माओवादीले निम्त्यायो अर्को खतरा

माओवादीले निम्त्यायो अर्को खतरा


सत्तामा पुग्न नपाएको झोंकमा गत वर्षदेखि मित्रराष्ट्र भारतविरुद्ध सक्रिय रहँदै आएको माओवादीका कारण नेपालको राष्ट्रिय सुरक्षामा नै अनिष्ट पैदा हुनसक्ने सम्भावना बढेको छ । भारतमा हिंसात्मक एवम् आतङ्कपूर्ण क्रियाकलापमा संलग्न माओवादीलाई नेपालका माओवादीले सैन्य तालिम दिइरहेको रहस्योद्घाटन भएपछि देशको आन्तरिक एवम् राष्ट्रिय सुरक्षा खतरामा पर्नसक्ने ठानिएको हो । माओवादीका लडाकु कमाण्डर पासाङले एक विज्ञप्तिमार्फत आफूहरूले भारतीय माओवादीलाई तालिम नदिएको जवाफ फर्काएका छन् । तर भारत नेपाली माओवादीका कुरामा विश्वास गर्न सक्ने अवस्थामा रहेको देखिँदैन । भारतीय भूमिमा आश्रय लिएर नेपालमा हिंसात्मक युद्ध चलाइरहेका नेपाली माओवादीलाई अन्य दलहरूसँग मिलापत्र गराएर सिंहदरबारसम्म पुग्न सहयोग पुर्‍याउने भारतविरुद्ध माओवादीले आफू सरकारमा पुगेलगत्तै चिढ्याउने व्यवहार गर्दै आएको छ । संविधानसभाको सबैभन्दा ठूलो दलका अध्यक्ष रहनुभएका प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बाहिरिएयता उहाँले भारतविरुद्धको गतिविधिमा आफूलाई करिब-करिब केन्द्रित गर्दै आउनुभएको छ । प्रधानमन्त्री भइसकेका र फेरि पनि हुनसक्ने सम्भावना रहेका प्रचण्डले ठूलो दलको प्रमुख नेताका रूपमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा छिमेकी मुलुकविरुद्ध अभियान चलाउनुलाई अप्राकृतिक, अस्वाभाविक र अनुपयुक्त ठानिएको छ । दर्ुगम क्षेत्रमा खानेपानी व्यवस्थाका लागि सहयोग पुर्‍याउन स्थलगत भ्रमणमा गएका छिमेकी मुलुकको राजदूतमाथि ‘चिनियाँ आक्रोश’ प्रकट गर्दै जुत्तासमेत प्रहार गर्नुलाई माओवादीबाहेक कसैले पनि जायज ठान्न सकेको छैन । यस्तो व्यवहारले दर्ुइ मुलुकबीच सरकारी र जनस्तरमा समेत घृणा र आक्रोश पैदा गर्न सक्ने भएको हुँदा उक्त घटनाप्रति खेद प्रकट गर्दै प्रचण्डले र्सार्वजनिक रूपमै माफी माग्लान् भन्ने अपेक्षा गरिएको थियो । तर, प्रचण्डले माफी माग्नु र गल्ती स्वीकार गर्नुको साट्टा गोपाल किराँतीजस्ता सभ्य हुन बाँकी पात्रलाई अघि सारेर भारतमा समेत आतङ्क मच्चाइदिने धम्की पो दिए । माओवादी व्यवहारले छिमेकी मित्रराष्ट्रलाई क्रूद्ध तुल्याउने त छँदै छ देशकै आन्तरिक सुरक्षामा समेत सङ्कट पैदा गर्न सक्ने सम्भावना छ । एकातिर भारतीय राजदूतलाई विकास निर्माणको काममा सरिक हुँदा जुत्ता प्रहार गर्ने र अर्कोतिर भारतमा आतङ्ककारी क्रियाकलापमा संलग्न माओवादीलाई नेपालमा सैन्य तालिम दिने तथा भारतीय लगानीका उद्योग एवम् जलविद्युत् आयोजनाहरूमा अवरोध पुर्‍याउने कार्य गर्दा कुनै पनि दिन नेपालबाट भारतीय सुरक्षामा खतरा पुगेको निष्कर्ष भारतमा निकालियो भने त्यसको परिणाम गम्भीर हुन सक्नेछ । आफ्नो सुरक्षाका लागि भन्दै भारतीय सेना नेपालमा आगमन हुनसक्ने पृष्ठभूमि माओवादीले तयार गरेको ठहर विज्ञहरूले गरेका छन् ।
भारत सरकारले पाकिस्तानी आतङ्कवादी सङ्गठन लस्कर-ए-तोइवा र नेपालका माओवादीले भारतका माओवादीलाई सैन्य तालिम दिइरहेको किटान गरेको छ । भारतको केन्द्रीय सरकारले पश्चिम बङ्गाल सरकार तथा माओवादी प्रभावित आठ राज्यका प्रहरीप्रमुखहरूलाई लेखेको पत्रमा भारतका माओवादीलाई नेपालमा तालिम दिने कार्य भइरहेको भन्दै सचेत रहन भनिएको छ । यस सम्बन्धमा भारतको ख्यातिप्राप्त अङ्ग्रेजी दैनिक इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारले नेपालमा सबैको ध्यानाकर्षण गरेको छ । समाचारमा जनाइएअनुसार करिब पौने तीन सय भारतीय माओवादीले लस्कर-ए-तोइवाका सदस्यहरू कराँचीका लतिफ खान र रज्जाक अन्सारीको रेखदेखमा नेपालका माओवादीहरूबाट तालिम लिइरहेका छन् ।
