यी हुन् उत्तर कोरियाका सहयोगीहरु

यी हुन् उत्तर कोरियाका सहयोगीहरु


बेला–बेलामा उत्तर कोरियाबारे बिविधि खालका समाचारहरु आएतापनि यस्को सहयोगी देशहरुपनि उत्तिकै छन् । उत्तर कोरियाको अर्थव्यवस्थाबारे दक्षिण कोरिया ट्रेड प्रमोशन एजेन्सी (कोटरा’ द्वारा जुलाई सन् २०१५ मा प्रकाशित रिपोर्टमा बताए अनुसार संसारभरीका लगभग ८० वटा देश उत्तर कोरियासँग व्यापार गर्दछ ।

उत्तर कोरियाको अर्थव्यवस्थाबारे दक्षिण कोरिया ट्रेड प्रमोशन एजेन्सी (कोटरा’ द्वारा जुलाई सन् २०१५ मा प्रकाशित रिपोर्टमा बताए अनुसार संसारभरीका लगभग ८० वटा देश उत्तर कोरियासँग व्यापार गर्दछ ।

यी देशमा भारत, जर्मनी, सिंगापुर, फ्रान्स, पोर्चुगल र फिलिपिन्स समावेश छन् । रिपोर्टका अनुसार चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । सन् २०१६ मा उत्तर कोरियाको व्यापारको लगभग ९३ प्रतिशत हिस्सा चीनमार्फत नै भयो ।

उत्तर कोरिया चीनमा सबैभन्दा धेरै कोयला निर्यात गर्दछ । यसका साथै टेक्सटाइल, फलाम र अन्य खनिज पदार्थको निर्यात पनि गर्ने गर्दछ । यस्तै यसको बदलामा चीनबाट उत्तर कोरियाले लगभग सबै प्रकारको उत्पादन पाउने गर्दछ जसमा सेरामिक, फलफूल, प्रसारण उपकारण, कम्प्युटर, रिफाइन्ड पेट्रोलियम र इलेक्ट्रिक मोटर्स आदि समावेश छन् ।

कोटराको रिपोर्ट अनुसार उत्तर कोरियासँग चीनको व्यापार ६ मिलियन डलरभन्दा धेरै छ । रुस उत्तर कोरियाको दोस्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।

दुबै देशबिच ७७ मिलियन डलरको वार्षीक व्यापार हुन्छ । यद्यपी, यो रुसको वैश्विक व्यापारको मात्र एक प्रतिशत हो । उत्तर कोरियाले रुसमा निर्यात गर्ने सामग्रीमा फ्रोजन माछा, पुरुषको कपडा र हावाका उपकरण समावेश छन् । यस्तै, रुसबाट उत्तर कोरियामा आयात हुने उत्पादनमा कोइलाको ब्रिकेट्स, रिफाइन्ड तेल र गहुँ पर्दछन् ।

उत्तर कोरियासँग व्यापारको मामलामा भारत तेस्रो नम्बरमा छ । भारत र उत्तर कोरियाबिच ५९ मिलियन डलरको व्यापार हुने गर्दछ । भारतले उत्तर कोरियाबाट चाँदी, गाडीको गियरबक्स, सल्फ्यूरिक एसिड र टेलिफोनलगायतका सामग्री आयात गर्दछ । जबकी भारतबाट नरिवल, बदाम, कपास र प्लाष्टिक उत्पादन उत्तर कोरियामा निर्यात हुने गर्दछ ।

कोटराको रिपोर्ट अनुसार सन् २०१५–१६ का बिच उत्तर कोरिया र सिंगापुरबिच व्यापारमा ९० प्रतिशतको गिरावट दर्ता गरियो । जबकी त्यति नै बेला उत्तर कोरियाको फिलिपिन्ससँग व्यापार १ सय ७१ प्रतिशत बढेको छ ।

कोटरा रिपोर्टमा ल्याटिन अमेरिकाको कुनै पनि देश उत्तर कोरियासँग व्यापार सम्बन्धमा समावेश छैन । यद्यपी, अब्जर्वेटरी अफ इकोनोमिक कम्प्लेक्सिटी (ओइसी) को सन् २०१४–१५ मा पेश गरिएको एक रिपोर्टमा मेक्सिको, पेरु, चिली, पराग्वे र ब्राजिलको उत्तर कोरियासँग व्यापारिक सम्बन्ध छ ।

‘उत्तर कोरियाले घाँस खान सक्छ तर परमाणु कार्यक्रम छोड्न सक्दैन ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यो भनाईले बताउँछ कि उत्तर कोरियाली सरकार आफ्नो परमाणु कार्यक्रमको विषयमा कति प्रतिबद्ध छ ।

पुटिनले यो कुरा बढाई चढाई गरि भनेजस्तो लागेपनि पछिल्लो २० वर्षमा उत्तर कोरियाले आफ्नो परमाणु ताकतलाई यो हदसम्म बढाएको छ कि पछिल्लो अवस्थामा अमेरिका पनि सोच्न बाध्य भएको छ ।

सन् २००६ मा संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियामा नयाँ प्रतिबन्ध लगाउने कुरामा विचार गरिरहेको छ जसमा उक्त देशले पाउने तेलको आपूर्तीमा रोक र किम जोंग उनको सम्पत्ति जफत गर्नेलगायतका कुरा समावेश छन् ।

बीबीसीका अनुसार  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियासँगको व्यापारलाई पूर्ण रुपमा समाप्त गरेर त्यसको अर्थव्यवस्थालाई समाप्त गर्ने बारे विचार गरिरहेका छन् । यस्तोमा यो थाहा पाउन रोचक हुन्छ कि संसारका कुन–कुन देश उत्तर कोरियासँग व्यापार गर्दछन् ।