ऋचाको तमासा -राजन घिमिरे

ऋचाको तमासा -राजन घिमिरे


काम नगर्ने, कर्म नगर्ने अनि कुनै उल्लेखनीय कार्य नगर्ने तर चर्चा पाइन्छ भने आफैं चर्चाको खेती गर्ने र चर्चाका लागि हदैसम्मको तिकडम मच्चाउन हाम्रा कलाकारहरू पछि पर्दैनन् भन्ने कुराको गतिलो उदाहरण प्रस्तुत गरेकी छिन् नायिका ऋचा घिमिरेले ।
ऋचाको खाने, बस्ने अनि बोल्ने स्टाइल र देश-विदेश बढी घुमेको उनको बायोडाटा हेर्दा उनले यतिसम्म गरिन् र ? भन्ने प्रश्न उब्जिन सक्छ । यो पङ्क्तिकारलाई पनि विश्वास लागेन सुरुमा त । तर गत साता ऋचाजस्ती बुझेकी अनि पढे-लेखेकी अभिनेत्रीबाट नामका लागि र अरूलाई देखाउनका निम्ति यतिसम्मको व्यवहार नगरेको भए हुन्थ्यो भन्ने हाम्रो आशय हो । तर, सोचेजस्तो कहाँ हुँदोरहेछ र †
कुरा अहिले लामो समयदेखि ओछ्यानमा पर्नुभएका कलाकर्मी गोपाल भुटानीको प्रसङ्ग हो । गोपाल भुटानी त्यस्ता कलाकर्मी हुन् जो नेपाली कलाकारिता नै भनेर बिनास्वार्थ नेपाली चलचित्र क्षेत्रमा लागिपरिरहे । उनलाई शरीरमा बल रहेसम्म धेरैले धेरैपटक प्रयोग पनि गरे विभिन्न तरिकाले । तर, दुर्भाग्य शरीरमा बल रहुन्जेलसम्म मात्र होइन ओछ्यानमा परेर अशक्त रहँदासम्म पनि भुटानी केवल स्वार्थकै निम्ति प्रयोग भयो ।
यसरी जीवनमरणको दोसाँधमा रहँदा पनि भुटानीसँगको भेटलाई समाचारको माध्यम बनाएर गत साता शिक्षित नायिका भनेर चिनिने ऋचा घिमिरेले समेत भुटानीलाई प्रयोग गरिन् । समाचार बन्नका लागि ऋचाले भुटानीलाई यसरी प्रयोग गरिन् कि सुन्दा पनि दु:ख लागेर आउँछ ।
युरोपलगायत केही विदेशी मुलुकहरूको भ्रमण सकाएर स्वदेश फर्किएकी ऋचालाई पनि गोपाल भुटानीलाई भेट्न मन लागेछ । नि:स्वार्थ रूपमा भुटानीलाई भेट्न मन लागेको भए सुटुक्क पनि जान सक्थिन्, तर मिडियामा छाउने उनमा लोभ जागिहाल्यो र उनले केही मिडियालाई खबर गरिन्, ‘म आज गोपाल भुटानीलाई भेट्न जाँदै छु ।’ मिडियाका साथीहरूलाई पनि के चाहियो र ? नायिकाको फोन आउनासाथ उनीहरू पनि तयार भए । भर्खर मात्र विदेश घुमेर आएकी नायिकाले अब भुटानीलाई दह्रै सहयोग गर्ने भइन् भन्ने उनीहरूको अन्दाजले त्यतिबेला फेल खायो जब ऋचाले भुटानीलाई भेटेर १२५ रुपैयाँको जुस दिइन् र क्यामेरातिर फर्केर फोटो खिचाइन् । त्यहाँ उनले भुटानीलाई एक पैसा पनि आर्थिक सहयोग गरिनन् । एउटा जुस बोकेर भुटानीसमक्ष ऋचाले अर्की एक नायिकालाई पनि लिएर पुगिन् र बिचरी ती नायिकाले पनि आफूलाई ऋचाले प्रयोग गरेको कुरा पछि मात्र थाहा पाइन् । त्यसो त ऋचाले अर्की एक नायिकालाई पनि जानुपर्छ भनेकी रहिछिन् तर ती नायिकालाई ऋचाको सोचबारे
पहिले नै जानकारी भएका कारण उनी ऋचासँग गइनन् ।
कुनै ठूलै सहयोग गर्न लागेको जस्तो गरेर मिडियाको दुरुपयोग गर्दै मिडियामा छाउने गलत सोचका साथ भुटानीसमक्ष पुगेकी ऋचाजस्ती बुझेकी अनि पढे-लेखेकी नायिकाले पनि ओछ्यान परेका गोपाल भुटानीजस्ता अग्रज अनि सम्मानित कलाकर्मीको नराम्रोसँग अवहेलना गरेकोमा उनका प्रशंसकहरू दु:खित भएका छन् । मिडियाले थाहा पाएर आएर त्यो कुरालाई समाचार बनाउनु र आफैं मिडियालाई खबर गरेर ठूलो सहयोग गर्न लागेकोजस्तो भान पारेर मिडिया बोकेर जानुमा आकाश-पातलको फरक रहेको कुरा उनले पनि बुझनुपर्ने हो, उनी पनि त मिडियामा वर्षौं काम गरेर आएकी थिइन् ।
राजेश हमालले सातौँ घन्टा गोपाल भुटानीसँग बिताए । खै त उनले कसैलाई खबर गरेनन् । मह जोडी पनि भुटानीलाई भेट्न गएकै हुन् कतै फोटो आएन । द्वन्द्व निर्देशकद्वय राजेन्द्र खड्गी र एनबी महर्जन रातदिन भुटानीकै सेवामा लागेका छन् तर उनीहरूले कुनै मिडियासमक्ष भनेका छैनन् । तर, एउटा जुस लिएर भुटानीलाई भेट्न जाँदा पनि ऋचाजीलाई किन मिडिया चाहियो ? यहाँ त स्वार्थ देखिएन त ऋचाजी ? हुन त तपार्इंलाई पनि कसैले यसो गर भनेर उचाले होलान् । अरूको लहलहैमा लाग्न तपाईंजस्ती बौद्धिक नायिकालाई सुहाएन है ऋचाजी ।

