नेपाल कनेक्सन रहेको तलवार दाम्पती भारतीय जेलबाट रिहा (भिडियो सहित)

नेपाल कनेक्सन रहेको तलवार दाम्पती भारतीय जेलबाट रिहा (भिडियो सहित)


भारतको बहुचर्चित हत्या प्रकरण आरुषी–हेमराजका हत्यारा भनिएका उनका आमा–बुवा भारतीय जेलबाट रिहा भएका छन् ।

आरुषीका आमा–बुवा क्रमस राजेश र नूपुर तलवार ४ वर्षपछि जेलबाट रिहा भएका हुन् । केहिदिन अघि भारतको इलाहवाद उच्चअदालतले तलवार दाम्पतीलाई सफाई दिएपछि उनीहरु रिहा भएका हुन् । सन २००८ को चर्चित हाइप्रोफाइल आरुषी हत्याकाण्डामा तिनजना नेपाली पनि मुछिएका थिए ।

उक्त घटनामा नेपाल अर्घाखाचीका हेमराज बंजाडेको हत्या भइसकेको छ भने त्यसै प्रकरणमा नेपालकै कृष्णा र राजकुमार पनि मुछिएका थिए । तर पछि कयौं किसिमको अनुसंधानपछि केहि महिनाको जेल बसाइसँगै कृणा र राजकुमार रिहा भइएका थिए ।

यसअघि उक्त हत्याकाण्डको मुख्य योजनाकार तलवार दाम्पतीलाई नै भनिएको थियो भने पछिल्लोपटक केहिदिन अघि इलाहवाद उच्च अदालतले उनीहरुलाई सफाई दिएपछि आरुषी–हेमराजको हत्यरा को त ? भन्ने प्रशन फेरी चर्चाको विषय बनेको छ ।

भिडियो सौजन्य : एबिपि न्यूज