यस सम्बन्धमा नेपाल सरकारले गम्भीरतापर्ूवक छानबिन तथा अनुसन्धान गरी भारत सरकारलाई विश्वस्त तुल्याउन आवश्यक देखिएको छ । आफ्नो सुरक्षाको निम्ति भारत आफैं नेपालमा सक्रिय हुनुपर्ने अवस्था आउन नदिनका लागि पनि सरकारले विशेष तत्परता लिनु उपयुक्त हुने ठानिएको छ ।
भारतद्वारा सहमतिमा जोड भारतीय समाजवादी पार्टीका नेता सुधीन्द्र भदौरियाले संविधानसभाको थपिएको म्यादभित्रै संविधान बनाउनुपर्नेमा जोड दिएका छन् । घटना र विचारका लागि कुरा गर्दै नेता भदौरियाले सरकारका लागि भन्दा पनि संविधानका लागि राष्ट्रिय सहमति अत्यावश्यक रहेको बताए ।
उनले भारतले जहिले पनि नेपाललाई सकारात्मक रूपमा लिएको र यसलाई हस्तक्षेपका रूपमा लिन नहुने बताए । ‘भारत जहिले पनि नेपालमा शान्ति, स्थिरता र विकास चाहन्छ,’ उनले भने, ‘नेपालको छिमेकीका नाताले राखेको सकारात्मक चासोलाई हस्तक्षेपका रूपमा अर्थ्याउन हुँदैन ।’
उनले नेपालमा कस्तो सरकार बनाउने भन्ने कुरामा नेपाली जनताको अधिकार रहेको र त्यसमा यहाँका दलहरू सक्षम रहेको पनि बताए ।

सबैतिर हारेपछि कामरेड चट्टान चिन्तित
बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएलगत्तै मौलाउँदो गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाएर लैजाने घोषणा गरेका झलनाथ खनालले पार्टीभित्र गुटगत संरचना अन्त्यको सट्टा झन् मौलाउँदै गएको निष्कर्ष निकाल्नुभएको छ । खनालले पार्टीभित्र मनपरीतन्त्र चलेको भन्दै यसलाई मलजल गर्ने काम आफ्नै साथीहरूबाट भएको आरोपसमेत लगाउन थाल्नुभएको छ । खनालले महाधिवेशनबाट प्राप्त उत्साहमा ठेस पुर्‍याउने काम पनि आफ्नै भनिएकाहरूबाट भएको बताउन थाल्नुभएको छ । ‘पार्टीलाई दिशा र एकताबद्ध गरेर लैजान अध्यक्ष एक्लैले मात्र केही गर्न सक्दैन, यसका लागि पार्टीका अन्य नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्छ । तर, हाम्रँे पार्टीमा गुटलाई बलियो बनाउने काम मात्र भएको छ,’ खनालले अनेरास्ववियुका पर्ूवअध्यक्षहरूसँग हालै पार्टी कार्यालयमा भएको भेटमा यस्तो बताउनुभएको हो । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरू केन्द्रको निर्देशन लत्याएर आफूखुसी निर्णय गर्दै कुनै अमूक व्यक्तिको निर्देशन मान्न लागेको आरोपसमेत लगाउनुभएको छ । भेटमा सहभागी विद्यार्थी नेताका अनुसार अध्यक्ष खनालले जनकपुरमा सम्पन्न अनेरास्ववियुको निर्वाचनमा आफू समर्थित उम्मेदवार पराजित भएपछि यस्तो टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष खनालले विद्यार्थी निर्वाचनमा पार्टीभित्र आफ्नै भनिएका नेताहरूबाट समेत धोका पाएकाले ढकालले हारेको बताउनुभएको थियो । तर, उहाँले कोबाट धोका पाएको हो भन्नेबारेमा भने बताउनुभएन । ‘नयाँ प्रधानमन्त्री छनोट गर्न पनि पार्टीका केही नेताहरूबाट असहयोग भइरहेको छ, त्यस्तै विद्यार्थी सङ्गठनको निर्वाचनमा पनि भयो,’ खनालको भनाइ थियो ।
आफ्नै सहयोगीहरूले साथ नदिँदा आफ्नो पकडबाट विद्यार्थी सङ्गठन गुमेको पनि खनालको निष्कर्ष छ । ‘मलाई वचन दिएकाहरूले पनि अन्तिममा धोका दिएकोले सङ्गठनको अध्यक्ष, महासचिवलगायत महत्त्वपूर्ण पदमा पराजित हुनुपर्‍यो,’ विद्यार्थी निर्वाचनको समीक्ष्ँा गर्दै खनालले भन्नुभयो । अनेरास्ववियुको अध्यक्षमा प्रभावशाली नेता केपी ओली प्यानलबाट उम्मेदवार बनेका माधव ढुङ्गेल विजयी भए भने अध्यक्ष खनालका उम्मेदवार ढकाल पराजित । खनालले संस्थापन पक्ष्ँका उम्मेदवार भन्दै ढकाललाई जिताउन जनकपुरमै निकै ठूलो कसरत पनि गर्नुभएको थियो । युवासङ्घको नेतृत्वबारे चर्चा गर्दै अध्यक्ष खनालले भेटमा सहभागी नेताहरूसँग भन्नुभयो, ‘त्यहाँ -युवा सङ्घ) पनि सामान्य कमजोरीका कारण नेतृत्व गुमाउनुपर्‍यो, अहिले पनि त्यस्तै भयो ।’ एमालेको मेरुदण्डका रूपमा लिइने युवा सङ्घ र विद्यार्थी सङ्गठनमा नेतृत्वको पकड गुमेकोले कामरेड चट्टान भनिने अध्यक्ष खनाल केही निराश देखिनुभएको छ,’ खनालनिकट एक पोलिटब्युरो सदस्यले भने, ‘पछिल्लोपटक गाउँदेखि केन्द्रसम्मका सङ्गठनमा समानान्तर सङ्गठनको विकास हँुदै गएको देखिन्छ ।’
