सर्वोच्चको खिल्ली उडाउने दुस्साहस-श्रीविक्रम भण्डारी

सर्वोच्चको खिल्ली उडाउने दुस्साहस-श्रीविक्रम भण्डारी


सर्वोच्च अदालतले ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीलाई एक महिनाअघि अवैधानिक भएको फैसला सुनाएको थियो । कानुनको सर्वोच्च संस्था सर्वोच्चले गरेको निर्णयलाई आत्मसात् गर्नुको साटो प्रधान उल्टै प्रतिवादमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय मान्यताको दुहाई दिँदै सर्वोच्चको आदेशलाई समेत अपहेलित गर्दै आएका प्रधानले आखिर खेलकुदमा के गर्न खोजेका हुन् कसैले बुझ्न सकेको छैन । विवादित खेलकुदका सङ्घहरूलाई समेटेर उनीहरूकै आडमा अवैधानिक रूपमा एनओसी हाँकिरहेका प्रधानले अहिले सबै लाज शरम पचाइसकेका छन् । हुँदाहुँदा सर्वोच्चको निर्णयलाई समेत चुनौती दिन अग्रसर देखिएका प्रधानको यो दुस्साहस देख्दा सबै आर्श्चर्यचकित भएका छन् । आची गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको अवस्थामा समेत प्रधानले एनओसीको मोह त्याग्न नसक्नु विडम्बना भएको छ ।
सर्वोच्चको निर्णयलाई आत्मसात् गरेर तुरुन्तै राजीनामा दिनुपर्नेमा प्रधानले उल्टै पत्रकार सम्मेलन गरी अदालतको खिल्ली उडाउँदै आएका छन् । सर्वप्रथम प्रधान यो देशका नागरिक हुन् कि होइनन्, अर्को कुरा उनी अध्यक्ष रहेको एनओसी नेपालको कानुनको दायराभित्र पर्छ कि पर्दैन, उनले एनओसीको नाममा चलाएको संस्था, एनजीओ, आईएनजीओ जे भए पनि त्यसले राज्यको कानुनको पालना गर्नुपर्छ कि पर्दैन – पर्छ भने किन प्रधानले सर्वोच्चको आदेशलाई आत्मसात् गरिरहेका छैनन् त – सर्वोच्चले अवैधानिक घोषणा गरेको महिना दिन बितिसक्दा पनि प्रधानले नैतिकतालाई पोलेर खानमै बिताएका छन् । प्रधानले खेलकुदमा मच्चाएको ताण्डवलाई सरकारले मूकदर्शक भएर हेर्नु अर्को विडम्बना भएका छ । सर्वोच्च अदालतले कारबाहीको बाटो प्रसस्त गरिदिँदा पनि कानुनको पालना नगर्ने व्यक्तिमाथि कुनै कारबाही नहुनु सरकार कति लाचारी छ त्यसै अनुमान लगाउन सकिन्छ । अदालतको निर्णयउपर अटेर गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा सरकारले मौनता साँध्नु नेपाली खेलकुदका लागि दुभाग्य बनेको छ ।
अहिले सर्वोच्चले अवैधानिक घोषणा गरिसकेको एनओसीले आफ्नै खुट्टा बञ्चरो हानिरहेका छ । ओलम्पिक चार्टरमा अर्थात् ओलम्पिककै विधानमा नेपाल ओलम्पिक कमिटीको चार्टर ३ को तीन दुईमा स्पष्ट रूपमा के व्याख्या गरिएको छ भने नेपालको कानुनको परिधिभित्र रहेर खेलकुदको विकास गर्ने, त्यो देशको सरकारले निर्धारण गरेको खेलकुदको उच्च निकायसँग तालमेल मिलाउने, समन्वय गर्ने र अगाडि बढ्ने उल्लेख गरिएको छ । त्यस्तै ओलम्पिक चार्टरमा राजनीतिक हस्तक्षेप, आर्थिक हस्तक्षेप र धार्मिक प्रवृत्तिका क्रियाकलापमाथि प्रतिबन्ध लगाइएको छ । अहिले प्रधान अध्यक्ष रहेको एनओसीलाई सरकार र कुनै राजनीति दलले अवैधानिक घोषित गरेको नभई सर्वोच्चले गरेको हो । तर्सथ नेपालको कानुनमा बाँधिएको व्यक्तिले सर्वोच्चको फैसलालाई आत्मसात् गर्नुपर्छ कि पर्दैन त्यो प्रधानको विवेकको कुरा भइसकेको छ । भोलि सर्वोच्चको निर्णयअनुरूप नै रुक्मशमशेर राणा अध्यक्ष रहेको एनओसीले कार्यभार सम्हाल्ने प्रस्ट भइसक्दा पनि प्रधानले अटेरीपन देखाएर एनओसीमा सुरक्षाकर्मी बोलाएर ताला लगाउन बाध्य पार्न आफैंमा सुहाउँदैन । किनकि राणाको एनओसीमा पनि प्रधान महासचिव छन् ।
ओलम्पिक चार्टरको धाक लगाउँदै विगत केही समयदेखि आफूखुसी सेभ द मिसनको नियुक्ति गर्दै आएको प्रधानको एनओसीले ग्वान्झाउ एसियाडमा पनि यही बखेडालाई कायम राखेको छ । यो खेलकुदको विधान र नियमको विपरीत भए पनि मुलुकको विषम परिस्थितिको फाइदा उठाउँदै एनओसीले मौकामा चौका हान्दै आएको छ । तर, राष्ट्रिय खेलकुद परिषद्को निमावलीको परिच्छेद २ पाँच ‘ग’को १४ मा व्याख्या गरिएअनुरूप सेद द मिसन राखेपको सदस्यसचिव वा निजले तोकेको व्यक्ति हुनेछ भनेर प्रस्ट लेखिएको छ । जीवनराम श्रेष्ठ सदस्यसचिव हुँदा उनले यही नियमलाई अगाडि सारेर पटकपटक सेभ द मिसन भएको कतैबाट छुपेको छैन । तर, विडम्बना श्रेष्ठ एनओसीमा पुगेपछि ओलम्पिक चार्टरको व्याख्या गरेर खेलकुदलाई विवादमा होमिरहेका छन् ।
विवादमाथि विवाद खडा गर्ने क्रममा एनओसीले अर्को बबण्डर मच्चाएको छ । राखेपले चौधवटा खेललाई ओलम्पिकमा सहभागी गराउने निर्णय गरिसकेको र त्यसको व्यापक तयारी भइसकेको अवस्थामा एनओसीले आफ्ना मातहतमा रहेका विवादित सङ्घका खेलहरूलाई पनि ग्वान्झाउ एसियाडमा लाने घोषणा गरेको छ । पदक जित्ने झिनो आशासमेत नभएका खेललाई अन्तिम समयमा आएर सहभागिता गराउनु खोज्नुको तार्त्पर्यता के हो त्यो बुझिनसक्नु बनेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकको प्रतिष्ठासमेत गाँसिएको हुनाले राखेपको स्वीकृतिबिना कुनै पनि खेललाई सोझै सहभागिता गराउन मिल्दैन । यदि त्यस्तो गरिएको खण्डमा खेलाडीदेखि लिएर सबै कारबाहीमा पर्दछन् । तर्सथ यी कुराहरूप्रति राखेप गम्भीर हुन आवश्यक भइसकेको छ । यस्ता अवैधानिक क्रियाकलापहरूलाई समयमै नरोकेको खण्डमा अर्थात् जरैदेखि उखेलेर नफ्यालेमा खेलकुद कहिल्यै विवादमुक्त नरहने र खेलकुदको अस्तित्व नै समाप्त हुने कुरा १६औँ एसियाड तयारी समितिका सचिव नवीन उप्रेतीले बताएका छन् ।
त्यस्तै राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले एनओसीले बिनामौसममा बाजा बचाएकोप्रति आक्रोश पोख्दै एनओसीको नियत नै ठीक नभएको आरोप लगाएका छन् । तिम्सिनाले एनओसीले खेलकुद र खेलाडीको विकासका लागि आएको भनिएको ८० हजार डलरकोबारेमा प्रतिक्रिया दिँदै यो सबै एनओसीको चाल भएको बताए । उनले हाल बैंकखाता रोकिएर छटपटिएको एनओसीले विगतमा आएको सहयोगको पनि हिसाबकिताब सार्वजनिक गर्न चुनौती दिएका थिए । तिम्सिनाले आर्थिक अभावले छटपटिरहेको राखेपलाई ८० हजार डलर आएको पहिले किन खबर गरिएन र अहिले गरियो प्रश्न राखेका थिए । खेलाडीहरूका लागि आएको रकम थियो भने किन लुकाएर राखियो – यो उनीहरूको चरित्र ठीक नभएको प्रमाण हो ।