नेपाली नागरिकता लिने भुटानीको इच्छा अधुरै
पुराना कलाकर्मी एवम् द्वन्द्व-निर्देशक गोपाल भुटानीको हिजो मंगलबार निधन भएको छ । उहाँको काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालमा बिहान ११ बजे निधन भएको हो । उहाँ ७८ वर्षो हुनुहुन्थ्यो ।
लामो समयदेखि अस्वस्थ रहनुभएका भुटानीलाई आइतबार मात्र अस्पताल भर्ना गरिएको थियो भने उहाँको उपचार अस्पतालले नि:शुल्क गरेको थियो । स्वर्गीय भुटानीका चेला एवम् द्वन्द्व-निर्देशक राजेन्द्र खड्गीका अनुसार स्वर्गीय भुटानी आन्द्राको क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । भारतीय चलचित्रबाट अभिनय यात्रा सुरु गर्नुभएका भुटानीलाई नेपालमा द्वन्द्व-निर्देशन विधा भित्र्याउने कलाकर्मीका रूपमा चिनिन्छ । भारतीय चलचित्र हकिकत, ललकार र वषर्ातकी एक रातलगायतका एक दर्जनभन्दा बढी भारतीय चलचित्रमा काम गर्नुभएका भुटानीले अभिनय र द्वन्द्व-निर्देशन गरेर एक सयभन्दा बढी नेपाली चलचित्रमा आफ्नो कौशल प्रस्तुत गर्नुभएको थियो ।
स्वर्गीय भुटानी परिवारमा एक्लो हुनुहुन्थ्यो भने उहाँलाई द्वन्द्व-निर्देशक राजेन्द्र खड्गीले रेखदेख गर्दै आएका थिए । जीवनरेखा भुटानीले द्वन्द्व-निर्देशन गर्नुभएको पहिलो चलचित्र हो । उहाँले अभिनय गर्नुभएको पछिल्लो चलचित्र गोर्खा पल्टन हो भने भुटानीले पछिल्लो समय चलचित्र जलजलामा कला-निर्देशकका रूपमा काम गर्नुभएको थियो ।
लामो समयदेखि नेपाली नागरिकता लिने भुटानीको इच्छा अन्तत: अधुरै रहन पुग्यो । नेपाली नागरिकता लिएर नेपाली भएर मर्ने भुटानीको इच्छालाई मुलुकले पूरा गर्न नसकेकोमा कलाकर्मीहरूले दु:ख व्यक्त गरेका छन् ।

