अब ह्वाट्सएपमा आयो नयाँ फिचर ‘डिलिट फर एभ्रिवान’

अब ह्वाट्सएपमा आयो नयाँ फिचर ‘डिलिट फर एभ्रिवान’


विश्वभरी  लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपका प्रयोगकर्ताले जुन फिचरको व्यग्र प्रतीक्षा गरिरहेका थिए ह्वाट्सएपले सोही फिचर थप गर्ने भएको छ । ह्वाट्सएपले छिटै नै एन्ड्रोइड तथा आइओएसमा एउटा बटन थप गर्नेछ, जसको नाम हुनेछ Delet for Everyone ।

इन्डिपेन्डेन्टमा छापिएको खबर अनुसार यो फिचर थप भएसँगै प्रयोगकर्ताले ती मेसेज, भिडियो, फोटो, अडियो, जिआइएफ वा डकुमेन्ट फाइलहरु जसलाई पठाइएको हो ऊ सम्म नपुग्दै डिलिट गर्न सक्नेछन् । तर मेसेज पठाइएको ५ मिनेटभित्रमा प्रापकले नहेर्दै त्यसलाई डिलिट गरिसकिएको हुनुपर्नेछ ।

ह्वाट्सएप बेटा इन्फो नामक वेबसाइटका अनुसार ह्वाट्सएपले उक्त फिचरको परीक्षण गरिरहेको छ । उक्त साइटले टि्वटरमा पोष्ट गरेको छः ह्वाट्सएपले अन्ततः Delet for Everyone फिचर परीक्षण गरिरहेको छ । सर्भरले अन्तिम चरणकेा काम गरिरहेको छ र सफलतापूर्वक पठाइएका मेसेजको रिकल गरिरहेको छ । यो फिचर छिटै नै सक्रिय गरिनेछ ।

ह्वाट्सएपले यसअघि आफ्नो बेटा भर्सनमा पठाइसकिएको मेसेज इडिट गर्न सकिने फिचरको पनि परीक्षण गरिरहेको थियो । तर त्यसलाई पछि बन्द गर्‍यो । स्मरण रहोस् विश्वमा १ अर्ब २० करोड ह्वासएप प्रयोगकर्ता रहेका छन् । हालै उसले बिजनेस नामक फिचर लञ्च गरेको छ जसको माध्यमबाट कम्पनीहरुले प्रयोगकर्तासँग र प्रयोगकर्ताले कम्पनीहरुसँग सम्पर्क गर्न सक्नेछन् । #एजेन्सी