अनेरास्ववियुका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदा पनि अध्यक्ष खनालले पार्टीभित्र पुन: गुट-उपगुटको संस्कृति मौलाउँदै गएको स्वीकार्नुभएको छ । उहाँको भनाइ छ, ‘यसले व्यक्ति र पार्टी दुवैलाई सखाप पार्ने भएकाले बेलैमा सबैले सोच्नु जरुरी छ ।’ जिल्ला तथा केन्द्रका नेता तथा कार्यकर्ताहरूले पार्टीको निर्देशन नमान्ने प्रचलन बढ्दै गएको उहाँको आरोप थियो । एमालेभित्र कुनै पनि कमिटी वा सङ्गठनको निर्वाचन हुँदा संस्थापन र ओली पक्षधर भन्दै प्यानल नै खडा गरी चुनावी मैदानमा उत्रने रोग नै बसिसकेको छ । केही समयअघिसम्म पार्टी केन्द्रदेखि गाउँ तहसम्म आफ्नो स्पष्ट बहुमत रहेको दाबी गर्दै आउनुभएका खनाल सङ्गठनमा आफ्नो सोचअनुसारको स्थिति नरहेकोले यस विषयमा गम्भीर भई बहस सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ । नेता ओलीलाई लक्षित गर्दै खनालले महाधिवेशनमा हारेको रिस पार्टी सङ्गठनभित्र पोख्ने काम भएकाले पनि समस्या पैदा भएको दाबी गर्नुभएको छ । पार्टीभित्रैका वरिष्ठ नेताबाट राष्ट्रिय सहमतिविपरीत अभिव्यक्ति आउन थालेकोले पछिल्लोपटक माओवादीसँग भएको तीनबुँदे सहमति तुहिने खतरा बढेको खनालको भनाइ छ । अध्यक्ष्ँ खनालकै पहलमा गत असोज १ मा माओवादीसँग तीनबुँदे सहमति भएको थियो । सोही सहमतिका आधारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जारी प्रधानमन्त्री निर्वाचन-प्रक्रियाबाट बाहिरिनुभएको थियो ।
यसअघि प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामालाई लिएर एमाले फुटको सङ्घारमा पुगेको थियो । तर, विद्यार्थी नेतहरूको पहलमा होटल सोल्टीमा अध्यक्ष खनाल, प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव नेपाल र ओलीबीच भएको त्रिपक्षीय वार्ताबाट त्यो अनिष्ट टरेको थियो ।

बेग्लै मोड दिएर झलनाथ जिल्याइने
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले झिंगेदाउ खेलेर काङ्ग्रेस, माओवादी र अन्य दल तथा सिङ्गै मुलुकलाई हैरान तुल्याएपछि काङ्ग्रेसले एमालेबिना नै मुलुकलाई निकास दिने उपायबारे आन्तरिक परामर्श सुरु गरेको छ । राष्ट्रिय सहमतिको वीणा बजाउँदै काङ्ग्रेस र माओवादीलाई रोक्ने तथा आफैंलाई प्रधानमन्त्री बनाउने खेल झलनाथले खेलेपछि काङ्ग्रेस एमालेबिनाको निकास खोज्न अग्रसर भएको हो । माओवादीले काङ्ग्रेसलाई शान्ति र संविधान निर्माणको स्थिति बनाउने विश्वसनीय आधार प्रस्तुत गर्न सके रामचन्द्र पौडेल या प्रचण्ड दर्ुइमध्ये कुनै पनि व्यक्ति प्रधानमन्त्री बन्नसक्ने सम्भावना वृद्धि हुने बुझिएको छ । काङ्ग्रेस र माओवादीबीच अन्तरविरोध र मतभिन्नताको लाभ उठाएर आफू प्रधानमन्त्री बन्ने खेलमा झलनाथ खनाल लागेको महसुस दुवै पार्टीको नेतृत्वले गरेका छन् । त्यसैले खनालको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने अवधारणाको उच्च सम्मान गर्दै काङ्ग्रेसले त्रिपक्षीय बैठकको सट्टा दर्ुइपक्षीय बैठकको निम्ति प्रस्ताव राख्नुको कारण पनि माओवादीसँग विशेष समझदारी विकास गर्ने उद्देश्य भएको बुझिएको छ । काङ्ग्रेस अहिलेसम्म माओवादीप्रति विश्वस्त हुन सकेको छैन, तर विश्वास दिलाउन सकेको अवस्थामा भने नेपाली राजनीतिले ठ्याम्मै नयाँ मोड लिन सम्भव देखिएको छ ।

चार वर्षपछि हरेक मन्दिरमा ँराजा’
