लण्डन स्थित रेलवे स्टेशनमा बिस्फोट, १ जनाको मृत्यू, २२ घाइते

लण्डन स्थित रेलवे स्टेशनमा बिस्फोट, १ जनाको मृत्यू, २२ घाइते


लण्डन स्थित अंडरग्राउंड रेलवे स्टेशनमा भयानक बिस्फोट भएको छ । घटनाको प्ररम्भिक जानकारी अनुसार अहिलेसम्म १ जनाको मृत्यू भएको छ ।

बिबिसिका अनुसार  २२ जना भन्दा बढि घाइते भएका छन् । घटना के कसरी भयो, यसको भने खुलासा भएको छैन् ।

उक्त बिस्फोट पारसन्स ग्रीन अण्डरग्राउन्ड स्टेशनमा स्थानीय समयानुसार बिहानको ८ बजेर २१ मिनेटमा भएको हो ।

स्थानीय मिडियाको रिपोर्ट अनुसार बिस्फोटमा थुप्रै घाइते भएका छन् भने धेरैको शरिर जलेको छ ।घटनास्थलमा फायरफाइटर्स र चिकित्सक खटाइएको इन्डिपेन्डेन्टले बताएको छ ।

प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा पुलिसको ठूलै टोली र केही मानिसहरु घाइते भएका छन् । ट्रेनभित्र बिस्फोटपश्चात् भाग्ने क्रममा थुप्रै यात्रु घाइते भएका छन् ।

हेर्नुस् भिडियो :