नाकाबन्दीपछि इन्धनको मूल्यमा ६१ प्रतिशतसम्म वृद्धि

नाकाबन्दीपछि इन्धनको मूल्यमा ६१ प्रतिशतसम्म वृद्धि


संयुक्त राष्ट्रसंघले थप नाकाबन्दीका कार्यक्रम पारित गरेपछि उत्तर कोरियामा इन्धनको मूल्यमा भारी वृद्धि भएको छ। प्योङउयोङमा गत केही दिनमा इन्धनको मूल्यमा ६१ प्रतिशतसम्म वृद्धि भएको जनाइएको छ ।सेप्टेम्बर १३ मा प्योङयोङ र अन्य सहरहरुमा पेट्रोलको मूल्य २.५१ डलर प्रतिकिलो पुगेको रोयटर्सले जनाएको छ। सेप्टेम्बर ५ मा त्यसको मूल्य १.७३ डलर थियो।

त्यस्तै डिजेलको मूल्यमा पनि ६१ प्रतिशत वृद्धि भएको बताइएको छ। सोही समयावधिमा डिजेलको मूल्य १.३० डलर प्रतिकिलोबाट २.१० डलर प्रतिकिलो पुगेको छ । रोयटर्सले उत्तर कोरियाबाट भागेकाहरुले सञ्चालन गरेको वेबसाइटमा उल्लेखित मूल्यअनुसारको तथ्यांक आफूले प्रकाशित गरेको जनाएको छ।

एजेन्सीहरुमा अएका समाचार अनुसार  सेप्टेम्बर ११ का दिन सुरक्षा परिषदले एकमतले उत्तर कोरियामा थप नाकाबन्दीको प्रस्ताव पारित गरेको थियो । सुरक्षा परिषदको कदमविरुद्ध उत्तर कोरियाले बिहीबार जापानमाथिबाट दोस्रो ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।