चार वर्षपछि ‘राजा’ ज्ञानेन्द्रले पहिलोपल्ट महाअष्टमीका दिन शक्तिपीठहरूको दर्शन गर्ने हुनुभएको छ । प्राप्त जानकारीअनुसार महाअष्टमीका दिन ‘राजा’ ज्ञानेन्द्र र ‘रानी’ कोमलले नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको छ । राजसंस्था हुूदा बडादसैंको महाअष्टमीका दिन राजपरिवारका सदस्यहरूले यी सबै शक्तिपीठहरूको दर्शन र पूजाअर्चना गर्ने प्रचलन थियो । यसअघि गत शनिबार पर्ूवराजासहित राजपरिवारका सदस्यहरूले बंगलामुखी मन्दिरमा सवा करोड बत्ती बालेर पूजाअर्चना गर्नुभएको थियो । केही हजार बत्ती दरबारमा आफैंले कातेर र अन्य बाहिरबाट किनेर बालिएको उक्त सवा करोड बत्ती बाल्ने कार्यक्रममा बंगलामुखीमा र्सवसाधारणको भीड लागेको थियो । बंगलामुखी मन्दिर जाूदै गर्दा कृष्ण मन्दिरदेखि नै र्सवसाधारणको भीड लागेपछि राजारानी पैदल हिूडेर मन्दिर पुग्नुभएको थियो । उहाूहरूलाई देखेपछि मन्दिर परिसर र वरपर र्सवसाधारणहरूले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाएका थिए । यसरी नारा लगाउनेमा प्राय: स्थानीय बूढापाका र युवाहरूको सहभागिता रहेको थियो । बत्ती बाल्ने कार्यक्रममा राजालाई परम्परागत छाता ओढाएर पुजारीले मन्दिर प्रवेश गराएका थिए । पूजापछि राजाले कुम्भेश्वर मन्दिर जीर्णोद्धारका लागि एक लाख रुपैयाू सहयोग प्रदान गर्नुभएको थियो ।
यस वर्ष विजयादशमीको टीकाका दिन अपराह्न ४ बजेदेखि निर्मलनिवासमा र्सवसाधारणलाई टीका खुल्ला गरिएको छ । राजपरिवारले बिहान ११ बजेको साइतमा आफ्नो परिवारमा टीका लगाउने, १२ बजे मुमा रत्नसूग टीका लगाउने र खाना खाएपछि ४ बजेदेखि राजा ज्ञानेन्द्रबाट र्सवसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ । टीकाका लागि र्सवसाधारणहरू विगत वर्षहरूमा झैं लाइनमार्फत निर्मलनिवास पुग्ने व्यवस्था गरिने बुझिएको छ । यसपटक राजपरिवारका नातेदारहरूले भने राजा ज्ञानेन्द्र र रानी कोमलको हातको टीका लगाउन एक दिन कर्ुर्नुपर्नेछ । नातेदारहरूका निम्ति टीकाको भोलिपल्ट एकादशीका दिन टीका कार्यक्रम राखिएको छ । यसअघि आफ्नो परिवारका सदस्यहरूले टीका लगाइसकेपछि पहिला नातेदारलाई लगाएर मात्रै र्सवसाधारणलाई लगाउने परम्परा थियो तर यो वर्षदेखि भने पहिला र्सवसाधारणलाई लगाएर पछि नातेदारहरूलाई लगाइनेछ ।
प्राप्त जानकारीअनुसार विजयादशमीको अवसरमा यो वर्ष पनि राजाबाट शुभकामना सन्देश आउनेछ । शुभकामनालाई परम्परागत निरन्तरता बताइएको छ ।

पराजयपछि नेता बहिष्कार
प्ाार्टर्ीीध्यक्ष झलनाथ खनाल तथा प्रधानमन्त्री माधवकुमार नेपालले अनेरास्ववियुको नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिन बेग्लाबेग्लै जलपान कार्यक्रम गरे । तर, ती दुवै कार्यक्रमलाई निवर्तमान अध्यक्ष रामकुमारी झाँक्रीले बहिष्कार गर्नुभयो । ती सबै कार्यक्रममा झाँक्रीको खोजी पनि भयो । प्रधानमन्त्री नेपालले त झाँक्रीको नामै लिएर जलपानमा सहभागी विद्यार्थी नेतालाई भन्नुभयो, ‘खै झाँक्रीजी – सफलतापर्ूवक नेतृत्व नयाँ पिँढीलाई सुम्पेकोले बधाई दिउँm भनेको ।’ र्
वर्तमान अध्यक्ष माधव ढुङ्गेलसँग राम्रो बोलचालसमेत नरहेको झाँक्रीले आफूविरोधीलाई बधाई दिन गरिएको कार्यक्रममा सहभागी हुन आवश्यक नभएको भन्दै कार्यक्रम नै बहिष्कार गर्नुभएको हो । प्रधानमन्त्री नेपालले आफ्नो सरकारी निवास बालुवाटारमा निर्वाचित तथा पुराना टिमलाई शुभकामना तथा बधाई दिन जलपान कार्यक्रम गर्नुभएको थियो । झाँक्री मात्र नभएर संस्थापन पक्षधर प्यानलबाट निर्वाचित भएका बहुमत केन्द्रीय सदस्यहरूले पनि सो कार्यक्रम बहिष्कार गरेका थिए । प्रधामन्त्रीको निम्तो मान्न जानुअघि झाँक्री र अध्यक्षमा पराजित सोभियत ढकालको आह्वानमा बागबजारको अशोका होटलमा ढुङ्गेलविरोधी सदस्य तथा नेताहरूलाई भेला गर्राई झाँक्रीले सो कार्यक्रममा जानुको औचित्य नभएको बताउनुभएको थियो । मचाहिँ त्यो कार्यक्रममा जान्नँ, तपाईंहरू जे मन लाग्छ त्यही गर्दा हुन्छ भनेर निर्देशन दिएको सहभागी एक विद्यार्थी नेताले बताउनुभयो ।