अक्टोपस पाउलको मृत्युमा म्याराडोना दङ्ग
दक्षिण अप्रिmकामा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको सही भविष्यवाणी गरेर विश्वचर्चित बनेको अक्टोपस पाउलको गत साता मृत्यु भएको छ । प्रभावशाली मुलुकका महत्त्वपूर्ण फुटबल खेलको सही भविष्यवाणी गरेर पाउलले विश्वव्यापी ख्याति कमाएको थियो । आफ्नो वास्तविक आयु दुई वर्षमै मरेको पाउल आफ्नै निवासस्थान जर्मनीको ओवेरा हाउसस्थित सी लाइफ सेन्टरमा मरेको थियो । पाउलको मृत्युपछि निकै निरश देखिएका उक्त सेन्टरका कर्मचारीहरूले पाउलको मृत्यु स्वाभाविक भएको बताएका थिए । उनीहरूले पाउलको दर्ीघायुका लागि कामना गरे पनि त्यो सम्भव नभएको बताए । अहिले पाउलको अन्त्येष्टिलाई अविस्मरणीय बनाउन सेन्टर लागिपरेको र अन्त्येष्टि नहुन्जेलसम्म पाउललाई चिसो ठाउँमा भण्डार गरेर राखिने बताए ।
पाउलको मृत्युप्रति विश्वविख्यात खेलाडी तथा अर्जेन्टिनाका प्रशिक्षक म्याराडोनाले खुसी प्रकट गरेका छन् । म्यारोडोनाले पाउलको भविष्यवाणीले गर्दा नै विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनाले लज्जात्मक पराजय भोग्नुपरेको आरोप लगाएका छन् । अर्जेन्टिना र जर्मनीबीच भएको उक्त खेलमा पाउलले जर्मनी विजय हुने भविष्यवाणी गरेको थियो । परिणाम पाउलले भविष्यवाणी गरेझैं निस्केपछि म्यारोडोना पाउलप्रति त्यसैबेला निकै क्रूद्ध बनेका थिए । अर्जेन्टिनालाई विश्वकपमा पराजित गराउन मनोवैज्ञानिक असर पारेको पाउलको मृत्युप्रति आफूलाई कुनै अफसोच नभएको म्याराडोनाले बताएका थिए ।

