मारिए पाँच दर्जन तालिवान लडाकू

मारिए पाँच दर्जन तालिवान लडाकू


अफगानिस्तानमा पाँच दर्जनभन्दा बढी तालिवान लडाकू मारिएका छन् । त्यहाँका विभिन्न ठाँउमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६१ जनाभन्दा बढी तालीवानीको मृत्यु भएको एएफपीले जानकारी दिएको हो ।

मारिएका मध्ये आठ जना स्थानीय लडाकू कमाण्डर रहेका छन् भने अरू ५२ जना घाइते भएका छन् । बताइएअनुसार गत चौबिस घण्टाको अवधिमा सुरक्षाकर्मीहरूले पटक पटक गरी देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएको थियो ।