उता, अध्यक्ष झलनाथ खनालले गरेको कार्यक्रममा पनि झाँक्री र ढकालको सहभागिता थिएन । स्रोतका अनुसार उहाँहरूले कार्यक्रममा आउन नसक्ने जानकारी अध्यक्ष खनाललाई गराउनुभएको थियो । कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा पर्ूवविद्यार्थी नेताहरूको सहभागिता थियो । तर, प्रधानमन्त्रीले गरेको कार्यक्रममा भने पर्ूवविद्यार्थी अध्यक्षहरू ठकुर गैरे, योगेश भट्टर्राईलगायतकालाई आमन्त्रण गरिए पनि उहाँहरूको सहभागिता थिएन ।

चिसिए प्रचण्ड
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष झलनाथ खनालबीच सहमतीय सरकारको सङ्केत नदेखिँदै चिसोपन बढेको छ । उनीहरू तीनबुँदे सहमति गरेको महिना दिन नपुग्दै एकले अर्कालाई सहमतिविपरीत गएको आरोप-प्रत्यारोपमा उत्रन थालेपछि एमाले र माओवादीबीच भएको सहमति नै खतरामा पर्न खोजेको छ । एमाले अध्यक्ष खनालले तीनबुँदे सहमतिपछि पनि माओवादीले आफ्नो अडान त्याग्न नसकेकाले दसैंअगाडि नयाँ सरकार बन्न नसकेको आरोप लगाउनुभएको छ । त्यस्तै माओवादीले एमालेको द्वैध नीतिका कारण काङ्ग्रेस नेता रामचन्द्र पौडेल प्रधानमन्त्री निर्वाचनबाट नबाहिरिएको आरोप लगाएको छ । प्रधानसेनापति प्रकारणमा पनि एमाले अध्यक्ष खनालले धोका दिएको र अहिले पनि दोहोर्‍याएको माओवादी अध्यक्ष प्रचण्डको खनालमाथि आरोप छ । विगतमा एमालेले धोका नदिएको भए तत्कालीन अवस्थामा पार्टी सरकारबाट बाहिरिनुपर्ने स्थिति आउँदैनथ्यो र अहिले पनि माओवादी जारी प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट नबाहिरिएको भए सरकार बनिसक्ने प्रचण्डको विश्लेषण हुन थालेको बताइन्छ ।
तीनबुँदे सहमति हुँदा एमाले अध्यक्ष खनालले जारी प्रधानमन्त्री निर्वाचनबाट माओवादी बाहिरिनेबित्तिकै काङ्ग्रेस नेता पौडेलको उम्मेदवारी फिर्ता गराउने वचन माओवादीलाई दिएका थिए । प्रचण्डनिकट एक केन्द्रीय नेताका अनुसार माओवादीसँग खनालले पौडेलको उम्मेदवारी फिर्ता गराउन आफूले कुनै कसर बाँकी नराख्ने र यसबारे पार्टीभित्र पनि छलफल भएको बताउनुभएको थियो । ‘तर, पौडेलजीको उम्मेदवारी फिर्ता नगराउन एमालेकै नेताहरू सक्रिय भएर लागेका छन्,’ प्रचण्डको भनाइ उद्धृ्रत गर्दै ती नेताले भने । एमालेले चाहे मात्र काङ्ग्रेसले उम्मेदवारी फिर्ता गरेर नयाँ प्रक्रियामा जान सकिन्छ । तर, एमालेकै नेताहरू काङ्ग्रेसलाई प्रधानमन्त्री चुनावी प्रक्रियामा सहभागी भइरहन दबाब दिँदै आएको माओवादीको बुझाइ छ । कामचलाउ सरकारको आयु लम्ब्याउन पनि पौडेललाई प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट बाहिरिन नदिएको माओवादीको आरोप छ । माओवादी नेता वर्षमान पुन अनन्तले त कामचलाउ प्रधानमन्त्री नेपाल आफैंले सरकारको आयु लम्ब्याउन काङ्ग्रेस जारी निर्वाचन प्रक्रियामा सहभागी भइरहोस् भन्ने पक्ष्ँमा रहेको आरोप लगाउनुहुन्छ । प्रधानमन्त्री नेपालले यसअघि आफ्नो गृहजिल्ला रौतहतमा राष्ट्रिय सहमति र उपयुक्त निकास निस्कने सम्भावना नरहेसम्म काङ्ग्रेस जारी निर्वाचन प्रक्रियाबाट बाहिरिन नहुने बताउनुभएको थियो ।
तीनबुँदे सहमतिभित्र काङ्ग्रेसको सहभागिताबिना पनि राष्ट्रिय सरकार बनाउन सकिने ठहरसहित यसका लागि एमालेले अन्य दलहरूसँग छलफल अघि बर्ढाई राष्ट्रिय सहमतिका लागि महत्त्वपूर्ण सहयोग गर्नुपर्ने माओवादीको प्रस्ताव थियो । यो प्रस्ताव एमाले अध्यक्ष खनालले स्वीकार गरेका पनि थिए । तर, पार्टीमा छलफल अघि बढाउँदा प्रभावशाली नेता केपी ओली र प्रधानमन्त्री माधव नेपालले नमानेका कारण यस विषयमा खनाल थप अघि बढ्न सकेनन् । माओवादीले भने सहमतिअनुसार जारी प्रधानमन्त्री निर्वाचनबाट बाहिरिएको, लडाकु समायोजनका लागि प्रक्रिया अघि बढाएको दाबी गर्दै आएको छ । उसले उच्चस्तरीय भूमिसुधार आयोग बनाएर आयोगको सिफारिसअनुसार सम्पत्ति फिर्ता गर्ने बताउँदै आएको छ ।

