मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिकोमा शक्तिशाली भूकम्प


दक्षिणी मेक्सिकोमा आठ म्याग्निच्युड शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरको तटीय क्षेत्रमा गएको भूकम्पका कारण सयौं किलोमिटर टाढा मेक्सिको सिटीका भवनहरु हल्लिएका थिए ।

अहिलेसम्म धनजनको क्षतिको कुनै पनि विवरण प्राप्त भइसकेको छैन। बिबिसिका अनुसार मेक्सिको सिटीका प्रत्यक्षदर्शीहरुले झण्डै एक मिनेटसम्म भूकम्पले हल्लाएको र मानिसहरु दौडेर सडकमा निस्किएको बताएका छन्।

मेक्सिकोको नागरिक सुरक्षा निकायले सन् १९८० को दशकयताकै सबैभन्दा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको जनाएको छ।

भूकम्पपछि दुई हजार किलोमिटर टाढा इक्वेडरमा रहेको एउटा टापुसहित आठ वटा देशमा सुनामीको चेतावनी दिइएको छ।