बाँदरजुम भीरको पहिरोले तीर्थयात्रु बिचल्लीमा (भिडियोसहित)

बाँदरजुम भीरको पहिरोले तीर्थयात्रु बिचल्लीमा (भिडियोसहित)


सोह्र श्राद्धमा मुस्ताङको कागबेनीमा पितृश्राद्ध गर्न पुगेका तीर्थयात्रुहरू बिचल्लीमा परेका छन् । तिर्थयात्रुका अलावा आन्तरिक तथा वाह्य पर्यटकसमेत बेनी–जोमसोम सडकखण्डको काब्रेनजिक बाँदरजुम भीरमा गएको पहिरोका कारण अलपत्र परेका हुन् । उक्त स्थान म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्दछ ।

बुधबारदेखि भएको वर्षाका कारण पहिरो गई उक्त सडकखण्ड तीन दिनदेखि अवरुद्ध बन्न पुगेको छ । प्रतिकुल मौसमका कारण जोमसोमबाट हवाई उडान पनि हुन सकेको छैन । तीर्थयात्राका क्रममा पहिरोमा रोकिएका रामहरि त्रिपाठीले दिएको जानकारी अनुसार सयौँ यात्रु सडकका दुई किनारमा अलपत्र परेका छन् ।

मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध हुँदा पनि सम्बद्ध सरकारी निकायले निकासको उपाय खोज्न सकेको छैन । पहिरो गएपछि उक्त इलाकाका सवारी साधनहरू घाँसामै अड्किएका छन् ।

हेर्नुहोस भिडियो–