नागरिक समाज बेपत्ता †
माओवादी पक्षलाई कसैले आूखा तर्‍यो भने पनि कठोर वक्तव्य निकाल्ने र सडकमा पर््रदर्शन गर्न उत्रिने नागरिक समाजका स्थापित अगुवाहरू देशमा गम्भीर प्रकारको सङ्कट पैदा हुूदा भने भूमिगतझैं हुन पुगेका छन् । मुलुकमा गणतन्त्र बहालीका निम्ति सक्रिय भूमिका निर्वाह गरेका नागरिक समाजका प्रतिनिधिहरू अहिले लोकतन्त्रलाई गम्भीर धक्का पुग्ने कार्यहरू भइरहूदा भने एक शब्द नबोल्नुलाई आर्श्चर्यजनक मानिएको छ । मुलुक महिनौंदेखि ठप्प छ, राजनीतिक दलहरूले संसद्बाट चुन्नुपर्ने प्रधानमन्त्री चुन्न नसकेर संसारलाई हूसाइरहेका मात्रै छैनन् लोकतान्त्रिक मूल्य-मान्यताहरूको समेत धज्जी उडाइरहेका छन् । मतदान प्रक्रियाद्वारा छानिनुपर्ने प्रधानमन्त्रीको निर्वाचनका लागि मतदानमा सहभागी हुनुपर्ने सांसदहरू महिनौंदेखि पटकपटक भइरहेको निर्वाचनमा भाग नलिएर ‘तटस्थ’ बसेका छन् ।
त्यसप्रकारको तटस्थताले मुलुकलाई बन्दी बनाइरहेको र अन्तत: यसले राष्ट्रको छवि प्रजातान्त्रिक मूल्य, मान्यता र यो मुलुकको भविष्यमाथि कतिसम्म असर पर्छ भन्ने कुराको बारेमा बिनाप्रतिक्रिया नागरिक समाजगका प्रतिनिधिहरू मौन छन् । मौनतालाई स्वीकृतिको सूचक मान्ने हो भने अहिले यो देशमा जे भइरहेको छ त्यसमा नागरिक समाज सन्तुष्ट छ भनेर मँन्नुपर्ने हुन्छ ।
संविधान निर्माणका लागि गठन भएको संविधानसभा अहिले महिनौूदेखि प्रधानमन्त्रीका लागि असफल निर्वाचन गर्ने थलो बनेको छ, तर नागरिक समाजले कुनै आवाज उठाएको छैन । हिजो माओवादीलाई अलिकता कसैले छोयो मात्र भने पनि भयङ्कर आवाज उठाउनेहरू अहिले मुलुकको अस्तव्यस्ततामा प्रतिक्रियाविहीन छन् । सरकार कामचलाउ मात्र भएको महिनौं भयो तर देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, श्याम श्रेष्ठ, सुन्दरमणि दीक्षितलगायतका नागरिक समाजका नेताहरूलाई सरोकारको विषय बनेको छैन । त्यसो त यो मुलुक यी केही व्यक्तिहरूले मात्रै ठेक्का लिने कुरा होइन तर विगतमा नागरिक समाजका अगुवा र प्रतिनिधि भनेर उनीहरू चिनिएका र यो मुलुकका नागरिकले पनि तिमीहरू हाम्रा प्रतिनिधि होइनौ भनेर नभनेको अवस्थामा उनीहरूको नाम अगाडि आएको हो । विगतमा प्रधानसेनापतिको मुद्दादेखि पशुपतिनाथको पुजारीका विषयमा समेत नागरिक समाजका यी प्रतिनिधिहरूको प्रतिक्रिया कडा रूपमा आएको थियो । तर, अहिले वर्षौंअघि माओवादीले प्रतिबद्धता जनाएका घरजग्गा फिर्ता गर्ने कुराहरू, माओवादी लडाकुलाई लिएर थपिएका विवाददेखि प्रधानमन्त्रीको निर्वाचन हुूदै संविधान निर्माणसम्मका कुरामा यो देशका नागरिक प्रतिनिधिहरू एक शब्द बोलेका छैनन् । शाहीकालमा मात्र नभएर लोकतन्त्र आएपछि पनि माओवादीलाई शान्तिप्रक्रियाको चरणमा ल्याउूदा होस् या संविधानसभा निर्वाचनताका यो मुलुकमा मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिहरूको गतिविधि बढो सक्रिय थियो । अहिले मुलुकलाई अप्ठ्यारो परेको भए पनि माओवादीलाई खासै अप्ठ्यारो नपरेका कारण यी ‘प्रतिनिधि’हरूको आवाज बाहिर नआएको हो या अरू नै कारणले त्यो भने बुझन सकिएको छैन । विभिन्न राजनीतिक पार्टीसम्बद्ध मानवअधिकारवादीहरू हुने मुलुक सम्भवत: विश्वमै नेपाल एक मात्र हो । विचारगत आस्था जे भए पनि अन्य मुलुक मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिहरू विषयगत मुद्दामा स्वतन्त्र हुन्छन् । तर, हामीकहाू भने त्यस्तो देखिएको छैन ।

बैठक सार्नुको खुल्दै छ रहस्य