माया बसाउन रेखा सिक्किमतिर
माया बसेपछि जे पनि हुन्छ र माया बसाउन पे्रमी-पे्रमिकाहरू जे पनि गर्न सक्छन् भन्ने थुपै्र उदाहरण देखिँदै र पढिँदै आइएको छ । तर, अब सिनेमाको पर्दामा पनि माथि प्रस्तुत कुरालाई निकै गतिलो र ‘वाह’ भन्न लायकका रूपमा उठाइन लागिएको छ चलचित्र ‘जब-जब माया बस्छ’ मा ।
‘विशुद्ध रूपमा पे्रमकथामाथि आधारित चलचित्र हो यो । पे्रम र मायाको उच्चतम् परिभाषा हामीले यो चलचित्रमा देखाउन खोजेका छौं,’ चलचित्र जब-जब माया बस्छका निर्माता मणिराम पौड्यालले बताए । विजय थापाले यो चलचित्रको निर्देशन गर्ने भएका छन् भने थापाले यसअघि मणिरामकै चलचित्र ‘दाग’को पनि सफल निर्देशन गरिसकेका छन् ।
सुन्दरता र प्रकृतिका हिसाबले सबैको छनोटमा परेको सिक्किममा पनि यो चलचित्रको छायाङ्कन गरिने भएको छ । आजै बुधबार छायाङ्कनका लागि चलचित्र युनिट सिक्किमतर्फलाग्ने कुरा निर्माता पौड्यालले जानकारी गराए । नेपाली चलचित्रपे्रमी दर्शकहरू एकै स्थान र उस्तै परिवेश देखिने दृश्य पर्दामा हेर्दाहेर्दा दिक्क भएको बुझेपछि आफ्नो युनिटले सिक्किमका दृश्यहरूलाई पनि जब-जब माया बस्छले समेट्न लागेको कुरा बताए निर्माता मणिराम पौड्यालले । निर्देशक विजय थापाका अनुसार यो चलचित्रले सिक्किममा केही गीतको साथमा दृश्यहरूको पनि छायाङ्कन गर्नेछ ।
अहिलेकी ‘हटकेक’ नायिका रेखा थापाको प्रमुख भूमिका छ यसमा । आफूलाई यो चलचित्रको कथा ज्यादै मन परेको कुरा उनले बताइन् भने यतिबेला चकलेटी नायकको रूपमा युवतीहरू माझ लोकप्रिय रहेका जीवन लुइँटेल नायक भएका छन् यसमा र साथमा सिर्जना बस्नेत अनि रेशम लामाको पनि अभिनय जब-जब माया बस्छमा हेर्न पाइने भएको छ । एक समयका सफल चलचित्रका सङ्गीतकार सचिन सिंहको पुनरागमन भएको छ जब-जब माया बस्छ मार्फ । चलचित्रमा अशोक ढकालको लेखन रहेको छ ।

मधुरको दुई कला
मधुर बस्नेत अरूको दृश्य जति सुन्दर तरिकाले खिच्छन् आफू स्वयम् पनि नृत्य र मोडलिङ त्यसभन्दा राम्रो गर्छन् । यसको ज्वलन्त उदाहरण त उनले नृत्य र मोडलिङ गरेका करिब दुई दर्जन गीतहरूबाटै स्पष्ट भइसकेको छ ।
मधुरले मोडलिङ पनि नराम्रो र नचलेका गीतमा होइन श्रोताहरूको ज्रि्रोमा झुन्डिन सफल गीतहरूमा गरेका छन् ।
‘भरिया दाइ बिसौनी भारी
सुन माया डाँडैको चौतारी’
यो चर्चित लोकगीतमा मोडलिङ गरेपछि त झनै मोडलिङको क्षेत्रमा मधुरको नाम अगाडि नै आयो । ‘म सङ्ख्या होइन गुणस्तरीय काम गर्न रुचाउने कलाकार हुँ । त्यसैले गीतको मर्म, भाका र लोकप्रियता बुझेर खेल्दा मैले मोडलिङ गरेका गीतहरू चर्चित भएका छन्,’ उनले बताए ।
अहिलेसम्म बाह्र सयभन्दा बढी म्युजिक भिडियो खिचिसकेका मधुरले नृत्य पनि चर्चित गीतहरूमा नै गरेका छन् ।
‘कुर्ता सलवार लगाउँदा त यस्ती छ्यौ,
कस्तै होउली गुन्यू चोलीमा…’
विशुद्ध रूपमा यस्तो चर्चित नेपाली लोकगीतमा कुशल नृत्य प्रस्तुत गरेका मधुर स्टेज कार्यक्रममा पनि व्यापक रूपमा नै जम्मे गर्छन् नृत्यमा । नृत्य र मोडलिङमा पारङ्गत मधुर बस्नेतले टेलिभिजन कलाकर्मी सङ्घले आयोजना गरेको अवार्ड प्रतियोगितामा उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड पनि हात पारेका थिए । क्यामेरा म्यान, निर्देशन अनि मोडलिङ तीनै क्षेत्रमा सफलताका साथ लागिपरेका मधुर बस्नेतको नृत्यको विशेष गरेर भीसीडीमार्फ विदेशमा हेरेका नेपालीले पनि अत्यधिक रूपमा मन पराएको पाइएको छ ।