र एनओसीको विवादमा कबड्डी खेलाडीहरू नराम्रोसँग पिसिएका छन् । दुवै पक्षले आफूहरू खेलाडीहरूको शुभचिन्तक रहेको बताउँदै आए पनि अवैधानिक एनओसीको अवैधानिक क्रियाकलापले गर्दा खेलाडीले एसियाडमा प्रतिस्पर्धा गर्न नपाएको कहीँबाट छिपेको छैन । मङ्सिर ६ गते सोमबारदेखि शुभारम्भ भएको कबड्डीको प्रतिस्पर्धामा खेलाडीहरू नपुगेपछि उमेशलाल श्रेष्ठले ग्वान्झाउ आयोजक समितिलाई नेपालले कबड्डीमा सहभागिता नजनाउने जानकारी गराएका थिए ।