चारपटकसम्म र्सर्दै आएको एकीकृत माओवादीको छैटौँ विस्तारित बैठक फेरि २८ कात्तिकसम्मका लागि सरेको छ । माओवादी उच्च स्रोतका अनुसार पुन: २८ कात्तिकबाट पनि बैठक र्सन सक्ने निश्चित छ । विस्तारित बैठकमा अध्यक्ष्ँ पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तर्फबाट एउटा मात्र प्रतिवेदन पेस गर्ने र त्यो प्रतिवेदन पारित हुने अवस्था नआएसम्म बैठकको मिति सरिरहने स्रोतको दाबी छ । तर, अब भने कुनै पनि हालतमा निर्धारित मितिभित्रै बैठक बसाल्ने वैद्य र भट्टर्राईले अडान लिएका छन् । पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले विस्तारित बैठकको मिति सार्ने प्रस्ताव गरेपछि वैद्य र भट्टर्राईले त्यसको विरोध गरेका थिए । तर, अध्यक्षले बैठक सार्नुको थुप्रै कारणहरू देखाएपछि उपाध्यक्षद्वय सो प्रस्ताव स्वीकार्न बाध्य भएका थिए ।
प्रचण्डले विस्तारित बैठकस्थलको तयारी, दसंै, तिहार, छठ तथा चीनमा हुने चाइन एक्स्पोमा सहभागी हुनुपर्नेलगायतका कारण देखाउँदै बैठकको मिति र्सार्न बाध्य गरिए पनि यसको प्रमुख कारण राजनीतिक प्रतिवेदन नै रहेको स्रोतको दाबी छ । सम्बद्ध पक्षको भनाइ छ, ‘बैठकमा प्रस्तुत हुने प्रतिवेदन एउटै हुने निश्चित तत्काल भए बैठक तोकिएको मितिभन्दा अघि नै आरामले गर्न सकिन्छ ।’ १२ कात्तिकका लागि तय गरिएको बैठकको मिति सारेर २८ कात्तिक गरिएको छ । यसअघि असोजमा गर्ने भनिएको बैठक मिति सार्दै कात्तिक ६ हँुदै १२ पुर्‍याइएको थियो । भट्टर्राई र वैद्यले भने आफ्नो प्रतिवेदनबाट कार्यकर्ता उत्साहित बनेको दाबी गर्दै ती प्रतिवेदनलाई विस्तारित बैठकले पारित गराउने दाबी गर्दै पछि नहट्ने बताएको स्रोतको दाबी छ । भट्टर्राईनिकट एक पोलिटब्युरो सदस्यका अनुसार रर्ेकर्ड गरेर सुनाइएको तीन फरक-फरक दस्तावेजमध्ये भट्टर्राईले प्रस्तुत गरेको दस्तावेज बढी समर्थनयोग्य छ । विगतमा भट्टर्राईको विचार र सिद्धान्तअनुसार पार्टी अघि बढेको र यसपटक पनि भट्टर्राईकै विचार सान्दर्भिक रहेको सुझाव प्राप्त भएको ती नेताको दाबी थियो । वैद्यले पनि आफ्नो प्रतिवेदनप्रति व्यापक समर्थन प्राप्त भएको दाबी गरेका छन् । उनीनिकट एक नेताका अनुसार नयाँ संविधान जारी गर्न एकपटक फेरि क्रान्ति गर्नु जरुरी रहेकाले तत्काल जनविद्रोहमार्फत सत्ता प्राप्त गरी नयाँ संविधान जारी गर्नुपर्ने सुझाव प्राप्त भएको छ । यता अध्यक्ष प्रचण्डले भने प्रतिवेदन तल्लो तहसम्म पुर्‍याउँदा कार्यकर्ता थप सशङ्कित बनेको भन्दै प्रतिवेदन लैजानु गलत रहेको निष्कर्षमा पुगेको स्रोतले बतायो । ‘प्रतिवेदनले एमालेभित्र जस्तो हाम्रो पार्टीमा विभिन्न गुट-उपगुट जन्मियो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय नेताले भन्नुभयो, ‘पार्टीका लागि यो राम्रो लक्षण होइन ।’ ‘यही अवस्थामा विस्तारित बैठक बोलाउँदा पार्टीभित्र विद्रोह हुन सक्ने खतरा औंल्याउँदै यसबारे नेतृत्वमा व्यापक छलफल गरी अघि बढ्दा राम्रो हुने भएकाले बैठक सारिएको हो,’ स्रोतले भन्यो ।

लुक्लामा राजदूत सुदको भव्य स्वागत
खानेपानी परियोजना र आँखा शिविरको उद्घाटन
माओवादीद्वारा गरिएको विरोध र अवरोधका बाबजुद सोलुखुम्बुका खुम्जुङ र कुँडेनिवासी नेपालीले आफ्नो घर-आँगनमै स्वच्छ खानेपानी पाउने भएका छन् । नेपालका लागि भ्ाारतीय राजदूत राकेश सुदले गत २३ गते शनिबार सोलुखुम्बु जिल्ला भ्रमणको क्रममा भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअर्न्तर्गत भारत सरकारको आर्थिक सहयोगमा खुम्जुङमा निर्माण हुने खानेपानी परियोजनाको शिलान्यास गर्नुभएपछि काकाकुल खुम्जुङ र कुँडेवासीको खानेपानीको प्यास सहजै मेटिने अवस्था आएको हो । राजदूत सुदले सोही दिन नेपाल नेत्रज्योति सङ्घले आयोजना गरेको आँखा स्वास्थ्य शिविरको समेत उद्घाटन गर्नुभएको थियो । शुक्रबार लुक्ला विमानस्थल पुग्दा नाम्चेवासीले राजदूत सुदको भव्य स्वागत
गरेका थिए ।
