शिवले गरे पेसा परिवर्तन-राजन घिमिरे

शिवले गरे पेसा परिवर्तन-राजन घिमिरे


के तपाईं जग्गा किन्ने सोचमा हुनुहुन्छ ? जग्गा बेच्ने वा घर किनबेचको तयारीमा पनि हुनुहुन्छ भने अब तपाईंले यसका लागि ग्राहक खोजिरहनुपर्ने झन्झट नगर्नुहोला । तपार्इंसँग रहेको रकम अनि घर वा जग्गाको प्रकृतिका बारेमा जानकारी गराउनुभयो भने किनबेचको सशक्त माध्यम बन्न सक्छन् एकजना ब्रोकर ।
ती ब्रोकर चर्चित व्यक्तित्व पनि हुन् र उनलाई भेटेर गफ गर्ने अनि तस्बिर खिचाउने तपाईंको रहर पूरा हुन सक्छ घरजग्गा किनबेचकै वहानामा । ती चर्चित व्यक्तित्व हुन्- एक्सन किङ नायक शिव श्रेष्ठ । उनको हातमा आजभोलि जग्गा वा घरको लालपुर्जा र नक्सा हुने गर्छ र शिवलाई सिनेमाको छायाङ्कन स्थलमा होइन, आजभोलि जग्गा नापिरहेको अवस्थामा वा कुनै मालपोत कार्यालयमा भेटिने गर्छन् ।
एक समयका ख्यात्रि्राप्त र व्यस्त नायक शिवको आजभोलिको दैनिकीमा परिवर्तन आएको छ । कुन ठाउँमा कति जग्गा खाली छ र त्यहाँको मूल्य कति छ – यो कुराको राम्रो हेक्का छ उनलाई । त्यसो त शिवसँगै जग्गा किन्ने वा घर किन्नेहरू पनि चलाख नै हुने गरेका छन् । कुनै चर्चित अनुहार भेट्नासाथ अङ्गालो मारेर तस्बिर खिचाउनेहरूको ठूलै जमात रहेको अहिलेको अवस्थामा शिवले आफ्ना दर्शकहरूसँग तस्बिर खिचाउने बाध्यतालाई भने यो पेसामा आएर पनि छाड्न सकेका रहेनछन् ।
किनबेचको कुरा निश्चित भएपछि ग्राहकहरू मालपोत कार्यालयमा नै परिवारका साथ उपस्थित हुने र अङ्गालो मारेर शिव श्रेष्ठसँग तस्बिर खिचाउने गरेको दृश्य पनि हेर्न लायककै हुने गरेको रहेछ । पहिले शिव आफ्ना दर्शक, प्रशंसक अनि फ्यानहरूसँग सिनेमाको छायाङ्कन स्थलमा वा कुनै चलचित्र सम्बन्धित समारोहमा तस्बिर खिचाउँथे भने अहिले कुनै जग्गा किनबेच गर्ने खाली जग्गाको बीचमा वा मालपोत कार्यालयमा तस्बिर खिचाउने गर्छन् । त्यसैले भनिएको रहेछ बर्मा गए पनि कर्मसँगै ।

प्रचण्ड वा भट्टराई, रेखा कसकी –
सधैं चर्चामा आइरहने नायिका हुन् रेखा थापा । समय-समयमा विविध पक्ष अनि खुराकका साथ समाचार बनिरहने रेखा यो हप्ता पनि समाचार बनिन् चलचित्र कसले चोर्‍यो मेरो मनका कारण ।
यो चलचित्र हेर्नका लागि उनले सिनेमा हलमा आमन्त्रण गरिन् एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुारम भट्टराई । उहाँले पनि अहिलेकी चल्तापर्ुजा अनि चर्चाको कारण मात्र नभएर व्यस्तता र दर्शकहरूको माग पनि बढी नै हुने गरेकी नायिका रेखा थापाको आग्रहलाई र्टार्न सकेनन् र अन्य माओवादी नेताका साथ भट्टराई सिनेमा हलमा आइपुग्नु भयो । त्यहाँको वातावरण विशेष नै थियो र बाबुराम भट्टराईसँग तस्बिर खिचाउने कलाकारहरूको त ताँती नै रह्यो त्यतिबेला । भट्टराईले पनि राजनीतिक माहौलबाट केही समय हटेर मनोरञ्जनको क्षेत्रमा उपस्थिति हुँदा रामै्र महसुस गर्नुभएको अनुमान त्यतिबेला उहाँको हँसिलो अनुहारले प्रस्ट पार्दथ्यो ।
कलाकार सार्वजनिक सम्पत्ति हुन् र यिनीहरूको सम्मान र यिनीहरूप्रतिको चासो सबैले गर्नैपर्छ भन्ने आवाज पनि उठ्यो त्यतिबेला । सिनेमा प्रदर्शनअगाडिको निकै मनोरञ्जनपूर्ण त्यहाँको वातावरण उल्लेख गर्न योग्य नै थियो ।
नाम, दाम अनि कामका कारण चर्चामा आइरहने रेखा थापा विभिन्न नेताहरूसँगको उपस्थितिका कारण पनि समाचार बन्ने गरि्छन् । केही समय अगाडि माओवादी अध्यक्ष प्रचण्डसँग कम्मर मर्काई-मर्काई नाचेका कारण चर्चामा आएकी थिइन् उनी । तर, यसपटक भने डा. बाबुराम भट्टराईलाई आफ्नो चलचित्र हेर्न बोलाएका कारण समाचार बनिन् । जे-जसरी भए तापनि सकारात्मक क्रियाकलापका कारण समाचारमा आइरहने रेखालाई सिनेमा हेर्दाहर्ेर्दै कुनै एक पत्रकारमन्त्रीले सोधे, ‘कहिले प्रचण्डसँग नाच्ने अनि कहिले भट्टराईलाई फिल्म हेर्न बोलाउने । हुनचाहिँ रेखा कसकी हुन् -‘ बाठी रेखाले पनि प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिइहालिन्, ‘म सबैको हुँ ।’