खेलाडी सङ्घद्वारा उत्कृष्ट खेलाडी सम्मानित
राष्ट्रिय खेलाडीहरूको सङ्गठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले हालै उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेको छ । ‘वर्ष खेलाडी सम्मान’बाट पुरस्कृत गर्ने क्रममा ०६६ सालमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मानित गरिएको थियो । सङ्घले उक्त सालमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच महिला र सोह्र पुरुषलाई छनोट गरेको थियो । सम्मानित हुने खेलाडीहरूमा दीपक विष्ट, पारस खड्का, विनोद शाक्य, आङबाबु लामा, राजेन्द्र भण्डारी, सन्तोष साहुखल, दीपककृष्ण श्रेष्ठ, दीपक महर्जन, सदीश प्रधान, सिपोरा गुरुङ, शैला राणा, प्रेमप्रसाद पुन, विकास श्रेष्ठ, सङ्गीता गौतम, सत्येन्द्रप्रसाद यादव, विपिन विष्ट हीराबहादुर थापा, मुना वासुकला, टीकाराम श्रेष्ठ, तारा पुन र दीपेन्द्र ऐर रहेका थिए । सम्पूर्ण खेलाडीलाई सभामुख सुवास नेवाङले सम्मानित गर्नुभएको थियो । सो समारोहमा सभामुखले खेलकुदमा राजनीति नगर्न आग्रह गर्दै सम्मानित खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो । खेलाडी सम्मानित कार्यक्रममा उपस्थित राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूले एक-अर्कामाथि आरोप-प्रत्यारोप लगाउँदै कार्यक्रमलाई राजनीतिक दलको सभाको रूपमा परिणत गरेका थिए ।

राष्ट्रिय टेबुलटेनिस विराटनगरमा
३३औँ राष्ट्रिय टेबुलटेनिस प्रतियोगिता आउँदो मङ्सिर १६ देखि १८ गतेसम्म विराटनगरमा सञ्चालन हुने भएको छ । विराटनगरको कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा आठवटा इभेन्ट समावेश गरिएका छन् । उक्त प्रतियोगितामा मुलुकभरिका दुई सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने आयोजक मोरङ जिल्ला टेबुलटेनिस सङ्घले जनाएको छ । यसअघि राष्ट्रिय प्रतियोगिता वैशाखमा आयोजना गरिने मिति तय भए पनि माओवादीको हड्तालले गर्दा असम्भव भएको थियो । यसअघि ३६ वर्ष पहिले विराटनगरमा १२औँ टेबुलटेनिस प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा पुरुष र महिला टिम तथा सिङ्गल, १८ वर्षमुनिको पुरुष र महिला जुनियर, १४ वर्षमुनिको व्वाइज र गल्र्स सिङ्गल समावेश गरिएको छ । ३३औँ राष्ट्रिय प्रतियोगितामा दुई विभागीय टोलीसहित २५ जिल्लाका खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी गराएको छ । प्रतियोगितालाई सफलताका मर्ूतरूप दिन तयारी समिति बनाएर कार्य अगाडि बढाइसकिएको र समिति भौतिक पूर्वाधार जुटाउन लागेको उपाध्यक्ष अनुज बानियाँले बताएका छन् । अखिल नेपाल टेबुलटेनिस सङ्घको तत्वावधान र मोरङ जिल्ला टेबुलेटनिस सङ्घको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा अनुमानित १२ लाख खर्च हुने आयोजकले बताएको छ ।