सोलुखुम्बुको खुम्जुङ र कुँडेमा निर्माण हुने खानेपानी परियोजना भारत सरकारको तीन करोड ९५ लाखको अनुदान सहयोगमा कार्यान्वयन हुँदै छ । यस परियोजनापश्चात् उक्त गाउँका जनताले भोग्दै आएको स्वच्छ खानेपानीकोे समस्या र कैयौँ किलोमिटर टाढाको स्रोतबाट पानी ल्याउनर्ुपर्ने बाध्यताबाट ठूलो राहत पाउने छन् । यी परियोजनाका कार्यान्वयनबाट खुम्जुङ र नाम्चे गाउँका जनतालाई मात्र होइन कुँडे अस्पतालका बिरामी, खुम्जुङ माध्यमिक विद्यालयका विद्यार्थी तथा सोलुखुम्बु आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई समेत स्वच्छ खानेपानी सेवा पुग्ने स्थानीय सचेत समुदायको कथन छ ।
यसैगरी भारत सरकारले विगत नौ वर्षदेखि भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमको अंशको रूपमा नेपालमा देशैभरि नि:शुल्क आँखा-शिविरमार्फत आँखा स्याहार कार्यक्रम सञ्चालन गर्न नेपाल नेत्रज्योति सङ्घलाई सहयोग प्रदान गर्दै आएको छ । यसै सर्न्दर्भमा राजदूत सुदले नेपाल नेत्रज्योति सङ्घले खुम्जुङ उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको आँखा स्वास्थ्य शिविरको पनि उद्घाटन गर्नुभयो । यस कार्यक्रमअर्न्तर्गत हालसम्म भारत सरकारको कुल नौ करोड ८३ लाख सहयोगमा ७५ हजार नेपाली जनतालाई मोतियाबिन्दु र ट्रकोमाको उपचार गरिसकिएको तथा १८ हजारभन्दा बढी विद्यालय जाने बालबालिकालाई दृष्टि उपकरणहरू वितरण गरिसकिएको बुझिएको छ । नेपाल नेत्रज्योति सङ्घले सन् २०१०-२०११ भित्रमा नेपालका ६० जिल्लाका ४५० शिविरमा मोतियाबिन्दु र ट्रकोमा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै छ । भारत सरकारले मोतियाबिन्दु र ट्रकोमा शल्यक्रियाका लागि तीन करोड ५७ लाखभन्दा बढीको आर्थिक सहयोग प्रदान गरेको छ ।

ँराजदूतमाथिको दुर्व्यवहार निन्दनीय’
सोलुखुम्बु भ्रमणमा रहेका भारतीय राजदूत राकेश सुदमाथि भएको माओवादी दुर्व्यवहारको विभिन्न राजनीतिक दलहरूले निन्दा तथा भर्त्सना गरेका छन् । नेपाली काङ्ग्रेस, राष्ट्रिय जनशक्ति पार्टी, तर्राई-मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टीलगायतका दलहरूले प्रेस विज्ञप्ति प्रकाशित गरी राजदूत सुदमाथि भएको माओवादी आक्रमणले राष्ट्रकै छविमा आँच पुर्‍याएको र यसले दर्ुइ देशबीचको मित्रवत् सम्बन्धमा आघात पुग्नसक्ने जनाएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा सोलु-प्रकरणबारे मन्तव्य दिने क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतविरोधी राष्ट्रवाद अभियान चलाए माओवादी आफैं सकिने दाबी गर्नुभयो भने उद्योगमन्त्री महेन्द्रराय यादवले भारतीय राजदूत राकेश सुदमाथि माओवादीले गरेको कारबाहीविरुद्ध मन्त्रिपरिषद्को बैठकमा प्रमुख एजेण्डाको रूपमा लग्ने बताउनुभयो । कुनै पनि देशका कूटनीतिज्ञमाथिको हस्तक्षेप राष्ट्रवादी आन्दोलन हुनसक्दैन भन्दै मन्त्री यादवले माओवादीले राकेश सुदमाथि आक्रमण गरेर माओवादीले मधेसी जनताको अपमानसमेत गरेको बताउनुभयो ।
यसैगरी, मन्त्रिपरिषद्का अर्का सदस्य एवम् बिनाविभागीयमन्त्री लक्ष्मणलाल कर्णले ‘कविलाको युगमा समेत दूतहरूको सम्मान हुन्थ्यो’ भन्दै मन्त्रिपरिषद्को आगामी बैठकमा राजदूत सुदमाथि दुर्व्यवहार गरिएको घटनाको आवश्यक छानबिन र दोषीमाथि कारबाही गर्ने प्रस्ताव आफैंले लग्ने जानकारी दिनुभयो । रिपोर्र्टर्स क्लबमा आयोजित सो कार्यक्रममा बोल्दै एमालेका प्रमुख सचेतक भीमप्रसाद आचार्यले माओवादीले कूटनीतिक मर्यादालाई सामान्य अर्थमा पनि ख्याल गर्न नसकेको उदाहरण सुदमाथिको आक्रमण रहेको बताउनुभयो भने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले सुदमाथिको आक्रमण अत्यन्तै निन्दनीय भएको भन्दै सो घटनाको सम्बन्धमा आवश्यक छानबिन गर्न सरकारसँग आग्रह गर्नुभयो ।