कुमारीकी नायिका काठमाडौंमै
यतिबेला नेपाल आएकी छिन् चैत्यदेवी । उनी हुन् पहिलो रङ्गीन नेपाली चलचित्र कुमारीकी नायिका । लामो समयदेखि परिवारका साथ जापानमा बस्दै आएकी चैत्यदेवी दसैँ मनाउन नेपाल आएकी हुन् भने उनले जम्मा दुईवटा नेपाली चलचित्रमा अभिनय गरिन् । पहिले रङ्गीन नेपाली चलचित्रकी नायिका चैत्यदेवीले यसको अलावा पहिलो नेपाली चलचित्र आमामा नेपालकी पहिलो नायिका भुवन चन्दको आमाको भूमिकामा पनि देखापरिन् उनी ।
‘अभिनय गर्ने इच्छा त अहिले पनि त । तर, समयको अभावले गर्दा त्यो इच्छा पूरा भएको छैन,’ चैत्यदेवीले भनिन् ।
त्यतिबेला सिनेमाहरूको प्रचारप्रसार त्यति नहुनाका कारणले कुमारी चलचित्र जनमानससम्म राम्ररी पुग्न नसकेको कुरा स्विकारि्छन् उनी ।
‘कुमारीलाई दर्शकहरूले मन पराउनुभयो कि भएन थाहा भएन तर, पनि त्यो चलचित्र ऐतिहासिक भएका कारण मेरो जीवनमा चलचित्र कुमारीको अविष्मणीय भूमिका छ,’ उनले भनिन् ।
६० वषर्ीया चैत्यदेवीलाई झट्ट हेर्दा त्यस्तो लाग्दैन । तर पनि आफूमा अभिनय गर्ने जोस अनि जाँगर २० वर्षकै उमेरको जस्तो छ भन्छिन् उनी ।

गीत गाउनभन्दा फिल्म चलाउन गाह्रो
लोकगीत क्षेत्रमा पुरानै नाम हो विक्रम शाह । लोक-सङ्गीत क्षेत्रमा केही गरौँ भनेर लामो समयदेखि लागिपरेका विक्रमको परिचय अब फेरिएको छ । यतिबेला उनलाई मनोरञ्जनको यो क्षेत्रमा चलचित्र निर्माताको रूपमा चिनिन थालिएको छ अर्थात् विक्रम बनेका छन् चलचित्र निर्माता ।
चलचित्र ‘पल्टन’मार्फ चलचित्र निर्माताको रूपमा प्रवेश पाएका विक्रम अब लोकगायनसँगै चलचित्र निर्माताको रूपमा पनि आफ्नो सहभागितालाई अगाडि बढाउँदै लैजाने कुरा बताउँछन् । ‘मलाई लाग्छ कि लोकगायक र चलचित्र क्षेत्रबीच राम्रो सम्बन्ध छ । दुवै क्षेत्र यतिबेला फस्टाउँदो अवस्थामा पनि छन् । यसै कारणले पनि म सिनेमा क्षेत्रमा लागेको हुँ,’ विक्रमले भने ।
यतिबेला चलचित्र पल्टनलाई दर्शकमाझ पुर्‍याउन उनको रफ्तार अगाडि बढिसकेको छ । तै पनि उनले त यतिबेला बुझिसकेका रहेछन् कि उहाँ चलचित्र बनाउनभन्दा चलाउन गाह्रो रहेछ । राम्रो चिज बनाउँदा पनि राम्रो अनि व्यवस्थित रूपमा बजार नपाउँदा केही चिन्तामा भने परेका छन् विक्रम । ‘यत्तिकैमा म हार्ने अवस्थामा भने छैन,’ उनको ठम्याइ छ । राजेश हमाल र तृप्तिबाट आफूले राम्रो काम लिन सकेकोले चलचित्र सफल हुने दाबी उनको रहेछ ।